एकै परिवारका चार जनाको हत्या

एकै परिवारका चार जनाको हत्या

लमजुङ, आश्विन १५ – लमजुडको भोटेओडार-४ पिप्लेमा एकै घरका चार जनाको रहस्यमय हत्या भएको छ । बुधबार विहान घरभित्रै चार जनाको शव भटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले घरको जेठो छोरालाई नियन्त्रणमा लिएको छ । ६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनको १४ वर्षीया छोरी ज्योति रेग्मी, धर्मछोरी ३५ वर्षीया रिना घिमिरे,  १२ वर्षीय नाति विकास रेग्मीको शव भेटिएको छ । रेग्मीका जेठा छोरा राममणि रेग्मीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपनिरिक्षक अच्युत पुडासैनीले जानकारी दिए ।

मृतक अर्जुनका भतिज चोलाप्रसाद रेग्मी बुधबार विहान ७ बजेतिर पानी हेर्न गएको बेला सव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानिय बासिन्दाका अनुसार अर्जुनप्रसादका दुई श्रीमति छन् । कान्छी श्रीमतिको पहिले नै मृत्यु भैसकेको र जेठी श्रीमति छोराछोरीसहित भोटेओडारमा बस्दै आएका थिए । 

घटनास्थलमा डीआइजी बम बहादुर भण्डारीसहित प्रहरीको विषेश टोली आइपुगो छ । डीआइजी भण्डारीले घटनाको घरायसी रिसइवीले घट्ना हुनसक्ने शंका व्यक्त गरे । उनले अनुसन्धान थालिएकोले वास्तविकता छिट्टै बाहिर आउने बताए ।

विजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।

हाम्रा सुभ–चिन्तक, सुभेच्छुक, बिज्ञापन दाता तथा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका दिदी भाई तथा दाजु बहिनीहरुमा शुभ विजया दशमी २०७१ ले सबैको घर आगँनमा हर्ष उल्लास छाओस र नर्ब दुर्गा भबानीले सबैको मंगलकामन पुरा गरुन । विजया दशमीको हार्दिक मंगलमय शुभ कामना ।

दि पावर न्युज परिवार
काठमाडौ, नेपाल

टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न !

बिकास न्यौपाने, टेक्सास, अमेरिका –नेपाली समाज टेक्सासको (एनसटि ) आयोजनामा ‘बडा दसैँ २०७१’ को शुभ उपलक्ष्यमा गत सेप्टेम्बर २७ शनिवारका दिन टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” भव्य कार्यक्रमको साथ सम्पन्न गरियो । असत्य माथि सत्यको विजयको रूपमा बनाइएको यस दसैँ वर्षमा ९ दिन सम्म जमरा राखी सत्यरुपा देखि दुर्गा भवानीको पूजा गर्ने चलन छ। सोहीअनुरुप यस कार्यक्रमको सुरुवातमा नेपालीहरूको आफ्नै मन्दिरका गुरु डा शेखर पण्डित तथा बासु भण्डारी ज्यु बाट कार्यक्रम सुरु गर्नु पूर्व बैदिक मन्त्रोचारण गर्नु भएको थियो ।


नेपाली समाज टेक्सासका महासचिव विजयराज भट्टराईले औपचारिक सुरुवात गर्नु भएको उक्त कार्यक्रमको समन्वय तथा आगामी सञ्चालन भने नेपाली समाजका फिनान्स उपाध्यक्ष बाल जोशी तथा सदस्य केदार तिम्सिनाले गर्नु भएको थियो। कार्यक्रममा समाजकै इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तव्य दिनुभयो।

नेपालका ख्याती प्राप्त लोक-गायक मिलन लामा  तथा गायिका शान्ति भण्डारी प्रमुख कलाकारको रूपमा निम्त्याईए पनि कार्यक्रमको अवधिभर अथिति कलाकारलाई  भन्दा स्थानीय कलाकार हरुलाई  समय खर्चेको देखिन्थो, सो कुरा उपस्थिति दर्शकहरुको चाहना भने नेपालबाट आउनु भएका अथिति कलाकार लामालाई  बढी समय दिनु पर्ने र कम समयको कारणले गर्दा गायक  लामाको धेरै चर्तित गीतहरू  सुन्न नपाएको  कुरा धेरै दर्शकहरुबाट आएको गुनासो थियो । कार्यक्रममा  झन्डै १५ वटा स्थानीय प्रस्तुति रहेको थियो।

कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने विभिन्न ३ व्यक्तित्वहरु समाजसेवी डा प्रेमराज अधिकारीले समाजको उचाइ बढाउन खेलेको उहाँको ४ वर्षे अध्यक्ष कालको भूमिका, डा झरना श्रेष्ठले एनसटि द्वारा सञ्चालित निःशुल्क स्वस्थ शिविरमा गर्नु भएको सहयोग तथा पत्रकार विकास राज न्यौपानेले टेक्सास लाई संसारमा चिनाउन खेलेको अहम भूमिकाको प्रंशशा गर्दै सम्मान समेत प्रदान गरिएको रहेको जानकारी अध्यक्ष भुवन आचार्यले गराउनु भयो। उहाहरुलाई सम्मान पत्र नेपाली समाजकै पूर्व  अध्यक्षहरु गौरिराज जोशी तथा राम पोखरेलले प्रदान गर्नुभयो।

टेक्सास ड्यालसको अर्विंग आर्ट सेन्टरमा गरिएको कार्यक्रम साँझ ७:०० बजे सुरु गर्ने तयारी आयोजकहरुबाट गरिए पनि आयोजकबाटै राखिएको निःशुल्क ‘दसैँ भोज’ मा दर्शकहरु धेरै अल्मलिएका कारण कार्यक्रम झन्डै ८:३० बजे मात्र सुरु भई राती १२:०० बजे  समापन भएको थियो।  ७५० सिट क्षमता भएको उक्त हलमा क्षमता भन्दा बढी दर्शकहरुको  सहभागी थियो  । सबै सहभागी दर्शकहरु उत्तिकै जोस र उमंगमा हुनु हुन्थ्यो । यधपी, अपेक्षा अनुसारको प्राविधिक पक्ष कायम हुन नसकेकोले अलि खल्लो महसुस भएको गुनासो कार्यक्रममा सहभागी दर्शकहरुको थियो ।
अन्त्यमा नेपाली समाज टेक्सास कै दसैँ राफल खोलिएको थियो। उपहार विजेतालाई हाम्रो पनि बधाई । 

टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा “दसैँ सांस्कृतिक साँझ” सम्पन्न ! Photo: Bikash Raj Neupane
टेक्सासको ड्यालसमा "दसैँ सांस्कृतिक साँझ" सम्पन्न !

जुवामा नगदभन्दा चेकमार्फत कारोबार

दि पावर न्यूज संवाद दाता, काठमाडौ।  प्रहरीले आइतबार साँझ छापा हानेका चाबहिल र पुतलीसडकका जुवा अडानबाट लाखौंका चेक बरामद पेसेवर जुवाडेले नगदभन्दा चेकमार्फत हारजितको हिसाबकिताब गर्न थालेका छन् । पुतलीसडकस्थित सेयर मार्केट कम्प्लेक्सको अगाडी एक घरमा महाशाखाका प्रहरीले छापा हानी ११ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवीन पाण्डे, सरोज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, राजेश केसी, सैलेश पौडेल, कान्छा तामाङ छन् । पुतलीसडकको जुवा अड्डाबाट धेरै पैसा बरामद हुने प्रहरीको अनुमान थियो । तर, दुई लाख १८ हजार रुपैयाँ मात्र बरामद भएको छ । जुवाडे पैसाको गड्डीभन्दा चेकबुक नै लिएर जुवा खेल्न बसेको भेटिएको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।

Petrol price in Nepal

राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टतिेलमा स्वचालित मूल्य घट्यो

