सातै राष्ट्रका सरकार प्रमुख काठमाडाैंमा

सातै राष्ट्रका सरकार प्रमुख काठमाडाैंमा

दि पावर न्युज सम्वाद दाता, काठमाडौ । – सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुख काठमाडाैं अाइपुगे । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँँ शिखर सम्मेलनको अघिल्लो दिन आज सदस्य मुलुकका विदेश मन्त्रिस्तरीय बैठक आज यहाँ सुरु भएको छ ।

१२ औ सार्क हस्तकला मेला

दि पावर न्युज संवाद दाता, काठमाडौ ।
भृकुटि मण्डपमा १२ औ सार्क हस्तकला टे«ड फेर मेलामा मा बिभिन्न हस्तकलाका सामाग्रीहरु प्रर्देशनीमा राखिएको छ । प्रर्देशनीमा अवलोकन कर्ता हरुको मन हस्तकलाका सामाग्रीहरुले निकै नै तानिरहेको थियो । बिभिन्न मुर्तीहरु, टोपी, माला, कागजका सामाग्रीकरु, सार्क संग सम्बन्धीत बिभिन्न तस्विरहरु र अन्य थुपै्र सामाग्रीले स्टल दुलही भै सिंगारिएको देखिन्थो । सार्कको सुरक्षाको कारण स्टलमा रहेका सामग्रीहरु दिउँसो ३ बजे बाट हटाउन गृहमन्त्राले निर्देशन दिएको छ ।

SAARC Trade Fair In Bhikutimandap
SAARC Trade Fair In Bhikutimandap

SAARC Trade Fair In Bhikutimandap
SAARC Trade Fair In Bhikutimandap

SAARC Trade Fair In Bhikutimandap
SAARC Trade Fair In Bhikutimandap

जनसम्पर्क समिति अमेरिकाको नया नेतृत्वमा विष्ट निर्वाचित

टेक्सास, २४ नोभेम्वर नेपाली जनसम्पर्क समितिको नेतृत्वमा गोरख आनन्द विष्ट विजयी भएका छन् । अध्यक्ष पदका दुई उमेद्वारहरु विष्णु सुवेदी र अर्जुन वन्जाडेलाई पराजित गर्दैै २ सय ८१ मत प्राप्त गरी विष्ट विजयी भएका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा धनन्जय नरसिंह के सी ले २ सय ४६ मत र महासचिवमा मुनिन्द्र नेम्वाडले २ सय ५३ मत ल्याएर विजयी भएका छन् । त्यसैगरि उपाध्यक्षमा धर्मराज श्रेष्ठ, भगवान् प्रसाद मैनाली र चेतप्रसाद पौडेल चुनिएका छन् । साथै नयाँ कार्यसमतिको सचिवमा ईश्वर सापकोटा २ सय २९ मत र भोजराज थोकर २ सय ४५ मत प्राप्त गरी विजयी भएका छन्भने कोषाध्यक्ष पदमा विजय थुलुड निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरूमा गोकुल ढकाल २२९, माया कडायत पौडेल २२८, अमृत भट्टराई २२४, गोपाल विश्वकर्मा २४२, ज्ञानेन्द्रराज कार्की २२४ हरिप्रसाद शर्मा २२५, हरिवोल भण्डारी २७७, केशव बराल २६३, किलान चन्द्र राई २३२, लोकबहादुर लामा २६३, मान्तिकुमारी शाह २८७, ओम भट्टराई २७९, पविता परियार २६६, पीताम्वर भुसाल २३३, प्रमोद सिटौला २३०, सन्तोष पहारी २२८, सुवेन्द्र रानाभाट २४४, सुब्बा सुवास लामा २७८, सुन्दरकुमार गुरुड २४८ र रविन्द्रकुमार बस्नेत २४४ विजयी भएको जानकारी निर्वाचन कमिटीले घोषणा गरेको थियो ।

आइतबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचनको अन्तिम परिणाम सोमबार बिहान साढे ३ बजे घोषणा गरिएको थियो । निर्वाचनमा भागलिएका ५ सय १४ मतदाताहरुबाट निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको लागि रहने व्यवस्था छ । नवनिर्वाचित विष्टले नेपाली काँग्रेसका नेता महानायक वीपी कोइरालालाई सम्झिदै कोइरालाले भारतको प्रवासको बसाइबाट सुरु गरेको जनसम्पर्क समतिको अवधारणा अन्तर्गत अमेरिकामा भएको सङ्गठनमा आफू निर्वाचित हुन पाउदा गर्भको महसुस भएको बताए । विगतका तिक्तताहरुलाई भन्दा सङ्गठनलाई आगामी दिनमा कसरी चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा आफू लागिपर्ने विष्टले प्रतिबद्धता जनाए । निर्वाचनमा पराजित भएका साथीहरूलाई सङ्गठनको लागि सधैँ पहरेदारी गरिदिन विष्टको अनुरोध छ । अध्यक्ष पदमा पराजित दुई जना विष्णु सुवेदी र डा अर्जुन बन्जाडेले विष्टलाई वधाईदिदै सङ्गठनको हितमा लाग्न सुझाव दिएका थिए ।

