आईपीओ ल्याउदै १८ कम्पनीहरु

आईपीओ ल्याउदै १८ कम्पनीहरु

नेपाल धितोपत्र  बोर्डका अनुसार अहिले १८ वटा कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको आईपीओ जारी गर्न आवेदन दिएका छन्। यी कम्पनीहरुले कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ बिक्रीमा ल्याउन लागेका हुन। प्राथामिक बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै जाँदा आईपीओ बिक्री गर्ने कम्पनीहरु समेत बढेका छन्। अहिले आईपीओको पाइपलाइनमा करिब ४ वर्ष अघि नै आवेदन दिएको मैलुङ खोला जलविद्युत समेत रहेको छ। उसले २०७४ असोज २० गते ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएको थियो।

आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।

अहिले आईपीओ जारी गर्न अनुमति माग्ने अधिकाँश कम्पनीहरु हाइड्रोपावर क्षेत्रका रहेका छन्। १८ वटा कम्पनीमा १३ वटा हाइड्रोपावर रहेका छन् भने दुई माइक्रोफाइनान्स, दुई इन्स्योरेन्स र एक अन्य क्षेत्रको कम्पनी रहेको छ।

यी १८ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा नै आईपीओ जारी गर्न आवेदन दिएका छन्। लकडाउनले रोकिएको आईपीओ निष्काशन लकडाउन खुकुलो भएसँगै कम्पनीहरुले पुनः आईपीओ बिक्रीमा ल्याउन थालिसकेका छन्।

लकडाउनको कारण पछिल्लो समय धितोपत्र बोर्डबाट अनुमति पाएका कम्पनीहरुले समेत आईपीओ बिक्रीमा ल्याउन पाएका थिएनन्। नेपाल धितोपत्र बोर्डले गत जेठ ३० गते मात्रै जीवन विकास लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो। उसले यहि असार ११ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने गरी विवरणपत्र सार्वजानिक गरिसकेको छ।

 

सुनको भाउमा गिरावट, प्रतितोला ९० हजारमा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार तोलामै १ हजार १०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

भायानेटले ल्यायो भाइबर च्याटबट

भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्र्रदायक हो । आफ्नाग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने कुरामा भायानेट सधै एक कदम अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याट बटल्याएको छ । भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नुहुनेछ । भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइल बाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सक्नुहुन्छ ।

 

३५ अंकले नेप्से घट्दा

साताको पहिलो दिन आइतबार नेप्सेमा करेक्सन’ देखिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५।८९ अंक घटेर २६९९।५१ विन्दुमा झरेको छ। अघिल्लो साताको बिहीबारदेखि उकालो लागेको नेप्से, यस दिन भने घटेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६।२९ अंक घटेर ४८६।१६ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने केही बढेको छ। गत साताको अन्तिम कारोबार दिन ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९३ हजार ५६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सुनको मूल्य बढ्यो

नयाँ वर्ष लागेदेखि नै सुनको मूल्य निरन्तर बढेको छ ।आज पनि सुनको मूल्य बढेको  छ । सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। गत शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य, यस दिन २०० रुपैयाँ बढेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

८ महिनामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ ऋण थपियो

चैत, काठमाडौं  : चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको छ ।  नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको छ ।  चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो ।  ८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।

रु रु जलविद्युतको आइपीओमा १० गुणा बढी आवेदन

रु रु जलविद्युतको आइपीओमा १० गुणा बढी आवेदन परेको छ।  शुक्रबार साँझसम्ममा २ लाख ६७ हजार ९४३ जना आवेदकबाट ४१ लाख २६ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओको १०.८८ गुणा धेरै हो। रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै १० गुणा बढी आवेदन परेको छ।   निष्कासन मध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ। रु रु जलविद्युत परियोजनाले चैत २० गते देखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

 

सुनचाँदीको भाउमा मंगलबार सामान्य गिरावट

मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ। सुनको भाउ मंगलबार ओरालो लागेको छ। अघिल्लो कारोबार दिन भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।  सुन तोलामा ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन ८६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।  यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच हुँदैछ। सोमबार पनि चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकिएको थियो।

सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।  महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् ।  उनीहरुले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान खुल्यो

काठमाडौं, १३ चैत । वायु प्रदुषणका कारण बन्द भएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा सन्चालनमा आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । प्रतिकूल मौसमको कारण शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान करिब दुई घन्टा बन्द भएको थियो । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताउनुभयो ।