अनियमितता भएको आशंकामा महानगरपालिका कार्यालयमा छापा

अनियमितता भएको आशंकामा महानगरपालिका कार्यालयमा छापा

 

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।-अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  काठमाडौं महानगरपालिका कार्यालयमा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको छ ।

सहसचिव नेतृत्वको अख्तियार टोलीले पछिल्ला दुई आर्थिक बर्षको कागजातहरु नियन्त्रणमा लिएको छ ।

हिन्दु महिलाले धुमधाम तीज मनाईरहदा पोखरामा युवती सामुहिक बलात्कारमा

पोखरा, भाद्र १४ -लमजुङ घर भई पोखरामा बस्दै आएकी २० वर्षीय अबिबाहित बलात्कारमा परेकी हुन । प्रहरीका अनुसार ८ युवाले बाटोमा हिडिरहेकी युवतीलाई नियन्त्रणमा लिएर पोखरासँगैको काहुँ, २ कुसुन्डे भन्ने ठाउँमा लगेर बिहीबार साँझ आठ बजेतिर बलात्कार गरेका थिए । 

बलात्कार आरोपमा प्रहरीले पोखरा, १३ अन्नपुर्ण टोलका लेखबहादुर गुरुङ र किरण श्रीस मगरलाइ पक्राउ गरेको छ । दुवैजनाले घटना स्विकार गरेका छन । अन्य आरोपित फरार छन । आरोपित युवा फरार भएकाले प्रहरीले घटनाबारे २ दिनपछिमात्रै सार्वजनिक गरेको हो । घटनामा प्रयोग भएको एक मोटरसाईकल पनि बरामद भएको छ ।   प्रहरी श्रोतका अनुसार एउटै गाउँ भएकाले पीडित युवती र केही युवाबीच पहिल्यै चिनजान रहेको छ । घटनामा संलग्न केही युवा लमजुङ घर भई पोखरामा बस्दै आएका हुन ।  

आज ऋषि पञ्चमी पर्व

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।-भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ – सप्तषिर्को पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपाली राष्ट्रिय झण्डाको घोर अपमान

 

 

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ। – ३५ हजार भन्दा बढी नेपालीहरुले एकै ठाउँमा भेला भई नेपालको राष्ट्रिय झण्डाको आकार निर्माण गरेर गिनिज बुकमा नाम दर्ता गराउँन पहल चलिरहँदा अमेरिकाले भने नेपालको राष्ट्रिय झण्डाकै खिल्ली उडाइएको छ ।अमेरिकामा सञ्चालित एक टेलिभिजन शोका सञ्चालकले नेपालको खिल्ली मात्र उडाएका छैनन्,घोर अपमानित गर्ने दुष्प्रयास समेत गरेका छन् ।

यस्तै अमेरिका लगायत अधिकाँश देशहरुमा मासुको स्रोतको रुपमा रहेको याक अर्थात गोरुलाई पनि नेपालीहरुले पूजा गर्छन् भनेर हाँसोमा उडाइएको छ । 

[embedplusvideo height=”450″ width=”550″ editlink=”http://bit.ly/1vlbZJJ” standard=”http://www.youtube.com/v/qV7xsGIMleU?fs=1″ vars=”ytid=qV7xsGIMleU&width=550&height=450&start=&stop=&rs=w&hd=0&autoplay=0&react=1&chapters=&notes=” id=”ep3993″ /]

यतिमा मात्र सीमित छैन । ती प्रस्तोताले नेपालको विशेष गरेर नेवार समुदायमा जीवित कुमारी प्रथाका बारेमा पनि खिल्ली उडाइएको छ । नेपालका हिन्दू धर्मावालम्बीहरुले जीवित बालिकालाई देवता सम्झेर पूजा गर्छन् । जीवित बालिका पनि देवता ? भन्दै त्योसँगै दुई अर्धनग्न युवतीका तस्वीर राखिएको छ 

डनहरुले बाढि पिडितलाई सहयोग दिन थाले ।

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ। – डन चक्रेको वाढी पीडितलाई दुई लाख सहयोग दिएर सामाजीक कार्यकमा लाग्न खोजेको देखाउदै चक्रेले  जिल्ला दैबी प्रकोप राहत कोश सिन्धुपाल्चोकलाई दुई लाख पाँच हजारको चेक हस्तान्तरण गरेका हुन् । चक्रेले शुक्रबार  मेघा बैंकको चेक  हस्तान्तरण गरेका हुन्  उनीहरु सुध्रिने कुरा उनीहरुको क्रियाकलापबाट मात्र थाहा  हुन्छ ।’ डन दिनेश अधिकारी चरी मारिएपछि प्रहरीले चक्रेको समुहका कृयाकलाप माथि निगरानी समेत बढाएको उनले जानकारी दिए 

