सुनकोशी ताल फुट्यो पुरिएका घरहरु जस्ताको त्यस्तै

सुनकोशी ताल फुट्यो पुरिएका घरहरु जस्ताको त्यस्तै

दि पावर न्यूज सम्वाद दाता, सिन्धुपाल्चोक  – सिन्धुपाल्चोकको राम्चेबाट झरेको भीषण पहिरोले सुनकोशी नदी थुनेर बनेको शनिवार राती ३ बजेतिर फुटेको छ । ताल फुटेपछि नेपाली सेनाको एक्जाभेटर बगाएको छ । एक्जाभेटर बनसाँघु स्कुलमुनि भेटिएको छ । तालको पानी एक्कासी बेगका साथ निस्किएपछि अरनिको राजमार्गमा पनि क्षति पुगेको छ । अहिले यातायात आवागमन रोकिएको छ । तालको पानी घटेपछि डुवानमा परेका माथिल्लो क्षेत्रका केही घरहरु देखिएका छन् । करीव ४० मिटर गहिरो ताल शुरुमा १८ मिटर घटेको थियो भने अहिलेसम्म लगभग ताल क्लियर हुन लागेको प्रहरीले जनाएको छ ।sunkoshi-flood

sunkoshi-flood-6 तस्वीरः कपिल धितालको ट्वीटरबाट

१० वटा जलविद्युत आयोजनाको अनुमतिपत्र अख्तियारको ‘खारेज’ प्रकृयामा

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ ।-अख्तियार दुरुपयोग अनुसन्धान आगोगले १० वटा जलबिधुत आगोजनाको अनुमति पत्र खारेजको प्रकृयामा लान सरकारलाई आग्रह गरेको छ । निर्धारित समयमा काम गर्न नसक्ने र पिपिए संझौता गर्न नसक्ने अनुमति पत्र खारेज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आगोगले निर्देशन दिएको छ ।

अनुमतिपत्रमा उल्लेखित सर्त अनुसार तल्लो अरुणले २०७१ को बैशाख ३०, माथिल्लो सोलुले असार ३०, छहरे खोलाले साउन १, माथिल्लो खोरङ्गाले असार २९, माथिल्लो मैलुङले २०७० को पुस १९, मिदिम खोलाले पुस २८, तल्लो इन्द्रावतीले २०६२ जेठ २१ मा वित्तिय ब्यबस्था र पिपिए गरिसक्नु पथ्र्यो । सर्त पुरा नगरेका कारण यी आयोजनाको उत्पादन अनुमतिपत्र खारेज गर्न अख्तियारले निर्देशन दिएको हो । यी आयोजनाका प्रबर्द्धकमा क्रमशः लोअर अरुण हाइड्रोइलेक्टि्रक, बेनी हाइड्रोपावर प्रोजेक्ट, छहरेखोला हाइड्रपावर कम्पनी, तेह्रथुम हाइड्रोपावर कम्पनी, मोलिनिया पावर लिमिटेड, मिदिम हाइड्रापावर प्रालि र सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।

तल्लो इन्द्रावतीको २०५९ मंसिर २३ मा र माथिल्लो मैलुङको २०६८ भदौ २३ मा पिपिए भएपनि हालसम्म वित्तिय ब्यबस्था हुन सकेको छैन । त्यस्तै माथिल्लो सोलुको पनि २०६९ मंसिर १६ मा पिपिए भएपनि बित्तिय ब्यबस्था हुन सकेको छैन ।

त्यस्तै भोटेकोशी- ५ -६० मेगावाट), करुवा खोला -३६ मेगावाट) र बुकुखोला -६ मेगावाट) को सर्वेक्षण अनुमति पत्र ‘खारेज’ गर्न निर्देशन दिएको छ । यी आयोजनाको सर्वेक्षण अनुमतिपत्र ५ वर्ष नाघेकाले खारेज गर्न निर्देशन दिएको हो । ‘कानून अनुसार सर्वेक्षण अनुमतिपत्रको अवधि बढीमा ५ वर्षको हुन्छ,’ अनुसन्धान अधिकृत श्रेष्ठले भने, ‘हामीले ऐन, नियम र सर्त अनुसार कारवाही गर्न निर्देशन दिएका हौं । त्यो भनेको अनुमतिपत्र खारेजी नै हो ।’ प्राधिकरणको तथ्याङ अनुसार बुकु खोलाको पिपिए २०७० जेठमा भइसकेको छ । उक्त आयोजनाले २०७४ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

 ‘कानूनले तोकेभन्दा बढी समय अनुमितपत्र होल्ड गरि राज्यको स्रोत साधन दुरुपयोग गर्न मिल्दैन,’ अख्तियार प्रवक्ता श्रीधर सापकोटाले भने, ‘झोलामा खोला नराख्नु भनेर निर्णय गरिएको छ । यस्तो प्रकारको यो पहिलो निर्णय हो ।’

