दुईदिने शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं

दुईदिने शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा गाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए।

बिमस्टेक सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री बाजेद पनि काठमाडौंमा

काठमाडौँ   :  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को दुईदिने शिखर सम्मेलनमा भाग लिन बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद काठमाडौं आइपुग्नुभएको छ ।   बंगलादेशको राष्ट्रिय ध्वजाबाहक जहाजको विशेष उडान मार्फत उहाँ काठमाडौं ओर्लिनुभएको हो ।  बंगलादेशकी प्रधानमन्त्री वाजेदलाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत  गर्नुभयो ।

गौहत्याका कारण केरलामा बाढी – बलिउड अभिनेत्री पायल

भारत : अभिनेत्री तथा मोडल पायल रोहतगीले भारतको केरला राज्यमा आएको विनाश लिला गौहत्याका कारण आएको बताएकी छन् । केरलाका मानिसहरुलाई भगवानले ‘गौहत्या’ को सजाय दिएको  केरलाको बाढीलाई धर्मसँग जोडेर धाराप्रवाह ट्विट गरेकी थिइन् ।  पायलले  दिएको अभिव्यक्ति विवादमा खासगरी मुसलमानहरु आक्रोशित बनेका छन् । ‘केरलामा गौहत्या प्रतिवन्धित छैन । प्रिय केरलाका जनता तथा राजनीतिज्ञ, हिन्दूहरुको भावनालाई चोट पु¥याउनु राम्रो होइन ।यसरी अरुको धार्मिक भावनामाथि खेलवाड गर्नु हुँदैनथ्यो ।’ ट्विटमा पायलले लेखेकी थिइन्।

बिमस्टेक शिखर सम्मेलनमा भेटवार्ता सुरु

काठमाडौं :  बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आएका  म्यानमारका  राष्ट्रपति विन मिन्ट र प्रधानमन्त्री केपी शर्माबीच  भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको थियो ।

उपत्यकामा जोर–बिजोर प्रणाली तिन दिन सम्म लागु

काठमाडौं  उपत्यकामा  आजबाट ३ दिन सम्म  निजी तथा भाडाका सवारीमा जोर–बिजोर प्रणाली लागू भएको छ ।  बिहान ६ बजेदेखि राति १० बजेसम्म यो नियम लागू  हुनेछन् ।  पहिलो दिन आज बिजोर नम्बरका सवारीलाई मात्र आवतजावत गर्न पाउने छ । भोलि (बिहीबार) भने जोर अंकका सवारी मात्रै उपत्यकाका सडकमा गुडाउन पाइने छ ।  शुक्रबार भने बिजोर अंकका सवारी चल्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोृर नम्बरको गाडी गुडाउन मिल्ने नियम बनाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर । अत्यावश्यकीय सेवा, आवश्यक कार्य जस्तै बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएकाहरुमा,  कूटनीतिक नियोगका सवारी साधन र सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुमा भने यो प्रणाली लागू हुनेछैन ।

 

आमाबाट शिशुको हत्या

 

गोरखा  सिरानचोक, थालाजुङकी १७ वर्षकी रश्मी गुरुङले  न्वारानकै दिन आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको आरोपमा  प्रहरीले पक्राउ गरेको छ ।  न्वारानकै दिन राति रश्मी आफैंले छोरीको हत्या गरेर छोरी हराएको भन्दै  आफन्तसँग हारगुहार गरेकी थिइन् ।  प्रहरी अनुसन्धानका क्रममा रश्मी आफैंले छोरीको हत्या गरेर घर नजिकैको बारीमा खाल्डो खनेर पुरेको पाइएको जिल्ला प्रहरीले  जानकारी दिए । प्रहरीले खाल्डो खनेर हेर्दा बोराभित्र शिशु मृत अवस्थामा भेटिएको थियो । प्रहरीले गुरुङलाई पक्राउ गरी ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।

