संशोधन विधेयक असफल पार्ने पार्ने एमालेको चेतावनी

संशोधन विधेयक असफल पार्ने पार्ने एमालेको चेतावनी

२०७४, वैशाख १६ : स्थायी कमिटीको शनिबार साँझ बसेको बैठकले संशोधनविरुद्ध उभिन सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय गरेको छ । प्रमुख विपक्षी एमालेले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक असफल पार्ने निर्णय गरेको छ ।  ‘व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त बिधेयकलाई असफल पार्ने निर्णय गरेको छ, भट्टराईले संशोधनमा उल्लेख भाषालगायतका विषय दीर्घकालीनरुपमा मुलुकको हितमा नभएकाले एमालेले आफ्नो अडान नफेर्ने जानकारी दिए । बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्यौल र अनिश्चिततातिर धकेल्न व्ििभन्न पक्षबाट भएका षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । ‘षड्यन्त्रलाई असफल पार्दै घोषित २०७४ वैशाख ३१ मा नै सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ,’  एमालेले पार्टीका ९० प्रतिशत उम्मेदवारको टुंगो लगाएको जनाएको छ । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवार निर्णय भइसकेको सकेको एमालेले जनाएको छ । एमालेले स्थानीय निर्वाचनको घोषणा–पत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यलयमा सार्वजनिक गर्ने भएको छ ।

EC discussion budget between two phases of local level elections

KATHMANDU:A meeting of the Election Commission held discussion on the upcoming government policy and programme and the annual budget, and their impact on the elections, and made the decision, the Election Commission said in a statement.  Election Commission of Nepal has concluded that bringing in the fiscal budget between the two phases of elections would not be on a par with the election code of conduct, and decided to draw the government’s attention towards the matter.  The Election Commission observed that if brought before the second phase of elections, the government policy and programme and the annual budget are likely to influence the second phase of elections.

Protesting the decision to hold elections in four provinces in the second phase, the main opposition CPN-UML had drawn the Election Commission’s attention towards the breach of election code of conduct, claiming bringing in the annual budget before the voting would influence the voters. Even the Election Commission apparently had suggested Prime Minister Pushpa Kamal Dahal to amend the provision in order to bring in the budget after June 14.

Jazmine Sullivan to Beyonce

NEW YORK:  Sullivan, who has written four tracks on Mary J. Blige’s new album, is hoping to get into the studio and pen a song for Queen Bey. R&B singer-songwriter Jazmine Sullivan wants to turn lemons into lemonade with Beyonce.  Sullivan said in an interview with The Associated Press on Thursday that she loves “the way Bey delivers a song” and that she “would love to get something with her because I really think she’s good with delivery.” The 11-time Grammy nominee has had a hand in writing all of her own hits, including “Bust Your Windows,” ”Let It Burn” and the No. 1 R&B smash “Need U Bad.” She’s also written for Jennifer Hudson, Monica, Faith Evans, Tamia and Chrisette Michele.

‘लुम्बिनीसम्म चिनियाँ रेल जोड्न प्रस्ताव’

काठमाडौ उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ । चीनले प्रस्ताव  ‘प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन भ्रमणमा सिगात्से आइपुगेको चिनियाँ रेललाई केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसमक्ष प्रस्ताव राख्नुभएको छ । हामी चीनको यो अवधारणामा सहभागी भएर लाभ लिन चाहन्छौं।’ गरेको बेल्ट एन्ड रोड अवधारणाअनुसार चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य छ । उहाँले भन्नुभयो ‘नेपाल, भारतलगायत दक्षिणएसियाका मुलुकले यो अवधारणामा सहभागी भई लाभ लिन सक्छन् तर यसको ठ्याक्कै ब्लुप्रिन्ट बाहिर आएको छैन । नेपाल ओबीओआरको नक्सामा कतै देखिँदैन ।’ प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अघिल्लो महिना बेइजिङमा भएको भेटमा चीनले अघि बढाएको यस अवधारणामा नेपाल सदस्य बन्ने प्रतिबद्धता जनाउनुभएको थियो ।  महराको भ्रमणमा नेपाल बेल्ट एन्ड रोडको सदस्य बन्नेसम्बन्धी चीनसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि टुंगो भइनसकेको अधिकारीहरूले उल्लेख गरेका छन् ।  चीनको सिचुवान विश्वविद्यालयका प्राध्यापक दाइ योङहोङले बेल्ट एन्ड रोड अवधारणामा नेपाल चाँडै सदस्य बन्न लागेकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘चीन र एसियाबीचको जमिनबाट हुने व्यापारका लागि नेपालले पुलको काम गर्न सक्छ ।’प्राध्यापक दाइले भारतले चीनको मुख्य अग्रसरतामा स्थापित एसियाली पूर्वाधार बैंकको दोस्रो ठूलो हिस्सेदारका रूपमा संलग्न रहेको तथा बंगलादेश, चीन, भारत र म्यानमारबीचको आर्थिक करिडोर (बीसीआईएम) मा सदस्य बनेर भारतले एक हिसाबले बेल्ट एन्ड रोड अवधारणामा सहभागिता जनाइसकेको बताउनुभयो ।

