काठमाडौंसँग चिनियाँ नाका खुल्यो

काठमाडौंसँग चिनियाँ नाका खुल्यो

दिपक न्यौपाने, रसुवा : रक्षा मन्त्री ईश्वर पोखरेलले आइतबार बिहान मैलुङमा आयोजित एक कार्यक्रमबीच  काठमाडौंसँग चिनियाँ नाका जोड्ने छोटो को उद्घाटन गरे छन् । बाटो उद्घाटनपछि रक्षा मन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र पर्यटन मन्त्री रवीन्द्र अधिकारी गाडी चढेर स्याप्रुवेशी पुगे। नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ–स्याप्रुवेशी सडकको ट्रयाक खोलेको थियो। नेपाली सेनाले मैलुङ–स्याप्रुवेशी सडक ट्रयाक खोलेपछि चिनियाँ नाका रसुवागढी जोड्ने छोटो बाटो खुलेको हो। २ वर्षभित्र मैलुङ–स्याप्रुवेशी सडक कालोपत्रे गरिसक्ने विभागले जनाएको छ।  धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ। १७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झन्डै २५ किलोमिटर छोटो भएको छ।

सरकारले सिन्डिकेटसँग घुँडा टेक्दैन : गृहमन्त्री

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेटसँग सरकारले कुनै पनि हालतमा घुँडा नटेक्ने बताएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक भ्रमणको अवसरमा जनकपुर आउने भएकोले दुई देशबीचको सम्बन्धलाई सुदृढ गराउनका लागि थप बल पुग्ने भएको भन्दै अब चीनको भ्रमण हुने गृहमन्त्री थापाले बताए ।
अपराध र सिन्डिकेट विकाससँग जोडिएको भन्दै गृहमन्त्री बादलले गलत क्रियाकलाप समाप्त पार्न सरकार लागेको बताएका हुन् । देशको आवश्यकता र जनताको जनादेश विकास र समृद्धि भएको बताउँदै विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षा, सुशासन र स्थायित्व अपरिहार्य भएको उनको तर्क थियो । अपराधलाई निस्तेज गर्ने क्रममा भ्रष्टाचार, तस्कर, लागुऔषध, वैदेशिक रोजगारमा हुने तस्करी नियन्त्रण गर्नुपर्ने तथा शान्ति सुरक्षा र अपराध न्यूनीकरण पनि राज्यको चुनौती रहेको उनले बताए । उनले सिन्डिकेटको पक्षमा सरकारी कर्मचारी लागेको पाइएमा कारबाहीको दायरामा ल्याउने बताएका हुन् । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको भन्दै गृहमन्त्री थापाले सिन्डिकेटको खारेज गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । मंगलबार हेटौंडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुरा गर्दै सिन्डिकेटका अगाडि सरकारले कुनै पनि हालतमा घुँडा नटेक्ने दाबी गरे । सरकारको स्थायित्वलाई असर पुग्ने गरी समानान्तर सरकार खडा गर्ने नाममा अस्थिरता पैदा गर्ने कोशिस भएकोमा सरकारको ध्यानकर्षण भएको बताए ।

