आज शेयरबजारमा तिव्र उतारचढाव

आज अर्थमन्त्री फेरिने हल्ला चलेपछि सेयर बजार तंरगित बनेको छ। आज नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा झरेको छ। काँग्रेसले नयाँ सरकारलाई विश्वासको मत दिने भएपछि उत्पन्न हुनसक्ने विविध राजनीतिक परिस्थितीको आँकलन र अर्थमन्त्री फेरिने हल्लाका कारण कारोबार अवधिभर त्यसको प्रभाव सेयर बजारमा देखियो। राजनीतिक परिस्थितीका कारण आत्तिएका लगानीकर्ताले अन्यौलका बीच अन्तिममा बिक्री चापलाई बढाएको छ।

आज उच्च मनोबलसहित २२७७ बिन्दु सम्म बजार पुगेको थियो। कारोबार सुरु भएलगत्तै फराकिलो अंक अर्थात ६२ अंकसम्म बढेको बजार अर्थमन्त्री परिवर्तन हुने हल्लाले करिब १ घण्टामा करिब ९० अंकले घट्यो। । बिक्री चापका कारण कारोबार भने साढे ७ अर्ब माथि पुगेको छ। आज भएको सेयर कारोबार करिब एक वर्ष यताकै सर्वाधिक हो।

Spread the love