आगलागी हुँदा १३ घर जलेर नष्ट

२९ फागुन, काठमाडौं  : सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ । सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ। खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेको छ ।

प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

 

Spread the love