छबी बा” ले मनाए ५० औ बिर्थडे

नेपाली चलचित्र क्षेत्रका महान हस्ती छबी राज ओझा ले आफ्नो ५० औ बिर्थडे कला कर्मी साथै सन्चारकर्मी हरु को बिचमा मनाएका छन । आफ्नो सुपर हिट चलचित्र “लज्जा” को सफलता पछी चलचित्र किस्मत २ को घोसणा गरेका छन ।
नेपाली चलचित्र क्षेत्र का महान हस्ती छबी राज ओझा ले आफ्नो ५० औ बिर्थडे कला कर्मी साथै सन्चारकर्मी हरु को बिचमा मनाएका छन । आफ्नो सुपर हिट चलचित्र “लज्जा” को सफल ता पछी चलचित्र किस्मत २ को घोसणा गरेका छन । चलचित्र कर्मी हरु ले यिन लाई बा को उपनाम दिएर अत्यन्त सम्मन गर्ने गर्छन । ओझा सयौ कलकार हरु को गड फादर पनि हुन ।
उद्योगका हस्ती मेकरहरुको उपस्थितीमा ओझाले सिल्भर जुब्लीको केक सहित बर्थ डे केक काटी किस्मत २ निर्माण गर्ने घोषणा गरेका हुन । केक काट्न आफूले डेब्यू गराएका तीन हिरोइन पुजना प्रधान, रजनी के.सी र शिल्पा पोखरेल सहित दीपाश्री निरौलाले उनलाई साथ दिएका थिए ।
यस्तै जन्मदिनको केक काट्न चाँहि सिनियर फिल्ममेकर नीर शाह, निर्माता उद्धव पौडेल, प्रदीप उदय, राजकुमार राई, गीतकार किरण खरेल, वितरक गोपाल कायस्थ, निर्देशक आकाश अधिकारी तथा उज्जवल घिमिरे सहित छविका निकट निर्देशक नरेश पौडेल तथा छविको सुरुवाती करिअरमा सहयोग पुर्याउने ब्यक्ति श्याम खेतान सहित अन्य विशिष्ट फिल्ममेकरले साथ दिएका थिए । राजेश हमालकै पहिलो फिल्म युग देखि युग सम्मबाट फिल्मी करिअर सुरु गरेका ओझाले फाईट मास्टर राजेन्द्र खड्गी सहित अर्की हिरोइन अरुणिमा लम्साल, हिरोतर्फ आयुष रिजाल, नविन श्रेष्ठ, सविन श्रेष्ठ र किशोर खतिवडा तथा हास्य कलाकार नारयण त्रिपाठी, निर्देशक तर्फ विश्व बस्नेत, प्रदीप श्रेष्ठ, सविर श्रेष्ठ, कमलकृष्ण पौडेल, आदित्य विक्रम लम्साल, गायक दीपक लिम्बु, फाईट मास्टर चन्द्र पन्त लगायत लेखक प्रकाश पुरी, गरी अहिले चर्चामा रहेकी शिल्पा पोखरेल सम्मलाई आफ्ना फिल्मबाट डेब्यू गराएका थिए ।
द पावर न्यु परिवार उहा प्रती धेरै प्रगती उन्नती साथै जन्म दिन को लाखौ लाख शुभ कामना ब्यक्त गर्न चाहन्छ ।
c2

अनुशासन नमान्नेले पार्टी छाड्दा हुन्छ – मोहन बैद्य

‘पार्टीको विधि र अनुसशान नमान्ने हो भने पार्टी छाडेर गए हुन्छ’, बैद्यको राजनीतिक प्रतिवेदनमा भनिएको छ । नेकपा-माओवादीको जारी केन्द्रिय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष मोहन बैद्यले सचिव नेत्रबिक्रम चन्द विप्लब समूहलाई लक्षित गर्दै विधि र अनुशासन नमान्नेले पार्टी छाडेर जान चुनौति दिएका छन् । ‘पार्टीको लागि क्रान्तिकारी, एकता र अनुशासनको आवश्यकता छ’, बैद्यले भने । बैद्यले आफ्नो लिखित प्रतिवेदनमा पार्टीको विधि र अनुशासन नमान्नेलाई पार्टीमा राख्न कुनै करकाप नगरिने लेखेका छन् ।