किशोर पन्थीको बहु प्रतिक्षित ऐतिहासिक पुस्तक “कम्पन” सार्वजनिक

काठमाडौं, १० वैशाख । 

संचारकर्मी किशोर पन्थीले भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको पुस्तक “कम्पन” विमोचन भएको छ । नया बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्ड कम्पप्लेक्समा उक्त पुस्तकको आज विमोचन भएको हो । बि.स २०७२ साल वैशाख १२ गतेको भुकम्प गोरखालाइ केन्द्र विन्दु बनाएर महाकम्पन नै ल्याएर गएको थियो । त्यही कम्पन ल्याएको विषयमा लेखिएको पुस्तक हो कम्पन । महाभूकम्पका पिडित, बाँचेका सर्भाईभरहरु र आफू उद्दार कार्य र लाईभ रिपोर्टिङमा होमिए पछिको सग्लो जिउँदोजाग्दो इतिहासको संगालोलाई कोर्दे पन्थीले यो पुस्तक लेखेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले पुननिर्माणको काम स्थानीय तहलाई जिम्मा दिएमा छिट्टै सम्पन्न हुने बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीले लेखेको कम्पन पुस्तकको आज राजधानीमा विमोचन गर्दै संयोजक भट्टराईले भूकम्पपछिको पुर्ननिर्माणमा स्थानीय तहलाई नै सक्रिय बनाउनुपर्ने बताउनुभयो । उहाले दान भनेको विना शर्त दिइने रकम भएको भन्दै तत्काल एकमुष्ट रुपमा राहात रकम पीडितलाई दिनुपर्ने बताउनुभयो । भूकम्पको तिन वर्षसम्म पनि पुर्ननिर्माणले गति लिन नसक्नुमा सारोकारवालाले गल्ती स्विकार गर्दै काममा लाग्नुपर्ने भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोचेजस्तो पुर्ननिर्माण नभएको बताउनुभयो । नेता नेपालले मानविय सम्वेदनशिलतामा सुुरुका दिनमा जसरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिष्य स्तरबाट चासो भएपनि त्यो अनुरुप कामले गति नलिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री द्धय नेपाल र भट्टराईले पुस्तकले घटनामा देखे भोगेका वास्तविक भोगाईको सचित्र व्याख्या भएको बताउनुभयो । कार्यक्रममा पत्रकार पन्थीको कम्पन पुस्तक माथि समिक्षा गर्दै वास्तविक जीवनको जिवन्त अनुभूति समेटिएको वक्ताले बताएका छन् । पुस्तकको समिक्षा बरिष्ठ पत्रकार किशोर नेपाल र प्राध्यापक डाक्टर खग्रेन्द लुइ“टेलले पुस्तक सरल र सहज भाषामा लेखिएको भन्दै यसले भूकम्पको बारेमा सत्य तथ्य विषय जानकारी गराउन सक्ष्ँम भएको टिप्पणी गर्नुभयो ।

२२० पृष्ठको कम्पन पुस्तकमा महाभूकम्पपछिको आर्तनाद र आशालाई समेटिएको छ । पुस्तकमा भूकम्पपछिको उद्दार, राहात, पुर्नस्थापना तथा घाइतेहरुको वास्तविक भोगाइलाई समेटिएको छ । पुस्तकमा आफ्ना आफन्त, परिवार र आवास गुमाएर पनि बाचेकाहरुको सेवामा सहयोगी भावनाले काम गरिएका कथा व्यथालाई समेटिएको छ । अर्कोतिर राहात वितरणा भएको अनियमितता र आवास पुर्ननिर्माण गर्ने आश्वासन दिएर पनि नगरिएको विषयलाई समेत प्रष्टसग समेटिएको छ । अझै कम्पन पुस्तकमा सुरक्षाकर्मीले प्रकृतिक प्रकोपमा गरेको उद्दारलाई निकै महत्व दिइएको छ ।

अमेरिकी कम अवधिको भिसा जारी गर्न दूतावासहरुलाई निर्देशन

नेपालको सन्दर्भमा भिजिटर लगायतका अधिकांश भिसा बढीमा ५ बर्षको र धेरैपटक प्रवेश गर्नसक्नेगरी दिनसकिने प्रावधान रहेको छ । तर नयाँ निर्देशिकामा कन्सुलर अफिसले सिंगल इन्ट्रीसहितको कम अवधिको भिसा दिनका लागि प्रावधानहरु उल्लेख गरिएको छ । अमेरिकी सरकारले गैर आप्रवासी भिसा सम्बन्धि नीतिमा फेरबदल गर्दै तोकिएको भन्दा कम अवधिका लागि भिसा दिन प्रोत्साहन गर्दै संसारभर रहेका दूतावास र भिसा जारी गर्ने पोष्टहरुलाई निर्देशन जारी गरेको छ । कुनै व्यक्ति अमेरिका गएर तत्कालका लागि फर्कनसक्ने सम्भावना छ, तर पाँच बर्षको अवधिमा कुनै पनि बेला गएर फर्कन सक्नेमा आशंका छ भने त्यस्तो व्यक्तिका लागि कम समयको र कम इन्ट्री सहितको भिसा जारी गर्न निर्देशन दिइएको छ । नयाँ निर्देशिका तत्काल लागु गर्न दूतावासहरुलाई निर्देशन समेत दिइएको छ ।  आवेदक हेरेर भिसाको अवधि कम गर्न वा सिमितता अपनाउन उदाहरणसहित निर्देशन दिइएको हो ।

mapase

चाडपर्वमा नाकामा विशेष मापसे चेकजाँच हुने

काठमाडौँ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।  ट्राफिक प्रहरीको बिषेश कार्यक्रम अन्र्तरगत चलिरहेको मापसे चेकिङ्गले सफलता पाईरहेको र हाल नेपालमा सवारी दुर्घटना कम गर्न सहयो पुगिरहेको वेला दशै तिहारको अबसरमा कडा मापसे चेक जाँच गर्ने तयारी गरिएको छ । चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो ।   महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ । महाशाखा प्रमुख खनालले सवारी चालकले सवारी नियम उलंघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षको अधिकृतलाई सम्पर्क गर्न आग्रह समेत गर्नुभएको छ  यात्रु ठगिन गएमा वा मारमा परेमा तत्काल सूचना हासिल गर्ने र त्यस ठाउँमा खटिएको ट्राफिक प्रहरीले समस्याको समाधानमा सहयोग पु-याउने महाशाखाले जनाएको छ ।महाशाखाले सवारी साधनद्वारा हुने कुनैपनि नराम्रा गतिविधिलाई हुन नदिन र भएमा नियन्त्रण गर्नका निम्ति सम्बन्धित सबै निकायसँग समन्वय गर्ने भएको छ ।रासस

