प्रचण्ड २० करोडको नयाँ बंगला खोज्दै

Prachanda

प्रचण्ड २० करोडको नयाँ बंगला खोज्दै

काठमाडौं:
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लाजिम्पाटस्थित करोडौंको दरबार छाडेर त्यो भन्दा पनि सुविधा सम्पन्न बंगला किन्न दलालहरुलाई खटाएका छन् । सर्वहाराको नेता भएर महलमा बसेको आरोप लागेपछि लाजिम्पाटस्थित निवास छाड्न लागेको बताउँदै आएका अध्यक्ष प्रचण्डलाई २० देखी २५ करोड सम्मको बंगला खरिद गर्न व्यापारी अजयराज सुमार्गीले सहयोग गरिरहेको एमाओवादी स्रोत बताउँछ ।
लाजिम्पाटको आलिशान महलमा सरेपछि सुविधाभोगी बनेको भन्दै पार्टीभित्र र बाहिर पनि आलोचना भएपछि प्रचण्ड घर सर्ने मनस्थितिमा पुगेका बताइए पनि अनौठो कुरा त के छ भने पार्टीको दबाबले भन्दा पनि उक्त घर आफूलाई नफापेको भन्दै लाजिम्पाट छाड्ने मनस्थिति बनाएका हुन् । सकेसम्म छिटै सर्ने मनस्थिति बनाए पनि भनेजस्तो बंगला नपाएका कारण समस्या भएको हो ।

संविधानसभा भवन नयाँ बानेश्वर र पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वर समेत पायक पर्ने गरी नयाँ बानेश्वर, बुद्धनगर, कोटेश्वर आसपासका क्षेत्रमा प्रचण्डका लागि घरको खोजी भइरहेको यूनाईटेड पोष्ट साप्ताहिकले लेखेको छ । २०६३ सालदेखि करिब ४ वर्ष नयाँबजारमा बसेका प्रचण्ड २०६८ साल माघ ५ गते लाजिम्पाटस्थित अहिले बसिरहेको घरमा सरेका थिए । प्रचण्डको यो आफ्नै घर भएपनि उनले नातेदारको नाममा पास गरेको खुलिसकेको छ ।
२०६९ साल साउन पहिलो साता भृकुटीमण्डपमा भएको पार्टीको सातौँ विस्तारित बैठकले प्रचण्डकै प्रस्तावमा नेताहरुले सामान्य जीवनशैली अपनाउने निणर््ँय गरेको थियो । लाजिम्पाटको महँगो डेराबाट सर्न प्रचण्डलाई उक्त विस्तारित बैठकले निर्देशनसमेत दिएको थियो । त्यतिबेला प्रचण्डले पनि लाजिम्पाटस्थित निवास छाडेर सस्तो डेरामा सर्ने प्रतिबद्धता जनाएका थिए । ५ हजारभन्दा बढी प्रतिनिधिमाझ नेताहरुको जीवनशैलीलाई लिएर विवाद हुँदा कुर्सी हानाहानसमेत भएको थियो ।
प्रचण्डका व्यापारिक साझेदार तथा अवैध लगानीकर्ता अजय सुमार्गीकी जेठीसासू शिशु अर्यालको नाममा उक्त महल खरिद गरिएको थियो । शंकर चिम उद्योग पनि शिशुकै नाममा छ । शिशुका नाममा नामसारी भएको उक्त महलको मासिक भाडा ६० हजार लिने–दिने गरी शिशु र प्रचण्डपुत्र प्रकाश दाहालबीच देखावटी कागज गरिएको एमाओवादीकै नेताहरुले बताउने गरेका छन् । त्यो महलले चर्चेको जमिनको मूल्य प्रतिआना दश लाखका दरले डिल्लीबजार मालपोतमा रजिस्टे«सन पास भए पनि १९ करोड ५७ लाखमा शिशुले किनेको त्यतिबेला नै खुलेको थियो । ‘तर यतिखेर भने त्यो भन्दा पनि सुविधासम्मन महल खरिद गरी त्यसरी नै नाटकिय रुपमा ६० हजारको भाडालाई ४० हजारसम्म बनाएर प्रचण्डले सबैलाई उल्लु बनाउन खोजेका छन् ।’–स्रोतले भन्यो ।

