रुसी क्षेप्यास्त्र आक्रमणमा परी २० जनाको मृत्यु

रुसी क्षेप्यास्त्र आक्रमणमा परी २० जनाको मृत्यु

रुसी क्षेप्यास्त्र प्रहारबाट देशको मध्य भागमा रहेको सहर भिनित्सियामा तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको  छ भने ९० जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त कार्यलाई “खुलमखुला गरिएको आतङ्कवादी कार्य” भनेका छन्। युक्रेनी आपत्कालीन सेवाका अनुसार क्षेप्यास्त्र उक्त कार्यालयहरू भएको भवनको कार पार्किङस्थलमा स्थानीय समय अनुसार करिब १०:५० मा प्रहार भएको थियो।

उक्त आक्रमणमा परेर करिब तीन लाख ७० हजार जनसङ्ख्या भएको भिनित्सियाको केन्द्रका आवासीय भवनहरू पनि प्रभावित भएका छन्।राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हरेक दिन रुसले नागरिकहरूलाई मार्छ, युक्रेनी बालबालिकालाई मार्छ, कुनै सैन्य लक्ष्य नभएका नागरिकले प्रयोग गर्ने सेवासुविधाहरूमा क्षेप्यास्त्र आक्रमण गर्छ। यो आतङ्कवादको खुला कार्य होइन भने के हो?”

श्रीलङ्का: राष्ट्रपति राजपक्ष सैन्य विमानमा देश छोडेर भागे

त्रिहत्तर वर्षीय राजपक्ष स्थानीय समयानुसार बिहानको ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा चरम आर्थिक सङ्कटका कारण आक्रोशित मानिसहरूले विरोध प्रदर्शन गरिरहेका बेला श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर अन्यत्र गएका छन्। देश छोड्दा उनले सेनाको विमान प्रयोग गरेका छन्। राष्ट्रपतिले जुलाई १३ (आज) राजीनामा दिने वचन दिएका थिए। राष्ट्रपतिको प्रस्थानको खबर सार्वजनिक भएपछि राजधानी कोलम्बोको प्रमुख प्रदर्शनस्थलमा सर्वसाधारण मानिसले उत्सव मनाएका छन्।

मङ्गलवार साँझ त्यहाँ राष्ट्रपतिको राजीनामाको पर्खाइमा हजारौँ मानिस भेला भएका थिए। श्रीलङ्कामा उत्पन्न अभूतपूर्व आर्थिक सङ्कटका लागि राजपक्षको प्रशासनलाई दोष दिइएको छ।

प्रदर्शनकारीहरू

तस्बिर स्रोत,GETTY IMAGES

महिनौँदेखि दैनिक विद्युत् कटौती तथा इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावविरुद्ध मानिसहरू सङ्घर्ष गरिरहेका छन्।

संविधानअनुसार राष्ट्रपतिले राजीनामा दिएको खण्डमा प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उनको स्थानमा काम गर्नुपर्छ। प्रधानमन्त्रीलाई संसद्मा राष्ट्रपतिको सहायक मानिन्छ। गत शनिवार प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगो लगाएका थिए। त्यतिबेला उनी र उनको परिवार घरभित्र थिएनन्। उनले नयाँ सरकार गठन गर्ने बाटो बनाउन राजीनामा दिने बताएका छन्। तर उनले मिति भने तय गरेका छैनन्।  लाइन

साउथवेष्टर्न स्टेट कलेजमा शिक्षामा रुपान्तरणका लागि विज्ञको सुझाव

असार, काठमााडौं  : साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको विद्यालय शिक्षामा रुपान्तरणका लागि शैक्षिक तरिका विषयक कार्यशालामा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर मुलुकको समृद्धिमा योगदान दिन आग्रह गरिएको छ । शिक्षामा रुपान्तरणका लागि विज्ञान, प्रविधि, इञ्जिनियरिङ, मानविकी र व्यवस्थापन (स्टिम) का विषयलाई एकापसमा अन्तरसम्बन्धित बनाएर शिक्षण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।  काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले २१ औँ शताब्दी अनुकूल सहभागितामूलक, आलोचनात्मक र परिवर्तनका लागि सिकाइका भावलाई सम्बोधन गर्दै व्यक्तिगत सहकार्य, सूचनाप्रविधि र बहुआयामिक साक्षरता सीपका साथै सञ्चार र सोचयुक्त सीप र उद्यमशीलता एवं उत्पादनमूलक शिक्षा आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा कलेजका प्रमुख डा राजेन्द्रसिंह केसीले ८० लाख युवा विदेशमा रहनु विडम्बनाको कुरा भएकाले नेपालमा विदेशी प्राध्यापक र विद्यार्थीलाई आकर्षण दिने गरी धेरै र बहुविषयका विश्वविद्यालय खोलिनुपर्ने बताउनुभयो । साउथवेष्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीकाअनुसार सरकारी निजी साझेदारी कार्यक्रमको कार्यान्वयन र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि यस्ता कार्यक्रम गरिएको र काठमाडौँ बाहिरका शिक्षाकर्मीका लागि भर्चुअल माध्यमबाट कार्यशाला सञ्चालन गरिएको थियो । २१ औँ शताब्दीको शिक्षाबारे काठमाडौँ विश्वविद्यालयमा प्रा.डा. लक्ष्मण ज्ञवाली र प्रगतिशील विद्यालयबारे सो विश्वविद्यालयका स्कुल अफ एजुकेशनका सहायक डीन डा. धनपति सुवेदीको प्रस्तुतिकरण राखेको थियो । सो सुझाव कार्यक्रममा काठमाडौँ उपत्यका विभिन्न कलेज र विद्यालयका प्रधानाध्यापक, सहायकप्रधानाध्यापक, संयोजक, प्राज्ञिक नेतृत्वकर्ता र शिक्षकसहित २५० जनाको सहभागिता थियो ।