THRILL AND SPELLBOUND NEPALESE COMMUNITY IN NY

Through their Mellifluous Sounds, Famous Nepalese Singers Bipul Chettri, Sajjan Rai Vaidya, and Diwas Gurung Are Ready to Thrill and Spellbound Nepalese Community. On Saturday, August 25th, At Melrose Ballroom, New York, enjoy the magical experience of traditional Nepalese music by the iconic and emerging Nepalese singers Bipul Chettri, Sajjan Rai Vaidya, and Diwas Gurung. After the main Bipul concert, DJ Jam & DJ Bha2 will continue to entertain and thrill the audience with non-stop and rhythmic DJ Party until 4 A.M. The concert aims at providing fun and quality entertainment to the audience.

he concert is proudly presented by Rockmanch, which is also associated with PNM Entertainment and Lights out Entertainment. Sanjay Gupta is hosting the concert. Jimmy Gurung and his friends are the organizers of the concert. Being a staunch and ardent music lover, Jimmy Gurung is fully committed to entertaining the local community with the best music experience. Don’t miss the enchanting experience of the vibrant, sensational and live Nepalese music.

Location:

Melrose Ballroom

36-08 33rd St, Queens, NY 11106

फागुन भन्दा यता राजिनामा नदिन राज्यमन्त्री बुढालाई सुझाव

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा) १२ भदौ : डोल्पामा गर्ने भनिएको उप निर्वाचनको मत सर्वेक्षणकालागि गृह जिल्ला डोल्पा पुगेका पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई सकभर आफनो सांसद पदबाट राजिनामा नदिन र दिएपनि फागुन भन्दायता राजिनामा नदिन सुझाव दिएका छन ।
मंगलबार त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा सम्पन्न भएको सुझाव संकलन कार्यक्रममा तीनवटा स्थानीय तहका जनताले यसो भनेकाहुन् । उक्त सुझाव संकलन कार्यक्रममा तल्लो डोल्पाका मुड्केचुला गाँउपालिका,जगदुल्ला गाँउपालिका र त्रिपुरा सुन्दरी नगरपालिका स्थानीय नेता कार्यकता तथा सर्वसाधारहरुसँग राजिनामाको बिषयमा छलफल गरिएको थियो । नेकपाका क्रियासिल कार्यकर्ता रण बुढाले राजिनामा दिनुपर्छ भन्ने मानसिकता राज्यमन्त्री बुढाले बनाई सकेकाले हामि तल्लो तहका कार्यकर्ताले भनेर नहुने बताए । “हामि कार्यकर्ता हौ पार्टीको निर्नेशन भयो भने पार्टीको जुनसुकै ब्यक्ति उठेपनि भोट हाल्नै पर्छ,तै पनि हामिले सकभर राजिनामा नदिन भनेका छौ,यदि दिएपनि फागुन तिरमात्रै दिन सुझाव दिएका छौ” बुढाले भने ।
राज्यमन्त्री बुढा भेट्नकालागि गाँउ गाँउबाट त्रिपुराकोट पुगेका कतिपय जनताहरुले राज्यमन्त्री बुढाले राजिनामा दिने मानसिकता बनाई सकेकाले सोझासाझा जनताले भनेपनि केही नलाग्ने प्रतिक्रिया दिएका थिए ।  “मैले त्रिपुरा सुन्दरी लगाएत तीनवटा स्थानीय तहका जनताबाट सकरात्मक सुझाव पाए,यहाँका जनताले सकभर राजिनामा नदिन भनेकाछन्,दिएपनि आगामि फागुनमा दिनुपर्ने उनीहरुको धारणा छ” राज्यमन्त्री बुढाले भने । “बुधबार ठुलीभेरी नगरपालिकामा पनि सुझाव संकलन कार्यक्रम रहेको छ,त्यहाँका जनताबाट कस्तो प्रतिक्रिया पाईन्छ,त्यसपछि मात्रै फागुनमा गर्ने वा अगाडीनै राजिनामा दिने भन्ने कुरा थाहा होला” मन्त्री बुढाले भने ।  “लगभग राजिनामा दिने पक्का भईसकेको छ तर कहिले गर्ने भन्ने कुरामात्रै टुङ्गो नलागेकोमात्रै हो,जिल्लाका आठवटै स्थानीय तहका जनतासँग बसेर काठमान्डौ गईसकेपछिमात्रै राजिनामा दिने कुरा टुङ्गीन्छ” राज्यमन्त्री बुढाले थपे । डोल्पाबाट लगातार दुइ पटक भारी मतका साथ बिजयी हुनुभएका राज्यमन्त्री बुढाका अनुसार बुधबार उपल्लो डोल्पाका छार्काताङसोङ,डोल्पो बुद्ध,शे फोक्सुन्डो,काईकेगाउँपालिका र ठुलीभेरी नगरपालिकाका जनतासँग सदरमुकाम दुनैमा बृहत छलफलगर्ने कार्यक्रम रहेको छ ।