Merry-Christmas-Wishes

मेरी क्रिसमस अमेरिकामा विगतमा भन्दा बढी उत्साह

विजय घिमिरे/विगत केही वर्ष यताका भन्दा यो क्रिसमसले अमेरिकामा बढी खुसी ल्याएको छ । सस्तो ग्यांस, कम बेरोजगारी दर र आर्थिक वृद्धि विगतमा भन्दा राम्रो हुनले अमेरिकामा यस पटकको क्रिसमस विगत केही वर्ष यताको सबैभन्दा बढी उत्साहजनक भएको हो । सीएनएन ओआरजी पोलमा पनि धेरै अमेरिकीले यसपटकको चाड पहिले भन्दा बढी उत्साजनक भएको बताएका छन् ।
विगत ६ महिना यता ग्यांस मूल्यमा झण्डै आधा कम भएको छ । अमेरिकाका कतिपय राज्यमा ग्यांस मूल्य २ अमेरिकी डलर हाराहारीमा आईपुगेको छ । ग्यांसमा भएको बचतले अन्य किनमेल सजिलो बनाएको छ । ६ महिना अघिसम्म मासिक ३ सय ग्यांसमा खर्च गर्नेले अहिले झण्डै १ सय ५० अमेरिकी डलर बचेको छ । यो पैसाले यो त्यौहार मनाउन पक्कै पनि सहयोग गरेको हुनु पर्छ । ग्यांसको मूल्य अझ घट्ने सक्ने बजार विश्लेषकहरुको दाबी छ ।
अमेरिकामा यो क्रिसमस विशेष हुनुमा ग्यांस मात्र होइन वेरोजगार दर कम हुनु पनि अर्को कारण हो । सन् २००७ मध्ये देखि सुरु भएको आर्थिक मन्दी र बढ्दो बेरोजारी दर वृद्धिमा ब्रेक लागेको छ । रोजगारका अवसर वृद्धि पहिले भन्दा बढेको छ । रोजगारसंग बजारमा हुने किनेमेल पनि वृद्धि गर्छ । अमेरिकामा किनमेल गर्ने, परिवारिक भ्रमण र पर्यटकका रूपमा घुम्न जानेहरुको सङ्ख्या निकै बढेको विभिन्न तथ्याकहरुले जनाएका छन् । हातमा खर्च गर्ने पैसाभएकाले किनमेल र भ्रमणगर्ने बढेका हुन् ।
अर्को खुसी हुने क्षेत्र अमेरिकी अर्थतन्त्र हो । विकसित देश मध्ये अमेरिकाको आर्थिक वृद्धिदर अहिले सबैभन्दा बढी छ । अमेरिका भित्र तेल उत्पादन र औद्योगिक उत्पादनमा सुधार आएकाले आर्थिक वृद्धि विस्तार भएको हो । सटिक विश्लेषणका लागि विश्व प्रसिद्ध अािर्थक पत्रिका द इकोनोमिष्टले आउने दिनमा जोखिम देखिएपनि सन् २०१४ लाई सन् १९९० सँग तुलना समेत गरेको छ । सन् १९९०को दशक अमेरिका भित्र आर्थिक र सृजनशीलता विस्तारमा महत्वपुर्ण मानिन्छ । आईटीको विकासका कारण सिलिकन भ्याली यही दशकमा बनेको हो । अधिकांश समय विल क्लिन्टर राष्ट्रिपति भएको उक्त समयमा बेरोजगारी दर जम्मा ४ प्रतिशत हाराहारीमा थियो । यसलाई सिद्धान्त पूर्ण रोजगार पनि भन्न सकिन्छ । तर् न्यूओर्क स्थित बोर्ड ट्रेड सेन्टरमा आतङ्कवादी आक्रमण पछि अमेरिकी अर्थतन्त्र डगमगाउन थालेको हो । यस पछि सुरक्षामा व्यापक खर्च र मौद्रिक विस्तारको दुष्परिणामले सन् २००० को दशक निराशाजनक रह्यो ।
अव विगतको निराशामा सुधारको संकेतहरु देखिएका छन् । उज्यालो बनाउने त्यौहार क्रिसमस मनाउने अमेरिकी नेपालीहरू पनि पछाडि छैनन् । विभिन्न सोसय मिडियामा क्रिसमस सजावटका फोटाहरु आउनुलेपनि यसलाई पुष्टि गर्छ । कोलोराडो स्थित बोल्डरमा नेपालीहरूले स्थानीय समुदायिक हलमा क्रिसमस मनाउने कार्यक्रम राखेका छन् । विभिन्न स्थानमा यस्ता कार्यक्रम रहेको स्थानियहरुले जनाएका छन् । यसबाहेक परिवारीक जमघट, छुट्टी मनाउन परिवार सहित घुम्न निष्कने नेपाली जमात पनि बढेको छ ।

