अधिकारी दम्पतीको अवस्थाप्रति संसदमा चर्को आवाज, एमाओवादीद्धारा प्रतिवाद

अधिकारी दम्पतीको अवस्थाप्रति संसदमा चर्को आवाज, एमाओवादीद्धारा प्रतिवाद

काठमाडौं, फाल्गुन १९ । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राखी ४ महिना भन्दा अघिदेखि आमरण अनसनमा बसेको नन्दप्रसाद अधिकारी दम्पतीको अवस्थालाई लिएर संसदमा चर्को आवाज उठेको छ। [embedplusvideo height=”520″ width=”620″ editlink=”http://bit.ly/1xdKsLh” standard=”http://www.youtube.com/v/WfS0rMiTPSo?fs=1″ vars=”ytid=WfS0rMiTPSo&width=620&height=520&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=&notes=” id=”ep6810″ /]

कांग्रेसमा सुजातासहित १८३ निलम्बन गर्न सिफारिस

आश्विन ८, काठमाडौ- संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् । पौडेलले समितिले गरेको निर्णयले पार्टीभित्र संस्थागत अनुशासनको पद्धति बसाल्ने बताए । ‘यो महत्त्वपूर्ण निर्णय हो । समितिले गरेको कारबाहीका निर्णयको सूचना बुधबार केन्द्रीय कार्यसमितिले प्रकाशित गर्छ,’ पौडेलले भने, ‘चित्त नबुझे ३५ दिनभित्र उजुरी गर्न पाउने व्यवस्था भएकाले त्यसलाई समेत ध्यान दिएर पार्टीले निर्णय लिन्छ ।’

‘सुजाता कोइरालाले आफ्नै उम्मेदवारलाई हराउन अन्तर्घात गरेको ठहर भयो,’ स्रोतले भन्यो, ‘पार्टीको नियमावली ०६८ को नियम ४४ ९१० ‘ख’ बमोजिम बहाल रहेको पदीय दायित्व र जिम्मेवारीअनुसार पार्टीको कामकारबाही गर्नबाट उनलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ ।’ ‘सभासद भनिएको छैन । पार्टी दायित्वबाट मुक्त गर्ने भनिएको छ,’ ती सदस्यले भने, ‘सभासदबाट पनि हटाउन सक्ने कि नसक्ने भन्ने विषय केन्द्रीय समितिमा छलफल होला ।’ अनुशासन समितिका सदस्य सुरेन्द्र पाण्डेले कांग्रेसको इतिहासमै पहिलोपटक पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनको कसीमा राख्न संस्थागत निर्णय सुरु भएको बताए । समितिले ५२१ उजुरी माथि छानबिन थालेकोमा १८३ जनालाई कारबाही गर्ने निर्णयसहितको प्रतिवेदन पार्टीलाई बुझाएको हो । ४९ जिल्लाको ७६ निर्वाचन क्षेत्रबाट परेका उजुरीमाथि छानबिन गरिएकोमा १२ उजुरी फिर्ता भएका थिए ।

यसरी मारिएका थिए कृष्णप्रसाद अधिकारी

काठमाडौँ । दस वर्षअघि मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाही माग गर्दागर्दै नन्दप्रसादले सोमबार अनशनरत अवस्थामै ज्यान गुमाए। उनले अनशन सुरु गरेपछि हत्या प्रकरणमा मुछिएकालाई मुद्दा चलाउने काम भए पनि किनारा भने लागेको छैन । कृष्णप्रसादलाई चितवनको बकुलहरचोकबाट अपहरण गर्नेमा तीन जना संलग्न रहेको र गोली हानी हत्या गर्ने रुद्र आचार्य भएको प्रहरीको पछिल्लो अनुसन्धानले खुलाएको छ। आचार्य हाल उत्तरी आयरल्यान्डमा रहेको प्रहरी दाबी छ।

अनुसन्धानअनुसार आचार्यसहित ऋषिराम लामिछाने र ‘अटल’ भनिने मदन पौडेल हत्यामा संलग्न थिए। यी तीनै जना माओवादी कार्यकर्ता हुन्। लामिछाने र पौडेलको द्वन्द्व क्रममा सुरक्षा कारबाहीमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। यही निष्कर्षका आधारमा प्रहरीले आयरल्यान्डमा रहेका आचार्यलाई पक्राउ गर्न सहयोग माग्दै २०७० फागुन २१ गते ‘डिफ्युजन’ नोटिस जारी गरेको थियो। यसको प्रत्युत्तरमा बेलायतस्थित इन्टरपोलको एनसिबीले अदालतको नोटिस मागेको थियो। यसअनुसार चितवन जिल्ला अदालतले पक्राउ आदेश जारी गरिसकेको छ। उक्त आदेश नेपालस्थित एनसिबीले बेलायत एनसिबीलाई पठाइसकेको स्रोतले बतायो।

२०५७ मा माओवादीमा लागेका चितवन, रत्ननगर नगरपालिका–८ का आचार्य माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६६ मा श्रीमतीसँगै ‘डिपेन्डेन्ट’ भिसामा बेलायत गएको प्रहरीको भनाइ छ। जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दामा आचार्यलाई समेत प्रतिवादी बनाइएको छ। आचार्यसहित पक्राउ नपरेका ८ जनाका हकमा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) अनुसार घटनामा संलग्न देखिएको अभियोगमा कानुनी प्रक्रिया जारी छ।

यसबीच नन्दप्रसाद र गंगामायाको अनशन तोडाउन पटकपटक प्रयास भए पनि उनीहरू मानेका थिएनन्। दाजु नुरप्रसादले अनशन तोडेबापत राज्यसँग ठुलो रकम माग गरेको पनि चर्चामा आएको थियो।

हत्याकाण्डको फेहरिस्त

यो हत्याकाण्ड माओवादी द्वन्द्व बेला २०६१ जेठ २४ मा भएको थियो। त्यस दिन १८ वर्षीय कृष्णप्रसाद एसएलसी परीक्षा दिएर हजुरबा–हजुरआमा भेट्न गोरखा, फुजेलबाट चितवन आएका थिए। राति ८ बजेतिर नम्बर खुल्न नसकेको एउटा मोटरसाइकल हुइकिँदै आएर उनको सामुन्ने रोकियो। मोटरसाइकलमा तीन जना सवार थिए। तिनले कृष्णप्रसादलाई आफ्नो कब्जामा लिए। त्यसै रात चितवन नगरपालिका–८ को बकुलहरचोकमा गोली हानेर उनको हत्या गरियो।

दोस्रो दिन नै कृष्णप्रसादका बाबु नन्दप्रसादले ‘मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले हत्या गरेको’ भन्दै कर्तव्य ज्यानअन्तर्गत घटनामा संलग्नको खोजतलास र कारबाही माग गर्दै जाहेरी दिए। उनले कसैको नाम किटान गरेनन्। प्रहरीले उनको यो जाहेरीका आधारमा अनुसन्धान अघि बढाएन।

अनुसन्धान प्रक्रिया

अनुसन्धान सुरुआत त्यसपछि मात्र भयो, जब कृष्णप्रसादका दाजु नुरप्रसादले १८ महिनापछि २०६२ मङ्सिर २६ गते ‘भाइको हत्यामा संलग्न’ भन्दै ११ जनाविरुद्ध किटानी जाहेरी दिए। तीमध्ये नौ जना उनका आफन्त हुन्। प्रहरीले त्यही जाहेरीलाई अनुसन्धानको मुख्य आधार बनायो।

जाहेरीकर्ता नुरप्रसाद अंश विवादका कारण आफ्नो भाइ मारिएको दाबी गर्छन्। नन्दप्रसादका दुई भाइमध्ये कान्छाको नाम ठाकुर हो, माइलाको मृत्यु भइसकेको छ। माइली आमाले माओवादी कार्यकर्ता लगाएर भाइको हत्या गराएको नुरप्रसादको तर्क छ। त्यही आधारमा उनले माइली काकी र फुपूलाई समेत आरोपित बनाएका छन्।

