प्रचण्ड सरकारमा गगन थापा मन्त्री बन्दै

Gagan thapa

८ भदौ, काठमाडौं । प्रचण्ड सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेसलाई निकै सकस परेको छ ।  युवा नेता गगन थापाको नाम पनि चर्चामा छ । पार्टीले पाएको १३ मन्त्रालय मध्ये उपप्रधान एवं गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रमेश लेखक नियुक्त भइसकेका छन् । कृष्ण सिटौला गुटले एक मन्त्रालय पाएको छ ।  बाँकी ११ मन्त्रालयमा कांग्रेसको तीन गुटलाई भागवण्डा गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो लटमा नै उनको नाम सिफारिस गरेका थिए । देउवाले स्वास्थ्य र रक्षा मध्ये एक मन्त्रालय लिन प्रस्ताव गरेका थिए ।   तर, सबैले मन्त्री छान्न सकेका छैनन् । शेरबहादुर देउवा क्याम्पबाट अर्जुननरसिंह केसी मन्त्री बन्ने सम्भावना छ । र, उनी मन्त्री भएको अवस्थामा उनका ज्वाइँ समेत रहेका गगन मन्त्री बन्ने छैनन् ।

 

Spread the love