अख्तियारको आँखा

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य पश्चिमाञ्चल विश्वविद्यलयका उपकुलपति पदमलाल देवकोटा सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । आर्थिक अनियमितताको आरोपमा निलम्बीत उपकुलपति देवकोटा सहित १४ जना पदाधिकारीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । हिरासतमा पर्नेहरुमा विज्ञान प्रविधि संकायका डीन तथा कार्यकारी परिषदकासदस्य डा. केशर सिंह राना, मानविकी तथा सामाजिक संकायका डीन पिताम्बर ढकाल,व्यवस्थापन संकायका डीन मस्तबहादुर गरन्जा, शिक्षा विज्ञान संकायका डीन लालमणि आचार्य, उप–प्राध्यापकहरु गणेशबहादुर रावत र सुधन गौली र अनुगमन अधिकृत पारसराम गिरीलाई लगायत रहेका छन् । यस्तै सहायक प्रशासकहहरु जीवनकुमार थापा र गगनसिंह बोहरा, वरिष्ठ सहायक गणेशबहादुर केसी समेतले विश्वविद्यालयमा आर्थिक हिनामिना गरेको अख्तियारको भनाई छ । भ्रष्टाचारमा संलग्न ईन्जिनियरिङ संकायका डीन रामचन्द्र अर्याल र लेखा नियन्त्रक कमल केसी फरार रहेकोले उनीहरुले खोजी कार्य भैरहेको जनाएको भइरहेको अख्तियारले जनाएको छ । यस्तै अख्तियारले आजै त्रिभुवन विश्वविद्यालयका १३ विभाग, उच्च माध्यमिक शिक्षा परिषद र प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीस्ईभिटीमा एकसाथ
छापामारी कागजपत्र नियन्त्रणमा लिएको छ । तीन शैक्षिक निकायमा भ्रष्टाचार र अनियमितताका एक हजार भन्दा बढि उजुरी परेपछि अख्तियारले आज एकसाथ छापा मारेको हो । टोलीले महत्वपूर्ण कागजपत्रहरु जफत गरेको छ । बिभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा करोडौं घुस लेनदेन भएकोर पैसा लिएर सम्बन्धन दिन लागिएको पाइएपछि अख्तियारले छापा मारेको हो । यस्तै अख्तियारले गएका वर्षहरुमा गोरखाका केही गाबिस कार्यालयहरुले जिल्लाका
राजनैतिक दललाई दिएको आर्थिक सहयोग कानून विपरीत भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालै फिर्ता गर्न पत्राचार गरेको छ ।

Spread the love