टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न !

बिकास न्यौपाने, टेक्सास, अमेरिका –नेपाली समाज टेक्सासको (एनसटि ) आयोजनामा ‘बडा दसैँ २०७१’ को शुभ उपलक्ष्यमा गत सेप्टेम्बर २७ शनिवारका दिन टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” भव्य कार्यक्रमको साथ सम्पन्न गरियो । असत्य माथि सत्यको विजयको रूपमा बनाइएको यस दसैँ वर्षमा ९ दिन सम्म जमरा राखी सत्यरुपा देखि दुर्गा भवानीको पूजा गर्ने चलन छ। सोहीअनुरुप यस कार्यक्रमको सुरुवातमा नेपालीहरूको आफ्नै मन्दिरका गुरु डा शेखर पण्डित तथा बासु भण्डारी ज्यु बाट कार्यक्रम सुरु गर्नु पूर्व बैदिक मन्त्रोचारण गर्नु भएको थियो ।


नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले औपचारिक सुरुवात गर्नु भएको उक्त कार्यक्रमको समन्वय तथा आगामी सञ्चालन भने नेपाली समाजका फिनान्स उपाध्यक्ष बाल जोशी तथा सदस्य केदार तिम्सिनाले गर्नु भएको थियो। कार्यक्रममा समाजकै इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तव्य दिनुभयो।

नेपालका ख्याती प्राप्त लोक-गायक मिलन लामा  तथा गायिका शान्ति भण्डारी प्रमुख कलाकारको रूपमा निम्त्याईए पनि कार्यक्रमको अवधिभर अथिति कलाकारलाई  भन्दा स्थानीय कलाकार हरुलाई  समय खर्चेको देखिन्थो, सो कुरा उपस्थिति दर्शकहरुको चाहना भने नेपालबाट आउनु भएका अथिति कलाकार लामालाई  बढी समय दिनु पर्ने र कम समयको कारणले गर्दा गायक  लामाको धेरै चर्तित गीतहरू  सुन्न नपाएको  कुरा धेरै दर्शकहरुबाट आएको गुनासो थियो । कार्यक्रममा  झन्डै १५ वटा स्थानीय प्रस्तुति रहेको थियो।

कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न ३ व्यक्तित्वहरु समाजसेवी डा प्रेमराज अधिकारीले समाजको उचाइ बढाउन खेलेको उहाँको ४ वर्षे अध्यक्ष कालको भूमिका, डा झरना श्रेष्ठले एनसटि द्वारा सञ्चालित निःशुल्क स्वस्थ शिविरमा गर्नु भएको सहयोग तथा पत्रकार विकास राज न्यौपानेले टेक्सास लाई संसारमा चिनाउन खेलेको अहम भूमिकाको प्रंशशा गर्दै सम्मान समेत प्रदान गरिएको रहेको जानकारी अध्यक्ष भुवन आचार्यले गराउनु भयो। उहाहरुलाई सम्मान पत्र नेपाली समाजकै पूर्व  अध्यक्षहरु गौरिराज जोशी तथा राम पोखरेलले प्रदान गर्नुभयो।

टेक्सास ड्यालसको अर्विंग आर्ट सेन्टरमा गरिएको कार्यक्रम साँझ ७:०० बजे सुरु गर्ने तयारी आयोजकहरुबाट गरिए पनि आयोजकबाटै राखिएको निःशुल्क ‘दसैँ भोज’ मा दर्शकहरु धेरै अल्मलिएका कारण कार्यक्रम झन्डै ८:३० बजे मात्र सुरु भई राती १२:०० बजे  समापन भएको थियो।  ७५० सिट क्षमता भएको उक्त हलमा क्षमता भन्दा बढी दर्शकहरुको  सहभागी थियो  । सबै सहभागी दर्शकहरु उत्तिकै जोस र उमंगमा हुनु हुन्थ्यो । यधपी, अपेक्षा अनुसारको प्राविधिक पक्ष कायम हुन नसकेकोले अलि खल्लो महसुस भएको गुनासो कार्यक्रममा सहभागी दर्शकहरुको थियो ।
अन्त्यमा नेपाली समाज टेक्सास कै दसैँ राफल खोलिएको थियो। उपहार विजेतालाई हाम्रो पनि बधाई । 

टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न !

Spread the love