मुम्बई सहरमा आगलागी बाह्रको मृत्यु

मुम्बई सहरमा आगलागी बाह्रको मृत्यु

मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलमा आगलागीमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ  ।  आगलागीबाट ध्वस्त भएको यस भवनको भग्नावशेषमा अझै पनि ६ जना व्यक्ति पुरिएका  छन्। पसलमा लागेको आगो अत्यन्त छिटो फैलिएको र सोही कारण १२ व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको  छ । घटनामा घाइते  भएका व्यक्तिहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।  अग्निनियन्त्रणसम्बन्धी सरकारी अधिकारीहरुले आगो अहिले नियन्त्रणमा लिएका  छन् । मुम्बईमा घर भत्किने, आगलागी हुने घटनाहरु निकै हुने गरेका छन् ।

केपी ओलीलाई हमालको बधाई

भक्तपुर :  वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन्।  ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीको भनाइमा  ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन।’ ओली  जानकारी दिए।Jagannath jellewers Newroad Chit ranjan hajara

तत्काल हृदय घात हुदैछ आफुलाई कसरी बचाउने?

१. अचानक बायाँ छाती दुख्यो र त्यो दुखाई बायाँ पाखुरा हुँदै बङ्गारासम्म आई पुग्यो भने तपाईँलाई हृदयघात हुँदै छ भन्ने जानकारी हो । यो जानकारी पाएपछि तपाईँ आत्तिनु मात्र भयो भने तपाईँले आफूलाई बचाउन सक्नु हुन्न । किनभने त्यसबेला तपाईँसँग १० सेकेण्ड मात्र समय हुन्छ । त्यसैले तपाईँ नआत्तिइकन तल दिइएका बुँदाहरू अनुशरण गर्नु होस् : २. आफूलाई हृदयघात हुँदै छ भन्ने जानकारी पाउनासाथ तपाईँ नआत्तिईकन जहाँ हुनुहुन्छ त्यहीँ थुचुक्क बसिहाल्नु होस् र बिस्तारै दुवै नाकका प्वाल ( नासिका)बाट लामो र गहिरो सास फेर्नु होस् ।२.अब तपाईँ जोड जोडले आवाज निकालेर र भूडी हल्लिने गरी खोक्नु होस् । कफ आए पनि थुक्दै नरोकिई खोकिरहनु होस् ।   ३. त्यसबेला तपाईँले अरू केही सोच्ने होइन “मैले आफूलाई बचाउनु पर्छ” भन्ने मात्र सोच्नु होस् ।४. एकपटक लामो र गहिरो सास लिनु होस् र सास भित्रै हुँदा हुँदै त्यो सास खोकेर बाहिर फाल्ने काम गर्नु होस् । यो काम अस्पताल नपुगुञ्जेलसम्म गरिरहनु होस् ।   ५. सहयोगी भएमा उसलाई “मलाई तुरून्त अस्पताल पुर्याऊ” भन्नु होस् । आफूले ड्राइभ नगर्नु होस् । तपाईँले नबिराई गहिरो सास लिने र खोक्ने काम मात्र गर्नु पर्छ । त्यस बाहेक सहयोगीसँग गफ नगर्ने लामो सास र खोक्ने प्रकृयालाई अस्पतालमा डाक्टरले हृदयघातबाट बचाउने प्रक्रिया शुरू नगरूञ्जेल गरिरहनु पर्छ । प्रस्तुति:भरतसन्तोषी।

न्यू योर्क शहरमा पाइप बम ‘विस्फोट’

प्रहरी स्रोतलाई उद्धृत गर्दै एबीसी न्यूज टेलिभिजनले जनाए अनुसार घटनामा उक्त बस टर्मिनलको भूमिगत मार्गमा एउटा पाइप बम विस्फोट गराइएको हुन सक्छ।  न्यू योर्क शहरको प्रहरीले त्यहांको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको बताएको छ। टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनिरहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार सोमबार विहान सो घटना भएको बताइएको छ। प्रहरीले घटनामा संदीग्ध व्यक्ति बाहेक अरुलाई चोट नलागेको बताएको छ।

