उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता

DPM&Finance-Minister-Hon

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्रीबीच बेइजिङमा भेटवार्ता

काठमाडौँः  चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्रीली खछ्याङसँग भेटवार्ता गरेका छन् । चिनियाँ प्रधानमन्त्रीले भने चीनसँग भएका सम्झौता कार्यान्वयनका विषयमा जिज्ञासा राखेका छन् ।  भेटमा उपप्रधानमन्त्री महराले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।  चिनियाँ प्रधानमन्त्री र उपप्रधानमन्त्री महराबीच दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको नेपाली राजदूतावास बेइजिङले उल्लेख गरेको छ ।   महरासँगको भेटपछि प्रधानमन्त्री लीले भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु मिलेर संविधानलाई कार्यान्वयनको दिशामा अग्रसर हुनेछन् भन्ने मेरो विश्वास छ।’   महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्रीले नेपालको सामाजिक आर्थिक विकासमा चीनको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण वातावरण तयार पार्न र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेपछिको राजनीतिक घटनाक्रम जानकारी गराउन चीन पुगेका महराले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरे ।

 

China on Tuesday launched the world’s first quantum satellite

China on Tuesday launched the world’s first quantum satellite

BEIJING: China on Tuesday launched the world’s first quantum satellite, The Quantum Experiments at Space Scale, or QUESS, satellite, was launched from the Jiuquan Satellite Launch Centre in the remote northwestern province of Gansu in the early hours of Tuesday, which will help it establish “hack-proof” communications between space and the ground, state media said, the latest advance in an ambitious space programme.  “In its two-year mission, QUESS is designed to establish ‘hack-proof’ quantum communications by transmitting uncrackable keys from space to the ground,” it said. a SpaceX Falcon 9 rocket launch

The programme is a priority as President Xi Jinping has urged China to establish itself as a space power, and apart from its civilian ambitions, it has tested anti-satellite missiles.  “The newly-launched satellite marks a transition in China’s role – from a follower in classic information technology development to one of the leaders guiding future achievements,” Pan Jianwei, the project’s chief scientist, told the agency.  “Quantum communication boasts ultra-high security as a quantum photon can neither be separated nor duplicated,” it added. “It is hence impossible to wiretap, intercept or crack the information transmitted through it.” China insists its space programme is for peaceful purposes, but the US Defense Department has highlighted its increasing space capabilities, saying it was pursuing activities aimed to prevent adversaries from using space-based assets in a crisis. Source :thehimalayantimes

bol bom program in Hong kong

ह्ङकङमा बोलबम भब्यताका साथ सम्पन्न

२०७३, साउन ३१, शिरोमणी दवाडी ह्ङकङ, नेपाल हिन्दु एशोसिएसनले ह्ङकङमा आयोजना गरिएको बोलवम यात्रा सम्पन्न भएको छ । एशोसिएसनवाट संचालीत वाटर लु रोड यौमताइमा रहेको हिन्दु मन्दिरवाट सुरुभएको यात्रा ह्ङकङका बजारहरुमा परिक्रमा गरि प्रसान्त महासागरमा गएर बिधि पुर्वक जल उठाई पुन हिन्दु मन्दिरमा आएर जल अर्पण गरि सम्पन्न गरिएको हो ।
बोल बम यात्रामा ह्ङकङ निवासी नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । बोल बम यात्रा हेर्न बिभिन्न देशका पर्यटकहरुले रुचि पुर्वक अबलोकन गरेका थिए । प्रसान्त महासागरमा भजन कृतन गरि जल अभिशेक गर्दा सो क्षेत्रमा पर्यटकहरुको घुईचो लागेको थियो ।

bol bom program in Hong kong
बेलबम यात्रामा सहभागीहरु तस्विर शिरोमणी दवाडी ह्ङकङ

बोलबम यात्रा ३ घण्टा सम्म लागेको थियो भने नेपाली नरनारीहरु एकै पोशाकमा थिए । बिगत ६ बर्ष अघि स्थापनाएको एशोसिएसनले समय समयमा सामुहिक चाड मनाउने गरेको तथा धार्मिक कार्य गदै आएको एसोसियसनकी अध्यक्ष गोमादेवि शर्माले दि पावर न्युज डट कम लाई जानकारी दिनु भयो । यसरी सामुहिक रुपमा पर्व मान्न पाउदा निकै उत्साह मिलेको भक्क्त जनले बताए ।

bol bom program in Hong kong
बेलबम यात्रामा सहभागीहरु तस्विर शिरोमणी दवाडी ह्ङकङ
bol bom program in Hong kong
बेलबम यात्रामा सहभागीहरु तस्विर शिरोमणी दवाडी ह्ङकङ
insert- kavre

