बिधुत अपुर्ति सुचारु – काठमाडौ झिलिमिली

बिधुत अपुर्ति सुचारु – काठमाडौ झिलिमिली

दि पावर न्युज सम्वाद दाता, काठमाडौ – अन्यदिनमा लोडसेडिङ्गको मारमा थला परेको काठमाडौ यस पालीको तिहारमा भने दिनमा भन्दा रातभर बिधुत अपुर्ति सुचारु भएर काठमाडौका जनतालाई अलि सन्तोष दिएको छ । साथै काठमाडौं शहर विगतका वर्षभन्दा यसवर्षको तिहारमा बढी नै झलमल्ल देखियो । गृहमन्त्रालयले राति ७ बजेपछि देउसी नखेल्न उर्दी गरेको थियो । पछि उसले ९ बजेसम्म खेल्न सकिने बताएको थियो । तर, विहीबार रातभरि नै देउसी भैलो खेलेका दृश्यहरु राजधानीमा देखिए । राजधानीमै गृहको आदेश लागू नभएपछि मोफसलमा लागू हुने कुरै भएन ।प्रहरीले पटका नपड्काउन र झिरझिरे नबाल्न आदेश गरे पनि प्रहरीको आदेशलाई चुनौती दिँदै आकाशमा उड्दै पटक(पटक पड्किइरहेका देखिन्थे । राजधानीवासीले दिपावलीमा बत्ती नबाल्नु भन्ने प्राधिकरणको आदेशलाई प्राकृतिक न्याय विपरीत सम्झे । काठमाडौं शहर विगतका वर्षभन्दा यसवर्षको तिहारमा बढी नै झलमल्ल देखियो । दिपावलीमा काठमाडौं शहर विगतको भन्दा बढ्ता झिलिमिली देखिनुमा हालै जडान गरिएका सडक बत्ती पनि हुन् । सडकमा सोलारको माध्यमबाट बत्तीहरु जडान गरिएकाले काठमाडौंका सडकहरु दिपावलीमा धपक्कै बलेको देखियो ।

थापाको पद स्थगन गर्न निर्देशन

4 कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फाका अध्यक्ष गणेश थापाले दुई महिनासम्म एन्फा अध्यक्षको रुपमा काम नगर्ने घोषणा गरेका छन् । लेखा समितिले असोज १२ गते थापाको पद स्थगन गर्न निर्देशन दिएको थियो । ५८ करोड भ्रष्टाचार आरोपमा संसदको सार्वजनिक लेखा समितिले दुई महिना पद स्थगन गर्न निर्देशन दिएको २१ दिनपछि थापाले वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । कोषध्यक्ष विराटजंग शाहीको जिम्मेवारी स्थगन गरी सहकोषध्यक्ष रविन्द्र जोशीलाई दिइएको छ ।

पाँच वर्षिय भारतीय बालक आरोही हर्षितको नयाँ कृतिमान

सुनिल दाहाल/काठमाडौं । भारतका पाँच वर्षिय बालक आरोही हर्षित सौमित्रले लुक्लादेखि कालापत्थर र सगरमाथा आधार शिबिरको आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरी पाँच वर्षिय सौमित्रले गत असोज ३१ गते कालापत्थरमा भारतको झण्डा फहराएर सबैभन्दा कम उमेरको आरोहीको कीर्तिमान कायम गरेको जानकारी दिएका हुन् । कार्यक्रममा नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले कान्छो आरोही हर्षितलाई सम्मान गरे ।

दुई वर्षअघि भारतकै एक जल सैनिक अधिकृतका सात वर्षिय छोरा आर्यन बालाजीले सगरमाथा आधार शिबिर र कालापत्थरको सफल आरोहण गरी सबैभन्दा कान्छो आरोहीको रुपमा विश्व कीर्तिमान कायम गरेका थिए ।

हर्षितका बुबा एवं आरोहण गुरु राजीव सौमित्रका अनुसार हर्षितले साढे २ वर्षको उमेरदेखि नै आरोहणसम्बन्धी तालिम लिन शुरु गरेका हुन् । –

