न्यायको माग गर्दा गर्दै नन्दप्रसाद अधिकारीको निधन

न्यायको माग गर्दा गर्दै नन्दप्रसाद अधिकारीको निधन

दि पावर न्यूज संवाद दाता, काठमाडौ।-३२९ दिन देखि अनशन बस्दै आएका नन्दप्रसाद अधिकारीको निधने निधन भएको छ । आफ्नो छोराको हत्यारालाई कारबाहिको माग गर्दै आइरहेका नन्द प्रसाद ४ दिन देखि अचेत भैरहेका थिए र आज साझँ पाँच बजे उनको निधन भउको छ ।

वीर अस्पतालको आईसीयूमा उपचाररत ५४ वर्षका अधिकारीको सोमबार साँझ ५ बजे ३ मिनेट जाँदा निधन भएको हो । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

बोगटीको सपना दाहाल र भट्टराईले पुरा गर्ने वाचा गरे

दि पावर न्यूज संवाद दाता, काठमाडौ । -माओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईले एक साता अघि निधन भएका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई स्मरण गर्दै भने, ‘अब हामी एकतावद्ध भएर पार्टी पुननिर्माण गर्छौ ।’  एमाओवादीभित्र दाहाल र भट्टराईबीच अन्तरसंघर्ष ‘भुसको आगोझै सल्किरहेको बेला’ दुई नेताको प्रतिवद्धता दिवंगत नेता बोगटीको श्रद्धाञ्जलीसभाका दिन आएको छ । जीवीत रहदै बोगटीको सपना दुई नेता मिलेर पार्टी एकतावद्ध गराउने भएको स्मरण गर्दै दुवै नेताले उनको सपना पुरा गर्ने वाचा गरे । ‘दिवाकर सपना पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने थियो’ दाहालले रुदै भने, ‘उहालाई सम्झनु भनेको एकतालाई अझ मजबुद बनाउनु  भयो ।’ उनले पार्टी एकताका लागि आफू अन्तिम क्षणसम्म लागिरहने प्रतिवद्धता जनाए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोगटीले नेताहरुलाई इमान्दार हुन सिकाएको उल्लेख गर्दै नेताले भनाइ र गराइमा एकरुपता हुनुपर्ने बताए । ‘हामी जे भन्छौ, त्यो गर्ने बोगटीले सिकाउनु भएको छ, हामीले त्यही गर्नुपर्छ’ उनको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा भीड

असोज ५ , काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पसिना आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, कमजोरी र कडा छाति दुख्ने लक्षण देखिएपछि उनलाई हिजो राति १० बजे अस्पताल भर्ना गरिएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भई नर्भिक अस्पतालमा भर्ना गरेपछि उनको स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति शुभेच्छा राख्ने सभासददेखि सर्वसाधारण नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् ।पूर्वराजालाई स्वास्थ्यलाभको कामना गर्ने कतिपय समर्थकहरु पुष्पगुच्छासमेत लिएर अस्पताल पुगेका छन् ।

ज्ञानेन्द्रको स्वास्थ्यलाभ कामना गर्दै नर्भिक अस्पतालमा नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभेच्छुकहरु स्वास्थ्यलाभको कामना  गर्दै भीड लागेका
पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभेच्छुकहरु स्वास्थ्यलाभको कामना गर्दै भीड लागेका

ह्दयघात भएपछि पूर्व राजा ज्ञानेन्द्र नर्भिक अस्पतालमा भर्ना

आज  राति दश बजे पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको जानकारी आएको छ  । उनको मुटुको एन्जिओग्राफी गरिएको छ । यद्यपी अस्पतालबाट औपचािरक रुपमा कुनै जानकारी आएको छैन ।

धादिङका प्रधानाध्यापक रविदत्त सापकोटा लाई लुटेर मार्न खोज्नेहरु प्रहरीको खोरमा कैद सजाय भोग्दै

