डलरको भाउ १३१ रुपैयाँ नजिक

dollor final

डलरको भाउ १३१ रुपैयाँ नजिक

अमेरिकी डलरको डलरको भाउ १३१ रुपैयाँ नजिक निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउ मंगलबार पनि नयाँ उचाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको भाउ १३० रुपैयाँ ९० पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३० रुपैयाँ ९० पैसा खर्च गर्नु पर्ने भएको छ।

तीन दिनमा प्रेम गीत ३ ले कमायो १७ करोड

काठमाडौं : तीन दिनमा प्रेम गीत ३ ले कमायो १७ करोड बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको छ। यो फिल्मले पहिलो दिन ७ करोड ७५ लाख बढी कमाइ गरेको थियो।  नेपालमा भने आइतबार यो फिल्मले डेढ करोडको कमाइ गरेको छ। भारतबाहेक यो फिल्मले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ।   नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको छ।  फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका छन् ।

Eight stranded in Manaslu

Manaslu advanture Trakking Rescue teams are facing difficulties conducting rescue operations due to bad weather in the mountains police Said. At least eight climbers, including one Nepali, have been trapped in the avalanche that occurred on Mount Manaslu on Monday morning,  police said. SP Kedar Khanal of District Police Office, Gorkha, said they have received information that eight people from two-three trekking companies are trapped in the avalanche but there has been no communication as to their health conditions. “A rescue team was sent from Samagaon police station to the base camp,” Police Saaid. “The helicopter has not been able to take off.”

Icefall doctor Yukta Gurung, who is at the base camp, said that the avalanche was triggered by continuous snowfall. “It had snowed unceasingly for 15 days. Sherpas in Camps 1 and 2 are making efforts to rescue those trapped in the snow.

तेस्रो ‘राष्ट्रिय साधना म्युजिक अवार्ड ‘रिवार्ड’मा पाण्डेलाइ सम्मान

काठमाडौं,असोज ९ :राष्ट्रिय साधना म्युजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्युजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ सम्पन्न भएको छ । महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा एक विशेष समारोहबीच सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरूले अवार्ड ‘रिवार्ड’ प्राप्त गरेका थिए

समारोहमा पूर्वेली लोक सङ्गीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा सङ्गीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । उहाँले आफ्ना गीत सङ्गीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आउनुभएको छ ।

त्यस्तै बरिष्ठ साहित्यकार नवराज लम्साललाई दीर्घ साहित्य सम्मान अर्पण गरियो भने बरिष्ठ गायिका देबिका बन्दनालाई ‘सङ्गीत रत्न सम्मान’ बाट सम्मानित गरिएको थियो । त्यस्तै, गीतकार बि पाण्डेलाइ बरिष्ट स्रस्टा सम्मान-२०७९ प्रदान गरिएको थियो भने पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो ।

विगतका वर्षमा उत्कृष्ट कलाकारलाई प्रमाणपत्र र अवार्ड प्रदान गरिंदै आएको यस अवार्ड तेस्रो संस्करणमा आइपुग्दा कलाकारले प्रमाणपत्र र ट्रफीका साथमा नगदसमेत प्राप्त गरेका थिए । अवार्ड विजेता सबै कलाकारलाई पाँच हजार प्रदान गरिएको थियो । यसरी कलाकारलाई अवार्डको साथमा नगद प्रदान गरिएको यो नै पहिलो कार्यक्रम हो ।

सामना क्रियसनकी अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता थियो ।

समारोहमा अवार्डका कमिटीका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । दीपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला र पत्रकार शान्तिप्रियले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अवार्ड-रिवार्ड जित्न सफल बिजेताहरू