काभ्रेको खहरेमा बस दुर्घटना – दुर्घटनामा तीस जना भन्दा बढी यात्रु घाइते

काभ्रेः काभ्रेको बिर्तादेउराली–९, काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा खहरेमा बस दुर्घटना हुँदा मुत्यु हुनेको संख्या ३१ पुगेको छ। दुर्घटनामा तीस जना भन्दा बढी यात्रु घाइते भएका छन्।  काभ्रेबाट रामेछापका लागि छुटेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस बिर्तादेउराली–९ खहरेमा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३१ पुगेको प्रहरीले जानकारी दिए।  २५ जनाकै घटनास्थलमै मृत्यु भएको हो। बाँकीको उपचारका लागि लैजाने क्रममा तथा अस्पतालमा मृत्यु भएको हो। मृतकको अझै सनाखत हुन सकेको छैन। घाइतेहरुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीको टोली खटिएका छन्। साघुँरो र कच्ची सडक भएको तथा क्षमता भन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।  दुर्घटनास्थल काभ्रे सदरमुकामबाट झन्डै ५० किलोमिटर दूरीमा पर्दछ।

manonayen darta N B Sangha

नेविसंघमा सहमति उम्मेदवारी – नामावली दर्ता भोलि बिहान सम्म

श्रावण ३१, २०७३- लामो विवाद र रस्साकस्सीपछि नेविसंघको विवाद मिलेको छ ।  दुई नेताबीच भएको छलफलका आधारमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेविसंघका पूर्व अध्यक्ष महेन्द्र शर्माले भागबण्डाका आधारमा पाएका प्रतिनिधिलाई उपत्यका बाहिरबाट समेत प्रतिनिधित्व गराउने गरी समझदारी बनेको हो । सभापति देउवाले सहमतिमा नआएपनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने प्रकृया अघि बढाएपछि पौडेल पक्ष लचिलो बन्दै सहमतिमा आएको हो । पौडेल पक्षले आफ्नो टिमको प्यानल बनाउन समय लाग्ने भएकाले मंगलबारसम्म मनोनयनको समय माग गरेको छ ।   प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच आज विहान भएको छलफलपछि सहमति बनेको हो ।

आगामी नेतृत्व चयनका लागि सहमति जुटाउन कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भईरहेको बताइएको छ । निर्वाचन समितिले हिजो सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा हेरफेर गरेको छ । उम्मेद्वार मनोनयन दर्ता प्रक्रिया १ बजेसम्म तय भएकोमा शीर्ष नेताकै आग्रहमा साँझ ६ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । उम्मेद्वारी दर्ताका लागि केहीले मनोनयन पत्र बुझेका छन् भने केहीले दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । आवश्यक सम्पूर्ण प्रक्रियापछि निर्वाचन समितिले आजै राती ९ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

Nomination timetable deferred after clash

Nomination timetable deferred after clash

KATHMANDU: Meanwhile, the Election Committee deferred the timetable set for filing nominations for various positions.  Election for the new central committee of the Nepali Congress-aligned Nepal Students Union (NSU) has become uncertain once again as a faction backed by party’s senior leader Ram Chandra Paudel claimed the voter list was rigged by another faction . Earlier, the nomination filing was fixed for 3 to 6 pm today. But now, the candidates are required to file their nominations from 8 to 11 am tomorrow, according to the Committee Coordinator Bharat Prasad Kharel. Earlier, a clash ensued between police personnel and NSU cadres at the NC central office in Sanepa of Lalitpur this afternoon.