नेपाली हिन्दु धर्म सस्कृति जोगाउन अमेरिकावाटै सोह्रश्राद्

नेपाली समाजमा चलिआएको सोह्रश्राद्घ हरेक पर्वको बडादशै शुरुहुनु भन्दा १६ दिन अघि सुरु हुने गर्दछ । नेपालीहरु कामकाज तथा घुमफिर गर्न या बसाई सरेर जुनै मुलुक पुगेपनि आफ्ना पित्रिहरुको संझना स्वरुप ्रश्राद्घ गर्ने आफु जहाँ बसिन्छ त्यहि स्थानबाट गर्ने नेपाली हिन्दु सस्कृति बड्दै आएको छ ।
बिदेशमा रहेका दुर्गा प्रसाद अधिकारीले आफ्नो कुल धर्म हिन्दु परम्परा लाई जाहा भएपनि संरक्षण गर्नेु पर्ने हुन्छ भन्दै अमेरिका बाटै आफ्नो पित्रिहरुको संझना स्वरुप ्रश्राद्घ गनुभएको हो । पित्रि ¥यृण वाट मुक्ति पाउन जस्ले जहाँ बाट श्राद्घ गरेमा पित्रिले पाउने छन् । भन्ने भावना श्वरुप उनले सोह्रश्राद्घमा सकेको सामग्री जुटाई पित्रिकार्य सम्पन गरेको भनाई रहेको छ ।sorasada from USA

रुबीभ्याली गाउँपालिकामा एक्लो प्रयासमा ५५ घर – नयाँ ‘धुर्मुस’

८ वैशाख, काठमाडौं : नागरिक दैनिकका अनुसार गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा चलिरहेका बेला दिनेशले पनि धादिङको ढोलामा नमुना बस्ती निर्माण गरे । सामाजिक संघ–संस्थासँग सहयोग जुटाएर उनले १६ महिनामा ५५ घर तयार पारेका हुन् । आलेगाउँमा २६ घर र भुवालेपानीमा २९ घरका दुई बस्ती उनले तयार पारेका छन् । ती घरमा ३ सय १० भूकम्पपीडित बस्न थालेका छन् । ती घर जिल्लाको दुर्गममा पर्ने रुबीभ्याली गाउँपालिकाको कपुरगाउँका पीडितलाई हस्तान्तरण गरिएको हो । , प्रतिघर निर्माणका लागि १४ लाख खर्च भएको छ । प्रत्येक विस्थापितले घर बनाउन झन्डै ४ लाखको श्रमदान गरेका छन् ।गाउँको चारैतिर पहिरो झरेर बस्न नसक्ने भएपछि उनीहरु विस्थापित भएर आलेगाउँ र भुवालेपानीमा त्रिपालमुनि बस्नै आएका थिए । क्यानडास्थित चाइल्ड हेभन इन्टरनेशनल क्यानडा–नेपालले ३८ रोपनी घडेरी किन्न २९ लाख रुपैयाँ सहयोग गरेपछि शिविर बसेकै जग्गा किनेर बस्ती निर्माण सुरु गरिएको तामाङले बताए ।

 

 

वार्षिक अर्बौं रुपैयाँ उठ्ने जग्गा कौडीको भाउमा – पशुपतिको जग्गा कहाँ कति ?

