८ महिनामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ ऋण थपियो

चैत, काठमाडौं  : चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको छ ।  नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको छ ।  चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा  प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो ।  ८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।

Spread the love