अधिकारी परिवारमा अंश विवाद रहेको स्थानीय पनि स्वीकार गर्छन्। तर त्यही विवादमा माइली आमाको पक्ष लिनेलाई नुरप्रसादले भाइको हत्यामा आरोपित बनाएर फसाएको उनीहरूको भनाइ छ।

नुरप्रसादको जाहेरीमा आतंककारी तथा विध्वंसात्मक ऐनअनुसार कारबाही माग गरिएको थियो। हत्याको अभियोजनका लागि सुरुमा सरकारी वकिलको कार्यालयले यसैलाई कानुनी जटिलताका रूपमा विश्लेषण गरेको थियो। २०६२/६३ को राजनीतिक परिर्वतनपछि बनेको सरकारले राजाको प्रत्यक्ष शासनकालमा आएका सबै कानुन निस्त्रि्कय बनाउँदा आतंककारी तथा विध्वंसात्मक कानुन पनि खारेजीमा परेको थियो। बृहत् शान्ति सम्झौतापछि उक्त कानुनअनुसार चलेका सबै मुद्दा फिर्ता लिने सरकारको निर्णयमा कृष्णप्रसाद हत्याको अनुसन्धानसमेत परेको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले २०६५ चैत २३ गते कृष्णप्रसाद हत्यासम्बन्धी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्‍यो। यसअनुरुप अनुसन्धान अघि बढे पनि महान्यायाधिवक्ता कार्यालयले खारेज भइसकेको कानुन टेकेर अनुसन्धान बढाउन नमिल्ने रायसहित २०६९ पुस ९ गते मिसिल सुरक्षित राख्न चितवन प्रहरीमा पठाएपछि अनुसन्धान प्रक्रिया रोकियो । बुवा नन्दप्रसाद र आमा गंगामाया छोराको हत्यामा संलग्नमाथि छानबिन र कारबाही माग गर्दै पहिलोचोटि अनशन बसेको त्यसपछि नै हो।

पक्राउ सिलसिला

अनशनकै दबाबका कारण राष्ट्रिय मानवअधिकार आयोगले पुरानो निर्णय सम्झाउँदै २०७० साउन २८ गते सरकारलाई पत्र पठायो। लगत्तै प्रहरीले २०७० भदौ २१ गते मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार आरोपितमध्येका रामप्रसाद अधिकारीलाई काठमाडौँको बागबजारबाट पक्राउ गर्‍यो।  रामप्रसाद समातिएपछि नन्दप्रसाद र गंगामायाले भदौ २२ गते राति अनशन तोडेका थिए। तर, पक्राउ परेका आरोपितलाई मुद्दा चलाउन यथेष्ट आधार र प्रमाण नभएको भन्दै सरकारी वकिलको निर्देशनमा असोज १६ गते तारेखमा छाडियो।

रामप्रसाद छुटेपछि नन्दप्रसाद र गंगामायाले २०७० कात्तिक ८ बाट फेरि अनशन सुरु गरे। त्यसपछि मङ्सिर २१ मा फेरि अर्का आरोपित ‘अजिब’ भनिने परशुराम पौडेललाई प्रहरीले पक्राउ गर्‍यो।

अजिबलाई पनि मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको निर्देशनमा पुस १६ मा तारेखमा छाडियो। चितवन प्रहरीले फेरि चैत ६ गते राति आरोपितमध्येका छविलाल पौडेल र भिमसेन पौडेललाई गिरफ्तार गर्‍यो। यसपटक भने सरकारी वकिलले अदालतमा मुद्दा दायर गरे।