नुवाकोटमा बामगठबन्धन बलियो-हितबहादुरको जीत सुनिस्चित

नुवाकोटमा बामगठबन्धन बलियो-हितबहादुरको जीत सुनिस्चित भरतसन्तोषी,२३ मंसिर, नुवाकोट / केन्द्रीय राजनितिमा प्रभाव पार्न सक्ने शक्तिशाली नेताका रुपमा प्रचार गरिएका काँग्रेस वरिष्ठ नेता एवम ६ पटकका अर्थमन्त्री भैसकेका काङ्ग्रेस केन्द्रीय सदस्य डा Strong bam political youthरामशरण महत जारी प्रतीनिधी निर्वाचनको मतगणनामा क्रमश निकै पछि पर्दै जान थालेका छन । मतगणना थालनीको सुरुवातमा आफ्नै गाउ कबिलासको गणना हुँदा अघी देखिए पनि त्यसपछी निरन्तर पछी पर्दै गएका महतको पछिल्लो मतगणनामा मतान्तर झनै बढदै जाँदा र एमाले तथा माओवादी प्रभावका क्षेत्र मानिएका स्थानको गणना बाँकी रहेको अवस्थामा नेता महत पराजय उन्मूख भएको नतिजाले देखाएको छ । ताजा मतपरिणाम अनूसार नुवाकोट क्षेत्र नम्वर १ को प्रतीनिधी सभा निर्वाचनमा बामगठबन्धनका हितबहादुर तामाङ प्रतिस्पर्धी रामशरण महत भन्दा निकै अघि देखिएका छन । तामाङले आफनो मतान्तर बढाउँदै लगेका छन भने विजयको सुनिश्चितता पनि पछ्याउँदै छन। मतपरिणाम अनूसार बामगठबन्धनका तामाङले २२हजार ३सय २३ मत प्राप्त गरेका छन । जहाँ काँग्रेस नेता डाक्टर रामशरण महतले केवल १६ हजार ८सय १९ मत प्राप्त गरेका छन । तामाङ र महत बिच ५ हजार ५ सय ४ मतको अन्तर देखिन्छ । हाल हितबहादुर तामाङको वर्चस्व रहेको क्षेत्रको मतगणना जारी रहेकोे छ।

dr baburam bhattarai

गोरखा २ बाट डा. भट्टराई विजयी

 नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखा २ बाट निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १७४ मतान्तरले पराजित गरे । भट्टराईले ३२ हजार १०७ र श्रेष्ठले २४ हजार ९३३ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा नयाँशक्ति नेपालको यो पहिलो जित हो ।

भएन कारवाही आचारसंहिता उल्लंघन गर्नेलाई

 आचारसंहिता लागू गराउने आयोगमात्र होइन, पालना गर्नुपर्ने सरकारी निकाय र दलहरुमा समेत देखिएको हेपाहा प्रवृत्तिका कारण  आचारसंहिता उल्लंघनका घटनाहरु निकै बढेको छ भन्दै निर्वाचन आयोगको तीव्र आलोचना भइरहे पनि त्यसमाथि परेका उजुरीमा कसैलाई पनि कारवाही भने भएको छैन।  आचारसंहिता सम्बन्धी कानुनमा नै सुधारको आवश्यकता रहेको  छ।आचारसंहिता उल्लंघनका विभिन्न ८० प्रकारका उजुरी निर्वाचन आयोगमा परेका थिए।  तर  कारवाही भने भएको छैन।

वाम गठवन्धन २२, कांग्रेस तीन स्थानमा अगाडि

मंसिर १०  प्रारम्भिक मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, दार्चुला, जुम्ला, कालिकोट, मुगु, म्याग्दी, बझाङ, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गोरखा २ वटा, ओखलढुंगा, सोलुखुम्बुु,रुकुम दुबै, नुवाकोट दुबै निर्वाचन क्षेत्रमा वाम गठवन्धनले अग्रता बनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्ररम्भिक रुझान अनुसार वाम गठवन्धनले प्रारम्भिक अग्रता बनाएको छ ।