दि पावर न्यूज संवाद दाता, काठमाडौ। १३ असोज, सरकारले सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टतिेलमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थको बिक्रीमा यो एक महत्वपूर्ण कार्य भएको छ । अब महिनामा दुईपटसम्म मूल्य समायोजन हुन सक्नेछ ।स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोल, डिजेल र मटितेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा हाल कायम भएको मूल्यअनुसार पेट्रोलमा प्रतिपलटर १ रुपैयाँ ४४ पैसा र डिजेल र मट्टतिेलमा २७ पैसा मूल्य घट्नेछ ।

भ्रष्टाचार भएको भन्दै गणेश थापामाथि ५८ करोडको छानबिन

दि पावर न्यूज संवाद दाता, काठमाडौ। आश्विन १३ – संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै त्यसबारे थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आइतबार निर्देशन दिएको छ । त्यस अवधिभर एन्फा अध्यक्ष गणेश थापालाई ‘पदीय अधिकार प्रयोगमा स्थगन’ को निर्णय पनि गरेको छ ।

एएफसी उपाध्यक्षसमेत रहेका थापा एन्फा अध्यक्ष भएयता खेलको टिकट बिक्रीबाट संकलित २१ करोड रुपैयाँ लेखापरीक्षणमा नदेखिएको र आयमा संलग्न नगरेको समितिले जनाएको छ ।एएफसीका विवादास्पद पूर्वाध्यक्ष मोहम्मद बिन हमामबाट थापा आफैंले १ लाख १५ हजार डलर लिएको बयान दिएका थिए । उनका छोरा गौरवले हमामबाट तीन वर्षअघि लिएको १ लाख डलरले अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनाम भएको थियो । बिनानिर्णय एन्फाले बन्दना राणाको संस्था साथीलाई ६ वर्षयता १ लाख ५० हजार डलर दिएको छ । प्रशिक्षकको तलबबापत एएफसीले ‘एडीआई २७’ बाट १० वर्षयता आएको १२ लाख ६० हजार डलर र गोल प्रोजेक्टको १८ लाख डलर तथा त्यसमा ललितपुर, धरान र बुटवल नगरपालिकाको २० प्रतिशत लगानी पनि लेखापरीक्षणमा छैन । 

एन्फाले भवन निर्माणलगायत सार्वजनिक खरिदसम्बन्धी कानुन पालना नगरेको, उत्कृष्ट खेलाडीलाई सरकारले दिएको पुरस्कारको हिसाब नराखेको, विदेशी प्रशिक्ष्ाकको तलबमा अगि्रम कर कट्टी नगरेको, नेपाली प्रशिक्ष्ाकको तलबमा राजस्व नतिरेको, भ्याट र प्यान बिलबिना सामान खरिद गरेको पनि लेखाको ठहर छ । भुक्तानी नगरेकोलगायत अन्य कार्य नियम र प्रक्रियागत नभएको निर्णय गर्दै लेखाले थप अध्ययन गरेर दुई महिनाभित्र आवश्यक कारबाही गर्न अख्तियार, सम्पत्ती शुद्धीकरण र मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएको हो ।

