तराईमा कठ्यांग्रिएर २१ जनाको मृत्यु – शितलहर सुरु,

sitlahar

दि पावर न्युज सम्वाद दाता, काठमाडौ, तराईका २० जिल्लामा शीतलहर सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं पश्चिमको नवलपरासीदेखि कञ्चनपुरसम्मका तराईका जिल्ला बढी प्रभावित छन् । पूर्वमा भारतसँग सीमा जोडिएका मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, धनुषा, पर्सा, बारा, झापालगायत जिल्लामा पनि बिहानैदेखि कुहिरोले ढाक्न थालेको छ । तराईका जिल्लाहरूमा एक सातायता बढेको जाडोका कारण कठ्यांग्रिएर २१ जनाको मृत्यु भएको छ । महोत्तरीमा ७, रौतहटमा ६, सिराहमा ३, मोरङमा ३, सप्तरी र झापामा १÷१ जनाएको मृत्यु भएको हो । जाडोका कारण दलित र सुकुम्बासी परिवारहरू सबैभन्दा बढी समस्यामा छन् । चिसोका बिरामीहरू स्वास्थ्य संस्थाहरूमा भिडमभीड छन् । खासगरी वृद्धवृद्धा र बालबालिकामा श्वासप्रश्वास, निमोनिया, कोल्ड डायरियालगायत समस्या अत्यधिक देखिएको छ ।
परिकौलीस्थित नेपाली सेनाको शेर गणले दाउरा बाँडेर जलेश्वर, मटिहानीलगायत २ दर्जनभन्दा बढी सार्वजनिक स्थानमा

आगो ताप्ने व्यवस्था मिलाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलेश्वर तथा गौशाला नगरपालिकासमेतले दाउरा वितरण गरेका छन् । तर पनि समस्या ज्यूँ का त्यूँ रहेको छ । बाक्लो कुहिरोका कारण चितवनलगायत जिल्लाका राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । चालकले हुस्सुका कारण केही नदेख्ने अवस्था छ ।

Chaupaya

जाडोका कारण चौपायाहरूमा विभिन्न प्रकोप देखापरेको छ । झण्डै ३ सय चौपायको मृत्यु भइसकेको छ । ३ हजारभन्दा बढी हेक्टरमा लगाइएको आलु र गोलभेडामा डढुवा रोग फैलिएको छ ।

Spread the love