मनास्लुको मनमोहक प्राकृतिक दृश्य

चुनावको जितसँगै दशैँको छुट्टै रौनक

प्रदेश नं. २ का आठ जिल्लामा भएको स्थानीय तहको चुनावमा जितसँगै दशैँको छुट्टै रौनक छाएको देखिएको छ । धार्मिक एंव पर्यटकीय नगरी जनकपुरधाममा विशेष तामझामका साथ दशैँ मनाइँदै छ । यो उत्सवलाई दुई दशकपछि स्थानीय तहका प्रतिनिधि चयनले थप विशेष बनाएको छ । यतिखेर जनकपुरमा दोहोरो खुशीको माहोल छ ।  शहरबजारमा आएर विभिन्न पेसा–व्यवसाय गर्दै आएका पनि दशैँ मान्न आफ्नै थातथलो फर्कने गरेकाले पनि किनमेल बढी हुने गरेको छ । त्यसैले व्यवसायीले अन्य बेलाको भन्दा दशैँका बेला निकै बढी व्यापार गर्ने गरेका छन् । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ ।

 जनकपुरमा दशैँको मुख्य आस्थाको केन्द्र रहेको राजदेवी मन्दिर सिङ्गारिएर झकिझकाउ बनाइएको छ । राजदेवी, बौद्धीमाई, आमरथाना अन्नपूर्णदेवी र दुर्गामन्दिर तथा चोकचोकमा देवी दुर्गाको प्रतिमा स्थापना गरिएको छ । रामानन्द चोक, भ्रमरपुरा चोक, मुरली चोक, कदम चोकमा पनि पूजा आयोजना गरिएको छ । आकर्षक पन्डाल र बिजुली बत्तीका कारण जनकपुर झिलिमिली बनेको छ । यहाँ क्लबले चन्दा संकलन गरी दुर्गा पूजामा लाखौँ खर्चंदै आएको छ । विजयादशमी शुरुसँगै यहाँका शक्तिपीठ आकर्षक रूपले सिङ्गारिने गरिन्छ ।   दशैँमा पूजापाठ र भव्य मेला आयोजना गर्न स्थानीय युवा क्लबले शक्तिपीठमा पण्डाल लगाएका छन् ।

सानिमा बैंकले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात

सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न उदेश्यले मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ। यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंगमार्फत Fund Transfer,Topup/Recharge, e-Sewa Load  वा Bill Payment  गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile) उपहार दिइने छ । आश्विन ११ (टिका) देखि १६ (पुर्णिमा) गते सम्मका लागि लागू हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft InternationalPvt Ltd.को सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।

Host City of the 2018 Winter Olympics

Phoenix Snow Park, the famous filming site of K-drama “Autumn in My Heart (2000),” is one of Pyeongchang’s many ski resorts. As the host venue for PyeongChang 2018 Winter Olympics’ snow board arena, a grand total of 21 ski slopes are certified by the International Ski Federation, and skiers can freely choose their course down the mountain from the peak. Getting to the peak, Montblanc at 1,050m above sea level is easy and comfortable when you take the gondola up! Even if skiing or boarding down from the peak is a bit out of your capabilities, the view of the canyon is something not to be missed. If snow and ice isn’t really your thing, spend your time at Phoenix Park Blue Canyon. Blue Canyon is more than just a water park. With spa facilities in addition to water slides and swimming pools, this indoor water park, open year round, is fun for the entire family.

Thousands ordered to evacuate Vanuatu island as volcano

11,000 people were ordered to evacuate an island in Vanuatu where a rumbling volcano is threatening to erupt. Officials in the Pacific archipelago decided they could not risk people’s lives and so ordered the compulsory evacuation of Ambae island.  Some residents have already left the island voluntarily. Officials say they have no real way of predicting what the volcano will do next and that evacuees would have to wait it out. Government spokesman Hilaire Bule said the evacuation would be carried out by boat and continue until 6 October. He said residents would be moved onto nearby islands. Officials were setting up two sites on Pentecost Island, he said, where evacuees would be housed in government buildings or in temporary camp sites. Dickinson Tevi, a spokesman for the Vanuatu Red Cross Society, said the relief agency has been shipping water and shelter equipment to Ambae island. “People are quite afraid with the sound of rumbling going on,” he said. “They are very uncertain and afraid.” Bule said the government had allocated 200m vatu ($1.9m) toward the evacuation effort and was deploying 60 police officers to help people leave and to ensure there was no looting. “We’ve prepared for cyclones by putting evacuation centers on the island but we are not ready for a volcanic eruption,” Bule said. “The government has to put a policy in place to cater for this in the future.”

Ambae is one of about 65 inhabited islands in the Pacific nation about one-quarter of the way from Australia to Hawaii. Officials raised the activity measure of the volcano to level four at the weekend, on a scale in which level five represents a major eruption. On Monday officials declared an emergency and had been relocating people close to the volcano to other parts of the island. New Zealand’s military flew over the volcano on Tuesday and said huge columns of smoke, ash and volcanic rocks were billowing from the crater.

Vanuatu is home to about 280,000 people and is prone to natural disasters, with a half-dozen active volcanoes as well as regular cyclones and earthquakes. It sits on the Pacific’s “ring of fire”, the arc of seismic faults around the Pacific Ocean where earthquakes and volcanoes are common.

