जनार्दन शर्मा: २५ दिनपछि फेरि अर्थमन्त्री जनार्दन शर्मा

जनार्दन शर्मा: २५ दिनपछि फेरि अर्थमन्त्री जनार्दन शर्मा

बजेट निर्माणको अन्तिम समयमा अर्थ मन्त्रालयमा “अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजस्वको दर हेरफेर गरेको” आरोप लागेपछि विवादमा परेका माओवादी नेता जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त भएका छन्।

बजेट निर्माणसँग सम्बन्धित विवादबारे छानबिन गर्न गठित संसदीय समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने आधार नभेटिएको उल्लेख गर्दै शुक्रवार आफ्नो प्रतिवेदन बुझाएको थियो। गत वर्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलहरूको गठबन्धन सरकारमा शर्मा पहिलो पटक अर्थमन्त्री बनेका थिए।

उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अर्थमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले वक्तव्यमार्फत् जनाएको छ। “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नेगरी नियुक्ति एवं कार्यभार तोक्नुभएको छ,” राष्ट्रपति कार्यालयबाट प्रकाशित वक्तव्यमा भनिएको छ।

नयाँ बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको आरोप र अर्थ मन्त्रालयस्थित सीसीटीभी क्यामराको फुटेज मेटिएको सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले समिति गठन गरेपछि शर्माले अर्थमन्त्री पदबाट असार २२ गते राजीनामा दिएका थिए। शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ अर्थमन्त्री नियुक्त नगरी अर्थ मन्त्रालय आफैँसँग राखेका थिए।

बजेट निर्माणसँग सम्बन्धित विवाद चर्किएपछि उनले गत प्रतिनिधिसभामा बोल्दै राजीनामा घोषणा गरेका थिए। उक्त विवादमा उनीमाथि छानबिन गर्न ११-सदस्यीय संसदीय छानबिन समिति बनेको थियो। शर्मामाथि लागेको आरोपबारे छानबिन गर्न बनेको समितिले गत प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा शर्मामाथि लागेको आरोप पुष्टि हुने आधार नभेटिएको उल्लेख गरेको छ।

यद्यपि उक्त छानबिन समितिले कैयौँ प्रश्नहरू अनुत्तरित नै छाडेको भन्दै प्रश्नहरू उठेका छन्।

जनार्दन शर्मा

 उक्त प्रतिवेदनप्रति प्रतिपक्षी नेकपा एमालेका तर्फबाट सदस्य रहेका चार सांसदले फरक मत पनि राखेका छन्।

त्यसलाई पनि प्रतिवेदनमा समेटिएको बताइएको छ। माओवादी पार्टीको महासचिव पदका लागि शर्मा र पुन दुवैलाई दाबेदार मानिएको छ। तर शर्मालाई मन्त्री पद दिएपछि पार्टीभित्र सन्तुलन मिलाउन प्रचण्डलाई सहज हुने ठानिन्छ। शर्माले महासचिवको टुङ्गो मतदानबाट लगाउन गरेको आग्रह प्रचण्डले अस्वीकार गरेपछि सबैले प्रचण्डले प्रस्ताव गर्ने नाम स्वीकार गर्ने सहमति बनेको नेताहरूले बताउँदै आएका छन्।

रुसीबाट जोगिन पूर्वी डोनेट्स्क क्षेत्र छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रूरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न आदेश दिएका छन्। शनिवार राति अबेर सम्बोधन गर्दै जेलेन्स्कीले उक्त क्षेत्रमा युद्ध अझै चर्किन सक्ने चेतावनी दिए। “जति धेरै मानिसहरूले अहिले डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग उति नै कम समय हत्या गर्नका लागि हुनेछ,” उनले भने। उक्त क्षेत्रमा भीषण लडाइँहरू भएका छन्। उक्त क्षेत्रको अधिकांश भाग अहिले रुसको नियन्त्रणमा छ।राष्ट्रपति जेलेन्स्कीले भने, “हामी सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्नेछौँ र रुसी आतङ्कलाई सकेसम्म सीमित बनाउनेछौँ।”

ग्लोबल मेनेजमेन्ट फाउन्डेसन को १८ औ बार्षिकोत्सब सम्पन्न

विगत १८ बर्ष देखि जापानलाई केन्द्र बनाएर शैक्षिक परामर्श प्रदान गर्दै आएको ग्लोबल मेनेजमेन्ट फाउन्डेसनले आफ्नो स्थापनाको १८औ बर्षगाठ भब्यताका साथ मनाएको छ।

” ग्लोबल मेनेजमेन्ट फाउन्डेसन प्रा लि ले आफ्नो १८ औ बर्षगाठ मनाइरहँदा, आजको अवस्थासम्म आइपुग्न हामिलाई विश्वाश गरी प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने अभिभावक, विद्यार्थी, प्रशिक्षक, शुभचिन्तक एवम सबै सबै देश तथा बिदेशमा रहनु हुने सुभेक्षुक हरु मा हार्दिक आभार ब्यक्त गर्दछौ” संस्थाका मेनेजीङ डाइरेक्टर नारायण प्रसाद सापकोटाले जानकारी गराउनु भयो।