आनन्द बिस्ट को जित सुनिस्चित

जनसम्पर्क समिति भएका अमेरीकाका प्रायः सबै स्टेटका अध्यक्षहरुबाट गोरखबहादुर विष्ट (आनन्द विष्ट) को सपोर्टमा अहिले टेक्सासको डल्लास गुञ्जायमान भएको छ । सबै स्टेटमा जनसम्पर्क समितिलाई पु¥याउनुपर्छ भनेर विष्ट र उनका सहयोगीहरु आफै गएर जनसम्पर्क समिति गठन गरेका थिए । अध्यक्षका उम्मेदवार विष्टको यो लोकप्रियता उनले गरेको जनसम्पर्क समिति स्थापनाकाल देखिको मेहनत र लगनको फल मान्नुपर्छ ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पनि विष्टको प्रभावलाई राम्रोसँग बुझिसकेका छन् । अरु डल्लास आइपुगेका नेतागणको पनि विष्टप्रतिको विश्वासले यहि देखाउँछ कि अब सबै एकठाउँमा बसौ र विष्टको नेतृत्वमा जनसम्पर्क समिति अमेरीका गठन गरौं । अहिले डल्लास आइपुग्नुभएका जल्दावल्दा युवा नेता विश्वप्रकास शर्मा पनि विष्टले जितेमा अमेरीकामा नेपाली काँग्रेसले व्यापकता पाउने कुरामा विश्वास गर्छन् । उनलाई नजिकबाट बुझ्नेहरु भन्छन्, उनले खुलेर सपोर्ट गर्न त मिल्दैन तर विष्टको व्यक्तित्वबाट प्रभावित भएर नै उनी नेपालबाट आएको बताउँछन् ।

सुशिल कोइराला स्वयम् पनि विष्टलाई भित्र भित्रै सहयोग गर्न चाहन्छन्, सुत्र भन्छ । विष्ट कुनै गुट र उपगुटमा विश्वास राख्ने नेता होइनन्, उनी सबै नेतृत्वगणलाई समानरुपमा व्यवहार गर्छन । उनको यो व्यक्तित्वका कारण नेपाली काँग्रेसका ठूला नेताहरु पनि नतमस्तक हुने गर्दछन् ।
1897760_519483564820657_7198181191564981295_n

हरेक कदम साथ साथ – सार्क बिशेष गीत

हरेक कदम साथ साथ – सार्क बिशेष गीत

अठारौं सार्क शिखर सम्मेलनको प्रक्रियागत बैठक सुरु
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनको प्रकृयागत बैठक आजदेखि सुरु हुँदै छ । सदस्य मुलुकका परराष्ट्र/ विदेश बाह्य मामिला मन्त्रालयमा सार्क मामिला हेर्ने सहसचिव सम्मिलित कार्यक्रम समितिको आजको बैठकमा शिखर सम्मेलनमा सदस्य देशले समावेश गर्ने विषय, काठमाडौँ घोषणापत्रबारे बुँदागत छलफल तथा त्यसमा आवश्यक परिमार्जन एवम् पुनर्लेखन हुनेछ । परिष्कृत विषयवस्तु तथा समितिले निरुपण गर्न नसकेका विषय सचिवहरू सम्मिलित स्थायी समिति समक्ष प्रस्तुत गर्नेछ । भोली र पर्सी अर्थात आइतबार र सोमबार आठ वटै मुलुकका परराष्ट्र÷विदेश ÷बाह्य मामिला सचिवको नेतृत्वमा हुने स्थायी समितिको बैठकले कार्यक्रम समितिले प्रस्तुत गरेका दस्तावेजमा आवश्यकतानुसार सुधार गरी नीतिगत विषयसमेत समेटेर राजनीतिक तहमा निर्णय गर्नुपर्ने विषयलाई सार्क मन्त्रिपरिषद्मा पेस गर्नेछ । मङ्गबार हुने मन्त्रिपरिषद् बैठकले काठमाडौँ घोषणापत्रलाईं अन्तिम रुप दिनाका साथै क्षेत्रीय सम्झौताका विषयलाई निष्कर्षमा पु¥याउनेछ । मन्त्रिपरिषद्ले किनारा लगाउन नसकेका विषय सार्कका राष्ट्राध्यक्ष वा सरकार प्रमुखको बैठक शिखर सम्मेलनमा प्रस्तुत हुनेछ ।

