नयाँ सरकारमा सहभागी हुने निर्णय – राप्रपा नेपाल

kamal thapa in nepali poltic

नयाँ सरकारमा सहभागी हुने निर्णय – राप्रपा नेपाल

काठमाडौं : औपचारिक निर्णय गर्न बाँकी भए पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन राप्रपा नेपालको नेतृत्व सकारात्मक रहेको छ । केपी ओली नेतृत्वको सरकारमा महत्वपूर्ण साझेदारका रुपमा अन्तिम क्षणसम्म पनि साथ दिएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नयाँ सरकारमा सहभागी हुने भएको छ । पार्टी कायसम्पाद समिति र संसदीय दलको मंगलबारको संयुक्त बैठकका बोल्ने धेरै सदस्यहरुले सरकारमा सहभागी हुनुपर्ने पक्षमा धारणा राखेका थिए । भावी प्रधानमन्त्रीमा निश्चित भइसकेका प्रचण्डले मंगलबार पनि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरेर सम्मानजनक हैसियतमा सरकारमा सहभागी हुन आग्रह गरेका छन् । राप्रपा नेपाल पनि गठबन्धनमा सहभागी भएपछि प्रचण्डको पक्षमा झन्डै दुई तिहाई बहुमत पुग्नेछ ।

Buddhahood-State of No-Mind

Buddhahood-State of No-Mind

Most of us are never aware of our true being and spend our entire lives identifying ourselves with temporary and false things like body, mind, ego, car, house or job we have. The body and the mind that we have are a part of the “prakriti” or the “material nature” that operates by itself according to its own nature. The senses and the mind have their own way of functioning.

When hunger arises from the “hunger center”, it automatically moves the body and mind for the fulfillment of that desire. If we are aware of this phenomena, we will see to it that we are not the one that is hungry, neither are the ones that eat. The body by its own nature goes to find the food and the mind shows the way. There is no sense in restraining the body in its path to find the food or otherwise the body out of hunger will collapse. On the other hand, skipping from our duties that are in front of us just because they take physical effort or are disagreeable is another form of restraining the “prakriti.” We must let our mind, body and senses operate according to their own nature in the fulfillment of the divine plan and welfare of mankind without ourselves getting involved. We must let the senses operate according to their own inclinations as mere witnesses.

Similarly, the natures born of the “prakriti” automatically move the senses towards their sense objects without our involvement in them. When the body has the sexual desire to fulfill, it will automatically work towards the fulfillment of its needs with the help of the mind. We do not need to interfere in this automatic action of the “prakriti”. The interfering can be called repression. If the innate nature of the senses are repressed, the consequences will be worse. Just like a hungry body will collapse after some time, the unnatural effects will be produced in the body and the mind if they are not allowed to operate according to their own nature.

Being aware of all that is going on in our body and mind which is a miniature universe leads us to the greater understanding of the cosmos itself. We are not the doers of what happens around us. The body and mind function in accordance with their own nature just like sun, moon and earth revolve in their own orbit. Mere awareness of what’s going on in our system will lead us to knowing the extent of wrong acts that we are leading our body and mind to. Greater awareness will lead us to the knowing that we are not the body, the mind or the ego but the awareness itself. This state of no-mind is called Buddhahood or Shivahood.

petrol-pump

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो – पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा

१८ साउन, काठमाडौं – नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । डिजेल र मटि्टतेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटि्टतेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो ।  निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

Tara air accident

जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना

काठमाडौं- गत फागुन १२ गते पोखराबाट जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना हुनुको कारण पाइलटको गल्ती औंल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा बनेको तारा एयर दुर्घटना जाँच आयोगले आइतबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ । चालक दलले बादलभित्र पसिसकेको जहाज जमिन नजिक पुग्दा चेतावनी दिने प्रविधि ग्राउन्ड पोक्र्सिमिटी वार्निङ सिस्टम (जीपीडब्ल्यूएस) को चेतावनीलाई बेवास्ता गरेका कारण जहाजको तल्लो भाग पहाडमा धसिएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । ‘चालक दलले जमिन नजिक पुग्दा पुलअप पुलअपको वार्निङलाई पूर्ण रूपले बेवास्ता गरको फेला परेको छ’, तारा एयरको अत्याधुनिक प्रविधिको ९ एन एएचएच कलसाइनको भाइकिङ नामक ट्विनअटर जहाज दुर्घटनाको प्रमुख कारण बादलभित्र प्रवेश गरेको हुन पुगेको आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

बाटो बिराएको यो जहाज कालीगण्डकीलाई दाहिने पारेर जानुपर्नेमा बायाँ पारेर जानु नै गलत भएको थियो । जहाज उडाउने क्याप्टेन तथा कोपाइलटले नर्मल ट्र्याक छोडिसकेको जहाजमा आएको जीपीआरएस वार्निङलाई गरेको बेवास्ता नै दुःखद दुर्घटनाको कारणमा परिणत भएको आचार्यको बुझाइ छ ।

जहाज दुर्घटना पर्नुको कारण खराब मौसम हुनु, चालक दलले बाटो बिराउनु र पहिरोको भ्रम देख्नु, प्राविधिक स्रोतको भरपूर उपयोग हुन नसक्नु हो भनेर उल्लेख गरिएको छ । चालकदल सचेत भएर उडान नगर्नु, घोडेपानीबाटै फर्कनुपर्ने जहाज तातोपानी भन्ने ठाउँमा जान खोज्नु तथा आँखाले हेरेर गर्नुपर्ने उडान प्रविधि मेन्टेन नगर्नुले जहाज बादलभित्र छिरेर पहाडमा धसिएको उल्लेख छ ।

दुर्घटना जाँच आयोगका सदस्य तथा सिम्रिक एयरलाइन्सका इन्जिनियर रामप्रसाद कोइरालाका अनुसार जहाजमा आधुनिक प्रविधि भएरमात्रै हुँदैन त्यसको भरपूर उपयोग पनि हुनुपर्छ । जहाजमा भएको आधुनिक प्रविधिले मात्रै जहाजलाई बचाउन नसक्ने उनको बुझाइ छ । जहाज नयाँ–पुरानो भएर फरक पर्ने होइन प्रविधिलाई भरपूर उपयोग गर्न नसक्दा पनि जहाज दुर्घटना भएको पाइएको कोइरालाले जानकारी दिए । स्रोत :- अन्नपुर्ण पोष्ट