अख्तियारको आँखा

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य पश्चिमाञ्चल विश्वविद्यलयका उपकुलपति पदमलाल देवकोटा सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । आर्थिक अनियमितताको आरोपमा निलम्बीत उपकुलपति देवकोटा सहित १४ जना पदाधिकारीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । हिरासतमा पर्नेहरुमा विज्ञान प्रविधि संकायका डीन तथा कार्यकारी परिषदकासदस्य डा. केशर सिंह राना, मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल,व्यवस्थापन संकायका डीन मस्तबहादुर गरन्जा, शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्य, उप–प्राध्यापकहरु गणेशबहादुर रावत र सुधन गौली र अनुगमन अधिकृत पारसराम गिरीलाई लगायत रहेका छन् । यस्तै सहायक प्रशासकहहरु जीवनकुमार थापा र गगनसिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसी समेतले विश्वविद्यालयमा आर्थिक हिनामिना गरेको अख्तियारको भनाई छ । भ्रष्टाचारमा संलग्न ईन्जिनियरिङ संकायका डीन रामचन्द्र अर्याल र लेखा नियन्त्रक कमल केसी फरार रहेकोले उनीहरुले खोजी कार्य भैरहेको जनाएको भइरहेको अख्तियारले जनाएको छ । यस्तै अख्तियारले आजै त्रिभुवन विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीस्ईभिटीमा एकसाथ
छापामारी कागजपत्र नियन्त्रणमा लिएको छ । तीन शैक्षिक निकायमा भ्रष्टाचार र अनियमितताका एक हजार भन्दा बढि उजुरी परेपछि अख्तियारले आज एकसाथ छापा मारेको हो । टोलीले महत्वपूर्ण कागजपत्रहरु जफत गरेको छ । बिभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं घुस लेनदेन भएकोर पैसा लिएर सम्बन्धन दिन लागिएको पाइएपछि अख्तियारले छापा मारेको हो । यस्तै अख्तियारले गएका वर्षहरुमा गोरखाका केही गाबिस कार्यालयहरुले जिल्लाका
राजनैतिक दललाई दिएको आर्थिक सहयोग कानून विपरीत भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै फिर्ता गर्न पत्राचार गरेको छ ।

सर्बोच्चको आदेश

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।- सर्बोच्च अदालतले नेपाल प्रहरीका चार डिआईजीलाई किन बढुवा नगरेको भन्दै सरकारसंग लिखीत जवलाफ माग गरेको छ । प्रधानन्याधिस दामोदरप्रसाद शर्माको उकल ईजलासले बढुवा सिफरिसमा परेका डिआईजीसहित चार जनालाई बढुवा नगर्नुको जवाफसहित सातदिनभित्र उपस्थित हुन सरकारलाई आदेश दिएको छ । एआईजी बढुवामा नपरेका डिआईजीहरु यादब अधिकारी तथा अन्य तिन डिआईजीहरु सुनिलवरसिंह थपा, परशुराम खत्री तथा बिश्वराजसिंह खत्रीले छुट्टा छुट्टै रुपमा दायर गरेको रिटको सुनुवाई गर्दै सर्बोच्चले आज सरकारलाई यस्तो निर्देशन
दिएको हो । यस्तै, सर्बोच्चले आजै म्याद सकिएको भन्दै त्रिभुवन बिश्वबिद्यालयका अंगिक क्याम्सहरुका स्वतन्त्र बिद्यार्थी युनियनहरुलाई काम कारबाहि नगर्न निर्देशन दिएको छ । न्यायाधिसद्धय कल्याण श्रेष्ठ र देबेन्द्रगोपाल श्रेष्ठको ईजलासले अखिल छैठौँले दायर गरेको रिटको सुनुवाई गर्दै म्याद थप बैधानिक नभएको ठहर गर्दै कुनै काम बारबाहि नगर्न अन्तििर आदेश दिएको हो । २०६५ चैत्र ६ गते निर्वाचीत स्वबियुको २०६७ चैत्र ४ गते म्याद थप गरिएको थियो ।

प्रधानमीन्त्रीको बचन

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।-प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितका लागी दाताहरुले उदारतापूर्वक दिएको सहयोग रकमको सदुपयोग गरिने बचन दिनु भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा गणेशमान सिंह फाउण्डेशन र मदन मेमोरियल कलेज, विनायकनगर, नयाँ बानेश्वरले उपलब्ध गराएको राहत रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले पहिरो र बाढी पीडितलाई आएको राहत रकम र राहत सामग्री दुरुपयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनु भयो । गणेशमान सिंह फाउण्डेशनले प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा ९ लाख र मदन भण्डारी मेमोरियल कलेजले ५० हजार १ सय रुपैया प्रदान गरेको छ । यसैबिच, नेकपा एमालेको राजधानी बिषेश समन्वय कमिटीले देशभर आएको बाढी पहिरो पिडीतको राहातका लागि भन्दै प्रति सदस्य एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । राजधानी कमिटीको आज बसेको बैठकले राजधानीका तिन जिल्ला, बिद्यार्थी, मजदुर बिशेष तथा पेशागत महांसंघमा आबद्ध १७ हजार संगठित सदस्यहरुले अनिवार्य रुपमा प्रतिव्यक्ति एक सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको ईन्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौंको टुँडिखेलमा मानवझन्डा निर्माण

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ। – ‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो । काठमाडौंको टुँडिखेलमा मानवझन्डा निर्माणमा सहभागी भएर नेपालीहरुले एक पटक फेरि नयाँ कीर्तिमानको प्रयास गरेका छन् । एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ ।

काठमाडौमा गाँजा फडानी

दि पावर न्यूज सम्वाद दाता, काठमाडौ । – कुलतमा लाग्नबाट जोगाउन तथा सभ्यसमाज निर्माण गर्न काठमाडौ झोर ७ निबासी स्थानीय युवाहरुले संयुक्त रुपमा गाँजा फडानी कार्य सुरु गरेका छन् । आफ्नो टोल छिमेकमा गाँजाका बोट बिरुवा छ भने त्यसलाई नस्ट गर्न आग्रह गर्दै सचेत युवाहरुले यस्तो कार्य आजाबाट सुरुगरेका छन् ।
प्रत्येक हप्ताको शनिबार हरेक टोलमा सबै युवाहरुलाई आफ्नो टोलमा रहेका मदिरा जन्य बोटबिरुवाहरु नस्ट गर्न युवाहरु सकृय रुपले लाग्न सबैलाई आग्रह गरेका छन् ।