भाई टिकाको साईत ११ वजेर ३५ मिनेटमा

दि पावर न्यूज संवाद दाता, काठमाडौ।- यो वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार कात्तिक ८ गते शनिबार दिनभर नै टीका लगाउन सकिने भएपनि ११ बजेर ३५ मिनेटको समय सबैभन्दा उत्तम छ । लक्ष्मीपूजा लगायत तिहारका अरु दिनमा भने साइत आवश्यक नपर्ने उहाँले बताउनुभयो ।

झारफुकको भर पर्दा रेविजले तेह्रजनाको मृत्यु

जाजरकोट (आलीमैगान), १ कात्तिक । जाजरकोटको अति दुर्गम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेविज लागेर १३ जनाको मृत्यु भएको छ ।  स्थानीय बासिन्दा हरिबहादुर शाहीले दिएको जानकारीअनुसार बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा यति ठूलोमात्रामा क्षति भएको हो ।

सुरुसुरुमा धामीले झारफुक गर्दा निको होला भनेर हेलचेक्र्याईं गरियो अहिले कुकुरले टोकेका मानिसहरुको मृत्यु भएपछि झारफुकबाट निको नहुने देखे पछि रेविजविरुद्धको सुई लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा जाने गरेको शाहीको भनाइ छ । बहुलाहा कुकुरको टोकाइबाट मजकोट गाविस वडा नं ६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, वडा नं ५ का ४३ वर्षीया तुली खत्री, २३ वर्षीया दिला बस्नेत, ५४ वर्षीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको शाहीले उल्लेख गर्नु भयो ।

बहुलाहा कुकुरको टोकाइबाट वडा नं ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयको भनाइ छ ।  अहिले पनि बहुलाहा कुकुरले स्थानीयलाई टोकिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भन्नुभयो, “धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुप-यो त्यसैले म पनि अस्पताल जान लागेको छु मलाई पनि कुकुरले टोकेको थियो ।

आफ्नो गाउँमा बहुलाएको कुकुरले जथाभावी टोकेर ठूलो क्षति भयो भनेर स्वास्थ्य कार्यालयलगायतका सरोकारवाला निकायलाई भन्दा पनि कसैले ध्यान दिएनन् अहिले यति ठूलो घटना घट्यो । मेरो श्रीमान् बित्नुभयो म पनि दैलेख गएर रेविजको औषधि गरेर आएँ अनि जीवन बचाएँ मृतक मयारामकी श्रीमती महिसरी उपाध्यायले दुखेसो पोख्नुभयो ।”

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दुई दिन लाग्ने गर्दछ । यता क्षेत्र नं २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि छ महिनादेखि भ्याक्सिन राख्ने फ्रिज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिनुभयो । रासस

देउसी भैलो कार्यक्रमको समय सीमा तोकियो

 

दि पावर न्यूज संवाद दाता, काठमाडौ। १ असोज, काठमाडौं । तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न नपाइने गृह मन्त्रालयले तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेस्म्म मात्र देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ । यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रह गरेको छ ।
विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा विक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम काबारही गर्ने सरकारले बताएको छ ।

इबोला नियन्त्रणका लागि २४ घन्टाभित्रै कदम चालौं : ओबामा

काठमाडौं, आश्विन ३० । अमरिकी राष्ट्रपति बाराक ओबामाले इबोला नियन्त्रणका लागि तीव्र रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ह्वाइट हाउसमा उच्च अधिकारीहरुसँग छलफल गर्दै उनले देशमा नयाँ परिस्थिति देखिने बित्तिकै संघीय स्वास्थ्य टीमले २४ घन्टाभित्रै समाधानका लागि कदम उठाउनुपर्नेमा जोड दिए । साथै उनले अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको  संक्रमण नियन्त्रणका लागि मद्दत गर्न पनि सबैको ध्यानाकर्षण गराए ।यसैबीच, अमरिकी स्वास्थ्य अधिकारीहरुले टेक्सासकी नर्सको साथमा विमानमा यात्रा गर्ने सबै १ सय ३२ यात्रीको परीक्षण गर्न चाहेको बताएका छन् । टेक्सासकी नर्स इबोलाबाट संक्रमित अमेरिकाकी दोस्रो नर्स हुन् । गत सातामात्र अमरिकाकै डालासमा लाइबेरियाका एक व्यक्ति थोमस डंकनको इबोलाकै कारण मृत्यु भएको थियो । इबोलाकै कारण पश्चिम अफ्रिकामा चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी)