एक उदयमानी पत्रकार

न्यूयोर्क – मौसम बदलिदै छ, युबा हरु को जोश जागार ले पत्रकारिता क्षेत्र नै सुगन्धित बनाइ दिए को छ । प्रसङ्ग हो पत्रकार हेमन्त सापकोटा को नेपाल मा हुँदा पनि थुप्रै पत्रकारिता को तिता मिठा अनुभव सङ्गाले का सापकोटा अचेल न्यूयोर्क मा छन । न्यूयोर्क मा बिभिन्न कार्यक्रम हरु मा उनको अचेल भ्याइ नभ्याइ छ ।

निस्पक्ष पत्रकारिता ले मात्र जनाता हरु मा चेतना को अभिबृती गर्न सक्ने मन्यता राक्छन उनि, लामो पत्रकारिता गरियो, हामी पत्रकार हरु को हक हित को लागि लड्ने कुनै सस्था को जरुरी भएको उनि बताउछन । आफ्नो रगत मा नै पत्रकारिता बगेको, देश को हक र हित को लागि आफु सदैब लड्न तयार रहे को उनि ब ताउछन ।

Sugnima

न्यूयोर्क मा सुम्निमा साँझ हुँदै

न्यूयोर्क – बिगतका बर्ष हरु झै यसपाली पनि सुन्निमा साझको छैटौ सस्करण अमेरिकाको न्यूयोर्कमा हुँदैछ। किरात  राइ सोसाइटी अमेरिका ले आफ्नो जातिय, मौलिक्, भाषा, कला सस्कृती को जगेर्ना गर्ने उदेश्य ले न्यू योर्क मा “सुन्निमा साझ्” आगामी डिसेम्बर ३१ तारिख को दिन कुइन्स प्लेस, उड्साइड मा हुँदैछ । बुधबार डिसेम्बर ३१ मा हुने उक्त कार्यक्रम साझ ८ बजे बाट सुरु भइ  रात को २ बजे सकिने छ । उक्त कार्यक्रम मा नेपालका लोकप्रिय गायक गयिका हरु को बाक्लो उपस्थिती रहने छ । लोकप्रिय गायक यस कुमार को बिसेश प्रस्तुती रहने उक्त कार्यक्रम मा लोकप्रिय गायक जगदिश समाल्, तिलक श्रेष्ठ, पबित्रा परियार्, राजेन्द्र राइ, तारा गुरुङ्, यसोधा खालीङ आदी को प्रस्तुती रहने छ ।