हङ्कङ हिन्दू मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम सम्पन्न

 हङकङ नेपाल हिन्दू एसोसिएसनले नयाँ बर्ष २०७४ तथा आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न आध्यात्मिक तथा धार्मिक कार्यक्रमहरू सम्पन्न गरेको छ । एसोसिएसनले संचालन गरेको हङकङ यमुताइ स्थित हिन्दू मन्दिरमा नेपालबाट आउनुभएका पण्डित बालकृष्ण ज्ञवालीको अगुवाइमा चैत्र १५ गतेदेखि नित्य पूजा पाठ,प्रवचन तथा भजन-किर्तन संचालन गरिएको थियोे। नयाँ बर्ष प्रवेशका अवसरमा हिन्दू मन्दिर परिसर यमुताइबाट बिश्वशान्ति कलश यात्रा सुरु गरी जोर्डन,काउलूनलगायतका सहरका विभिन्न भागमा परिक्रमा गरी पुनः मन्दिरमा आइ समापन भएको थियो ।सोही क्रममा मङ्की हिलमा गइ भजन किर्तनका साथ लाखबत्ती समेत प्रज्वलन गरियो।१५ दिने धार्मिक तथा आध्यात्मिक अनुष्ठान समापन कार्यक्रमका अवसरमा मन्दिरमा योगदान पुर्याउने तथा आजीवन सदस्यता ग्रहण गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरियो। नेपाली महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले दिप प्रज्वलन गरी बिधिवत पुजन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।सो अवसरमा महाबाणिज्य दूत भट्टराईले धर्म,संस्कृतिले मानिसमा संस्कार र आचरणको बिकास गर्ने बताउनुभयो ।उहाँले भौतिकसंगै आध्यात्मिक बिकास गर्न सके समाजको सन्तुलित बिकास हुने बताउनुभयो। एसोसिएसनकी अध्यक्ष गोमादेवी शर्माले हिन्दू मन्दिर हङकङमा रहने सम्पूर्ण नेपालीको आस्थाको केन्द्र भएकाले हरेक चाड्बाड र पर्वलाई मन्दिरले बिधिवत रुपमा मनाउंदै आएको बताउनुभयो।कवच पत्रिका सम्पादक तथा आद्यात्मीक पत्रकार समाजका अध्यक्ष्य शिरोमणि दवाडीले विश्व शान्तिका लागि आध्यात्मिक अनुष्ठान अपरिहार्य हुने बताउनुभयो | एसोसिएसनद्वारा संचालित हिन्दू मन्दिर पाँच बर्ष पूरा गरी छ बर्षमा प्रवेश गरेको छ। यसैबीच मातातिर्थ औंसीका अवसरमा पनि मन्दिर परिसरमा मातृ पूजन,तथा श्राद्ध गर्ने भक्तजनको विशेष उपस्थिति थियो।