इबोलाग्रस्त मुलुकबाट फर्किएकासँग यौनसम्पर्क नगर्न सुझाव

इबोलाग्रस्त मुलुकबाट फर्किएकासँग यौनसम्पर्क नगर्न सुझाव, तीन महिनासम्म निगरानीमा राखिने

१६ अक्टोबर, काठमाडौं । इबोलाग्रस्त मुलुकबाट फर्केका नेपालीलाई चिकित्सकहरुले दुई महिनासम्म यौनसम्पर्क नराख्न आग्रह गरेका छन् । लाइबेरियाबाट सशस्त्र प्रहरीको एक सय ३१ ज्नाको टोली बुधबार नेपाल फर्किएपछि उनीहरुको यस्तो सुझाव आएको हो ।

‘इबोलाको इन्कुबेसन पिरियड दुईदेखि २१ दिन हो । रगत तथा र्याकलका माध्यमबाट शरीरमा भाइरस छिरेको भए सोही अवधिमा लक्षण देखाउँछ । तर, शुक्रकिट यस्तो पदार्थ हो जसको भाइरस ५७ दिनसम्म विनालक्षण रहन सक्छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इबोला फोकल पर्सन डा वासुदेव पाण्डेले भने ।

इबोला संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखे शुक्रकिटको माध्यमबाट भाइरस सर्ने र झन्डै दुई महिनासम्म विनालक्षण रहन सक्ने उनले बताएका छन् । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पनि इबोलाग्रस्त मुलुकबाट र्फकनेलाई केही समय सुरक्षात्मक उपाय अपनाउन सुझाव दिएका छन् ।

‘पश्चिम अफ्रिकी मुलुक लाइबेरिया, सेरालियोन, गिनी, नाइजेरियालगायतका मुलुकमा नेपाली सेना र प्रहरी मात्रै होइनन्, साधारण नागरिक पनि गएका रहेछन् । तिनीहरु ध्माधम फर्केका छन् । सेना(प्रहरीको स्वास्थ्य परीक्षण पनि हुने गरेको छ । तर, सिभिलियनहरु भने सीधै घरमा पुगेका छन् । त्यस्ता व्यक्तिले अझ सुरक्षा अपनाउनुपर्छ,’ डा पुनले भने ।

तीन महिनासम्म निगरानीमा राखिने
इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पुरा गरी राजधानी फर्कन लागेका सुरक्षाकर्मीलाई ३ सातासम्म निगरानीमा राखिने भएको छ । विहिवार एक सय ३१ सशस्त्र प्रहरी इबोला प्रभावित मुलुकबाट फर्कदैछन् ।

इवोलाको संक्रमण देखिए यता हाल सम्म रोग प्रभावित मुलुकवाट मात्र ५० जना आएका थिए भने यसै साता प्रभावित मुलुकवाट करिव पाँचसय यस्ता प्रहरी समेत नेपाल फर्किने छन् । उनीहरुलाई ककनीस्थित तालिमकेन्द्रमा तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । ईबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अत्तिरिक्त नायब महानिरीक्षक एआईजिपी सिंहबहादुर श्रेष्ठले लाईबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले ईबोला संक्रमणको खतरा नभएको बताए ।

गाडीको ठक्करले चितुवा मारीयो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगल सडक खण्डमा आज बिहान ७ बजे गाडीको ठक्करले चितुवा मारीयो । बन्यजन्तु संरक्षणका लागी खटिएका निकायले यस्ता घटनाको बारेमा कहिले सोच्ने ? पटक पटक उक्त स्थानमा बन्यजन्तु मारीने गर्छन । निकुन्ज नजिकै रहेको जंगलमा यसरी दिनहु वन्यजन्तु मारीने हो भने निकुन्ज के का लागी ?  चितुवालाई अहिले शसस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको छ ।  ठक्कर दिने गाडीको पहिचान भएन ।  तस्विर :-  राजेश पौडेल