मुद्दा दायर

२०७० चैत ३० मा चितवन जिल्ला अदालतमा अधिकारी हत्या प्रकरणमा पहिलोपटक मुद्दा दायर भएको थियो। अदालतमा सर्वस्वसहित जन्मकैद माग गर्दै सरकारी वकिल एकनारायण लम्सालले मुद्दा दायर गरेका थिए। किटानी जाहेरीमा नाम नपरेका थप दुई जना गोरखा, फुजेलकी जानुका पौडेल र चितवन रत्ननगरका रुद्र आचार्यविरुद्ध पनि मुद्दा दायर भयो। प्रहरी अनुसन्धानमा जानुका र रुद्रको संलग्नता देखिएपछि उनीहरूलाई पनि अभियुक्त बनाइएको थियो।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोद मोहन आचार्यको इजलासले संलग्न प्रमाणका आधारमा अभियुक्तहरूमाथि सर्वस्वसहित जन्मकैद हुने गरी मुद्दा चलाउन नमिल्ने जिकिर गर्दै त्यो बेला प्रहरीले नियन्त्रणमा लिएकालाई धरौटीमा छाड्ने आदेश दियो।

चैत ६ गते समातिएका छविलाल र भिमसेन पौडेल न्यायाधीश आचार्यको आदेशबमोजिम २०७१ वैशाख ४ मा धरौटीमा रिहा भए। भिमसेनलाई २७ हजार र छविलाललाई २० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिइएको थियो। यी दुई जना कसुरदार हुन् भनी यकिन गर्न सकिने वा विश्वास गर्न सकिने आधार नभएको हुँदा थुनामा राख्नुपर्ने अवस्था नरहेको न्यायाधीश आचार्यको आदेशमा उल्लेख छ। घटनामा तत्काल प्राप्त हुने प्रमाणको अभाव देखिएको आचार्यको जिकिर छ।

तीन अझै फरार

कृष्णप्रसाद हत्या प्रकरणमा छविलाल, भिमसेन, रामप्रसाद, रुद्र, जानुका र अजिबसँगै सीता अधिकारी, सुभद्रा तिवारी, मेघनाथ पौडेल, कालिप्रसाद पौडेल, हिमलाल अधिकारी पनि अभियुक्त कायम भएका छन्। त्यस्तै अन्य अभियुक्तमा रामप्रसाद अधिकारी नै नाम भएका अर्का व्यक्तिसमेत छन्। विष्णु तिवारीविरुद्ध पनि अभियोग छ।

चितवन जिल्ला अदालतबाट प्राप्त जानकारीअनुसार रुद्र, रामप्रसाद र सुभद्रा तिवारीबाहेक अरू अदालतमा हाजिर भएर धरौटी र साधारण तारेखमा छुटेका छन्। सीता र जानुका पनि साधारण तारेखमै छुटेका हुन्।

नन्दप्रसाद र गंगामायाले अनशन थालेपछि दबाबमा परेको सरकारले अनुसन्धानमा जिल्ला तहको प्रहरीसँगै तत्कालीन डिआइजी गणेश राईको संयोजकत्वमा केन्द्रीय तहमा समेत समिति बनाएको थियो। हत्या अभियोगको मिसिलमा गोली कसले हानेको हो भन्ने किटान गर्ने प्रमाणको अभावमा मुद्दा प्रक्रिया रोकिएको थियो। पछिल्लो अनुसन्धानबाट भने गोली हान्ने रुद्र आचार्यकै पहिचान भएकाले मुद्दा प्रक्रिया अघि बढ्नेमा अनुसन्धानमा खटिएकाहरू आशावादी बनेका थिए। स्रोत बि आर टी नेपाल 

मलेसिया एअरपोर्टमा थुनिए एकसय ६० नेपाली

८ असोज, काठमाडौं । रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौदेखि अलपत्र परेका छन् । अलपत्र परेका मध्ये कतिपय कामदारको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

म्लेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका यी नेपाली कामदार क्वालालम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्प (थुनुवा कक्ष)मा बसिरहेको जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ । ‘रोजगारदाता लिन नआउँदा अलपत्र परेका कामदारलाई फर्काउन पहल भइरहेको छ,’ उनले भने । यसबाहेक मलेसियाका विभिन्न सहरमा अन्य सयौं नेपाली कामदार जेलमा रहेका र अलपत्र परेका उनले बताए ।

