कागेश्वरी पर्व मनाइँदै – मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा

कागेश्वरी पर्व मनाइँदै – मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा

१९ भदौ, काठमाडौं  : आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा मेला लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज मनाइँदै छ ।   काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । मन्दिरमा आउ-जाउ गर्न सहज होस् भनेर यातायात सेवा सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ ।  कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरी महादेव मन्दिरमा नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।

China warns of ‘counter-measures’ as US approves $1.1bn arms sales to Taiwan

China has warned the United States it will take “counter-measures” after the Biden administration approved more than $1.1 billion in arms sales to Taiwan.

Chinese embassy spokesman Liu Pengyu said Saturday China was “firmly opposed” to the sales, which “severely jeopardize China-US relations and peace and stability across the Taiwan Strait,” and called on Washington to “immediately revoke” them.
Liu’s comments on Twitter came after the Biden administration on Friday formally notified Congress of the proposed sales, which include up to 60 anti-ship missiles and up to 100 air-to-air missiles.
The State Department said the sales are in line with a longstanding US policy of providing defensive weapons to the island and described the “swift provision” of such arms as being “essential for Taiwan’s security.”
China, however, has accused the US of interfering in what it sees as its internal affairs.
China’s Communist Party claims Taiwan, a self-governing democracy, as part of its territory — despite never having governed it — and has long vowed to “reunify” the island with the Chinese mainland, by force if necessary.
“The US interferes in China’s internal affairs and undermines China’s sovereignty and security interests by selling arms to Taiwan,” Liu tweeted.
“It sends the wrong signals to ‘Taiwan independence’ separatist forces and severely jeopardizes China-US relations and peace and stability across the Taiwan Strait,” Liu said.
He called on the US to “honor its commitments to the one-China principle” and ended his series of tweets by saying Taiwan is “an inalienable part of the Chinese territory” and warned China will “resolutely take legitimate and necessary counter-measures.”
Biden administration approves more than $1.1B in arms sales to Taiwan

US-China tensions have spiked since House Speaker Nancy Pelosi visited Taiwan last month.
China had warned Pelosi against making the trip, and responded by ordering days’ worth of military drills around the island after she had left.
Taiwan said Saturday it “highly welcomes” the latest arms sales and thanked the US government for “continuing to implement its security commitments to Taiwan.”
“In response to China’s recent continuous military provocations and unilateral changes in the status quo and creating crises, Taiwan’s determination to defend itself is extremely firm,” Taiwan’s Ministry of Foreign Affairs said in a statement Saturday.
“This batch of arms sales includes a large number of various types of missiles that are needed to strengthen Taiwan’s self-defense, which fully demonstrates that the great importance the US government attaches to Taiwan’s defense needs, assisting our country to obtain the equipment needed for defense in a timely manner and to enhance our national defense capabilities.”
In an incident that underscored the heightened tensions, Taiwan’s military shot down a drone hovering over one of its island outposts just off the Chinese coast on Thursday.
A day earlier, Taiwan said it had warned off drones hovering over three of the islands it occupies off the coast of the Chinese port city of Xiamen. Source : CNN News

भरतपुरको विद्युत लाइन भूमिगतको काम सुरू

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको शिलान्यास गरे। नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो। नेपाल विद्युत प्राधिकरणले भरतपुरका बजार क्षेत्रका सडकमा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शुभारम्भ गरेको छ। पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत प्राधिकरणको भरतपुर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने बजार क्षेत्रको काम शनिबारबाट सुरु गरिएको हो।  भरतपुर महानगर कार्यालयको अगाडि पूर्व-पश्चिम राजमार्गको छेउमा प्रचण्डले गैंची चलाएर आयोजनाको आरम्भ गरेका थिए।

‘विद्युत वितरण प्रणालीलाई भूमिगत प्रविधिद्वारा सुदृढीकरण गरि गुणस्तरीय, सुरक्षित तथा भरपर्दो विद्युत सेवा प्रदान गर्नुका साथै परियोजना प्रमुख वीरेन्द्रकुमार झाले वितरण प्रणालीलाई भूमिगत र आवश्यकताअनुसार ओभरहेडरुपमै पनि सुदृढीकरण गरिने बताए।  शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय लाइन भूमिगत गर्ने कामले स्मार्ट सिटी भरतपुरको लक्ष्यमा सघाउने  ‘भरतपुरलाई विकासको मोडलकारुपमा विकास गर्नुपर्छ भनेर हामी लागेका छौं। यही अभियानअन्तर्गतको योजना हो यो,’ दाहालले भने, ‘सहर हुँदै पुरै महानगरको विद्युतलाइन भूमिगत गर्नेतर्फ लाग्नुपर्छ।’

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरलाई व्यवस्थित सहर बनाउने र स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताइन्।

यो आयोजनाको पहिलो चरणको कामका लागि करिब ३ अर्व बजेट खर्च हुने प्राधिकरणले जनाएको छ।

नेपाल नागरिकता विधेयक कुनै परिमार्जनबिना राष्ट्रिय सभाबाट पनि पारित

राष्ट्रिय सभाबाट पनि हेरफेर नभई पारित भएपछि नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाले दोस्रो पटक पनि कुनै परिमार्जन नगरी शुक्रवार पारित गरेको हो। राष्ट्रिय सभाको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको फरक मतबीच बहुमतबाट नागरिकता विधेयक पारित गरेको छ।  संसदीय प्रक्रियाअनुसार राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा दिएपछि सभामुखले प्रमाणित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ।

