आगलागी हुँदा १३ घर जलेर नष्ट

आगलागी हुँदा १३ घर जलेर नष्ट

२९ फागुन, काठमाडौं  : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ। खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेको छ ।

प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

 

चाउचाउ गोदाममा आगलागी

चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार विद्युत् चुहावट हुँदा एबिसी चाउचाउको गोदाममा आगलागी भएको जानकारी दिएको छ। स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

टहरोमा आगलागी हुँदा दुईको मृत्यु

दोलखामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ ।  गौरीशङ्कर गाउँपालिका–९ स्थित  गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको छ ।  आगलागीका कारण  घाइते भएका फुर्साङको उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याउँदै गरेको दोलखा प्रहरीले जनाएको छ ।  परिवारमा सात सदस्य रहे पनि तीन जना मात्रै घरमा रहेको र अन्य सदस्य भने घरभन्दा आधा घण्टा टाढा गोठमा बस्दै आएकाले उनीहरु भने बाँच्न सफल भएका छन् ।  वृद्धा डालकी अँगेना नजिकै सुत्ने गरेकाले उनले ओढेको कपडामा सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

 

 

 

 बाराको मकालु साबुन उद्योगमा आगलागी

काठमाडौँ :  बाराको परवानीपुर गाउँपालिकामा रहेको एक साबुन उद्योगमा आगलागी  भएको छ । आगलागी बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ । परवानीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा सोमबार बिहान आगलागी भएको  छ । आगलागीबाट अन्दाजी पाँच करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ ।  वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, सिमरा उपमहानगरपालिका , नेपाल आयल निगम अमलेखगञ्ज डिपोको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

महोत्तरीमा मिठाई पसलमा आगलागी

काठमाडौँ : महोत्तरीमा मिठाई पसलमा आगलागी भएको छ । आगलागीबाट महोत्तरीका  मिठाई पसल  सञ्चालक  रवीन्द्र पाण्डेको  करिब २ लाख १२ हजार बराबरको क्षति भएको महोत्तरी प्रहरीले जनाएको छ । राती  पसल बन्द गरी पसल सञ्चालक रवीन्द्र घर गएका थिए । बिहान स्थानीयले  आगलागी भएको देखेपछि रवीन्द्रलाई खवर गरेका थिए ।  आगलागीबाट घर र घरभित्र भएका सामान पूर्णरुपमा जलेर नष्ट भएको छ ।

सुर्खेत क्षेत्रीय अस्पतालको शव गृहमा आगलागी

 सुर्खेत : सुर्खेतको कालागाउँस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा रहेको जेनेरेटरमा आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको भएको छ । आगलागीबाट मानवीय क्षती भएको छैन  ।  वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

दाङको कृषि फार्ममा आगलागी

तुल्सीपुर–८, अश्वारास्थित दाङको कृषि फार्ममा आगलागी भएको छ । कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएर आगलागीभएको जानकारी प्राप्त भएको छ । आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको छ ।

सुन्धाराको सालिमार होटलमा आगलागी

काठमाडौं : सुन्धारास्थित गुलाव मिठाई पसलमा बुधबार साँझ आगलागी भएको छ।  एक्कासी आगो सल्कीएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्रहीको भागाभाग मच्चिएको थियो। भवनको भूमिगत तलामा बिजुली सर्ट भएर आगो लागेको थियो।  आगलागीबाट कुनै मानवीय क्षति भएको छैन। दमकल र प्र्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।

भिडियो सहित

https://www.youtube.com/watch?v=qhWMYXbEubk