मैले भन्दा दश गुणा बिकासगर्न बामदेब आवाश्यक
“मैलै डोल्पाले बोकेको प्रचुर सम्भावना अनुसार बिकासगर्न सकेको छैन् यो कुरा मैले स्विाकार्नु पर्छ,मैले राजिनामा दिएर डोल्पाली जनमतको अपमान गर्न खोजेको होईन्,डोल्पाको बिकासलाई थप गतिशिल बनाउन पनि मैले राजिनामा दिनुपर्छ र नेता गौतमलाई जिताउनुपर्छ ”राज्यमन्त्री बुढाको भनाई छ । “राष्ट्रिय तथा अन्र्तराष्ट्रिय छबी बनाउनु भएका नेता गौतम बिजयी भएपछि डोल्पाले बिकासले काँचुली फेर्नेछ,मैलै भन्दा दश गुणा धेरै बिकास गर्नुहुने छ,त्यो कुरा डोल्पाली जनतालाई विश्वस्त पार्न चाहान्छु”उनको भनाई छ । नेकपाका प्रभावशाली नेता बामदेब गौतम उप–निर्वाचन मार्फत चुनावमा होमिनु भयो भने उहाँलाई मैले ल्याएको नेपालमै धेरै मत ७७ प्रतिशत भन्दा पनि धेरै मत प्रतिशतले जिताउन सक्छु राज्यमन्त्री बुढाले दाबी गरे ।  तत्कालिन माओवादी र एमाले पार्टीको एकिकरण पछि बनाईएको नेकपालाई थप मजबुद बनाउन पनि नेता गौतमलाई जिताउनु पर्ने राष्ट्रिय अवाश्यक्ता रहेको राज्यमन्त्री बुढाले बताए ।

Bhojpuri bombshell Amrapali Dubey has gone viral 12 million views

Deepak Neupane : Popular Bhojpuri actress Amrapali Dubey has once again proved that she’s not just the queen of the Bhojpuri film industry, but also rules the video sharing/streaming platform –  Amrapali Dubey is not just known for her acting prowess but also for her impeccable dancing skills. Recently, a song of the actress titled Tohare Khatir has gone viral online. The song has crossed over 12 million views on YouTube and Amrapali’s belly dance moves are being much appreciated.

Almost all the newcomers inBhojpuri cinema dream of working with her at least once in their career. In fact, romancing Amrapali Dubey is on the bucket list of a number of Bhojpuri actors, especially the newcomers.

