एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा

एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा

८ साउन, विर्तामोड : झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । बिहान बगानमा काम गर्नेले शव देखे पछि प्रहरीलाई खबर गरिएको थियो ।   गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

 जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।

पूर्वप्रधानमन्त्री हराउने अभियान कति सशक्त देखिएला

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावपछि प्रधानमन्त्रीको निम्ति प्रत्याशी बन्ने घोषणा गरेका छन्। थापाका अनुसार त्यसको निम्ति उनी पार्टी संसदीय दलको नेताको चुनावमा उम्मेदवार बन्ने छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरूमा भने आफ्ना अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्रीलाई चुनौती दिने घोषणा गर्ने कोही देखिएका छैनन्। पार्टीभन्दा बाहिर ‘कम्तीमा पनि प्रधानमन्त्री भएर परीक्षण भइसकेका नेताहरूलाई हराउने अभियान’ चलाउने प्रयास भइरहेको देखिन्छ। कांग्रेसमा शेरबहादुर देउवा, नेकपा एमालेमा केपी शर्मा ‌ओली, माओवादीमा पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीमा माधव नेपाल र झलनाथ खनाल अनि हालै पार्टीबाट पदमुक्त जसपा बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका नेताहरू हुन्। पुरानै अनुहार दोहरिइरहने प्रचलनप्रति दलभित्र र मतदाताहरूमा पनि असन्तुष्टि रहेको पाइन्छ तर बलियो विकल्प देखिने गरेका छैनन्।

सागर ढकाल

त्यो सम्भावनालाई ‘दुर्भाग्य’को रूपमा चित्रण गर्दै सापकोटा सुझाउँछन्, “देउवा, ओली र दाहाललाई मतदाताले आआफ्ना निर्वाचन क्षेत्रमै रोकिदिनु समग्र देशका लागि भलो काम हुनेछ । ती क्षेत्रका जनताले आफ्नो मात्र होइन, सबैको भलो गर्नेछन्।” स्थानीय चुनावमा केही स्थानको नतिजाले आउँदो चुनावमा त्यो सम्भव हुने सम्भावना देखाएको उनको ठम्याइ छ। भट्टराईले आफ्नो पुस्ताका नेता अब कार्यकारी भूमिकामा जान नहुने पक्षमा देखिएका छन्। नेता खनालले बीबीसीसँग कुरा गर्दै आफू पनि त्यसको निम्ति तयार रहेको बताएका छन्।

souhweastern collage

पी.डि, पीपीपी. र सि.एस.आर मा साउथवेस्टर्नकाे सक्रियता

काठमाडौं । साउथवेस्टर्न स्टेट कलेज बसुन्धाराकाे आयाेजनामा “कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट” अर्थात् “सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयमा एक दिने तालिम सम्पन्न गरेकाे छ । कार्यक्रममा बाेल्दै सहायक क्याम्पस प्रमुख हरि सिंह केसीले अबकाे सिकाइ ज्ञानमुखि सीपमुखि, व्यवहारमुखि र अनुसन्धानमुखि हुँदै समाजसँग जाेड्नुपर्ने बताउनुभयो । शिक्षण भनेको सिक्ने र सिकाउने प्रक्रिया भएकाले सिकाइमा समयकाे मागसँगै अपडेट हुन नसकिए आउटडेटेड भइने भन्दै शिक्षित जनशक्तिमा ज्ञानकाे अभाव भन्दापनि कार्यन्वयनमा चुनाैती रहेकाे आैँल्याउनुभयाे । साउथवेष्टर्न स्टेट कलेजले आषाढ महिनामा मात्रै शिक्षासँग सम्बन्धित अन्तरक्रिया, तालिम, कार्यशाला गाेष्ठि जस्ता तीन दर्जनभन्दा बढी कार्यक्रम सम्पन्न गरिसकेकाे जानकारी दिनुहुँदै अबका दिनमा गुणस्तरीय शिक्षाका लागि पेशागत व्यावसायिकता(पी.डि.) सार्वजनिक-निजी साझेदारी (पब्लिक-प्राइभेट पार्टनरसिप ) र संस्थागत सार्वजनिक उत्तरदायित्व (सि.एस.आर) अन्तर्गत साउथवेष्टर्न कलेज निरन्तर सराेकारवाला सबैसँग सहकार्य गर्दै सहभागी हुने विश्वास दिलाउनुभयाे ।