धादिङ,- जिल्ला अदालत धादिङले रहजनी चोरी मुद्धामा चार जनालाई दोषि ठहर गरी जरीवाना सहित कैद फैसला सुनाएको छ । यस्ता अपराधी हरु लाई जन्म कैद सजाए सुना इनु पर्थ्यो त्यही त हो नि नेपाल को कमजोर कानुन जस्ले कानुन कै खिल्ली उडाएको छ । गाउ गाउ बाट बिकास भए नै देश को बिकास हुन्छ भन्ने नारा लगाउने हरु खै आज कहाँ छन । किन उठाउन सकेनन सदन मा यस्ता अपराध को कुरा हरु, धिक्कार छ नेपाल को कानुन …..सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव बुझेर बिद्यालय तर्फ जांदै गर्दा २०७० असोज १३ गते बेलुकी ५ वजे तिर अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटामाथि ज्यामरुङ गाविसको धुसेनीडांडामा सांघातिक हमला भई रकम लुटिएको थियो । एक बर्ष देखि जिल्ला अदालतमा चलिरहेको मुद्धाको किनारा लगाउँदै बुधवार जिल्ला न्यायाधीश रमेशराज पोखरेलको इजलासले रहजनी चोरी मुद्धामा संलग्न रहेको आरोपमा ज्यामरुङ गाविसका अर्जुन ठकुरी,हिरा राना र इश्वरी पल्ली मगरलाई ४ बर्ष २ महिना कैद सजाय सुनाएको हो । यसैगरी सोही मुद्धामा अभियुक्त ठहरिएका रामेश्वर गोतामेलाई ज्यानमार्ने उद्योगमा ५ बर्ष तीन महिना कैद सजायं सुनाईएको छ । सापकोटावाट लुटिएको रकम १६ लाख पन्ध्र हजार र जरिवाना समेत गरी अभियुक्तहरुवाट ३३ लाख रुपैया असुल उपर गर्न समेत अदालतले आदेश जारी गरेको छ । मोटरसाईकलमा सदरमुकामवाट घर तर्फ जांदै गरेका शिक्षक सापकोटालाई एकान्त जंगलमा नियन्त्रणमा लिई सडकवाट तल तिर खसाली रकम लुट्नुका साथै सांघातिक हमला गरिंदा सापकोटाको शरिर भरि घाउ चोट लागेको थियो । लामो समय सम्मको उपचार पछि सापकोटा बिद्यालय फर्किएका थिए । आंफु माथि भएको अपराधमा संलग्न भएका व्यक्तिलाई अदालतले दोषि ठहर गरी फैसला सुनाएकोमा सापकोटाले न्यायको जित भएको प्रतिकृया दिएका छन । अभियुक्त ठहर गरिएका मध्ये इश्वर पल्लीमगर यस अघिनै धरौटीमा रिहा भएका थिए । अन्य तीन जना भने पुर्पक्षका लागि थुनामा रहेकोमा बुधवारवाट जेल चलान गरिएको छ । मगरको भने प्रहरीले खोजी शुरु गरेको छ ।

News source: http://dhadingnews.com/

युक्रेन सरकार र रुस समर्थित पृथकतावादीहरुबीच शान्ति सम्झौता

काठमाडौं, आश्विन ४ । युक्रेन सरकार र रुस समर्थित पृथकतावादीहरुबीच पूर्वी युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा शान्ति सम्झौता भएको छ । बेलारुसको राजधानी मिन्स्कमा भएको वार्तापछि दुबै पक्षका नेताहरु शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका हुन्  s23युक्रेन लगायतका पश्चिमी राष्ट्रहरुले रुसले विद्रोहीलाई सहयोग गरेको र कतिपय ठाँउमा रुसी सेनाले प्रत्यक्ष रुपले विद्रोहीलाई सघाएको आरोप लगाएका छन् भने रुसले उक्त आरोप खन्डन गर्दैै आएको छ । पूर्वी युक्रेनमा रुस समर्थित पृथक्तावादीहरुले विद्रोह सुरु गरेयता झन्डै ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।  (एजेन्सी)

संवेदनशील अंगमा तातो चिया खन्याएपछि पिके स्ववियु सचिव एन्जिला न्यौपाने घाइते

काठमाडौं, २ असोज ।पद्मकन्या स्ववियुकी सभापति समेत रहेकी नेविसंघ नतृ स्वस्तिका पोखरेलले तातो चियाले आक्रमण गर्दा स्ववियु सचिव एन्जिला न्यौपाने घाइते हुनुभएको छ । सभापति पोखरेलले न्यौपानेको संवेदनशील अंगमा तातो चिया खन्याएपछि उहा अूपताल भर्नाहुनु भएको हो । पोखरेलको भने खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तातो चियाले पोलेर एन्जिलाको कुम र छातीमा पोल्दा घाउ भएको र संवेदनशील अंग समेत पोलिएको पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति रिना उप्रेतीले बताउनु भएको छ ।