किस्ट अस्पतालको शौचालयबाट खसेर बिरामीको मृत्यु – आफन्तले नाराबाजी गरे

काठमाडौं, मंसिर ६ – ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालको शौचालयबाट खसेर बिरामीको मृत्यु भएको छ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले नाराबाजी गरेका छन् ।
शनिबार बिहान ६ शौच गर्न गएकी दोलखा निवासी ८१ वर्षीया ललितमाया खड्काको एक तलामाथि रहेको शौचालयबाट खसेकी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

क्षेत्रीय सहयोग विस्तारमा सार्कका क्षेत्रीय केन्द्रहरुको क्रियाशीलता

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को चौतर्फी विकासमा सहयोग पु¥याउन हालसम्म स्थापना भएका ११ केन्द्रको क्रियाशीलता अपेक्षा गरेअनुसार हुन नसकेको देखिन्छ ।

सार्कको उद्देश्य हासिल गर्न र क्षेत्रीय सहयोगको अभिवृद्धिका लागि हालसम्म सार्क कृषि सूचना, क्षयरोग तथा एचआइभी÷एड्स, अभिलेख, जलवायु अनुसन्धान, मानव संशाधन, सांस्कृतिक, तटीय क्षेत्र व्यवस्थापन, सूचना, ऊर्जा, वनविज्ञान र विपत्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ ।

केन्द्रको व्यवस्थापन सञ्चालक समितिबाट हुने प्रावधान छ । समितिमा सदस्य राष्ट्रका प्रतिनिधि, सार्क महासचिव र केन्द्र अवस्थित देशका परराष्ट्र मन्त्री हुन्छन् । केन्द्रको प्रतिवेदन केन्द्रका निर्देशकले स्थायी समितिमा पेस गर्नुपर्छ ।

कृषि अनुसन्धान, दिगो कृषि विकास र गरिबी घटाउने लक्ष्यले सन् १९८८ मा स्थापना भएको सार्कको पहिलो कृषि सूचना केन्द्र बङ्गलादेशमा छ । केन्द्रले कृषिसम्बन्धी अनुसन्धान र विकासलाई मजबुत पार्न क्षेत्रीयस्तरमा कृषि प्रविधिसम्बन्धी जानकारी तथा सूचना सदस्य राष्ट्रका सम्बन्धित राष्ट्रिय सूचना केन्द्रमा उपलब्ध गराउने भने पनि कृषिसम्बन्धी केही विषयमा प्रकाशन र आफ्ना गतिविधिका बारेमा चौमासिक रुपमा एक छुट्टै पत्रिका प्रकाशनमै सीमित छ ।

दक्षिण एसियामा क्षयरोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले सन् १९९२ मा खोलिएको क्षयरोग तथा एचआइभी÷एड्स केन्द्रको कार्यालय नेपालमा छ । यस क्षेत्रका राष्ट्रिय क्षयरोग तथा एचआइभी÷एड्स नियन्त्रण कार्यक्रमलाई समन्वय गरी विश्वमा क्षयरोगसम्बन्धी पछिल्ला विकास, अनुसन्धान एवम् क्रियाकलाप सङ्कलन गरी सदस्य राष्ट्रमा आदान–प्रदान गर्ने काम केन्द्रले गर्दछ । उद्देश्यअनुरुप कार्यक्रमको कार्यान्वयनमा देखा परेका समस्या समाधान गर्न सदस्य राष्ट्रका सम्बन्धित प्रबन्धकहरुको बैठक गर्दै आएको छ ।

सन् १९९५ मा स्थापना भएको सार्क जलवायु अनुसन्धान केन्द्रले यस क्षेत्रको मौसमसम्बन्धी अनुसन्धान र सो को अनुगमनसम्बन्धी काम गर्दै आएको छ । बङ्गलादेशमा अवस्थित केन्द्रले जलवायु विज्ञानसम्बन्धी पेसाविद् र प्राविधिकले पछिल्ला सूचनाहरु समावेश गरी तयार गरेका तथ्याङ्कहरु सङ्कलनको काम गर्छ । दैवी प्रकोपबाट हुने जनधनको क्षतिलाई कम गर्न मौसमको भविष्यवाणी गर्ने उपकरणको सुधार गर्ने भने पनि त्यसमा ठोस उपलब्धि हासिल गर्न नसकेको गुनासो छ ।