संविधानको धारा ११३ ले अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक ठानेमा राष्ट्रपतिले सन्देशसहित एकपटक संसद्‌मा फिर्ता पठाउन सक्ने अधिकार दिएको छ। यसरी राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने तर सच्याउनैपर्ने बाध्यता नहुने उल्लेख छ।

 राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले राष्ट्रपतिले संविधानले दिएको भूमिकाअनुसार नै काम गर्ने दाबी गरेका छन्।

“विधेयक आइसकेपछि संविधानमा जे जस्तो व्यवस्था छ त्यसै अनुसार हुन्छ,” “संविधानमा १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ भनेको छ। नगरे के हुन्छ भन्नेबारे त केही लेखेको छैन। त्यसैले उहाँसँग फेरि पनि दुईवटा विकल्प छन्,” नाम उल्लेख नगर्ने स्रोतमा उक्त स्रोत भन्छ, “एउटा प्रमाणीकरण गर्ने भयो अर्को नगरीकन छोड्ने भयो।” यसअघि राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरी राजीनामा दिन सक्ने चर्चाहरू भए पनि राष्ट्रपति निकटस्थ व्यक्तिहरूले त्यसको खण्डन गरेका थिए।

ओत लाग्न बस्दा पहिरोले पुरेर आमा छोरी दुई जनाको मृत्यु

दिउँसो अविरल वर्षाको क्रममा पिपलचौरस्थित छेपारे सामुदायिक वनको भवनमाथि पहिरो खस्दा भवनभित्र ओत लाग्न बसेका आमा–छोरीलाई सो पहिरोले किचेर मृत्युु भएको हो ।

रुकुम पश्चिममा एक सामुदायिक भवन भत्किदा आमाछोरीको मृत्यु भएको छ । रुकुम आठबिसकोट नगरपालिका १४ को पिपलचौरमा पहिरोले सामुदायिक भवन भत्काउँदा जाजरकोटको नौगाड नगरपालिका १ की ३२ वर्षीया बालमती राना र उनकी छोरी २ वर्षीया प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

सँगै रहेकी बालमतीकी अर्की छोरी ७ वर्षीया तिर्सना राना घाइते भएकी छिन् । भवन भत्किँदा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी जाजरकोटस्थित जिल्ला अस्पतालमा लगेको थियो । त्यस क्रममा जाजरकोट जिल्ला अस्पतालका चिकित्सकले घाइतेमध्ये बालमती र उनकी छोरी प्रतिक्षाको मृत्यु भएको घोषणा गरेका थिए ।

न्यायालयमा प्रधानन्यायाधीशको बयानले देखाएको चित्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा आरोप लगाएका न्यायाधीशहरूमाथि पनि छानबिन गरिनुपर्ने संवैधानिक कानुनका जानकारहरूले बताएका छन्। महाभियोग प्रस्ताव दर्ता भएर निलम्बित बनेका प्रधानन्यायाधीशमाथि बुधवार र बिहीवार प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिएको थियो। बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले पूर्वप्रधानन्यायाधीशहरूदेखि सर्वोच्च अदालतकै सहकर्मी न्यायाधीश, विभिन्न दलका शीर्ष नेता र बारका पदाधिकारीहरूलाई समेत विभिन्न विषयमा आरोप लगाए। सार्वभौम संसद्को समितिभित्र उनले विभिन्न व्यक्तिबारे उठाएका प्रश्न र आरोपबारे समितिले नै अनुसन्धान गरेर त्यसबारे आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुपर्ने छ।

“अन्यका सम्बन्धमा पनि जे कुरा आएको छ त्यसका बारेमा कार्यदल बनाएर सर्वोच्च अदालत ऐन अन्तर्गत कारबाही अगाडि बढाउन सकिन्छ। वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसियसनको नेतृत्वमा लामो समय जबराविरुद्ध आन्दोलन भएपछि गत फागुन १ गते प्रतिनिधिसभाका ९८ जना सांसदले उनी विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

न्यायपालिकामा विकृति देखिएको भन्दै न्यायपालिकामा सुधार र शुद्धीकरणको विषय लामो समयदेखि उठ्दै आएको छ। कतिपयले न्यायाधीशको पुनर्नियुक्तिको विषयसमेत उठाउँदै आएका छन्। ती विषय उठाउनेकै नाम पनि जबराले बयानका क्रममा लिएर उनीहरूमाथि विभिन्न आरोप लगाए। महाभियोग सिफारिस समितिले नै जबराले नाम लिएका व्यक्तिहरूसँग बयान लिएर अनुसन्धान गरी ती विषय प्रतिवेदन लेख्ने क्रममा उल्लेख गर्नुपर्ने आचार्यले बताए। उक्त प्रतिवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीशको हकमा संसद् र कानुन व्यवसायीको हकमा बार परिषद् तथा अन्य भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाउन सक्ने उनको भनाइ छ।

हरितालिकाको व्रत समापन – सप्तऋषिको पूजा आराधना

२९ भदौ, काठमाडौं : महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।  आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिर नजिकको बागमती नदीमा स्नान गर्ने र सप्तऋषिको पूजा गर्ने महिलाहरुको चहलपहल छ । काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेको छ ।