सरकारी अस्पतालमा भोलिदेखि दुई हजार २८ शय्या निःशुल्क हुने

सरकारी अस्पतालमा भोलिदेखि दुई हजार २८ शय्या निःशुल्क हुने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले भोलिदेखि सरकारी अस्पतालमा असहाय , विपन्न र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएको छ । बिहीवारदेखि उपत्यकाका प्रसूति गृह, कान्तिबाल, गङ्गालाल हृदयरोग केन्द्र  र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिएको छ ।

‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेको मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएको छ ।

निजी अस्पताल पनि  कूल शय्याको १० प्रतिशत  विपन्नका लागि  निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताएको छ ।

सेयर बजारमा उत्साहजनक वृद्धि

आज सेयर बजार ५७ अंकले बढेर २१८६.३६ को विन्दुमा उक्लिएको छ। सेयर बजार ५७ अंक बढ्दा आज लगभग ३ दर्जन लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। २३ वटा लघुवित्तका सेयरमा १० प्रतिशतले बढेको छ। लघुवित्तले ९ प्रतिशतको फराकिलो फड्को मार्‍यो। माइक्रोफाइनान्सले लिड गरेको बजारमा फाइनान्स र वाणिज्य बैंकका सेयर पनि उत्तिकै बढे। फाइनान्स साढे ४ प्रतिशत र वाणिज्य बैंक ४ प्रतिशत बढ्यो।

बकर ईदमा सार्वजनिक विदा

नेपाल सरकारले यहि असार १४ गते बिहीबारको दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदको उपलक्षमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।

सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजारका साथै बैंक तथा वित्तिय संस्थाहरु बन्द रहने भएका छन्।

सेयर बजार बढयो

आज पनि सेयर बजार बदेको  छ। आज नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा आइपुग्यो। आइतबार बजारमा ६२ अंकको वृद्धि देखिएको थियो।आज पनि ५ अर्ब ३१ करोड माथिको सेयर कारोबार भएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट अग्र स्थानमा छ। कम्पनीको ४२ करोड माथिको कारोबार भएको छ। यस्तै सोल्टी होटलको २७ करोड माथिको सेयर किनबेच भएको छ।यस्तै हिमालयन लाइफ इन्स्योरेन्स, बिपीडब्लु लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट देखिएको छ।

कोदो विश्वभरि चर्चा

आगामी आर्थिक वर्षको बजेटमा समेटिएको एउटा नारा छ- ‘रैथानेमा गर्व गरौँ।’ उक्त नाराका साथमा बजेटको बुँदा नम्बर- ८८ मा भनिएको छ, “…परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गरिनेछ।” कर्णाली प्रदेशलगायत विभिन्न स्थानका मार्सी, कागुनु, कोदो, फापर, जौ, लट्टे, सिमीलगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनीमार्फत् खरिद गरिनेछ।” अहिले पनि देशका विभिन्न भागमा कोदोजन्य बालीलाई ‘कुअन्न’ भन्नेहरू कैयौँ छन्। तर केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा कोदोजन्य बालीले पनि महत्त्व पाउँदै आएको छ।

आउँदो साउनदेखि लागु हुने नयाँ बजेटमा कोदोलाई पहिलेका तुलनामा केही “बढी” महत्त्व दिइएको अधिकारीहरूको दाबी छ। तर त्यस्तो महत्त्व नेपालमा मात्र दिइएको होइन किनभने उक्त बालीबारे अहिले विश्वभरि नै चर्चा भइरहेको छ। र, त्यसको प्रमुख कारण हो- संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गर्नु। राष्ट्रसङ्घको ७५औँ महासभाले सन् २०२१ मार्चमा यो वर्षलाई ‘कोदोजन्य बाली वर्ष’का रूपमा मनाउने घोषणा गरेको थियो। राष्ट्र सङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठनका अनुसार “कोदोको उपयोगिताबारे जागरुकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न” यस्तो घोषणा गरिएको हो। उसका अनुसार पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो ‘प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो। राष्ट्रसङ्घीय अभियानसँगै अहिले कोदो उत्पादन हुने राष्ट्रहरूले विभिन्न कार्यक्रम तथा योजना बनाएर कोदोजन्य बालीबारे प्रचारप्रसार गरिरहेका छन्। नेपालमा पनि सरकारले ‘कोदोजन्य बालीबारे’ जनचेतना जगाउने र प्रवर्धन गर्ने कार्य गरिएको अधिकारीहरू बताउँछन्। तर कतिपय विज्ञ भन्छन्- “कोदो बाली प्रवर्धनका लागि गरिएका काम खासै प्रभावकारी छैनन् र अहिले पनि यसलाई बेवास्ता नै गरिएको छ।”