१८ वर्षकी युवतीको कुकुरसँग विवाह

 

भदौ १८ – भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।

झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो ।

[embedplusvideo height=”450″ width=”650″ editlink=”http://bit.ly/1BcQOd9″ standard=”http://www.youtube.com/v/EcyDb3w5PLQ?fs=1&vq=hd720″ vars=”ytid=EcyDb3w5PLQ&width=450&height=450&start=&stop=&rs=w&hd=1&autoplay=1&react=1&chapters=&notes=” id=”ep8847″ /]

मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए ।   भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् ।

– वेलायती अनलाइन डेलीमेलमा प्रकाशित समाचारका आधारमा

टेलिकमको मोबाइलमा केहि बेर नेर्टवर्क आएन

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बुधबार दिउसो केही समय समस्या आउँदा केहीबेर सेवा अवरद्ध भएको छ। सधै मोबाइलमा फोन नलाग्ने तथा एस एम एस पठाउन केहि समय अबरुद्घ हुदा समस्या पैदा भयो ।

केटा खोज्दै ६ सय केटीहरुको समुह

कोर्डेरियो (ब्राजिल)- उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु रु पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।
यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी

आगलागीका कारण वीरगन्ज भन्सारमा , करोडौंको क्षती

काठमाडौं, ब्यापारिक केन्द्र बिरगन्जको भन्सार कार्यालयको हाताभित्र रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा बुधबार बिहान भीषण आगलागी भएको छ । उक्त आगलागी बुधबार बिहान २ बजेदेखि लागेको थियो । उक्त आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ । उक्त आगलागीका कारण गोदाम भित्र रहेका एलपीजि ग्याँसका सिलिन्डरहरू पड्किन थालेको बताइएको छ । जसका कारण यस क्षेत्रमा निकै त्रासको वातावरण उत्पन्न भएको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार उक्त आगलागीका कारण करोडौं मूल्य बराबरका सामानहरु जलेर नष्ट भएको बताइएको छ । अहिले उक्त स्थानमा सुरक्षाकर्मी तथा स्थानीयहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताइएको छ । आगलागीको पूर्ण विवरण आउन बाँकी रहेको छ । 

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रीराधाअष्टमी महामहोत्सव

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रीराधाअष्टमी महामहोत्सव समारोह २०७१ कार्यक्रम भैरहेको हुदा सम्पुर्ण महानुभाबहरुलाई यहा पाल्नु हुन अनुरोध गर्देछौ ।

स्थान –अग्रवाल भवन, कमलपोखरी
दिन – छैटौ दिन को कार्यक्रम
आयोकम समिति
धन्यवाद

2014-09-01_16-36-12_938 1409576433612

अनियमितता भएको आशंकामा महानगरपालिका कार्यालयमा छापा

 

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।-अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  काठमाडौं महानगरपालिका कार्यालयमा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको छ ।

सहसचिव नेतृत्वको अख्तियार टोलीले पछिल्ला दुई आर्थिक बर्षको कागजातहरु नियन्त्रणमा लिएको छ ।

हिन्दु महिलाले धुमधाम तीज मनाईरहदा पोखरामा युवती सामुहिक बलात्कारमा

पोखरा, भाद्र १४ -लमजुङ घर भई पोखरामा बस्दै आएकी २० वर्षीय अबिबाहित बलात्कारमा परेकी हुन । प्रहरीका अनुसार ८ युवाले बाटोमा हिडिरहेकी युवतीलाई नियन्त्रणमा लिएर पोखरासँगैको काहुँ, २ कुसुन्डे भन्ने ठाउँमा लगेर बिहीबार साँझ आठ बजेतिर बलात्कार गरेका थिए । 

बलात्कार आरोपमा प्रहरीले पोखरा, १३ अन्नपुर्ण टोलका लेखबहादुर गुरुङ र किरण श्रीस मगरलाइ पक्राउ गरेको छ । दुवैजनाले घटना स्विकार गरेका छन । अन्य आरोपित फरार छन । आरोपित युवा फरार भएकाले प्रहरीले घटनाबारे २ दिनपछिमात्रै सार्वजनिक गरेको हो । घटनामा प्रयोग भएको एक मोटरसाईकल पनि बरामद भएको छ ।   प्रहरी श्रोतका अनुसार एउटै गाउँ भएकाले पीडित युवती र केही युवाबीच पहिल्यै चिनजान रहेको छ । घटनामा संलग्न केही युवा लमजुङ घर भई पोखरामा बस्दै आएका हुन ।  

आज ऋषि पञ्चमी पर्व

दि पावर न्यूज सम्वाद दाता,काठमाडौ।-भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ – सप्तषिर्को पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।