कलेजका प्रिन्सिपल डा. राजेन्द्र के.सीले प्रभावकारी शिक्षण सिकाई गतिविधि र शिक्षकको पेशागत व्यावसायिकता वृद्धि गर्नका लागि याे तालिम आयोजना गरिएको जानकारी दिँदै सिकाइलाई स्वतन्त्रता र विद्यार्थीकेन्द्रित बनाउनसके मात्रै उक्त शिक्षाले देशको माटो स्पर्श गर्न सक्ने बताउनुभयो । २१ आैँ शताब्दीको शिक्षा देश, समाज र विकाससँग जाेडिनुपर्ने भएकाेले विद्यार्थीकाे सिकाई व्यवहारिक र विज्ञानसम्मत दुबै हुनुपर्ने बताउनुभयो । एक सय उनन्तीस जना विद्यार्थी लिएर सुरू भएको कलेजकाे इतिहासलाई स्मरण गर्दै आज पी.जि . देखि पीएचडी सम्म चार हजार भन्दा बढी विद्यार्थी रहेको जानकारी दिनुहुँदै गुणस्तरीय शिक्षाको लागि सिकाइमा रूपान्तरण र कार्यन्वयन प्रक्रिया महत्त्वपूर्ण हुने रहेछ भन्दै आजकाे यस तालिममा पहिलो वर्षको विद्यार्थी संख्या भन्दा शिक्षकको संख्या बढी रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

“कोलावरेटिभ लर्निङ एण्ड इफेक्टिभ क्लासरुम म्यानेजमेन्ट” तालिमका प्रमुख वक्ता काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डीन डा.धनपति सुवेदीले विद्यार्थीहरू विद्यालयमा आईसकेपछि स्वतन्त्रता पूर्वक सिक्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने भन्दै शिक्षण सिकाई गतिविधिमा कक्षाकोठा व्यवस्थापन पनि महत्वपूर्ण पाटो रहेको र कक्षाकाेठालाई कसरी सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ ? भन्ने बारेमा आफ्नाे अनुभव सहित पावरपोइन्ट प्रेजेन्टेसन दिनुभएको थियो । “सहकार्य सिकाइ र प्रभावकारी कक्षा व्यवस्थापन” विषयक एक दिने तालिम कार्यक्रममा सहभागी भई कक्षाकोठा व्यवस्थापनको सन्दर्भमा व्यवसायिक सिप हासिल गरेकोमा सहभागी सबैलाई कलेजले प्रमाणपत्रकाे साथ हार्दिक बधाई र सिकाइलाई कक्षाकाेठाकाे कार्यन्वयन तहमा पुर्याउन शुभकामना समेत व्यक्त गरेकाे छ। अन्तमा, पेशागत व्यावसायिकता कार्यक्रम सफल बनाउन साथ, सहयोग र सहभागीता रहेको सम्पुर्णमा साउथवेस्टर्न कलेजले हृदय देखिनै आभार व्यक्त गरेको छ ।

सिकाइ तालिमका सहभागीहरु

 

राष्ट्र बैंकले गर्यो ४-१२ को नीतिमा संशोधन

नेपाल राष्ट्र बैंकले ४/१२ को नीतिमा हेरफेर गरेको छ।यसअघि धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हेरफेर गर्दै अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ।