सोलुखुम्बुमा लगाइएको कोदो

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढाव आउँदा  उच्च कारोबार भएको छ। आज ३ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नागरिक लगानी कोषको  ११ करोड ४७ लाखको सेयर कारोबार हुँदा मूल्य १८८.५ रुपैयाँ बढेको छ।  शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार हुँदा मूल्य १५ रुपैयाँ बढेको छ। आज सेयर बजारमा २१२ वटा स्टकको मूल्य बढेको छ।

तारकेश्वर कांग्रेस नगर सम्मेलन सम्पन्न

काठमाडौं : तारकेश्वर कांग्रेस नगर सम्मेलन सम्पन्न  भएको छ। तारकेश्वर नगर कार्य समितिद्वारा शनिबार तारकेश्वर -३ ठुलो गाउँ पिसफुल होटलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम नगरप्रमुख कृष्ण हरि महर्जनको सभापतित्वमा तारकेश्वर कांग्रेस नगर सम्मेलन सम्पन्न भयो । त्यसैगरी प्रमुख अतिथिमा पूर्व रक्षा मन्त्री भिमसेन दास प्रधान, बागमती प्रदेश सदस्य हरिप्रभा खड्गी, क्षेत्र न ६ का क्षेत्रीय सभापति श्याम कृष्ण खड्गी, क्षेत्र् नं ६ ख का सभापति बिष्णु भक्त तिमिल्सिना , क्षेत्र न ७ का क्षेत्रीय सचिव तथा तारकेश्वर नगर उपप्रमुख सृजना बुर्लाकोटीको उपस्थिति रहेको थियो। अतिथिहरुमा महाधिबेशन प्रतिनिधि तथा बागमती प्रदेश सह-महामन्त्री जीवन डंगोल, महाधिबेशन प्रतिनिधि तथा बागमती प्रदेश सदस्य हरिहर अधिकारि, महाधिबेशन प्रतिनिधि तथा बागमती प्रदेश सदस्य धर्मराज अर्याल, महाधिबेशन प्रतिनिधि तथा बागमती प्रदेश सदस्य सविन तामाङ्ग, महाधिबेशन प्रतिनिधि तथा बागमती प्रदेश सदस्य इन्द्रमान महर्जन,नेपाल मुस्लिम संघका बरिस्ठ उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि मोहम्मद निजामुद्दिन, क्रियाशील सदस्यहरु लगायत स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले नयाँ सोच, नयाँ नीति र नयाँ नाराका साथ पार्टी अगाडी बढ्नुपर्ने बताउदै  कांग्रेसको गौरवमय इतिहास नदेखेका र नभोगेका युवाहरूको हिस्सा निरन्तर बढ्दैछ त्यसलाई बुझाउन लागिपर्नु पर्ने बताए। कार्यकर्ता भेलामा महर्जनले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि क्रियाशील भेटघाट कार्यक्रम गरिएको बताए। पार्टी सुदृढिकरण गर्दै आम सरोकारको बिषयमा चनाखो हुनुपर्ने नगरप्रमुखको भनाई छ । वडाका सभापति हरु वडा अध्य्क्षहरुले कुनै पनि किसिमको असन्तुष्टि हरु हामीले मिलेर सामाधान गर्न सकिन्छ त्यो मेरो कुनै व्यक्तिगत फाइदाका लागि नभई सिंगो नेपाली कांग्रेस को बदनाम र नगरबासी हरु लाई गरेको गद्दारी हो भन्दै सबैलाई सचेत हुन समेत अनुरोध गरे |