साथै आगामीदिनमा हाम्रो सेवा लाई अझ चुस्त दुरुस्त, बिद्यार्थी मैत्री, सुलभ, विश्वाशनिय, जिम्मेवार तथा गुणस्तरीय बनाउने कुरा मा हामी हाम्रो प्रतिबद्दत्ता ब्यक्त गर्दछौ! सापकोटाले भन्नु भयो।

कार्यक्रममा ग्लोबल मेनेजमेन्ट फाउन्डेसनको यो सफल यात्रामा साथ दिनुहुने ग्लोबल फेमेलीहरूलाई सम्मान समेत गरिएको थियो।

ग्लोबल मेनेजमेन्ट फाउन्डेसन प्रा लि ले आफ्नु १८ औ बर्षगाठ मनाइरहँदा टोल सरसफाई, जापानिज ल्याङ्ग्वेज स्पिच कन्टेस्ट लगायत बिभिन्न क्रियाकलापहरू बर्ष भरीनै गरीने समेत जानकारी गराइएको छ।

दश वर्षमा नेपालमा बाघ दुई गुणाले वृद्धि

नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच अन्तर्राष्ट्रिय बाघ दिवसको दिन पारेर नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको घोषणा गरेका छन्। पछिल्लो दशकमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ। जनावर गैँडा र हात्तीको पनि सङ्ख्यामा वृद्धि भएको छ।

बञ्चरेका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ । एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरेको थियो । महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको  हो ।

इराकको संसद् भवनमा प्रदर्शनकारीहरू प्रवेश

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेको छ।धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेको छ। प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन्।संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।

परीक्षाफल प्रकाशित, कसरी हेर्ने नतिजा

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधवार प्रकाशित गरेको छ। परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि फारम भरेका थिए। तीमध्ये करिब ४ लाख ९६ हजार परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार १०३ जनाको परीक्षा रद्द भएको छ। परीक्षा दिन फारम भर्ने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर थियो। अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो। यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np

एसएमएस (SMS) र आईभीआर (IVR):

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड – १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड – ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड – ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड – ३१००३
finance-ministry

जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’

काठमाडौँ : अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ । समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५०भन्दा बढी क्लिप रिकभर भएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ ।

सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ । एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो । ती क्लिपहरु केही सेकेन्डका छन् । राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । मान्छेहरु आउ-जाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिंदैन ।

भक्तपुरमा रूख ढल्दा किचिए बस र स्कुटरमा १५ जना घाइते

भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत कम्तिमा १३ जना घाइते भएका छन् । १३ मध्ये २ जनाको व्यवस्था गम्भीर छ । भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार घाइतेहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको छ । रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।  घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

बन्दरगाह आक्रमणमा रुसले ‘बर्बरता’ देखाएको जेलेन्स्कीको आरोप

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण भएपछि रुसमाथि “बर्बरता” गरेको आरोप लगाएका छन्। सम्झौतामा हस्ताक्षर भएको केही घण्टामै दुई वटा कालिबर क्षेप्यास्त्र ओडेसा बन्दरगाहमा खसेको युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले जनाएको छ। युक्रेनको अन्न निर्यात सम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको केही घण्टामै क्षेप्यास्त्र आक्रमण भएपछि उक्त सम्झौता अलपत्र परेको छ।

मस्कोले उक्त आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। किएभले सम्झौता उल्लङ्घन गरिएको भए पनि अन्न निर्यात जारी राख्ने तयारी गरेको जनाएको छ। शनिवार राष्ट्रपति जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताएका थिए। उनले भविष्यमा हुने यस्ता क्षेप्यास्त्र आक्रमणलाई जसरी भए पनि निष्फल बनाउन हवाई प्रतिरक्षा प्रणाली विकास गर्न हर सम्भव प्रयास गर्ने जनाए। युक्रेन प्रमुख अन्न निर्यातकर्ता हो तर युद्धका कारण २ करोड टन अन्न उसका बन्दरगाहहरूमा फसिरहेको छ र रुसी फौजका कारण निर्यात हुन सकिरहेको छैन।

त्यसले गर्दा खासगरी युक्रेन र रुसमाथि गहुँका लागि निर्भर अफ्रिकामा उच्च मूल्यवृद्धि भएको छ। शुक्रवार भएको सम्झौता अनुसार अन्न निर्यात गर्ने बेलामा रुसले बन्दरगाहहरूलाई निशाना नबनाउने सहमति भएको थियो। सेनाले थप दुई वटा क्षेप्यास्त्रहरू हवाई प्रतिरक्षा प्रणालीले खसालेर निष्फल तुल्याइदिएको बताएको छ।