चौथो बिमस्टेक सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं :  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बिमस्टेकको चौथो सम्मेलन सुरु भएको छ ।  बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको  उद्घाटन गरेका हुन् ।  सम्मेलनमा सहभागी सदस्य  मुलुकहरुमा श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ रहेका छन् । सम्मेलनमा ऊर्जा  तथा व्यापारमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने विषयमा छलफल  सुरु भएको छ।

Spread the love