घरको छतबाट खसेर मृत्यु

नुवाकोट : घरको छतबाट खसेर नुवाकोट एक युवतीको मृत्यु भएको छ। विदुर नगरपालिका- १ ढुंगेबजार घर भएकी २९ वर्षीया सिर्जना ढुंगानाको बिहीबार आफ्नै घरको छतबाट खसेर ज्यान गएको हो। फोहोर फाल्नका लागि दुई तल्लामाथि रहेको घरको छतमाथि पुगेकी ढुंगाना एक्‍कासी खसेर घर अगाडिको सडकमा बजारिएकी थिइन्। उनलाई तत्काल स्थानीयबासीले उद्धार गरी उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो। तर उपचार गर्न नपाउँदै चिकित्सकले मृत घोषित गरेको  हो।

Spread the love