परीक्षाफल प्रकाशित, कसरी हेर्ने नतिजा

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधवार प्रकाशित गरेको छ। परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि फारम भरेका थिए। तीमध्ये करिब ४ लाख ९६ हजार परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार १०३ जनाको परीक्षा रद्द भएको छ। परीक्षा दिन फारम भर्ने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर थियो। अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो। यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np

एसएमएस (SMS) र आईभीआर (IVR):

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड – १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड – ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड – ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड – ३१००३
Spread the love