१. उत्कृष्ट राष्ट्रिय भावको गीत – सन्तोष श्रेष्ठ खोजीरहेछ देशले
२. उत्कृष्ट लोक गीत- चेतन गोतामे – मेरी आमा
३.उत्कृष्ट लोकदोहोरी शब्द – शिब हमाल – भीरमा सेती गाई
४. लोकदोहोरी संगीत-प्रसाद लामिछाने – मीर्सी खानेलाई
५. उत्कृष्ट गायक- प्रकाश पराजुली
६. उत्कृष्ट गायिका- पूर्णकला बिसी सनिसार
७. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष -महेन्द्र गौतम- कसको अनुमती
८. उत्कृष्ट लोकदोहोरी मोडल महिला- सरस्वती खत्री- रेलको बाटो (फिमेल भर्सन)
९. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष डान्स- ओबी रायमाझी- रमरम मरौटी
१०. लोकदोहोरी मोडल महिला डान्स- आयुष्मा कार्की- घर कता हो बैनीको
११. उत्कृष्ट निर्देशक लोकदोहोरी- बबिता श्रेष्ठ- यति सोध्न मन छ
१२. उत्कृष्ट गीतकार आधुनिक- लोकराज अधिकारी- भन्नुहुन्थ्यो बाले
१३. उत्कृष्ट संगीत आधुनिक पप- सन्तोष केसी- तिम्रो नाममा धड्किन्छ यो मुटु
१४. उत्कृष्ट गायक आधुनिक पप- चिरन्जीवी भण्डारी- मन त यो हरामी
१५. उत्कृष्ट गायिका आधुनिक पप- रिता केसी- तिमी पनि हरायौ
१६. उत्कृष्ट मोडल आधुनिक पप (पुरुष)- बिक्रम बुढाथोकी- रुवाउने हजार
१७. उत्कृष्ट मोडल आधुनिक पप (महिला)- निरुता शाही- आधी रात
१८. उत्कृष्ट निर्देशक आधुनिक पप- देबेन्द्र पाण्डे- गाउँले ठिटो
१९. उत्कृष्ट छायाँकार आधुनिक पप- शम्भु चालिसे- मुटु खाने माया
२०. उत्कृष्ट भिडियो सम्पादक आधुनिक पप- सुजन शाही- मुटु खाने माया
२१. उत्कृष्ट एरेन्जर आधुनिक पप- डोलराज बाह्रघरे- के भर अर्काको
२२. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक- बालचन्द्र बराल
२३. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका- सपना रोका
२४. जुरी अवार्ड गायक- रमेशराज भट्टराई- भन साईंला
२५. जुरी अवार्ड संगीतकार- रोषन सिंह- तिमीलाई नोटले बदल्यो
२६. पब्लीक च्वाइस अवार्ड गीतकार- रामचन्द्र ढकाल- माया छरेर माया फरार

आज घटस्थापना

बडा दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक  जौँ रोप्ने गरिन्छ।

आजदेखि नौ दिनसम्म देवीको आरधना गरी १०औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ। घटस्थापनाको साइत  बिहान ९:१५ देखि १०:२३ सम्मको समय तय गरिएको छ। आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ।

 

जगेडा सैनिकलाई बोलाउने पुटिनको निर्णयविरूद्ध रुसमा ठूला प्रदर्शन

रुसमा युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने मस्कोको निर्णयविरुद्ध देशभर जारी प्रदर्शनबीच सयौँ मानिसहरूलाई पक्राउ गरिएको एउटा स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ।ओभीडी-इन्फोका अनुसार ७२४ जना मानिसहरू शनिवार रुसका ३२ भिन्न भिन्न सहरबाट पक्राउ परेका थिए। राष्ट्रपति पुटिनले युक्रेनमा लड्नका लागि तीन लाखको सैनिक परिचालन गर्ने घोषणा गरेसँगै देशव्यापी प्रदर्शनहरू भएका छन्।

त साताको सुरुमा मात्र त्यहाँ १ हजारभन्दा धेरै मानिसहरू पक्राउ परेका थिए। समाचार संस्था एएफपीका अनुसार मस्कोमा एक प्रदर्शनकारी पक्राउ पर्दै गर्दा “हामी तोपको चारा होइनौँ” भन्दै चिच्याएको देखिएको थियो।  रुसको दोस्रो सहर सेन्ट पिटर्सबर्गमा एक व्यक्तिले पत्रकारहरूलाई “म पुटिनका लागि युद्धमा जान चाहन्न” भनेका थिए। ७० वर्षीय नताल्या दुबोभाले एएफपीसँग कुरा गर्दै आफू युद्धको विपक्षमा उभिएको बताइन्। शनिवार पक्राउ परेका केहीलाई भर्तीको पत्र थमाइएको र सुरक्षा नियन्त्रणमै रहेका बेला उनीहरूलाई भर्ती केन्द्रहरूमा जान भनिएको बताइएको छ। क्रेमलिनले गत साताको सुरुमा यस अभ्यासको प्रतिरक्षा गर्दै “त्यो कानुन विपरीत नभएको” जनाएको थियो।

