चिनियाँ राष्ट्रपतिको भ्रमण निश्चित : महरा

तस्बिर: रासस http://bit.ly/2bEKUeF

भाद्र  २०७३- पाँचदिने भ्रमण सकेर शनिबार फर्किएका महराले  प्रधानमन्त्रीको विशेषदूतका रूपमा उत्तरी छिमेकी मुलुकको भ्रमण गरी फर्केका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ‘चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले छिटै नेपाल भ्रमण गर्ने’ सकारात्मक सन्देश आफूले ल्याएको बताएका छन् । भ्रमण सकेर विमानस्थलमा उत्रिएलगत्तै   चीनबाट पहिले राष्ट्रपति स्तरमा र त्यसको केही समयपछि प्रधानमन्त्री स्तरमा भ्रमण हुने जानकारी गराएका हुन् । उनले उच्चस्तरीय भ्रमणका लागि चीन र नेपाल दुवैले आ–आफ्ना परराष्ट्र मन्त्रालयलाई तिथि र कार्यक्रम तय गर्न समेत निर्देशन दिइसकेको उल्लेख गरे । ‘चीनका राष्ट्रपति सी र प्रधानमन्त्री लीले छिटै नेपाल भ्रमण गर्नुहुनेछ । विशिष्ट व्यक्तित्वको भ्रमणको तिथिमिति तयार भइसकेको छैन । शीघ्र उच्चस्तरीय बैठक र सल्लाह गरी तय हुनेछ,’ उनले भने ।चीनले सरकार परिवर्तन नेपालको आन्तरिक मामिला भन्दै नयाँ गठबन्धन संविधान कार्यान्वयन गर्न लाग्ने विश्वास व्यक्त गरेको थियो । नेपाल–चीनबीच थप सहयोगका क्षेत्र खोजी गर्नेबारे चिनियाँ पक्ष निकै सकारात्मक रहेको महराले बताए ।

Spread the love