शिखर सम्मेलनको लागि ‘बुलेटप्रुफ’ कार

काठमाडौ, आश्विन ११ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनको लागि राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने आरमदायी र अति सुरक्षीत ‘बुलेटप्रुफ’ कार भारतबाट भाडामा ल्याउने भएको छ । भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको ‘टुरिजम ब्यूरो’बाट नै नेपालले पनि त्यस्तो कार सार्कको लागि ल्याउने तयारी अघि बढाएको हो । भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीका लागि त्यहीबाट कार भाडामा लिने गर्दछ । सरकारसंग रहेको कार संरक्षण नहुने भएपछि पछिल्लो चरणमा भारतले पनि भाडामा लिने गरेको परराष्ट्र अधिकारीहरुले बताए शिखर सम्मेलन आफ्नो मुलुकको नेतृत्व गरेर आउने राष्ट्र एवं सरकार प्रमुखहरुलाई आवश्यक पर्ने सुविधा सम्पन्न कार सरकारसँग छैन् । राष्ट्रपति रामवरण यादब र प्रधानमन्त्री सुशील कोइरालाले अहिले उपयोग नै गरिहरको बाहेका त्यस्ता तीनकार आवश्यक मर्मत विना सिंहदरबार र नारायणहिटीमा थन्किएको छ । दुवै मुलुकको सरकारी स्तरमा नै छलफल गरेर उक्त कार भाडामा ल्याउने तयारी अघि बढेको हो । अगामी मंसिर १० र ११मा काठमाडौंमा हुने १८ औं शिखर सम्मेलनको तयारी बारेमा सदस्य मुलुकको राजदूतलाई जानकारी गराउन भारत गएको सहसचिव नेतृत्वको टोलीले भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यस्तो ‘डिल’ गरेर फर्केको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

परराष्ट्रले बेलायतमा ओलम्पीक ताका प्रयोग गरिएको पुरानो गाडी खरिद गर्ने गरि प्रक्रिया अघि बढाएको भए पनि त्यो विकल्प विवादीत हुने भए पछि अन्य खरिदको लागि समय लाग्ने भन्दै भाडाको विकल्पमा गएको हो । छिमेकी मुलुकद्धयले शिखर सम्मेलनको लागि आवश्यक सहयोग समेत गर्ने भनिसकेकोले यस्तो अवस्थामा गाडी पूर्ण सहयोगमा समेत मिल्न सक्ने एक अधिकारीले बताए । शिखर सम्मेलनको तिथी नजिकिदै गर्दा सबै क्षेत्रमा तिव्ररुपमा तयारी अघि बढिरहेको छ ।

Spread the love