सन २००३ मा अमेरिका को बिभिन्न राज्यमा बस्दै आएका किरात राइ हरु ले बिभिन्न रचनात्मक कार्य गर्ने उदेश्य ले खोलेका किरात राइ सोसाइटी उफ अमेरिका ले बर्सेनि, किरात राइ हरुको महान चाड उधौली को अबसर मा उक्त सस्था ले बिगत ६ बर्श देखी “सुनिम्मा साझ्” को आयोजना गर्दै आएको छ । सुन्निमा साझ न्यूयोर्क मा हुने लोकप्रिय कार्यक्रम मध्य एक हो ।

सुनिम्मा साझ जस्ता कार्यक्रम हरु ले जन स्तरमा प्रबास मा रहे पनि आफ्नो पहिचान को झझल्को दिने र अमेरिका मा रहेका दोस्रो पुस्ता को नेपाली केटा केटी हरु लाई पनि हाम्रो सस्कृती बारे बुझ्न सघाउ पुर्याउन मदत गर्ने कुरा न्यूयोर्क निबासी युबा नेता प्रकास बस्नेत बताउछन ।

unnamed (1)

Shrma Family

एक फरक नाम – शर्मा परिवार

जापान – बर्लिना शर्मा २० बर्श कि भइन्, जिबन मा निकै उत्साह्, उम ङ्ग बोकेकी उनि भबिश्य मा सम्पन्न नारी हुन चाहन्छिन । निकै सकारात्मक सोचाइ राख्ने बर्लिना जापान मा बुवा हरी प्रसाद शर्मा सँग बस्छिन । बाबा को ब्यबसाय सम्हाल्दै जिबन यात्रा अगाडी बढाइ रहेकी छिन । उनि भन्छिन जिबन भने को जस्तो सोच्यो त्यस्तै हो, त्यसैले राम्रो काम गर्न र राम्रो सोचाइ राख्न किन हिचकिचाउने । जिबन मा राम्रो काम गर्न लाई उमेर ले नछेक्ने तर्क गर्छिन उनि । युबा हरु नै देश को गहना हुन तसर्थ युबा हरु ले मात्र देश लाई सही गती दिन सक्छन भन्छिन । जापान मा रहे पनि नेपाली कला सस्कृती र राजनीतिक घटना क्रम लाई नजिक बाट नियाली रहेकी उनि, अब को नेतृत्व युबा हरु लाई दिनु पर्ने जिकिर गर्छिन ।

रमाइलो कुरा के छ भने हरिप्रसाद विगत साढे दुई दशकदेखि नेपाल बाहिर छन् । सेफका रूपमा काम गर्नसबैभन्दा पहिले उनी जर्मनी पुगे । जर्मनी गएको केही समयपछि नेपालमा उनकी छोरी जन्मिइन् । छोरी जन्मिने क्रममा उनी बिदा मनाउन रूस पुगेका थिए । छोरीको नाम के राख्ने भन्ने छलफल चलिरहेका बेला हरिप्रसादले जर्मनी फर्किएर फ्याट् भनिदिए-जेठी छोरीको नाम रुष्मा राखौं।

उनकी श्रीमती गोमाले श्रीमान्को कुरामा सहमति जनाइन् । जर्मनी गएको दुई वर्षपछि नेपाल आएर पुनस् जर्मनी पुग्दा हरिप्रसादलाई दोस्रो पुत्री लाभ भयो । त्यस क्रममा उनले ग्रिसको भ्रमण गरिसकेका थिए, छोरीको नाम जुराइदिए- ग्रीष्मा  तेस्रो सन्तानका रूपमा पनि पुत्री नै लाभ भएपछि उनको नाम जुराइदिए्- पेरिश्मा ।