यसअघि धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन।

यूकेमा अत्यधिक गर्मी बढ्ने चेतावनी

युकेमा हालसम्मै प्रचण्ड गर्मी  हुने भनिएको छ र त्यस क्रममा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ। सोमवार सफोकमा ३८.१ डिग्री तापक्रम पुगेको थियो जुन यूकेको सन् २०१९ को कीर्तिमान ३८.७ सेल्सियसभन्दा केही कम थियो।वेल्समा हालसम्मकै सबैभन्दा उच्च ३७.१ सेल्सियस तापक्रम रह्यो। मौसमसम्बन्धी कार्यालय मेट अफिसले मध्य, उत्तरी र दक्षिण-पूर्वी इङ्ग्ल्यान्डमा उच्च तापक्रमको चेतावनी दिएको छ। सोमवार स्यान्टन डाउनह्याम, सफोकको तापमान ३८.१ डिग्री सेल्सियस थियो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो। सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो। त्यसअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो। त्यसैले सोमवार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो। फ्लिन्टशायरको हावर्डेनमा ३७.१ डिग्री सेल्सियस तापमान मापन गरिएको थियो। मौसम कार्यालयको तथ्याङ्कका अनुसार त्यो जुन वेल्सको हालसम्मकै सर्वाधिक उच्च तापक्रम हो।शनिवार साँझ पौडी खेलिरहेका १६ वर्षीय किशोर र आइतवार नर्थम्बरल्याण्डको टाइन नदीमा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु भएपछि मानिसहरूलाई सावधानी अपनाउन भनिएको छ। दक्षिणी र पूर्वी इङ्गल्यान्डका पानी बिक्री वितरण गर्ने कम्पनीहरूले बढ्दो मागका कारण आपूर्तिमा कठिनाइ भएको जनाएका छन्। विज्ञहरूले आम मानिसलाई पानी पिउन, घरको पर्दाहरू बन्द राख्न र आफन्त तथा साथीभाइहरूबारे जानकार रहन आह्वान गरेको छ।

 

 

 

 

मध्यसागरीय जङ्गलमा लागेको आगो

दक्षिण-पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीसमा पनि फैलिएपछि फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ। फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे-बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ। आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३,२०० भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ भागेका थिए। केही मानिस भने फर्किसकेका छन्।

पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ। पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जना मानिसको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन्। मालग क्षेत्रका स्थानीयवासी एलेन म्याककर्डीले रोएटर्सलाई भनेका छन्: “हामीले हतारमा केही अत्यावश्यक सामग्रीहरू बटुल्यौँ र लिएर दौडियौँ। त्यतिबेला हरेक मानिस भागिरहेका थिए। त्यहाँ थुप्रै एम्बुलेन्स र फायर इन्जिनहरू थिए।” पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म- भूमध्यसागर वरपर हजारौँ अग्नि नियन्त्रकहरू र धेरै जल विस्फोटक विमानहरू तैनाथ गरिएका छन्। मङ्गलवारदेखि सारा क्षेत्र अधिक गर्मीको मारमा परेको छ र त्यहाँका वनस्पतिहरू सुकेका छन्।

मानव-प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन्। औद्योगिक युग सुरु भएदेखि नै पृथ्वी करिब १.१ डिग्री सेल्सियसले तातिसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्ने क्रम जारी रहनेछ। फ्रान्सेली मौसम सेवाले आइतवार देशको दक्षिणी भागमा ४१ डिग्री सेल्सियससम्मको तापक्रमको पूर्वानुमान गरेको छ र सोमवारका लागि नयाँ तापक्रम आकलन गरिएको छ। पोर्चुगलको तापक्रम हाल ४७ डिग्री सेल्सियस पुगेको छ।

प्रचण्डलाई मोदीले भेट नदिनु २०७२ को संविधान

तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । मोदीसँग भेट हुन नसक्नुको विषयमा अनभिज्ञता प्रकट गर्दै प्रचण्डले भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । प्रचण्डले त्यस्तो बेला भारत भ्रमणमा जानु परेको थियो, जुन बेला अर्को छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि बितिसकेको थिएन । २०७२ मा संविधान जारी गर्ने क्रममा मोदीका विशेष दूत बसेर आएका जयशंकरले दलहरुलाई संविधान रोक्न भनेका थिए । त्यसबेला भएको भेट सकारात्मक नभएकाले ७ वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको भन्दै प्रचण्डले भनेका छन् ।