डा. केसीले अनशन तोड्दै

काठमाडौँ — डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पता, ल स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स-रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरु उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराईपर्ने माग अघि सारेका छन् । २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल संचालन गरिनुपर्ने उनको माग छ ।  ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । शनिबार दिउँसो पनि डा. केसीको पक्षमा माइतीघरमा पनि प्रदर्शन भएको थियो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनी अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् ।  डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेपछि सरकारले उनीसँग सहमति गर्न वार्ता टोली बनाएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग सरकारसँग उनले राखेका छन् ।

सीएनआई रोजगार तथा सीप मेला

काठमाडौं : नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण (Skill Gap Analysis ) आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।

यसैगरी दक्ष जनशिक्त उत्पादनका लागि शैक्षिक संस्थाहरुलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवं दक्षतालगायतका विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको छ । Skill Gap Analysis मा सूचना प्रविधी, कृषि, आतिग्थ्य (Hospitality ) लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पाटर्नर मिड भ्याली इन्टरनेशनल कलेज रहेको थियो ।
मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ ।
यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर ‘सिएनआई रोजगार तथा सीप मेला’ (CNI JOBS AND SKILLS FAIR ) आयोजना गर्न लागिएको छ ।
सिएनआई रोजगार तथा सीप मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुनेछ ।

रुसद्वारा युद्धविरोधी सयौँ प्रदर्शनकारी गिरफ्तार

युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। रुसी मानवअधिकार समूह ओभीडी-इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ। पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्।उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ। रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो।युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न “सबै उपलब्ध साधनहरू” आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ। येकातेरिनबर्गको एक भिडियोमा प्रहरीले हिंसात्मक रूपमा प्रदर्शनकारीलाई बसमा राखेको देखाइएको छ। भेस्नाले आफ्नो कार्यलाई “नो टु मोगिलाइजेशन” भनेको छ। त्यो भनेको उसले शब्दमा खेलेको हो किनकि रुसी भाषामा”मोगिला”को अर्थ चिहान हुन्छ। रुसी मानव अधिकार समूह अगोराका वकिल पाभेल चिकोभले अगोराले मंगलवार बिहानदेखि आफ्नो हटलाइनमा सोधपुछका लागि ६ हजार कल प्राप्त गरेको बताए।

‘ अदालतबाट राष्ट्रपतिको कदमको व्याख्या ‘

काठमाडौँ :  नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गरेको छ ।  नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध अदालतबाट कानुनी उपचार खोज्नुपर्ने धेरैजसो कानुन व्यावसायीले सुझाव दिएका छन् । सत्ता गठबन्धनका नेताहरूले अब के कदम चाल्ने भन्नेबारे बुधबार कानुनविद्हरुसँग छलफल गरेका थिए ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत सहभागी छलफलमा १५ दिनको समयावधिमा प्रमाणीकरण नभए त्यसलाई राजपत्रमा प्रकाशित गर्न सकिने सुझाव दिएका थिए । राष्ट्रपति र सरकार परस्परविरोधी संस्था नभएकाले सरकार नै राष्ट्रपतिविरुद्ध अदालतमा जानु ठीक नहुने कानुनविद्हरुको सुझाव थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कानुनविद्हरूले दुईथरि सुझाव दिएका थिए । कानुनविद्ले भने यसको अदालतबाट व्याख्या हुनुपर्ने धारणा राखेका थिए । यसको अदालतबाट व्याख्या नभए गलत नजिर बस्ने भएकाले ख्याल गर्नुपर्ने उनीहरुको सुझाव थियो । कुनै रुपमा कानुन व्यावसायीलगायतबाट अदालतमा मुद्दा जाने र त्यसमा अदालतबाटै व्याख्या हुँदा राम्रो हुने सुझाव थियो । कुनै न  प्रधानमन्त्रीका कानुनी सल्लाहकार केशवराज जोशीले निर्वाचनको समय भएकाले कुनै पनि घटनाका कारण चुनाव निबिथोलियोस् भन्नेमा दलहरु सचेत रहेको बताए । छलफलपछि सत्ता गठबन्धनका नेताहरु छुट्टै छलफलमा बसेका थिए ।