एनआरएनलाई नागरिकता दिने निर्णयको एनआरएन अमेरिकाद्धारा स्वागत

न्यूयोर्क, अन्य देशको नागरिकता लिएका गैर आवासीय नेपालीहरुले पनि राजनीतिक अधिकार नभएको नागरिकता पाउने निर्णय पश्चात एनआरएन अमेरिकाका अगुवाहरुले खुशी ब्यक्त गरेका छन् । एनआरएनहरुले उठाउदै आएको नागरिकता सम्बन्धी मागलाई नयां बन्ने संबिधानमा राजनीतिक अधिकार बाहेक अरु अधिकार दिने गरी समेट्ने संबिधानसभाको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले निर्णय गरेको हो । समितिको यो निर्णय आए पश्चात ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै एनआरएन क्षेत्रीय उपसंयोजक सोनाम लामाले यो निर्णय गर्ने दलका नेता सभासदहरुलाई धन्यबाद दिनुभएको छ । उपसंयोजक लामाका अनुसार आफुहरु अब समयमै गैर आवासीय नेपालीको माग पुरा भएको संबिधान आउनेमा बिश्वस्त भएको बताउनुभयो । त्यस्तै यो निर्णय पश्चात एनआरएन अमेरिकाका अध्यक्ष खग्रेन्द्र क्षेत्रीले पनि संबिधानसभाको संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति र सम्पुर्ण सभासदहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष क्षेत्रीका अनुसार यस निर्णय पश्चात नेपालमा थप लागानिको बातावरण बन्ने बिश्वास ब्यक्त गर्नुभयो । आफुहरु देशमा गएर राजननीति गर्ने भन्दा पनि आर्थिक उन्नती र लगानिको वातावरण चाहेको र यो माग पुरा हुने वातावरण बनेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । यस अघी एनआरएनएका अध्यक्ष शेष घलेले पनि दोहोरो नागरिकता भन्दा पनि राजनीतिक अधिकार बाहेकको नागरिकता भएमा एनआरएनहरुको माग पुरा हुने बताउदै आउनुभएको थियो । नेपाल सरकारले सार्क मुलुक बाहिर दुईवर्षभन्दा धेरै बसेका नेपालीहरुलाई गैर आवासीय नेपालीका रुपमा परिभाषित गरेको छ । बेलायतमा रहेका भूपू गोर्खा सैनिकहरुले पनि यस्तो प्रकारको विशेष नागरिकता पाउने भएका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले वंशज , अंगिकृत र मानार्थ नागरिकताको व्यवस्था गरेकोमा अब बन्ने संविधानमा विशेष नागरिकताको व्यवस्था गरिने भएको हो । विशेष नारिकता प्राप्त गरेका व्यक्तिलाई नेपाली नागरिक सरह अन्य सबै अधिकार रहने भएपनि भोट खसाल्न पाउने, उम्मेदबार बन्न पाउने जस्ता राजनीतिक अधिकार पनि प्राप्त हुने छैन । विदेशको नागरिकता प्राप्त गरिसकेका नेपालीले नेपालमा फर्किएर ५ वर्ष बसेमा भने राजनीतिक अधिकार सहितको पुरानो नागरिकता समेत प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रपति, प्रधानमन्त्री लगायतका नेपालको संवैधानिक अंगको प्रमुख बन्न वंशजकै आधारमा नागरिकता प्राप्त गरेको हुनुपर्ने प्रावधान नयाँ संविधानमा राखिने भएकाले विदेशको नागरिकता प्राप्त गरेका नेपालीहरु पनि पुन ५ वर्षसम्म नेपालमा बसेमा पुरानो वंशजको आधारको नागरिकता प्राप्त गरेर यी पदहरुमा पुग्न सक्नेछन् । वंशजको आधारमा नेपाली नागरिकता पाउनका लागि बाबुआमा दुबै नेपाली हुनुपर्ने छ भने बाबु वा आमामध्ये एकजना नेपाली नागरिक भएका सन्तानले नेपाली नागरिकता पाएपनि त्यो वंशजको आधारमा हुनेछैन ।

गुन्यूचोलीको प्रतिनिधित्व आधा कट्टुमा सिमित

दि पावर न्यूज सम्वाद दाता, काठमाडौँ  .देशका सार्वजनिक मान्छेहरुले बोलीमात्र होृइन सबै कुरालाई ध्यान पु¥यानु पर्छ । अझ उच्च मान्छेको खान पान देखि लुगा लगाई सम्म सबैको ध्यान हुन्छ । उनिहरुका अगाडि जाने मानिसहरु समेत औपचारीक पोशाकमा जानुपर्छ र मानमर्यौदालाई सम्मान गर्नु पर्छ ।  केहि तस्विर यस्ता सार्वजनिक भएका छन् जसमा अवैतानिक सल्लहकार मृदुला कोइरालाले कुटनीतिक मर्यादा ख्याल नगदै कट्टुमा सजिएकी छिन तर केहि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पोशाकलाई समेत ध्यानमा नराखी विभिन्न व्यक्तीसँग फोटो खिच्चाउँदै उहाँकै इज्यतमा समेत प्रश्न उठेको छ । भने प्रधानमन्त्री धोतीमा बसेका तस्विरहरु समेत सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री कोइराला द्वारा राष्ट्रसंघमा सम्बोधन