पेरिश्मा जन्मिनुअघि हरिप्रसाद नेपाल आएर फ्रान्सको पेरिस भ्रमण गर्नभ्याइसकेका थिए । २० वर्षअघि चौथो सन्तान पनि छोरी नै जन्मिएपछि हरिप्रसादले आफू बसिरहेको सहर जर्मनीको बर्लिनमा आधारित नाम जुराए- बर्लिना। ५७ वर्षीया हरिप्रसादका कान्छा सन्तान दुई वर्षका भए ।सबै छोरीको नाम युरोपका सहर तथा देशको नामबाट जुराइसकेकै थिए, छोरालाई मात्र किन सामान्य नाम राख्ने भन्ने सल्लाह गर्दै नेदरल्यान्डको राजधानी एम्स्टर्डम बाट छोराको नाम एम्स्टर्ड राखिदिए ।

10806403_843184995724446_1545993557531551584_n

शेर्पा जातिको पहिलो चलचित्र कुसुम न्यूयोर्कमा देखाइने

भोजपुर समाज  अमेरिका को बैठक न्यूयोर्क को भिम्स क्याफे मा सम्पन्न  भएको छ । आज को कार्यक्रम मा शेर्पा सस्कृती बोकेको चलचित्र कुसुम को बारेमा पत्रकार सम्मेलन सम्पना भएको थियो । उक्त कार्यक्रम मा भोजपुर समाजका प्रबक्ता प्रकाश बस्नेत ले कुसुम चलचित्र प्रदर्शन बापत आएको ३० प्रतिसत रकम भोजपुर जिल्ला को ग्रामीण बिकास को लागि खर्छ गरिने जानकारी गराउनु भएको थियो । कुसुमु को अर्थ शेर्पा भाषामा त्रिदेव अर्थात त्रिरत्न हो। यस्तै अवार्ड वितरणमा शेर्पाहरुको पहिलो चलचित्र कुसुमले २०७० सालको साँस्कृतिक चलचित्र पुरस्कार पाएको छ। उक्त चलचित्रको निर्माता फारा डेण्डी शेर्पा र निमा शेर्पा रहेको छ।

बिभिन्न बिधामा जनजाती उत्कृस्ठा पुरस्कार प्राप्त गरे को चलचित्र “कुसुम” एक सामाजिक चलचित्र हो । उक्त कार्यक्रम मा भोजपुर समाज का प्रेसिडेन्ट लीलाअ राइ ले यस्ता चलचित्र बन्नु पर्ने म जोड दिनु भयो । उक्त चलचित्रका निर्माता फराडेण्डी शेर्पा ले चलचित्र राम्रो बनेको र सबै लाई हेर्न आउन आग्रह गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा पत्रकार हेमन्त सापकोटा, किशोर पन्थी , प्रासान राइ, सैलेश श्रेष्ठ र प्रदिप मगर को उपस्थिती मा सम्पन भए को थियो । पत्रकार सापकोटा ले जातिय चलचित्र हरु ले बर्ग सङ्घर्स को चेतना मुलक सन्देश दिने मा जोड दिनु भ्एको थियो । चलचित्र जनावरि १० तारिख मा न्यूयोर्क मा प्रदर्शन गरिदै छ ।

उक्त चलचित्रमा नायक कर्मा शेर्पा, नायिका सौजन्य सुब्बा,डोल्मा शेर्पा,आर्चन राई,अनिता लामा, र सुप्रिय कट्वालको मुख्य अभिनय रहेको छ । कुसुम चलचित्रको निर्देशन सागर सुब्बाले गरेका हुन ।

IMG_3019

khukuri

आरआर नेविसंघ कार्यकर्ता खुकुरीसहित पक्राउ

काठमाडौं, ६ पुसः रत्न राज्य लक्ष्मी क्याम्पसका नेविसंघ कार्यकर्ता खुकुरीसहित पक्राउ परेका छन् । त्रिचन्द्र क्याम्पसका अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्न घण्टाघर पुगेका नेविसंघ कार्यकर्ता विकास अधिकारीलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको हो । राजधानीको प्रर्दशनी मार्गस्थित आर आर क्याम्पसमा अध्ययनरत अधिकारीलाई आक्रमणको तयारी गर्दैगर्दा नियन्त्रणमा लिइएको दरवारमार्ग प्रहरीले जनाएको छ । अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका उपाध्यक्ष केडी जोशी र धु्रब लामिछानेमाथि आक्रमण हुन लागेको सूचना पाएपछि प्रहरी बेलैमा घटनास्थलमा पुगेकाले ठूलो घटना हुन पाएन ।