    

श्रीलंकामा प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

असार, काठमाडौं : आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा   प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चारमाध्यम डेली मिररले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन ।

आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ । शनिबार नै प्रधानमन्त्री रनिल बिक्रमासिंघेले सर्वदलीय बैठक बोलाएका थिए, जहाँ उनले सर्वदलीय सरकार गठनका लागि आफू राजीनामा दिन तयार रहेको बताएका छन् । नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि प्रधानमन्त्री, विपक्षीको प्रस्तावमा सहमत भएको उनको कार्यालयले जनाएको छ ।  सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।

विपक्षी दल र आम नागरिकले विरोधपछि सरकारी कर्फ्यू हट्यो भने शनिबार बिहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रक जस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।   गोटा गो होमको नारा लगाएर राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारी भान्सा र बेडरुममा समेत प्रवेश गरेका थिए । सार्वजनिक भएको भिडियो फुटेजहरुमा कतिपय प्रदर्शनकारीले राष्ट्रपतिको बिछ्यौनामा सुतेर सेल्फी लिएको देखिन्छ ।

 

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

२४ असार, काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।  १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत चुनावी अभियान सम्बोधन भएको थियो ।  तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा

२२ असार, काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे ।  ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु । अर्थमन्त्री जनार्दन शर्माले छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरे ।

श्रीलंकामा इन्धन रित्तियो

२० असार, काठमाडौं : श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् । अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् ।  ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले पैसाको अभावमा ईन्धन, खाना र औषधि जस्ता आयातको लागि संघर्ष गरिरहेको छ । देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा रहेको स्थितिमा एक दिनलाई पनि नपुग्ने परिमाण हो । सरकारले गत हप्तादेखि नै अतिआवश्यक क्षेत्र बाहेक अन्यलाई पेट्रोलियम पदार्थ दिन रोक लगाएको थियो ।

तरकारी र फलफूलमा हानिकारक विषादी मात्रा

असार, काठमाडौं :  दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । बजारमा हानिकरक कार्बाइड प्रयोग गरिएको हल्ला सुनिए पनि विभागको अनुगमनका क्रममा यस्तो भने नभेटिएको विभागले जनाएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र केन्द्रीय कृषि प्रयोगशालाले देशका विभिन्न भागमा गरेको परीक्षणमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा भेटिएको जनाएका छन् । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी, बुटवल, अत्तरिय, नेपालगञ्ज, झापा र सर्लाही कार्यालयमार्फत स्थानीय बजारको तरकारी र फलफूलमा विषादी परीक्षण गरेको थियो । भैरहवा, नेपालगञ्ज, विराटनगर, तौलिहवा, सर्लाही, धनुषा लगायतका नाका र नजिककौ सबैभन्दा धेरै आँप पाइने प्रमुख बजारहरुमा विषादी थियो ।  खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले भने अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा भैरहवा, नेपालगञ्ज, विराटनगर, तौलिहवा, सर्लाही र धनुषा लगायतका ७ वटा नाकामा विषादी परीक्षण गरेको थियो । केन्द्रीय कृषि प्रयोगशालाले फलफूल तथा तरकारीमा गरेको २२ हजार ७७५ नमुना परीक्षणमा २०३ वटा नमुनामा विषादीको मात्रा भेटिएको कालीमाटी प्रयोगशालाका विवेक सुनारले जानकारी दिए । जसमध्ये १४१ वटा नतिजा केही समय राखेर खान मिल्ने अवस्थाको थियो भने ६२ वटा नमुनामा विषादीको मात्रा अत्यधिक पाइएको थियो ।