दशैंमा हवाई जहाज प्रयोगकर्ता ह्वात्तै बढे

 काठमाडौं :नारायणगढ-मुग्लिन सडक विस्तारका कारण लथालिंग रहेका कारण हवाईमार्गमा हवाइमार्गमार्फत् उपत्यकाबाट बाहिरिँदै छन् ।  दशैंका समयमा हवाई यात्रु बढ्ने क्रम दुई वर्षयता ह्वात्तै बढेको छ । जहाज संख्या बढे पनि यात्रुको चाप थेगिनसक्नु छ । बढ्दो चाप मध्यनजर गर्दै एयरलाइन्सहरुले उडान संख्या थपेका छन् ।  वायु सेवा सञ्चालक संघका अनुसार गत वर्ष दशैंमा ७० हजार चार सय ३९ यात्रुले हवाइमार्ग प्रयोग गरेका थिए । ०७२ सालको दशैंमा ४१ हजार आठ सय ७४ जनाले मात्र दशैंमा हवाइजहाज प्रयोग गरेका थिए । तराईका विमानस्थलमा उत्रिने यात्रीका कारण जहाज कम्पनीबीच जहाज थप्ने होड नै चलेको पाइन्छ ।

बिजयादशमी २०७४ को हार्दिक मंगलमय शुभकामना – दिपक न्यौपाने

निधारमा टीका अनि शिरमा जमरा होस्।
समृद्धि ,उल्लास , उमंगको दसाहरा होस्।।
बिछोडको पिडामा कसैको नदुखोस मन,
सामिप्य र सदभावको दरिलो पहरा होस्।
मच्चियोस् पिङ खुशि अनि समृद्धिको,
शुख शान्ति अाशिर्वादको लहरा होस्।।
पूरा होउन मनका चाहाना,
मिलिरहोस हाँस्ने बाहना,
बिजयादशमीको सम्पुर्णमा,
हार्दिक मंगलमय शुभकामना

दिपक न्यौपाने
अध्यक्ष
हट् न्युज एक्सप्रेस प्रा. ली.
?

आज घर-घरमा फूलपाती भित्र्याइँदै

११ असोज, काठमाडौं :  घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ ।   बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै छ ।  फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।काठमाडौंका नेवार समुदायका घर-घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने  नेपाली सेनाले फूलपाती बढाईं गर्छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ ।

महँगा भेडाच्याङ्ग्रा

भक्तपुर : विगतका वर्षमा भेडाच्याङ्ग्रा ल्याउनेबित्तिकै उपभोक्ताको भीड लाग्ने भए पनि भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा भन्दा यस वर्ष महँगो भएको छ । जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपरेको तथा ढुवानी खर्चसमेत बढी परेपछि महँगो छ । मुस्ताङको घार(बथान)मै एउटा च्याङ्ग्राको रु १५ हजारदेखि रु २२ हजारसम्म तिर्नुपरेकाले महँगो भएको  छ । सल्लाघारीमा करिब दुई हजार च्याङ्ग्रा र ७०० भेडा ल्याइएको छ ।  खसी र बोका भने यहाँ प्रतिकिलो रु ५०० मा बिक्री भइरहेको छ ।  यस वर्ष भने आजसम्म थोरै मात्र उपभोक्ता आएकोले महँगो भएको  छ ।

भिसामा रोक लगाउनेबारे ट्रम्पको कडा र नयाँ आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आदेश अनुशार अर्को महिनादेखि इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड र उत्तर कोरियाका अधिकांश नागरिकहरुलाई अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने भएको छ । नयाँ आदेशमा चाड, उत्तर कोरिया र भेनेजुएलालाई सुचीमा थपिएको छ भने सुडानलाई हटाइएको छ । आगामी अक्टोबर १८ देखि लागु हुनेगरी विश्वका विभिन्न ७ देशका नागरिकमाथि अमेरिकाको यात्रामा प्रतिबन्ध लगाउने आदेश दिएका छन् । ट्रम्पले आइतवार नयाँ आदेश जारी गर्दै ७ देशका नागरिकमाथि अमेरिका आउनमा अनिश्चितकालिन प्रतिबन्ध लगाएका हुन् ।   अमेरिकाको ग्रिनकार्ड पाइसकेकाहरु र अमेरिकाको भिसा पाइसकेकाहरुका हकमा भने लागु नहुने जनाइएको छ ।  ट्रम्पले यसअघि कार्यकारी आदेशमार्फत लगाएको यात्रा प्रतिबन्ध भने आइतवारबाट समाप्त भएको छ ।  नयाँ आदेश अनुशार सुचीमा रहेका देशका अधिकांश नागरिकहरु अमेरिकामा स्थायी रुपमा बसाईसराई गर्न असक्षम हुनेछन् भने अधिकांशलाई अमेरिकामा अध्ययन, घुमघाम र कामका लागि आउन दिइने छैन ।

सोमालियाका नागरिकहरु अब अमेरिकामा स्थायी रुपमा बसोबासका लागि आउन पाउने छैनन् तर भ्रमणका लागि आउनुपरेमा भने कडा छानविन र जाँचबुझ गरिनेछ । नयाँ आदेश पहिले नै  पहिले नै भिसा पाइसकेकाहरुको पनि भिसा खारेज नगरिने जनाइएको छ । जसको मतलज अमेरिकामा विद्यार्थी भिसामा रहेकाहरुले भिसा वहालरहदासम्म आफ्नो पढाई पुरा गर्न पाउनेछन् भने कामदार भिसामा रहेकाहरुले पनि भिसा बहाल रहँदासम्म काम गर्न पाउनेछन् ।