कूटनीतिक मामिलाका जानकारहरुका अनुसार विदेश पाहुनालाई अन्तिम समयमा आएर नभेट्नुको ठूलो अर्थ हुन्छ । भारतीय प्रधानमन्त्री मोदीले पनि आफ्नो दलको निम्तोमा आएका प्रचण्डलाई अन्तिम समयमा नभेटेर सन्देश दिएका छन् । भारतीय पक्षले भेट गराउने आश्वासन दिएपछि उनी हतारमै भएपनि भ्रमण गर्न तयार भए । विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पनि उनले मोदीसँग भेट हुने विश्वास व्यक्त गरेका थिए ।

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

१ साउन, काठमाडौं :  काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर राख्न भन्दै सूचना निकालेको छ । संकलन गरिएको कुहिने फोहोरलाई घरायसी विधिअनुसार मल बनाउने महानगरपालिकाको तयारी छ । विभिन्न वडाहरुमा महानगरपालिकाले स्रोतबाटै फोहोरको वर्गीकरण गर्न भन्दै सचेतना फैलाइरहेको छ । यसअघि पनि महानगरपालिकाले फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न खोजेको थियो, तर सफल भएन । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याएमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । महानगरको फोहोरका स्रोतमा घरेलु, औद्योगिक, रासायनिक, स्वास्थ्य, हानिकारक, मलखाद योग्य, कबाडी, प्लास्टिकजन्य, सिसाजन्य फोहोरहरू छन् । तीमध्ये महानगरबाट निस्कने फोहोरमध्ये सबैभन्दा धेरै जैविक फोहोर छ । जैविक फोहोरको हिस्सा ७०.८७ प्रतिशत छ । प्लास्टिक ९.१८ प्रतिशत, कागज ८.५१, रबर ०.५४, कपडा ३.०२, धातु ०.९२, सिसा २.५० प्रतिशत, छाला ०.१२ र काम नलाग्ने/निष्क्रिय फोहोरको मात्रा ४.३३ प्रतिशत छ ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलग-अलग भाँडोमा राख्नुपर्ने बताइन् । त्यसरी छुट्याइएको फोहोरलाई मात्र फोहोर संकलन गर्न आउने गाडीमा पठाउनुपर्ने जनाएको छ ।

श्रीलङ्कामा सङ्कट हुनुका कारण

श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्।श्रीलङ्कामा अहिले राजनीतिक उथलपुथल भइरहेको छ।यो देशको अर्थतन्त्र केही समय यता कमजोर रहँदै आएको छ। त्यहाँको केन्द्रीय ब्याङ्कका अनुसार समग्र मुद्रास्फीति ५० प्रतिशत भन्दा बढी छ भने खानेकुराको मुद्रास्फीति दर अझ खराब अर्थात् ८० प्रतिशत रहेको छ।श्रीलङ्काको मुद्रा रुपियाँ डलरको तुलनामा कमजोर भइरहेको छ। जब नोभेम्बर २०१९ मा गोटबय राजपक्षले सत्ता सम्हाले एक डलर १७९ रुपियाँमा सटही हुन्थ्यो। अहिले त्यो ३६० रुपियाँ भन्दा बढी छ। चरम अभावका कारण पैसा भएका मानिसहरूले पनि खानेकुरा र इन्धन खरिद गर्न सकिरहेका छैनन्

