आयल निगमको ट्यांकर अपहरण

oil nigam

सिराहाबाट आयल निगमको ट्यांकर अपहरण भएको छ। २० हजार लिटर डिजल लिएर अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको छ । नेपाल आयल निगम विराटनगर डिपोका अनुसार पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडि रोकेर चालकहरु आराम गरेको बेला राति १२ देखि १ बजेको बीचमा अपहरणमा परेको जानकारी दिएको छ । ट्यांकर अपहरणमा परेको कुरा चालकले आज बिहान १० बजे कार्यालय समयमा आएर जानकारी दिएको थियो ।

ट्यांकर चालकका अनुसार आइतबार राति मुखमा पट्टी बाँधेर आएका ६/७ जना नकाबधारी समूहले उनीहरुको आँखामा पट्टी बाँधेर जीपमा राखेर बर्दिबास र लालबन्दीबीचको जंगलमा छोडेर डिजल भरिएको ट्यांकर लिएर भागेको जानकारी दिएको छ । नेपाल आयाल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

Spread the love