रुसीबाट जोगिन पूर्वी डोनेट्स्क क्षेत्र छाड्न राष्ट्रपति जेलेन्स्कीको आदेश

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको नियन्त्रणमा रहेका पूर्वी डोनेट्स्क क्षेत्रमा बसिरहेका सबै सर्वसाधारणलाई रुसी क्रूरताबाट जोगिनका लागि उक्त स्थान खाली गर्न आदेश दिएका छन्। शनिवार राति अबेर सम्बोधन गर्दै जेलेन्स्कीले उक्त क्षेत्रमा युद्ध अझै चर्किन सक्ने चेतावनी दिए। “जति धेरै मानिसहरूले अहिले डोनेट्स्क क्षेत्र छाड्नेछन्, रुसी सेनासँग उति नै कम समय हत्या गर्नका लागि हुनेछ,” उनले भने। उक्त क्षेत्रमा भीषण लडाइँहरू भएका छन्। उक्त क्षेत्रको अधिकांश भाग अहिले रुसको नियन्त्रणमा छ।राष्ट्रपति जेलेन्स्कीले भने, “हामी सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्नेछौँ र रुसी आतङ्कलाई सकेसम्म सीमित बनाउनेछौँ।”

Spread the love