उप–निर्वाचनको माहोल बुझ्न राज्यमन्त्री बुढा डोल्पामा

रामचन्द्र न्यौपाने, दुनै(डोल्पा) १२ भदौ  डोल्पामा गर्ने भनिएको उप–निर्वाचनको माहोल बुझ्न संघिय सरकारका पर्यटन राज्यमन्त्री धन

रामचन्द्र न्यौपाने दुनै(डोल्पा)

बहादुर बुढा डोल्पा पुग्नुभएको छ । डोल्पाबाट लगातार दुइ पटक भारी मतका साथ बिजयी हुनुभएका राज्यमन्त्री बुढाले जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेरमात्रै राजिनामा दिने कार्यक्रम रहेको बुढाले बताउनुभयो । मंगलबार तल्लो डोल्पाका मुड्केचुला गाँउपालिका,जगदुल्ला गाँउपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका जनताहरु सहित त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा छलफल गर्ने र प्रतिक्रियालिने कार्यक्रम रहेको उहाँको बताउनुभयो । त्यस्तै बुधबार उपल्लो डोल्पाका छार्काताङसोङ,डोल्पो बुद्ध,शे  -फोक्सुन्डो,काईकेगाउँपालिका र ठुलीभेरी नगरपालिकाका सर्वसाधारणहरुसँग सदरमुकाम दुनैमा छलफलगर्ने कार्यक्रम रहेको छ ।
ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा पनि जनताहरुसँग प्रतिक्रियालिने कार्यक्रम रहेको बताईएको छ ।  “कहिले राजिनामा दिने भन्ने कुरा थाहा छैन,जनताको पतिक्रिया पछिमात्रै राजिनामा दिनेकुरा थाहाँ हुन्छ” राज्यमन्त्री बुढाले भन्नुभयो । अहिलेनै राजिनामा दिन्छु भन्न सक्दिन,एक नेतृत्वकालागि जनतानै भगवान हुन्छन् त्यसोत जनताको प्रतिक्रिया पछि मात्रै राजिनामा दिन्छु” बुढाले भन्नुभयो ।
डोल्पाली जनताको सकरात्मक प्रतिक्रिया आउँछ भन्ने मलाई विश्वास छ ।
नेकपाका प्रभावशाली नेता बामदेब गौतम उप–निर्वाचन मार्फत चुनावमा होमिनु भयो भने उहाँलाई मैले ल्याएको नेपालमै धेरै मत ७७ प्रतिशत भन्दा पनि धेरै मत प्रतिशतले जिताउन सक्छु राज्यमन्त्री बुढाले दाबी गर्नुभयो ।
“२०७० सालमा पनि एमालेबाट बागी उम्मेद्धार अंगत बुढा उठेर पनि ५६ प्रतिशत मत ल्याएर बिजयी भएको हुँ,मलाई विश्वास अब उप निर्वाचन भयो भने पनि डोल्पाली जनताले साथ दिनेछन्” उहाँले थप्नुभयो ।
“मैलै डोल्पाले बोकेको प्रचुर सम्भावना अनुसार बिकासगर्न सकेको छैन् यो कुरा मैले स्विाकार्नु पर्छ,मैले राजिनामा दिएर डोल्पाली जनमतको अपमान गर्न खोजेको होईन्,डोल्पाको बिकासलाई थप गतिशिल बनाउन पनि मैले राजिनामा दिनुपर्छ र नेता गौतमलाई जिताउनुपर्छ ।”
“राष्ट्रिय तथा अन्र्तराष्ट्रिय छबी बनाउनु भएका नेता गौतम बिजयी भएपछि डोल्पाले बिकासले काँचुली फेर्नेछ,मैलै भन्दा दश गुणा धेरै बिकास गर्नुहुने छ,त्यो कुरा डोल्पाली जनतालाई विश्वस्त पार्न चाहान्छु”उहाँको दाबी छ ।
तत्कालिन माओवादी र एमाले पार्टीको एकिकरण पछि बनाईएको नेकपालाई थप मजबुद बनाउन पनि नेता गौतमलाई जिताउनु पर्ने राष्ट्रिय अवाश्यक्ता रहेको राज्यमन्त्री बुढाले बताउनुभयो ।मचन्द्र न्यौपाने