हङकङमा बुद्ध जयन्तीको तयारी

हङकङमा आगामी मे ७ तारिखका दिन २५६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रमका साथ मनाउन तयारी सुरु गरिएको छ। नमोबुद्ध आमा समूह तथा नेपाली महाबाणिज्य दूतावासको संयुक्त आयोजनामा हुने बुद्ध जयन्ती बिशेष कार्यक्रमको सह आयोजकमा हङ्कङ नेपाल हिन्दू एसोसिएसन(हिन्दू मन्दिर ),नेवार समाज,हेवेन्ली निर्वाणापाथ,तमु ट्यो हिल,हङ्कङ ठकुरी समाज तथा नेपाली महिला संघ,हङकङ रहेका छन। सो दिन काउलून पार्कबाट भगवान् बुद्धका सन्देश एवम वाणी सहितका प्लेकार्ड बोकेर झांकीका साथ हङकङका सहर परिक्रमा गर्ने कार्यक्रम राखिएको आयोजकले जनाएको छ। “गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश सहित नेपाली झण्डा बोकेर विश्वशान्तिको कामना गर्दै पदयात्रा गरिनेछ”नमोबुद्ध आमा समूहकी उपाध्यक्ष टीका गुरुङ्ले जानकारी गराउनुभयो। महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले गौतम बुद्ध नेपालीको पहिचान र गौरव हुनुभएकाले हरेक नेपालीले उहाँलाई सम्झिनु पर्ने कर्तब्य रहेको बताउनुभयो। उहाँले दूतावासले हङकङमा यस बर्ष बुद्ध जयन्ती मनाउन इच्छुक संघसंस्थालाई आह्वान गरे अनुसार प्राप्त प्रस्ताव र पूर्व अनुभवका आधारमा यस बर्ष नमोबुद्ध आमा समूहलाई सम्पूर्ण ब्यबस्थापकीय जिम्मेवारी दिइएको पनि उहाँले जानकारी गराउनुभयो।budha jayanti hangkon

स्थानीय तह संख्या विवादमा

काठमाडौं : प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ । ११ जिल्लामा स्थानीय तह थप्ने सरकारको प्रयासबाट क्षुब्ध एमालेले संसद् अवरोध गरेको थियो । मोर्चासँगको बिहीबार बिहानको भेटमा प्रधानमन्त्री दाहालले एमालेसँग संख्या थप्ने निर्णय फिर्ता लिने सहमति नभएको भन्दै आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो ।  सरकार आफ्नो निर्णयबाट पछि हटेपछि बुधबार एमालेले संसद् चल्न दिएको थियो । सरकार र मधेसी मोर्चाबीच दुई नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा तथा ५ नम्बर प्रदेशका नवलपरासी, रूपन्देही र कपिलवस्तुमा नयाँ मापदण्ड बनाई स्थानीय तहको संख्या थप्ने सहमति भएको छ । मन्त्रिपरिषद्द्वारा गठित स्थानीय विकासमन्त्री थापा संयोजकत्वको समितिले नै जनसंख्यालगायत आधारलाई मापदण्ड मानेर संख्याबारे टुंगो लगाउन मोर्चा सहमत भएको हो ।

मन्त्री थापाले स्थानीय तह पुनर्संरचना आयोगले प्रदेश नम्बर २ का आठ जिल्ला र ५ का तीन जिल्लामा पर्याप्त गृहकार्य नगरी प्रतिवेदन टुंग्याएकाले अहिले पुनः काम गर्नुपर्ने बाध्यता आएको बताउनुभएको थियो । उहाँले आयोगकै सिफारिसलाई आधार मानेर र सहमतिमै संख्या थप्नेमा ढुक्क हुन पनि दलका प्रतिनिधिलाई आश्वस्त पार्नुभएको थियो ।

विनाशकारी भूकम्पको आज ठीक दुई वर्ष पूरा

१२ बैशाख, काठमाडौं ।  नेपालका ३१ जिल्लाका बासिन्दाले महाभूकम्पको सामना गरेको आज ठीक दुई वर्ष पूरा भएको छ ।  जब हामी ०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पलाई सम्झन्छौं, हाम्रा आँखामा सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तस्वीर नाच्न थाल्छ ।  नेपालका ३१ जिल्लाका बासिन्दाले महाभूकम्पको सामना गरेको आज ठीक दुई वर्ष पूरा भएको छ । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिने हो भने सबैभन्दा पहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै पुनर्संरचना वा पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेछ ।   पुनर्निर्माण प्राधिकरण वा सरकार कहाँनेर चुक्यो र पुनर्निर्माणको कामले गति लिन सकेन ? प्राधिकरणले दुई वर्षसम्म देशमा पुनर्निर्माणको काम अघि बढाउनै सकेन । बरु धुर्मुस-सुन्तलीले काम गरेर देखाए, तर प्राधिकरण सुतेको सुत्यै भयो ।  भूकम्पको याद गर्ने क्रममा हामीले यहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबारे बहस गर्ने प्रयास गरेका छौं ।