अन्तर्राष्ट्रिय कारण

युक्रेन युद्धले खानेकुरा र इन्धनको मूल्यमा भारी वृद्धि गराएको छ। श्रीलङ्काले आफ्नो पेट्रोलियमको आवश्यकता विदेशबाट आयात गरेर पुरा गर्ने गरेको छ तर यो वर्षको सुरुदेखि उसले तेल र ग्यासको आयातका लागि पैसा तिर्न सकिरहेको छैन।यसको कारण अर्थतन्त्रको अरू सबै पक्षमा मन्दी देखिएको छ। ग्यासको अभाव यति चरम छ कि कतिपय ग्यासबाट सञ्चालन हुने शवदाहगृह बाध्यात्मक रूपमा बन्द छन्। धेरै श्रीलङ्कालीहरूले अहिले आफ्नो परम्परा विपरीत शवलाई गाड्ने गरेका छन्। धेरै मानिसहरूले खानेकुरा पकाउन ग्यासको सट्टा अहिले दाउरा प्रयोग गर्न थालेका छन्।

टाट पल्टेको पर्यटन क्षेत्र

ट्राभल म्यागेजिन लोन्ली प्लानेटले श्रीलङ्कालाई सन् २०१९ का लागि प्रमुख पर्यटन गन्तव्यका रूपमा सूचीकृत गरेको थियो। तर पर्यटनमार्फत उल्लेख्य आम्दानी हुने सपना त्यसबेला चकनाचुर भयो जब एप्रिल २०१९ मा इस्टर सन्डेका दिन शृङ्खलाबद्ध आतङ्कवादी हमलाहरू भए। तीन वटा होटेल र तीन वटा गिर्जाघरहरूलाई निशाना बनाएको उक्त बम हमलाहरूमा २६७ जनाले ज्यान गुमाएका थिए भने करिब ५०० घाइते भएका थिए।तर पनि त्यो वर्षको डिसेम्बरमा पर्यटन क्षेत्रमार्फत करिब ४५ करोड डलर आम्दानी भएको त्यहाँको केन्द्रीय ब्याङ्कले जनाएको छ जुन अघिल्लो वर्षको त्यही महिनाको तुलनामा मध्यमस्तरको मात्रै गिरावट हो।त्यसपछि पर्यटन उद्योग कोभिड महामारीको निशानामा पर्‍यो। केन्द्रीय ब्याङ्कको सन् २०२० एप्रिलदेखी नोभेम्बरसम्मको तथ्याङ्कले नगण्य आम्दानी सहित पर्यटन क्षेत्र ठप्प रहेको देखाउँछ।

बाध्यात्मक प्राङ्गारिक खेती

एप्रिल २०२१ मा श्रीलङ्काका राष्ट्रपतिले सबै रासायनिक मलको आपूर्तिमाथि प्रतिबन्ध लगाउँदै कृषकहरूलाई प्राङ्गारिक खेती अवलम्बन गर्न बाध्य बनाएका थिए। यसले श्रीलङ्काली जनता र बाहिरी विश्वमा देशले पर्यावरण मैत्री नीति अँगालेको सन्देश दिन खोज्यो तर त्यसको भित्री कारण घट्दो विदेशी मुद्रा सञ्चिति रहेको थियो। उक्त कदम ज्यादै प्रत्युत्पादक साबित भयो। अधिकांश ठाउँमा देशको मूल अन्नबाली धानको उत्पादन घट्यो र देश खाद्यान्न आपूर्तिको लागि अरूमा निर्भर हुन बाध्य भयो। यसै वर्षको सुरुमा श्रीलङ्काले भारत र म्यानमारबाट ४ लाख टन चामल आयात गर्ने योजना सार्वजनिक गरेको थियो। तर उपभोक्तासम्म कति चामल पुगेको छ त्यो प्रस्ट भइसकेको छैन।

व्यापार असन्तुलन

श्रीलङ्काले अहिले ३ अ र्ब डलर बराबरको उत्पादन प्रत्येक वर्ष आयात गर्छ। उक्त आँकडाले त्यहाँ विदेशी मुद्रा सञ्चित नरहनुको कारण देखाउँछ। ऊर्जा र इन्धन अभावले निम्त्याएको आर्थिक मन्दीका कारण आयात अझ प्रभावित हुने देखिन्छ।तर पैसा अभावका कारण श्रीलङ्का आफ्ना उद्योगहरूलाई आवश्यक थप पेट्रोल किन्न सक्ने अवस्थामा छैन। सन् २०१९ को अन्त्यमा श्रीलङ्काको वैदेशिक मुद्रा सञ्चिती ७ दशमलव ६ अर्ब डलर रहेको थियो तर अहिले त्यो घटेर २५ करोड डलरमा आइपुगेको छ।