Milendra rijal

पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिष्ठान सुचारु गर्नु प्रशंसनीय – सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पत्रकारहरुका क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सुचारु हुनु राम्रो काम भएको बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघको तिलगंगास्थित केन्द्रीय कार्यालयको माथिल्लो तलालाई राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउने प्रस्तावबारे शुक्रबार भवनको अवलोकन गर्दै मन्त्री रिजालले त्यस्तो बताउनुभयो । “मन्त्रालयले महासंघसँग सहकार्य गरेर प्रशिक्षण प्रतिष्ठान सञ्चालनको तयारी गरिरहेको छ, सानो कामबाट भए पनि यसै आर्थिक वर्षबाट काम शुरु गरौं” उहाँले भन्नुभयो ।
प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न र त्यसको नीतिगत व्यवस्था गर्न केही समय लाग्ने भए पनि कामको शुरुवात सानैबाट भए पनि तत्काल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । “भोलि म मन्त्री रहन्छु कि रहन्न तर कामको शुरुवात मेरै कार्यकालबाट होस् भन्ने म चाहन्छु” मन्त्री डा. रिजालले भन्नुभयो । प्रतिष्ठान सञ्चालनका लागि आवश्यक बजेट तथा ऐन नियमको व्यवस्थाका लागि मन्त्रालयले तयारी गरेको जानकारी दिंदै उहाँले महासंघसँग सहकार्य गरेर चाँडै गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । साभार: गोरखापत्र
Petrol in Nepal

पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौँ, ४ पुसः नेपाल आयल निगमले आइतबार सम्ममा ठूलो अन्तरले पेट्रोलियम पद्धार्थको मूल्य घटाउँदै छ । अहिले निगमले पेट्रोल प्रतिलिटरको १ सय २३ रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको छ । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ ५० पैसामा बेच्दै आएको छ ।  निमगले कार्यविधि संशोधन गदै ठुलो अन्तरमा मूल्य घटाउन लागेको हो । हालको मूल्यबाट दुई प्रतिशत भन्दा मूल्य घटाउने तयारी भइरहेको निगम स्रोतले जनायो । निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्यसूची अनुसार यस पटक धेरै अन्तरमा मूल्य घटाउने तयारी गरेको छ । निगमले यसपटक पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा ठुलो अन्तरले समायोजन गदै छ । पेट्रोलियम पदार्थको मूल्य घट्ने हल्लासँगै काठमाडौंमा पेट्रोलको समेत कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।

५ रेक्टर स्केलको भूकम्पको धक्का देशभर

काठमाडौं, – सोलुखुम्बुको नाम्चे बजार नजिकै  ५ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पको धक्का देशभर महसुस गरिएको छ । इएमसिएसीका अनुसार सोलुखुम्बुको नाम्चे बजार देखि २६ किलोमिटर उत्तर पश्चिम भागलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको हो । काठमाडौंबाट भने भुकम्पको केन्द्र विन्दु १ सय २३ किलोमिटर पूर्वी भागमा परेको छ ।
भूकम्प मापन केन्द्रका सोमप्रसाद सापकोटोले भूकम्पबारे थप अध्ययन भइरहेकाे बताए छन् ।  भूकम्पको धक्का काठमाडौं, भक्तपुर,विराटनगर पोखरा,चितवन, सुनसरी लगाएत  भारतको विहारसम्म महसुस भएको छ। करिब ९ बजे १७ मिनेट जाँदा भुकम्प गएको थियो ।