काठमाडौं:वार्षिक अर्बौं रुपैयाँ उठ्ने जग्गा कौडीको भाउमा भाडा लगाएको कोषले पशुपतिको जग्गा बेचेर कर्मचारीलाई उपदान र सुविधा दिएको   छैन।  तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा २२ वर्षसम्म तिरेन ।   पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ ।  बर्सेनि झन्डै पाँच करोड रुपैयाँ उठ्ने उक्त जग्गाको भाडाबापत अस्पतालले दुई लाखका दरले तिर्न थालेको छ । नागरिक उड्डयन प्राधिकरणले एक हजार रोपनीभन्दा बढी जग्गा व्यावसायिक प्रयोजनमा लगाए पनि कोषलाई वार्षिक जम्मा २२ लाख मात्र तिर्दै आएको छ ।  पूर्वसंस्कृतिमन्त्री जीवनबहादुर शाहीले केही महिनाअघि प्राधिकरणले अबदेखि पशुपति क्षेत्र विकास कोषलाई वार्षिक एक करोड रुपैयाँ दिने निर्णय गराएका थिए । कोषले उक्त निर्णयलाई ‘कृपा’ का रूपमा लिएको जानकारी दिँदै सुवेदीले भने, ‘पहल गर्ने हो भने कोषले तिलगंगा अस्पतालबाट बर्सेनि ५ करोड उठाउन सक्छ ।

पशुपतिको जग्गा कहाँ कति ?

तिलगंगा आँखा अस्पताल– पाँच रोपनी (भाडा:  दुई लाख)
नागरिक उड्डयन प्राधिकरण (विमानस्थल, पार्किङ र गल्फकोर्ट)– एक हजार एक सय ६७ रोपनी (भाडा ः २२ लाख)
रौतहट र सर्लाही– १ हजार १ सय बिघा (आम्दानीविहीन)
गोठाटार– ५ सय ३५ रोपनी (आम्दानीविहीन)
भण्डारखाल आसपास र मृगस्थली– १ सय ५१ रोपनी (आम्दानीविहीन)

कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र कुनै नयाँ काम गर्ने सन्दर्भ आए ‘अख्तियारले यसो गर्छ उसो गर्छ’ भन्दै पन्छिने प्रवृत्ति बढेका कारण आवश्यक कामसमेत हुन नसक्दा अर्बौं रुपैयाँ गुमाउनु परेको तथ्य खुलेको हो ।

 

बच्चा नपाएकी महिला बच्चा चोरीमा संलग्न

२०७३. माघ २:, पर्सा बेल्वा-९ बाट प्रहरीले आइतबार दिउँसो करिब पौने २ बजे  नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार फेला परेको छ ।  प्रहरीका अनुसार बच्चालाई अहिले एनआईसीयूमा राखिएको छ । थप जानकारी आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ ।विवाह भएको ५ वर्ष बितिसक्दा पनि बच्चा नभएपछि नवजात शिशु अस्पतालबाट उठाएको लालसाले स्वीकार गरेको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए ।
शिशुलाई खेलाउने बहानामा अभिभावकलाई झुक्याई नवजात शिशु अस्पतालको शय्याबाटै पर्साको बेल्वा–९ मिलनचोकस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीय लालसा देवीले नवजात शिशु अस्पतालको शय्याबाटै चोरेकी हुन्  ।

एक दिनअघिसम्म गर्भवती रहेको कुनै संकेत नभएको महिलालाई एक्कासि नवजात शिशुसँग देखेका एक नागरिकले प्रहरीलाई खबर गरेपछि त्यही सूचनाका आधारमा अनुसन्धान गर्दा शिशु फेला परेको एक प्रहरी अधिकृतले बताए । सञ्चारमाध्यममा पनि नवजात शिशु चोरिएको खबर प्राथमिकताका साथ प्रकाशित भएपछि पत्ता लगाउन प्रहरीलाई ठूलो दबाब परेको थियो । वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीले शुक्रबार अस्पतालको प्रसूति वार्डमा जन्माएकी शिशु हराएको थियो । शुक्रबार शिशुलाई खेलाउने बहानामा अभिभावकलाई झुक्याई लिएर गएको प्रहरीकोअनुसन्धानमा खुलेको छ ।

महाअभियोग प्रस्तावमै किष्ट कलेज मुछियो

८ कात्तिक, काठमाडौं : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको नाम महाअभियोग प्रस्तावमा आरोप लगाइएको छ ।  ‘किष्ट मेडिकल कलेज’ को प्रिन्सिपल लोकमानसिंह कार्कीका भाइ हुन् । सशस्त्र प्रहरीको भ्रष्टाचारबाट आर्जित सम्पत्तिसमेत यो कलेजमा लगानी भएको अख्तियारकै अधिकारीहरुको दाबी छ । आफ्ना नातेदारको शेयर रहेको सो कलेजमा विद्यार्थी भर्ना कोटा बढाउन लोकमानसिंह कार्की परिवारले गलत तरिकाले आर्जन गरी किष्ट कलेजमा लगानी गरेको सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण विभागमार्फत छानविनको दायरामा ल्याइनुपर्ने र लोकमानसिंहदेखि वीरमानसिंहसम्म कारवाही चलाइनुपर्ने स्रोतको भनाइ छ ।