प्रधानमन्त्री कोइराला द्वारा राष्ट्रसंघमा सम्बोधन

सेप्टेम्बर २७ शनिबार बिहान संयुक्त राष्ट्रसङ्घको ६९ औ‍‌ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालीको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका अगाडि हिंसात्मक विद्रोहमा लागेको माओवादी बदल्न सहयोग गर्ने देशहरुको प्रसंशा गरे ।
प्रधानमन्त्री कोइरालाले माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्था अन्त्य गर्न सहयोग गर्ने भारत, चीन, राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदाय र शुभेच्छुकहरूको महत्वपूर्ण सहयोग रहेको बताए ।
नेपालको परिवर्तन संसारकै नमूना रहेको भन्दै प्रधानमन्त्री कोइरालाले माओवादीसहितका दलहरू संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताए ।
प्रधानमन्त्री कोइरालाले भने, “नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डोर्याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरूलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ । हिमाल खबर 
Spread the love