मानवीय संशाधन विकाससम्बन्धी विषयमा अनुसन्धान गर्ने, तालिम दिने र सूचनाको विस्तार गर्ने उद्देश्यले खडा भएको मानव संशाधन विकास केन्द्रको कार्यालय पाकिस्तानमा छ । सन् १९९९ मा स्थापना भएको केन्द्रले सार्कका जनताको सीप र दक्षता अभिवृद्धिका लागि कार्यरत छ । सांस्कृतिक केन्द्रले सांस्कृतिक छटाहरुलाई संरक्षण, सम्वद्र्धन र संस्कृतिक विविधतालाई विश्वमा चिनाउने कामले स्थापना भएको हो । श्रीलङ्काको यो केन्द्र दक्षिण एसियाली सम्पदाको प्रतीकका रुपमा रहे पनि यसले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिमा ठोस उपलब्धि हासिल गर्न सकेको देखिँदैन ।

वातावरणीय सन्तुलन कायम राख्न समुद्रतटीय क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको सार्कतटीय क्षेत्र व्यवस्थापन केन्द्रको कार्यालय मालदिभ्समा रहेको छ । यस केन्द्रले तटीय क्षेत्र तथा समुद्री वातावरणको संरक्षण, संवद्र्धन गर्ने र त्यसबाट सार्कका जनता एवम् अन्य प्राणीको संरक्षण गर्दै जैविक विविधताको संरक्षणमा योगदान पु¥याउँदै आएको छ ।

शिक्षा, संस्कृति, विकास, राजनीति, ग्रामीण वस्तुस्थिति, स्वास्थ्यसहित विश्व जगत्का सूचना सङ्कलन गरी सदस्य राष्ट्रलाई उपलब्ध गराउने काम सूचना केन्द्रले गर्दै आएको छ । नेपालमा रहेको केन्द्रले सूचना बैंकको भूमिका निर्वाह गर्नुका साथै छापा तथा विद्युतीय सञ्चार माध्यमबीच समन्वयका काम गर्दछ ।

ऊर्जा केन्द्र भने ऊर्जा क्षेत्रको सहयोगका सम्भाव्यताको अध्ययन, ऊर्जा चुनौतीलाई अवसरमा परिणत गर्ने र नवीकरणीय वैकल्पिक ऊर्जाको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले स्थापना भएको हो । पाकिस्तानमा रहेको केन्द्रले ऊर्जा संरक्षण र ऊर्जाको प्राचुर्यताका लागि प्रवद्र्धनात्मक कार्य गर्ने भने पनि उद्देश्यअनुरुपको उपलब्धि हासिल गर्न सकेको देखिँदैन । यस क्षेत्रमा ऊर्जा उत्पादनको सम्भावना व्यापक रहे पनि यो क्षेत्र ऊर्जा सङ्कटबाट पिरोलिँदै आएको छ ।

वनजन्य स्रोतको नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयासको खोजी गर्ने पर्वतीय पर्यावरण, वन जङ्गलको संरक्षणलगायतको क्षेत्रका अनुसन्धान, प्राप्त तथ्याङ्क सूचना सङ्कलन, सङ्कलित तथ्याङ्क सदस्य राष्ट्रमा वितरण गर्ने उद्देश्यले वनविज्ञान केन्द्रको स्थापना भएको हो । भुटानमा रहेको केन्द्रले सार्क राष्ट्रका लागि केन्द्रविन्दुका रुपमा रही वनविज्ञानसम्बन्धी नीति निर्माण गर्नेजस्ता काम गरेको छ ।

सार्कको ११आँै विपत्ति व्यवस्थापन केन्द्र सदस्य राष्ट्रका दैवीप्रकोप तथा अन्य केन्द्रबीच आपसी सहयोग आदान–प्रदान गर्न क्रियाशील छ । यसले हरेक विपत्ति व्यवस्थापनका लागि अभिलेख सङ्कलन, घटना अध्ययन र विपत्ति व्यवस्थापनका लागि तालिम सञ्चालनको काम गरिरहेको छ ।

सार्कका हालसम्म १७ शिखर सम्मेलन सम्पन्न भइसकेका छन् । सार्कले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिमा केन्द्रको प्रगतिको अवस्था हेर्दा अपेक्षाकृत भने देखिँदैन । त्यही भएर यही मङ्सिर १० र ११ गते नेपाल हुने १८औँ सार्क शिखर सम्मेलनमा केन्द्रको प्रगति र सङ्ख्याका बारेमा बहस हुने बताइएको छ । रासस