विद्यार्थी नेतृहरुबीच क्याम्पसभित्रै अनौपचारिक चियापान कार्यक्रममा विवाद बढ्दै जाँदा स्वस्तिकाले हातमा लिएको तातो चिया एन्जिलाको जिउमा खन्याइदिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते एञ्जिला सुशील कोइराला पक्षधर हुन् भने स्वस्तिका शेरवहादुर देउवा पक्षधर हुनुहुन्छ । स्वस्तिका पक्षको आक्रमणबाट शोभा भण्डारी, रुपा पोखरेल र पवित्रा गौडेल पनि घाइते हुनुभएको छ । नेविसंघको महाधिवेशन स्थगित भए पनि पद्मकन्या क्याम्पसको इकाइ अधिवेशनको विवादका कारण उक्त घटना भएको नेविसंघ स्रोतले जानकारी दिएको छ । नेविसंघ इकाइले आयोजना गरेको चियापान कार्यक्रममा स्वस्तिकासहितको टोलीले आफूहरुले बोल्न पाउनुपर्ने भन्दै निहुँ झिकेर आक्रमण गरेको नेविसंघ केन्द्रीयसदस्य समेत रहेकी न्यौपानेले बताउनु भएको छ।

आक्रमणकारी विरुद्ध प्रहरी वृत्त कमल पोखरीमा जाहेरी दिएको न्यौपानेले बताउनुभयो। स्वस्तिका फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुले स्वस्तिका पोखरेलसहित उहा पक्षधर विद्यार्थी नेतृहरु रमा थापा, कौशिला भट्ट, प्रिती केसी, उर्मिला बस्नेत, निसम्मा सुब्बा विरुद्ध किटानी जाहेरी दिएका छन् ।

नवलपरासीमा एम्बुलेन्स, बस र मोटरसाइकल ठोक्किँदा ७ जनाको मृत्यु

डोलराज रानाभाट,

नवलपरासी, असोज १,

नवलपरासीमा आज भएको दुर्घटनामा ७ को जनाको मृत्यु भएको छ भने ४९ जना घाईते भएका छन् । भैरहवाबाट पोखरा जाँदै गरेको ना ५ ख २१८३ नं को बस र लु १ च ३७३० नं को रुपन्देही धकधहीको एम्बुलेन्स पूर्व पश्चिम राजमार्गको नवलपरासी रामनगर बासा बसाहीमा दिउँसो १ बजे दुई सवारी साधन एक आपसमा ठक्कर खादाँ ७ जनाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक सूर्यप्रसाद सुवेदीले बताउनुभयो ।

सो घटनामा मृत्यु हुनेहरुमा एम्बुलेन्समा रहेका रुपन्देही पथरकट्टी–७ बस्ने वर्ष ४४ की सबिना मिश्रा फकिर, रुपन्देही केरवानी–१ बस्ने वर्ष ५० की महरुन निशा फकीर र बसमा यात्रा गर्ने पोखरा गणमा दरबन्दी भै रामग्राम–९ नवलपरासी बस्ने वर्ष ३० का फुली सोरी पाती, रुपन्देही रामग्राम ९ बस्ने वर्ष ३५ का सयनिशा, रुपन्देही सिक्टहन २ बस्ने वर्ष ३५ का हुसेन मियाँ, कास्की लेखनाथ–८ चिसवा बस्ने वर्ष ५७ की राममाया गुरुङ्ग र स्याङजा किचनास ६ बस्ने वर्ष ४० की पार्वती गुरुङ्गको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाईते २० जना मध्ये १० को अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाईते सबैको बुटवलस्थित लुम्बिनी अंचल अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोटस्थित काँग्रेस चोकमा आज भएको सवारी दुर्घटनामा परि २९ जना घाईते भएका छन् । बुटवलबाट काठमाण्डौका लागी छुटेको लु १ ख ७३७६ नं को बस र कावासोतीबाट नारायणगढका लागी छुटेको ना २ ख ६६६७ नंको बस एकै दिशातर्फ जादै गर्दा एक आपसमा ठोक्कीएर दुर्घटना भएको गंैडाकोट प्रहरीले जनाएको छ । घाईतेहरुको चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको र घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । अहिले सवारी साधन र चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ । नारायणी अनलाईन बाट

स्याङ्जामा गोली चल्यो, १० घाइते, ३१ जना पक्राउ

भवानी अधिकारी  , स्याङ्जा – स्याङ्जाको ठूलाडिहीस्थित जनता उच्च माध्यमिक विद्यालयबाट हटाएका प्राचार्य खुमबहादुर रानाको पुनरवहाली माग गर्दै जिल्ला शिक्षा कार्यलय घेराउ गर्नेक्रममा मंगलबार झडप भएको छ र स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

