डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँ घट्यो

डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँ घट्यो

काठमाडौं : अन्तरर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० रुपैयाँ घटाएको छ ।  राति १२ बजे देखि डिजेल र पेट्रोलको मूल्य १० रुपैयाँ लागू हुनेछ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु १५ ले मूल्य समायोजन गरिएको छ । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ तोकेको छ ।

petrol-pump

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो – पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा

१८ साउन, काठमाडौं – नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९७ रुपैयाँमा पाइनेछ । डिजेल र मटि्टतेल लिटरमा २ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७३ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मटि्टतेल प्रतिलिटर ७५ रुपैयाँमा पाइन्थ्यो ।  निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।

petrol in nepal

नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि अध्ययन सुरु – दैलेखको चट्टान चीन लगियो

३ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र ग्यास उत्खनन् गरिसक्ने बताएसँगै सरकारले पेट्रोल उत्खननलाई प्राथमिकतामा राखेको छ । नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि चिनियाँ सरकारको सहयोगमा अध्ययन सुरु भएको छ । चिनियाँ टोलीले दैलेख लगायतका केही स्थानमा पुुगेर नमूना संकलन गरिसकेको छ ।  दैलेखबाट प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । दैलेखमा ३ सय वर्ष पुरानो ज्वाला देखिन्छ । अस्ति मैले पनि त्यहाँ ग्यास निभाएर फेरि आगो बालेर हेरेँ । त्यस क्षेत्रमा धेरै ग्यास लिकेज भइरहेको छ । त्यहाँका खोलामा पानीका फोका देखिने गरेको छ, त्यो पनि ग्यास बाहिरिएको हो । पहिलो चरणमा ६ जना विज्ञहरु आएका छन् । उनीहरुले दैलेखमा एक महिनासम्म अध्ययन अनुसन्धान गरी त्यहाँका चट्टानहरु चाइनाको प्रयोगशालामा लगेर अध्ययन गरिरहेका छन् । उनीहरु केही समयमै नेपाल फर्किन्छन् । सबैतिरको चट्टान समेटिएको छ । ड्रील गरेर पनि निकालिएको थियो, बाहिरका पनि थिए । उनीहरुले दैलेखमा ग्यासको अतिरिक्त पेट्रोलको पनि ठूलो सम्भावना देखियो भनेर गएका छन् ।

जहाँ ग्यास देखिएको हो, त्यो निकै उचाइमा भएका कारण यस्तो अनुमान गरिएको हो । अब ड्रिल गरेर ग्यासको स्रोत कति तल छ भन्ने हेरेपछि मात्रै उत्खननको काम शुरु हुन्छ ।

fuel-shortage petrol in nepal

इन्धन आपूर्ति तीन गुणाले बढेपछि वितरण उस्तै

१७ पुस, काठमाडौं ।थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ ।  गत मंसिर महिनाको तुलनामा पुसमा इन्धनको आपूर्ति तीन गुणाले बढेको छ । यद्यपी वितरण प्रणाली भने पहिलेकै जस्तो रहेको छ । चारपांग्रेलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने , हाल आठदेखि नौ लाख लिटरसम्म डिजेल वितरण भएकोमा शुक्रबारदेखि १६ लाख लिटरसम्म वितरण हुने निगमको तयारी रहेको छ । स्रोत ः  नयाँ पत्रिका

Nepali road construction

‘इन्धन आपूर्ति हुन नसक्दा सडकसम्बन्धी काम ठप्प’

भारतसँगका सीमा नाकाहरुमा देखिएको अवरोधका कारण इन्धनको सहज आपूर्ति हुन नसक्दा देशभर खासगरी सडक मर्मत र बाटो खोल्ने काम ठप्प भएका छन्। यसका कारण वर्षभरिमा सक्नुपर्ने कामको लक्ष्य पूरा गर्न कठिन हुनका साथै त्यसको लागत रकम पनि बढ्ने सडक विभागले जनाएको छ। तराईमा जारी आन्दोलन र त्यसपछि भारतसँगका सीमा नाकाहरुमा उत्पन्न अवरोध विकासको महत्वपूर्ण सूचक मानिने सडक सुधारमा पनि बाधक बन्ने पुगेको छ। सडक विभागका अनुसार इन्धन अभावले प्रभावित विकाश परियोजनाको एउटा ज्वलन्त उदाहरण हो नेपाललाई चीनसँग जोड्ने रसुवा नाका इन्धन अभावका कारण सडकसम्बन्धी प्रभावित कामका फेहरिस्त सुनाउँदै भट्टले भने, “हाम्रो हरेक कुरामा इन्धन चाहिने हुन्छ, जस्तो भनौँ न ठूला उपकरणहरुलाई इन्धन चाहिन्छ, लोडरमा इन्धन चाहिन्छ, इन्धन नभई त कुनै कामै हुँदैन, हाम्रो राजमार्गहरु जुन मर्मत हुन्छन् नि त्यो मर्मत गर्ने प्याच टाल्ने सबैकाम बन्द भएका छन्, त्यस्तै ठाउँ ठाउँमा राजमार्ग सहायक राजमार्गहरु जुन कालोपत्रे गर्नुथियो त्यो सबै काम बन्द भएको छ, भएकै छैन्।”