भूकम्पबाट विशेषगरी १४ जिल्लामा व्यक्तिका आवास, विद्यालय, ऐतिहासिक पुरातात्विक संरचना, स्वास्थ्य संस्था एवं सरकारी भवनहरु ठूलो परिणाममा ध्वस्त भए । सरकारले भूकम्प पीडितहरुलाई राहत, अनसदान लगायतका सहायता गर्नु त उसको दायित्व थियो नै, देशमा अहिले कायम रहेका शहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक योजना, जिल्लाविकास समिति, गाविस, नगरपालिका इत्यादि संरचनाबाट पुनर्निर्माणको काम छिटो नहुने भएकाले छिटो-छिटो काम गर्नका लागि भनेर पुनर्निर्माण प्राधिकरणको अवधारणा अघि सारियो । सुशील कोइराला नेतृत्वको सरकारले सुरुमा अध्यादेशमार्फत प्राधिकरणको संरचना अघि सार्‍यो । सोही अध्यादेशका आधारमा तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेललाई प्राधिकरणमा सीइओको जिम्मेवारी दिइयो । तर, यही क्रममा सरकार फेरियो । सुशीलका ठाउँमा केपी ओली आए । कोइराला सरकारले ल्याएको अध्यादेश पारित गरिएन र स्वतः खारेजीमा पर्‍यो । सीइओ पनि स्वतः खारेजीमा परे ।  प्राधिकरण सुतेको सुत्यै भयो । आखिर किन यस्तो भयो ? भूकम्पको याद गर्ने क्रममा हामीले यहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबारे बहस गर्ने प्रयास गरेका छौं । पुनर्निर्माण प्राधिकरण वा सरकार कहाँनेर चुक्यो र पुनर्निर्माणको कामले गति लिन सकेन ? या प्राधिकरणले काम गरिराखेको भए पनि जनतामा नकारात्मक सन्देश गएको पो हो कि ?  प्राधिकरणले दुई वर्षसम्म देशमा पुनर्निर्माणको काम अघि बढाउनै सकेन । बरु धुर्मुस-सुन्तलीले काम गरेर देखाए, तर  यसबारे अध्ययन गर्दा हामीले निश्कर्ष निकालेका छौं- भूकम्पपछिको पुनर्निर्माणलाई गति दिने हो भने सबैभन्दा पहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै पुनर्संरचना वा पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेछ ।

झिंगा आतंकविरुद्ध आन्दोलन

११ वैशाख, काठमाडौं : मोरङको सोराभाग ९ पुग्ने जो कोही पनि अचम्ममा पर्ने गरेका छन् । खाना बनाएर खान सक्ने अवस्था छैन । खाना बनाए पनि झुलभित्र बसेर खानुपर्ने बाध्यता छ । गाउँभरि भनभनी झिँडा भन्किइरहेका हुन्छन् । खानेकुरादेखि लिएर सबै थोकमा झिँगाको गोलो हुन्छ ।  झिँगाकै कारण गाउँमा पाहुना पनि आउन छाडेका छन् । कोही पाहुना आए पनि खाना नखाइ फर्कन्छन् । सोराभाग ९ बेतौनास्थित विराट पोल्ट्री फर्मको दुर्गन्धका कारण गाउँमा झिँगा आतंक फैलिएको हो । एक वर्षदेखिको झिँगा आतंकबाट कारण स्थानीय आजित भएका छन् । उनीहरुले यसको विरुद्ध आन्दोलनसमेत गरेका छन् । स्रोत: अन्नपूर्ण पोस्ट दैनिक

हिमताल फुट्दा करोडौंको क्षति – पर्यटक अलपत्र

काठमाडौँ : मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपायमा बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि विचबाटोमै अलपत्र परेका छन् । शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको छ । बाढीले बाटो बगाए पछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन् । पर्यटन विभागमा ६ जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमती लिएका छन् ।  मकालु क्षेत्रको ठूलो हिमताल ठूलो पोखरी पनि विष्फोटको जोखिममा रहेको अध्ययनले देखाएको छ ।   २०५० सालमा विष्फोटन भएको यो ताल बार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको  छेपालको भनाई छ । अरुणमा अहिले बाढीकै कारण करिव ५० फीट गहिरो दुई किलोमीटर चौडाको पोखरी बनेको स्थलगत निरिक्षणमा पुगेका खानेपानी तथा सरसफाइ राज्यमन्त्रीले बताउनुभयो । तत्काल खतरामुक्त छ तर हिमतालको अवस्था भने निरिक्षण गर्न नसकिएकाले स्थानीयलाई थप जानकारी दिन नसकिएको उहाँले बताउनुभयो ।