सेप्टेम्बर २७ शनिबार बिहान संयुक्त राष्ट्रसङ्घको ६९ औ‍‌ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालीको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका अगाडि हिंसात्मक विद्रोहमा लागेको माओवादी बदल्न सहयोग गर्ने देशहरुको प्रसंशा गरे ।
प्रधानमन्त्री कोइरालाले माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्था अन्त्य गर्न सहयोग गर्ने भारत, चीन, राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदाय र शुभेच्छुकहरूको महत्वपूर्ण सहयोग रहेको बताए ।
नेपालको परिवर्तन संसारकै नमूना रहेको भन्दै प्रधानमन्त्री कोइरालाले माओवादीसहितका दलहरू संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताए ।
प्रधानमन्त्री कोइरालाले भने, “नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डोर्याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरूलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ । हिमाल खबर 

शिखर सम्मेलनको लागि ‘बुलेटप्रुफ’ कार

काठमाडौ, आश्विन ११ – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औ शिखर सम्मेलनको लागि राष्ट्र एवं सरकार प्रमुखको लागि चाहिने आरमदायी र अति सुरक्षीत ‘बुलेटप्रुफ’ कार भारतबाट भाडामा ल्याउने भएको छ । भारतीय विदेश मन्त्रालयलाई आवश्यक पर्दा उपयोगमा लिने पर्यटन विभाग अन्तरगतको ‘टुरिजम ब्यूरो’बाट नै नेपालले पनि त्यस्तो कार सार्कको लागि ल्याउने तयारी अघि बढाएको हो । भारतले आफ्नो मुलुकको भ्रमणमा आउने विशिष्ट अधिकारीका लागि त्यहीबाट कार भाडामा लिने गर्दछ । सरकारसंग रहेको कार संरक्षण नहुने भएपछि पछिल्लो चरणमा भारतले पनि भाडामा लिने गरेको परराष्ट्र अधिकारीहरुले बताए शिखर सम्मेलन आफ्नो मुलुकको नेतृत्व गरेर आउने राष्ट्र एवं सरकार प्रमुखहरुलाई आवश्यक पर्ने सुविधा सम्पन्न कार सरकारसँग छैन् । राष्ट्रपति रामवरण यादब र प्रधानमन्त्री सुशील कोइरालाले अहिले उपयोग नै गरिहरको बाहेका त्यस्ता तीनकार आवश्यक मर्मत विना सिंहदरबार र नारायणहिटीमा थन्किएको छ । दुवै मुलुकको सरकारी स्तरमा नै छलफल गरेर उक्त कार भाडामा ल्याउने तयारी अघि बढेको हो । अगामी मंसिर १० र ११मा काठमाडौंमा हुने १८ औं शिखर सम्मेलनको तयारी बारेमा सदस्य मुलुकको राजदूतलाई जानकारी गराउन भारत गएको सहसचिव नेतृत्वको टोलीले भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यस्तो ‘डिल’ गरेर फर्केको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

परराष्ट्रले बेलायतमा ओलम्पीक ताका प्रयोग गरिएको पुरानो गाडी खरिद गर्ने गरि प्रक्रिया अघि बढाएको भए पनि त्यो विकल्प विवादीत हुने भए पछि अन्य खरिदको लागि समय लाग्ने भन्दै भाडाको विकल्पमा गएको हो । छिमेकी मुलुकद्धयले शिखर सम्मेलनको लागि आवश्यक सहयोग समेत गर्ने भनिसकेकोले यस्तो अवस्थामा गाडी पूर्ण सहयोगमा समेत मिल्न सक्ने एक अधिकारीले बताए । शिखर सम्मेलनको तिथी नजिकिदै गर्दा सबै क्षेत्रमा तिव्ररुपमा तयारी अघि बढिरहेको छ ।