अन्य स्थानमा अलपत्र परेकामध्ये अधिकांश गैरकानुनी कामदार छन् । गैरकानुनी कामदारलाई नेपाल फिर्ता गराउन दूतावासले विशेष पहल गरिरहेको छ । दैनिक दुईसय जना नेपालीलाई स्वदेश फिर्ता पठाउन ट्राभल डकुमेन्ट तयार गरिँदै गरेको बस्न्यातले बताए ।

कमल थापाले मागे प्रधानमन्त्रीको राजीनामा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिन भएको बताएका छन् ।

थापाले ट्वीट गर्दै भनेका छन्-न्याय दिन नसक्ने प्रम कोइरालाले नैतिक आधारमा राजीनामा दिनुपर्छ ।’ अधिकारीले न्यायका लागि जीवन आहुति दिएको भन्दै थापाले उनलाई शहिद घोषणा गर्न समेत माग गरेका छन् ।

त्यसैगरी पूर्वप्रधानसेनापति रुक्माङद कटवालले द्वन्द्वकालमा भएको घटना भन्दै पीडितलाई न्यायबाट बन्चित गर्न नहुने र दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । स्रोतः– आनलाईन खबर

न्यायको माग गर्दा गर्दै नन्दप्रसाद अधिकारीको निधन

दि पावर न्यूज संवाद दाता, काठमाडौ।-३२९ दिन देखि अनशन बस्दै आएका नन्दप्रसाद अधिकारीको निधने निधन भएको छ । आफ्नो छोराको हत्यारालाई कारबाहिको माग गर्दै आइरहेका नन्द प्रसाद ४ दिन देखि अचेत भैरहेका थिए र आज साझँ पाँच बजे उनको निधन भउको छ ।

वीर अस्पतालको आईसीयूमा उपचाररत ५४ वर्षका अधिकारीको सोमबार साँझ ५ बजे ३ मिनेट जाँदा निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

बोगटीको सपना दाहाल र भट्टराईले पुरा गर्ने वाचा गरे

दि पावर न्यूज संवाद दाता, काठमाडौ । -माओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईले एक साता अघि निधन भएका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई स्मरण गर्दै भने, ‘अब हामी एकतावद्ध भएर पार्टी पुननिर्माण गर्छौ ।’  एमाओवादीभित्र दाहाल र भट्टराईबीच अन्तरसंघर्ष ‘भुसको आगोझै सल्किरहेको बेला’ दुई नेताको प्रतिवद्धता दिवंगत नेता बोगटीको श्रद्धाञ्जलीसभाका दिन आएको छ । जीवीत रहदै बोगटीको सपना दुई नेता मिलेर पार्टी एकतावद्ध गराउने भएको स्मरण गर्दै दुवै नेताले उनको सपना पुरा गर्ने वाचा गरे । ‘दिवाकर सपना पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने थियो’ दाहालले रुदै भने, ‘उहालाई सम्झनु भनेको एकतालाई अझ मजबुद बनाउनु  भयो ।’ उनले पार्टी एकताका लागि आफू अन्तिम क्षणसम्म लागिरहने प्रतिवद्धता जनाए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोगटीले नेताहरुलाई इमान्दार हुन सिकाएको उल्लेख गर्दै नेताले भनाइ र गराइमा एकरुपता हुनुपर्ने बताए । ‘हामी जे भन्छौ, त्यो गर्ने बोगटीले सिकाउनु भएको छ, हामीले त्यही गर्नुपर्छ’ उनको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा भीड

असोज ५ , काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पसिना आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, कमजोरी र कडा छाति दुख्ने लक्षण देखिएपछि उनलाई हिजो राति १० बजे अस्पताल भर्ना गरिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भई नर्भिक अस्पतालमा भर्ना गरेपछि उनको स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति शुभेच्छा राख्ने सभासददेखि सर्वसाधारण नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् ।पूर्वराजालाई स्वास्थ्यलाभको कामना गर्ने कतिपय समर्थकहरु पुष्पगुच्छासमेत लिएर अस्पताल पुगेका छन् ।