ऋणको पासो

श्रीलङ्काको तीन दशक लामो गृहयुद्ध सन् २००९ मा अन्त्य भयो। युद्धपछिको परिस्थितिमा, सरकारले धमाधम सडक र बन्दरगाह जस्ता पूर्वाधारहरूको निर्माणमा व्यापक लगानी गर्‍यो। ऋणबाट रकम जुटाइयो र देश अहिले ५१ अर्ब डलर ऋणको भार बोकिरहेको छ जसमध्ये ६ दशमलव ५ अर्ब डलर चीनलाई तिर्नुपर्नेछ। उक्त ऋणको किस्ता भुक्तानीले देशको विदेशी मुद्रा सञ्चितिलाई थप पेचिलो बनाएको छ। त्यसका कारण खानेकुरा किन्न समेत रकमको अभाव छ। क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र संयुक्त राज्य अमेरिका सम्मिलित धनी औद्योगिक देशहरूको समूह जी सेभेनले ऋण चुक्ता गर्ने श्रीलङ्काको प्रयासमा मद्दत गर्ने पनि बताएको थियो। विश्व ब्याङ्कले श्रीलङ्कालाई ६० करोड डलर ऋण दिन सहमति जनाएको छ र भारतले कम्तिमा १.९ अर्ब डलर दिने प्रस्ताव गरेको छ।

परिवारवादको राजनीति

प्रदर्शनकारीहरूले अहिलेको भद्रगोलका निम्ति राष्ट्रपति र सरकारका उच्च पदमा आसीन उनको परिवारका सदस्यहरू जिम्मेवार रहेको बताउँछन्। गोटाबयका जेठा दाजु महिन्द राजपक्ष सन् २००५ देखि एक दशकसम्म श्रीलङ्काका राष्ट्रपति थिए। उक्त परिवारमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ जसलाई उनीहरू अस्वीकार गर्छन्। गोटाबय राष्ट्रपति बनेपछि उनले प्रधानमन्त्री पदमा महिन्दलाई नियुक्त गरेका थिए। प्रदर्शनहरू चर्किएपछि यसै वर्षको मे महिनामा राजीनामा दिए।राजपक्ष दाजुभाइहरूको राजनीतिक उदयलाई तमिल पृथकतावादीहरू पराजित गर्न उनीहरूले खेलेको भूमिकासँग जोडेर हेर्ने गरिन्छ। दुवै दाजुभाइले अहिले राजीनामा दिएका छन् तर उनीहरूले छाडेको राजनीतिक रिक्तता कसरी पूर्ति हुन्छ त्यो प्रस्ट भइसकेको छैन।

श्रीलङ्काः राजपक्षले दिए राजीनामा

श्रीलङ्कामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगेका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका छन्। अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए।  उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए। राजपक्ष माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए। राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन। सिङ्गापुर सरकारले उनलाई “निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश” दिएको बताएको छ।

राजधानी कोलम्बोमा हर्षित प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घ शपथग्रहण नगरेसम्म औपचारिक रूपमा अन्तरिम राष्ट्रपति बन्ने छैनन्। शपथ लिएपछि सं‌स‍द्‌बाट अनुमोदित हुन उनीसँग ३० दिनको समय हुनेछ। यदि उनी अनुमोदित भएनन् भने सांसदहरूले नयाँ राष्ट्रपतिका लागि मतदान गर्न आवश्यक हुन्छ। राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।

राजपक्षलाई लामो समयसम्म आश्रय दिने उनीहरू पनि तयार नहुन सक्छन्। किनभने राजपक्ष युद्धअपराधको आरोप लागेका व्यक्ति हुन्। त्यसले गर्दा उनी विश्वव्यापी गहिरो छानबिनको दायरामा जान सक्छन्।