petrol in nepal

पूर्वी नाकाबाट इन्धन आपूर्ति सहज

झापा–बिदाको दिन पनि तेल दिने वचन दिएर नेपाली ट्यांकर बोलाएको भारतीय आयल कर्पोरेशनले पूर्वी नाकामा वचन अनुसार तेल दिएको छ। आइतबार मात्रै काँकडभिट्टा नाका हुँदै १७ वटा इन्धनका ट्यांकर नेपाल भित्रेका छन्।  ‘अब रोकावट नगरी तेल दिने वचन आएको छ’, मेची पेट्रोलियम डिलर्स एशोशिएसनका अध्यक्ष लय भण्डारीले भने ‘ त्यसैले अब आशावादी छौं । हामीले खाली ट्यांकर अब लगातार पठाउनेछौं ।’  १४ वटा पेट्रोलका ट्यांकर र ३ वटा खाना पकाउने ग्याँसका बुलेट पनि नेपाल भित्रेका हुन्। अघिल्लो दिनसम्म आएका ट्यांकरहरु राजधानी पठाइए पनि आइतबार आएका सबै इन्धन मेची अञ्चलमै वितरण गरिनेछ । मेची भन्सार कार्यालयका अनुसार आइतबार विभिनन सामान बोकेका १ सय १० वटा साधन काँकडभिट्टा भित्रेका छन् ।  स्थानीय नेपाली प्रशासनका अनुसार आइतबार पनि पूर्वी कामा आवतजावत सहजै भएको छ । यसरी सहज रुपमा आवागमन हुन थालेको तीन दिन भएको छ ।

petrol-pump

मंगलबार दिनभरमा एक ट्यांकर तेल नेपाल भित्रियो

१९ असोज, काठमाडौं । अघोषित नाकाबन्दी कारण इन्धनको संकट भइरहेका बेला भारतले सीमा नाकाहरुमा थप कडाइ गरेको छ । मंगलबार दिनभरमा भारतबाट एक ट्यांकर पेट्रोल नेपाल भित्रिएको छ । भारतले भैरहवाको बलहिया नाका बन्द गरेको छ । असुरक्षाको कारण देखाउँदै भारतीय पक्षले एउटा पनि मालबाहक गाडीको भन्सार जाँचपास गरेन । नेपालगञ्जको जमुनाह नाकाबाट  नेपाल आएका छन् । तर, त्यसमा एउटाले पनि पेट्रोलियम पदार्थ बोकेका छैनन् । धेरैजसो आलु, चामल, क्लिंकर र पावरटिलर बोकेका गाडी आएको भन्सार प्रमुख राजेन्द्र हमालले बताए । उनका अनु२४ वटा मालबाहक गाडीसार भारतीय भन्सारले अझै पनि जाँचचपासमा तीव्रता देखाएको छैन् । बेलहिया नाकामा सोमबार प्रहरी र आन्दोलकारीबीच झडप भएको थियो । मंगलबार मधेसी मोर्चाका कार्यकर्ताले अवरोध नगरेपनि भारतीय भन्सार अधिकारीहरुले लेे जाँचपास नै रोकेको छ । वीरगञ्ज भन्सारमा मधेसी मोर्चाको अवरोध जारी रहृयो । मितेरी पुलमा मोर्चाका कार्यकर्ता शिविर नै खडा गरेर २४ घण्टे धर्नामा छन् । जसले वीरगञ्जबाट हुने आयात निर्यात ठप्प छ ।

Petrol in Nepal

पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौँ, ४ पुसः नेपाल आयल निगमले आइतबार सम्ममा ठूलो अन्तरले पेट्रोलियम पद्धार्थको मूल्य घटाउँदै छ । अहिले निगमले पेट्रोल प्रतिलिटरको १ सय २३ रुपैयाँ प्रतिलिटरमा बेच्दै आएको छ । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ ५० पैसामा बेच्दै आएको छ ।  निमगले कार्यविधि संशोधन गदै ठुलो अन्तरमा मूल्य घटाउन लागेको हो । हालको मूल्यबाट दुई प्रतिशत भन्दा मूल्य घटाउने तयारी भइरहेको निगम स्रोतले जनायो । निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्यसूची अनुसार यस पटक धेरै अन्तरमा मूल्य घटाउने तयारी गरेको छ । निगमले यसपटक पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा ठुलो अन्तरले समायोजन गदै छ । पेट्रोलियम पदार्थको मूल्य घट्ने हल्लासँगै काठमाडौंमा पेट्रोलको समेत कृत्रिम अभाव समेत सिर्जना हुन थालेको छ ।