ज्ञानेन्द्रको स्वास्थ्यलाभ कामना गर्दै नर्भिक अस्पतालमा नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभेच्छुकहरु स्वास्थ्यलाभको कामना  गर्दै भीड लागेका
पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभेच्छुकहरु स्वास्थ्यलाभको कामना गर्दै भीड लागेका

ह्दयघात भएपछि पूर्व राजा ज्ञानेन्द्र नर्भिक अस्पतालमा भर्ना

आज  राति दश बजे पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ  । उनको मुटुको एन्जिओग्राफी गरिएको छ । यद्यपी अस्पतालबाट औपचािरक रुपमा कुनै जानकारी आएको छैन ।

धादिङका प्रधानाध्यापक रविदत्त सापकोटा लाई लुटेर मार्न खोज्नेहरु प्रहरीको खोरमा कैद सजाय भोग्दै

धादिङ,- जिल्ला अदालत धादिङले रहजनी चोरी मुद्धामा चार जनालाई दोषि ठहर गरी जरीवाना सहित कैद फैसला सुनाएको छ । यस्ता अपराधी हरु लाई जन्म कैद सजाए सुना इनु पर्थ्यो त्यही त हो नि नेपाल को कमजोर कानुन जस्ले कानुन कै खिल्ली उडाएको छ । गाउ गाउ बाट बिकास भए नै देश को बिकास हुन्छ भन्ने नारा लगाउने हरु खै आज कहाँ छन । किन उठाउन सकेनन सदन मा यस्ता अपराध को कुरा हरु, धिक्कार छ नेपाल को कानुन …..सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव बुझेर बिद्यालय तर्फ जांदै गर्दा २०७० असोज १३ गते बेलुकी ५ वजे तिर अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटामाथि ज्यामरुङ गाविसको धुसेनीडांडामा सांघातिक हमला भई रकम लुटिएको थियो । एक बर्ष देखि जिल्ला अदालतमा चलिरहेको मुद्धाको किनारा लगाउँदै बुधवार जिल्ला न्यायाधीश रमेशराज पोखरेलको इजलासले रहजनी चोरी मुद्धामा संलग्न रहेको आरोपमा ज्यामरुङ गाविसका अर्जुन ठकुरी,हिरा राना र इश्वरी पल्ली मगरलाई ४ बर्ष २ महिना कैद सजाय सुनाएको हो । यसैगरी सोही मुद्धामा अभियुक्त ठहरिएका रामेश्वर गोतामेलाई ज्यानमार्ने उद्योगमा ५ बर्ष तीन महिना कैद सजायं सुनाईएको छ । सापकोटावाट लुटिएको रकम १६ लाख पन्ध्र हजार र जरिवाना समेत गरी अभियुक्तहरुवाट ३३ लाख रुपैया असुल उपर गर्न समेत अदालतले आदेश जारी गरेको छ । मोटरसाईकलमा सदरमुकामवाट घर तर्फ जांदै गरेका शिक्षक सापकोटालाई एकान्त जंगलमा नियन्त्रणमा लिई सडकवाट तल तिर खसाली रकम लुट्नुका साथै सांघातिक हमला गरिंदा सापकोटाको शरिर भरि घाउ चोट लागेको थियो । लामो समय सम्मको उपचार पछि सापकोटा बिद्यालय फर्किएका थिए । आंफु माथि भएको अपराधमा संलग्न भएका व्यक्तिलाई अदालतले दोषि ठहर गरी फैसला सुनाएकोमा सापकोटाले न्यायको जित भएको प्रतिकृया दिएका छन । अभियुक्त ठहर गरिएका मध्ये इश्वर पल्लीमगर यस अघिनै धरौटीमा रिहा भएका थिए । अन्य तीन जना भने पुर्पक्षका लागि थुनामा रहेकोमा बुधवारवाट जेल चलान गरिएको छ । मगरको भने प्रहरीले खोजी शुरु गरेको छ ।

News source: http://dhadingnews.com/