टेलिकमको फोनमा १० प्रतिशत छुट

टेलिकमको फोनमा १० प्रतिशत छुट

दि पावर न्यूज संवाद दाता, काठमाडौ। -आश्विन १२ – नेपाल टेलिकमले दशै, तीहार र छट पर्वको अबसर पारेर मोवाईल सेवामा १० प्रतिशत छुटको व्यबस्था गरेको छ । क्त योजना असोज १३ देखी २१ गते सम्म र कात्तिक ४ देखि १३ गतेसम्म लागु हुने विज्ञप्तीमार्फत जनाएको छ । ‘जिएसएम/सिडीएमएमा कम्पनीकै नेटवर्ट भित्र हुने कलको महसुलमा १० प्रतिशत छुट उपलब्ध गराएका छौ,’ विज्ञप्तीमा भनिएको छ, ‘जिएसएम/सिडिएमए पोस्टपेडबाट प्रतिमिनेट ९० पैसा र जिएसएम/सिडिएमए पि्रपेडबाट १ रुपैयाँ३५ पैसामा कल गर्न सकिने छ ।’ एसएमएसमा भने पचास प्रतिशत छुटको घोषणा गरेको छ । असोज १४ देखि २१ भित्र अनलिमिटेड एडिएसएल वाई म्याक्स एकाउन्टको समायबधी सकिने ग्राहकहरुको अबधी असोज २२ र कात्तिक ६ देखि१२ भित्र सकिनेलाई १३ सम्म समय दिने छ । ‘सिडिएमएवाला ग्राहकलाई असोज ९ देखि २१ र कात्तिक ४ देखि१३सम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रत्येक २ सय रुपैयाकोे रिचार्ज गर्दा २० रुपैयाँ, ५ सयको रिचार्ज गर्दा ७५, १ हजारको रिचार्ज गर्दा २ सय बोनस उपलब्ध हुनेछ ।’ छुट अबधीभर प्रति एसएमएस ५० पैसा मात्रै असोज १४ देखि २१ भित्र अनलिमिटेड एडिएसएल वाई म्याक्स एकाउन्टको समायबधी सकिने ग्राहकहरुको अबधी असोज २२ र कात्तिक ६ देखि१२ भित्र सकिनेलाई १३ सम्म समय दिने छ । ‘सिडिएमएवाला ग्राहकलाई असोज ९ देखि २१ र कात्तिक ४ देखि१३सम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रत्येक २ सय रुपैयाकोे रिचार्ज गर्दा २० रुपैयाँ, ५ सयको रिचार्ज गर्दा ७५, १ हजारको रिचार्ज गर्दा २ सय बोनस उपलब्ध हुनेछ ।’लाग्ने छ ।

एकै परिवारका चार जनाको हत्या

लमजुङ, आश्विन १५ – लमजुडको भोटेओडार-४ पिप्लेमा एकै घरका चार जनाको रहस्यमय हत्या भएको छ । बुधबार विहान घरभित्रै चार जनाको शव भटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले घरको जेठो छोरालाई नियन्त्रणमा लिएको छ । ६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनको १४ वर्षीया छोरी ज्योति रेग्मी, धर्मछोरी ३५ वर्षीया रिना घिमिरे,  १२ वर्षीय नाति विकास रेग्मीको शव भेटिएको छ । रेग्मीका जेठा छोरा राममणि रेग्मीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपनिरिक्षक अच्युत पुडासैनीले जानकारी दिए ।

मृतक अर्जुनका भतिज चोलाप्रसाद रेग्मी बुधबार विहान ७ बजेतिर पानी हेर्न गएको बेला सव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानिय बासिन्दाका अनुसार अर्जुनप्रसादका दुई श्रीमति छन् । कान्छी श्रीमतिको पहिले नै मृत्यु भैसकेको र जेठी श्रीमति छोराछोरीसहित भोटेओडारमा बस्दै आएका थिए । 

घटनास्थलमा डीआइजी बम बहादुर भण्डारीसहित प्रहरीको विषेश टोली आइपुगो छ । डीआइजी भण्डारीले घटनाको घरायसी रिसइवीले घट्ना हुनसक्ने शंका व्यक्त गरे । उनले अनुसन्धान थालिएकोले वास्तविकता छिट्टै बाहिर आउने बताए ।