प्रमुख अतिथि भीमसेन दास प्रधानले  बिग तका तिक्ततालाई बिर्सेर नेपाली कांग्रेस अझै एकजुट हुनु पर्नेमा जोड दिनु भयो  सरकारले अशान्ति र भ्रष्टाचार नियन्त्रण गर्दै जनचाहना बमोजिम काम भईरहेको बताउदै  उक्त कार्यक्रम अन्य अतिथिहरुले पनि पार्टीलाई अबको दिनमा अझै शक्तिशाली बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। नेपाली कांग्रेस बिधि विधान पद्तीमा चल्ने पार्टी हो  भन्ने कुरामा  बिशेष अतिथि तार्केश्वोर नगरपालिकाका उपमेयर शृजना बुर्लाकोटी अर्यालले  आफ्नो धारण राख्नु भयो   भने काठमाडौँ क्षेत्र् नं ६ ख का सभापति बिष्णु भक्त तिमिल्सिनाले हिजोको कांग्रेस बनाउन अब एकपटक हामी सबै सुध्रिनु पर्ने छ र केन्द्र देखि स्थानीय निकाय सम्म संगठन सुधिर्निकरण गर्नु जरुरि रहेको व्यक्त गर्नु भयो ।

कार्यक्रमा साँस्कृतिक मनोरञ्जका कार्यक्रमहरु भैरहेको थियो ।

 

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढावआउँदा कारोबारमा सुधार देखिएको छ। सेयर बजार सूचक (नेप्से) ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा उक्लिएको छ। दिनभरीमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँको किनबेच भएको छ।हिजो मंगलबार बजार २५ अंकले बढेर १९२७ बिन्दुमा बन्द भएको थियो। बुधबार त्यो बिन्दुबाट २३ अंक बढेर १९५० बिन्दुसम्म पुगेको बजार त्यसयता निरन्तर तल आएको थियो। कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ। नाफा बुक गरेर निस्किने लगानीकर्ता बढ्दा आज यस कम्पनीको सेयर कारोबार बढेको छ।

 

च्वाप्प भ्यालोनी डे !´ राजेन्द्र कार्की

 जोडियो आना

भरियो माना

थपियो छाना

तै पनि भोक

गनायो चोक

रपनी तिमिलाई च्वाप्प भ्यालोनी डे !

 

खाडिमा पसिना

नेपालमा वेतन रौसिएछ

रात तन्द्रामा बालक

आमा जप्दै हुर्किएछ

बात रपनि तिमिलाई च्वाप्प भ्यालोनी डे !

पाईला मोडेछौ

सिंदुर छोडेछौ

अर्कै रङ्गमा

भिन्नै ढङ्गमा

कपाल गोडेछौ

टिक- टकमा

छातिको टाटूमा

सर्वाङ्ग खोलेछौ

रपनी तिमिलाई च्वाप्प भ्यालोनी डे !

प्रणय थोत्रिएछ समर्पण कोत्रिएछ

जुनि- जुनिको माया रगताम्य भै घोक्रिएछ

रपनी तिमिलाई च्वाप्प भ्यालेनी डे !

कविता त लेख्नै पर्छ !´     राजेन्द्र कार्की


कविता त लेख्नै पर्छ !  

अघाए पछि डकार्नै पर्छ
तिमिले सधैं हकार्नै पर्छ
निधाए पछि घुर्नै पर्छ
तिमी जे सुकै नाप
आज कविता त लेख्नै पर्छ।

चौबिसै घन्टा छुट्टि
फेरि किन हुट- हुट्टि
ज्यानलाई गाली गर्न
लाली या सारी फेर्न
मन शान्ती हुनै पर्छ
तिमी जे सुकै नाप
आज कविता लेख्नै पर्छ ।

बुढी औंला नहटाऊ
थुतुनो धेरै नफटाऊ
मोवाईल थाक्नैपर्छ
जुठा भाँडा सुक्नै पर्छ
फोहर थुप्रनै पर्छ
कमिला नाच्नै पर्छ
स्वास्थ्यको के कुरा
ज्यान चल्नै पर्छ
तिमी जे सुकै नाप
आज कविता लेख्नै पर्छ।

लोग्ने हुँ उठ्नै पर्छ
मेला  त हिंड्नै पर्छ
थाकेर माड हाल्नै पर्छ
चूर छु तर हाँस्नै पर्छ
पेटमा चारो हाल्नै पर्छ
तिमी जे सुकै नाप
आज कविता लेख्नै पर्छ।