e

teej Entertainment at Hongkong

हङ्कङमा तीजको रमझम

शिरोमणी दवाडी, हङ्कङ: आफ्नो देश परिबेश भन्दा परदेशमा रहदा परम्परा र संस्कृती प्रतिको आस्था अझ झागिएको उदाहरण हङ्कङमा रहेका दिदी बहिनीहरूले ब्यक्त गरेका छन । आइतवार हङकङको यौमेताइमा सार्वजनिक बिदाको मौका पारेर यहाँका दिदीबहिनीले दर खाएर तिज गीतमा नाचेर रमाइलो गरे ।हङ्कङ नेपाल हिन्दू एशोसिएसन ,हिन्दू मन्दिर ,यौमेताइले आयोजना गरेको तीज शुभ कामना कार्यक्रममा यो जम घट भएको हो ।सोमबार आयोजना गरिने बृहद बोलबम कार्यक्रमको तयारी तथा आगामी तिजको पूर्व तयारी स्वरुप यो कार्यक्रम गरिएको अशोसिएसनकी प्रमुख गोमा माताले जानकारी गराउनु भयो ।यसरी दिदीबहिनी भेला भएर आफ्नो संस्कृती ,परम्परा धान्न र मान्न पाएकोमा उत्साहित भएको सहभागीले ब ताए । ६ बर्ष अगाडी स्थापना भएको एशोसिएसनले मन्दिर पेरिसर तथा हङ्कङका बिभिन्न स्थानमा धार्मिक अनुष्ठान तथा सामुहिक चाड आयोजना गर्दै आएको छ ।श्रावण सोमवारको अवसरमा आयोजित बोलबम  भब्य समापन हुँदै छ ।

https://www.facebook.com/shiromani.dawadi/videos/1421508654532720/
तस्विर: शिरोमणी दवाडी, हङ्कङ

 

thepowernews picture express

नेवि संघ महाधिवेशनमा झडप

काठमाडौँ: नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा  अवरोध आएको छ ।    विवाद चुलिदै गएपछि सानेपास्थित पार्टी मुख्यालयमा प्रहरी र कार्यकर्ताबीच झडप भएको छ ।  शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै प्रदर्शन गरेपछि झडप भएको हो । निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको भन्दै विरोध जनाएका छन् ।

aananda raj trapathi

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रयासी आनन्द राज त्रिपाठीको मनोनयन दार्ता हुने

दिपक न्यौपाने, काठमाडौ, २०७३ साउन ३०, नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका आनन्द त्रिपाठीले आफू यो निर्वाचनको लागी आफु योग्य, कर्मठ तथा निष्ठावान उमेद्वार भएको दावी गर्नुभएको छ । अध्यक्ष पदका प्रयासी आनन्द राज त्रिपाठी देश व्यापीरुपमा बिद्याथीहरुको माझमा नेत्रृत्व सम्हान योग्य उमेव्वारको रुपमा आज दिउसो ३ बजे दर्ता गर्न लाग्नु भएको छ । देश भरिका प्रतिनिधिहरुको सम्पर्कमै रहनु त्रिपाठी बलियो उमेद्ववारका रुपमा चिनिनु भएको छ । साथै त्रिपाठी व्यतिmगत रुपमै निष्ठावान, त्यागी, सहयोगी, व्यतिmका रुपमा परिचित व्यतिm भएकाले नेपाली बिद्यार्थीहरुमाझ आफ्नो नेतृव्वमा बिधार्थी नेतको रुपमा अगुवा नेता भई काम गर्न उमेवारी दर्ता गरिएको दावी गर्नु भएका उहाका निकटतम बिद्यार्थी नेता महेश खतिवडाले दि पावर न्युज डट कम लाई जानकारी दिनु भयो ।

prime minister Pushpakamal dahal

माओवादीले मन्त्रीहरुको टुंगो लगायो

३० साउन, काठमाडौं –  नेकपा माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामबारे आइतबार विहान निकटवर्तीहरुसँग छलफल गरेका थिए ।   उनका अनुसार जनार्दन शर्मा प्रभाकर, राम कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेल मन्त्री हुने भएका छन् । यस्तै मधेसबाट सिराहाका समानुपातिक सांसद नायक परेका छन् । पाँच मन्त्रीको नाम मोटामोटी टुंगिएको एक नेताले  बताएका छन् । मन्त्री बन्ने तयारीमा रहेका नेताहरुले सपथका लाागि तयारी अवस्थामा रहन भनिएको छ । माओवादी स्रोतका अनुसार र्कीले सञ्चार र पाण्डेले स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् भने पौडेललाई शिक्षा र नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।