हंगकंगमा भब्य तीज : दुख बिर्सिएर नाचे नेपाली

nepali teej in hongkong

नेपाली दिदीबहिनीले दुख बिर्सिएर नाचे अनि गाए नेपाली संस्कृति,परम्परा र चाडबाडलाई भब्य एवं सभ्य रुपले मान्दै र धान्दै आएको हंगकंगमा क्रियाशील हंगकंग नेपाल हिन्दू एसोसिएसनले आयोजना गरेको सामूहिक तीज कार्यक्रम सम्पन्न भएको छ I एसोसिएसनले हंगकंगको यौमताइमा संचालन गरेको हिन्दू मन्दिरमा आयोजना गरिएको सामूहिक तीजमा यहा रहेका नेपाली दिदीबहिनीहरूले दर खाएर नेपाली लोक भाकामा तीज गीत गाएर रमाइलो गरेका थिए I यसरी कार्यव्यस्तताबाट एक दिन भए पनि छुट्कारा पाएर रमाइलो गर्न पाएकोमा निकै खुशी लागेको उनीहरूले बताए I मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा बिधिबत पूजापाठ तथा स्वस्तिशान्ति समेत गरिएको थियो I सम्पूर्ण नपाली दाजुभाई तथा दिदीबहिनीहरूको कार्य सफलता तथा सुस्वास्थ्यको कामना गर्दै पूजापाठ समेत गरिएको मन्दिरका मूल पुरोहित पण्डित माधब आचार्यले बताउनुभयो I यसैबीच आयोजना गरिएको औपचारिक सभामा एसोसिएसनका आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्रबाट सम्मान गरिनुका साथै परिचयपत्र समेत वितरण गरिएको थियो I सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका मूल पुरोहित माधब आचार्यले धर्म ,संस्कृतिले समाजमा नैतिक जागरण ल्याउने तथा संस्कारको बिकास गर्ने हुदा मानव समुदायका लागि धर्म र अध्यात्म अनि आवश्यक रहेको बताउनुभयो I आध्यात्मिक पत्रकार समाजका अध्यक्ष्य तथा आध्यात्मिक पत्रिका कवचका सम्पादक शिरोमणि दवाडीले हाम्रा सनातन धर्म संस्कृति वैज्ञानिक तथा तथ्यपरक भएकाले यसको महत्व बुझेर लाग्न सकेमा यसले व्यक्ति ,समुदाय र अन्तराष्ट्रिय जगतकै हित हुने बताउनुभयो I एसोसिएसनकी अध्यक्ष्य गोमा देवी शर्माले सनातन धर्मको रक्षार्थ तथा प्रवासमा रहेका नेपाली समुदायलाई एकताबद्ध गराउन संस्था स्थापना गरिएको जानकारी गराउनुभयो Ihongkong teej सचिव प्रमिता राई तथा कोषाध्यक्ष अमिता रानाले सम्पूर्ण नेपाली दिदीबहिनीलाई हिन्दूमन्दिर तथा एसोसिएसनको छातामा आबद्ध भई धर्म ,संस्कृतिको रक्षाका लागि एकताबद्ध हुन आग्रह गर्नु भएको थियो I सन् २०१० मा स्थापना गरिएको हिन्दू मन्दिरले बार्षिक कार्यतालिका बनाएर हरेक चाड तथा तिथिमा विभिन्न पूजा तथा धार्मिक अनुष्ठान गर्दै आएको छ I यस अघि श्रावणको सोमबार बोलबम यात्रा ,श्रीकृष्ण जन्म आष्ठमी उत्सव समेत भव्यताका साथ सम्पन्न गरेको थियो I हाल अस्थाई भाडाको घरमा रहेको मन्दिरलाई २ बर्षमा स्थाई रुप दिने लक्ष्य राखिएको एसोसिएसनकी अध्यक्ष्य शर्माले जानकारी दिनुभएको छ I

Spread the love