विद्यार्थी, शिक्षक र अभिभावकको समूह जबरजस्ती प्रहरीको घेरा तोड्दै जिल्ला शिक्षा कार्यालय प्रवेश गर्न खोज्दा भएको झडपमा ३ सुरक्षाकर्मी सहित १० जना घाइते भएका छन्। प्रहरीले सरकारी कार्यालय भित्र प्रवेशगरी जबरजस्ती गर्न खोजेको र प्रहरीमाथि घातक आक्रमण गरेको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा सिमा क्षेत्री, लोकराज खनाल, नविन आले लगायत ३ जना विद्यार्थी घाइते भएको नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाका अध्यक्ष यामबहादुर कुवरले जानकारी दिए । यसैगरी, सुरक्षाकर्मीतर्फ प्रहरी जवानहरु रबिन्द्र यादव, मीनबहादुर कार्की र हेमन्त राज दवाडी रहेका छन्।

स्थानीय जनता उच्च माध्यमिक बिद्यालय ठूलाडिहीका प्राचार्य खुमबहादुर रानालाई एक साताअघि बर्खास्तगरी चिरन्जीवी लम्साललाई प्राचार्य पदमा नियुक्त गरिए लगत्तै विवाद सुरु भएको थियो।रानाको पुर्नवहालीको माग गर्दै जिल्ला शिक्षा कार्यालय घेराउ गर्न आइपुगेका बिद्यार्थी, अभिभावक र एमाले निकट शिक्षक संगठनका करिब सय शिक्षकहरु शिक्षा कार्यालय भित्र प्रवेश गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।

आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले भिड नियन्त्रणका लागि लाठी चार्ज गरेको थियो । त्यसबाट पनि भिड नियन्त्रण नभएपछि प्रहरीले एक राउण्ड रवर गोली र ६ राउण्ड अश्रृग्यास प्रयोग गरेको प्रहरी निरीक्षक वेदप्रसाद वरालले जानकारी दिए।

करिब २ बर्षअघि जनता उमाबिका तत्कालीन प्राचार्य खेमनारायण दोरंगाले स्वेच्छिक अवकास पाएसंगै सो बिद्यालयमा प्रधानाध्यापक नियुक्तमा विवाद चल्दै आएको थियो। यसअघि सोही बिद्यालयमा खुमबहादुर रानाले प्रधानाध्यापक भई कामकाज चलाउदै आएका थिए। यसैबीच, धेरै समयदेखि प्राचार्य नियुक्तमा विवादित सो बिद्यालयमा शिक्षक संघ, संगठन र युनियनको सहमति अनुरुप आफुले चिरन्जीवी लम्साललाई सरुवा गरिएको बताउछिन शिक्षा अधिकारी संगीता रेग्मी ।

पाटा नेपाल च्याप्टरका बसन्तराज मिश्र सम्मानित

दि पावर न्यूज संवाद दाता, काठमाडौ ।- चाइनाको जुवाईमा सम्पन्न भएको पाटा इन्टरनेशनलकोे ६३ औ साधारण सभाले नेपाल च्याप्टरका बसन्तराज मिश्र कोषाध्क्षमा नियुक्क्त हुनु भएकोमा पाटा नेपाल च्याप्टर द्घारा आयोजित कार्यक्रमको अबसरमा काठमाडौको मल्ल होटलमा मिश्र सम्मानित हुनुभएको छ ।
उक्त कार्याक्रममा बाढि पिडीतहरुको लागी सहयोगार्थ ६ लाख १ हजार रुपैयाको चेक पर्यटन मन्त्रालयका सचिब मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरियो । साथै पाटाले नेपालको पर्यटनक्षेत्रमा भएका गतिबिधिहरुको आधिकारीक रीपोट ल्याउनको लागी बिभिन्न अनुसन्धानकर्ताहरुलाई समेटेर हाल रिसर्च पुलको पनि गठन गरेको जानकारी नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनु भयो ।

पाटा नेपाल च्याप्टरको कार्यक्रमका तस्विरहरु
पाटा नेपाल च्याप्टरको कार्यक्रमका तस्विरहरु
चाइनाको जुवाईमा भएको ६३ औ साधारण सभा कार्याक्रम
चाइनाको जुवाईमा भएको ६३ औ साधारण सभा कार्याक्रम