पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन

पूर्व उपप्रधान एवं नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको निधन भएको छ । उपचारको क्रममा राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएको छ । अधिकारीलाई आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको छ ।

नेकपामा गुट उपगुटको निकै पृथक चर्चा : दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन् ।
अध्यक्ष दाहालले संगठन हिसाबले मात्रै ठूलो पार्टी बनाउन पार्टी एकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्धिको स्वार्थ जोडिएको जनाए । उनले विगतमा भएका पार्टी एकताभन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अब देशले निकास पाउने दाबी पनि गरे । उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छूट कसैलाई नभएको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ढिकुरपोखरीले नै जन्माएको र ढिकुरपोखरीमै मर्ने बताएका छन् । पार्टी एकताअघि तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले नेपालको विगतको विकासको विश्लेषण गरेको जानकारी दिँदै दाहालले एकतालाई, एकता हुनुपूर्व भएका प्रदेश र संघको चुनावी परिणामले अनुमोदन गरेको पनि बताए ।

१६३ वर्ष पुरानो कानुन विस्थापित हुँदै

३१ चैत, काठमाडौं : १६३ वर्ष पुरानो कानुनलाई संहिताकरण गर्ने दुई दशकको प्रयासलाई व्यवस्थापिका संसद्ले अन्तिम रूप दिन लागेको छ । सभापति चौधरीले संसद्को सोमबारको बैठकमा देवानी संहिता, देवानी कार्यविधि, फौजदारी संहिता, फौजदारी कार्यविधिका चारवटा प्रतिवेदन पेस गरेकी थिइन् । आधारभूत कानुनका रूपमा प्रचलनमा रहेका मुलुकी ऐन प्रतिस्थापनको अन्तिम विन्दुमा पुगेको छ । ऐन प्रतिस्थापनसम्बन्धी सबै विधेयकको दफावार छलफलसहितको प्रतिवेदन संसद्मा पेस भइसकेको छ ।स्रोत : गोरखापत्र दैनिक

Prachanda

समानान्तर केन्द्रीय सरकार बनाउने प्रचण्डको चेताबनी

२९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले चैत १६ पछि केन्द्रमा समानान्तर संघीय सरकार चलाउने घोषणा गरेका छन् । फागुन १६ पछि सुरु हुने दोस्रो चरणको आन्दोलनका क्रममा सरकारी कार्यालयहरु ‘जनता’ले कब्जा गर्ने भन्दै उनले त्यसबाट पनि आफूहरुको माग सम्बोधन नभए चैतमा निर्णायक आन्दोलन गर्ने बताए ।  पहिचानवादी युवा शक्ति घोषणा कार्यक्रममा प्रचण्डले भने-‘केन्द्रमा नै समानान्तर संघीय सरकार चलाएर राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्नेछौं, कुन सरकार बैधानिक हो ?’

आफूहरु शान्ति सम्झौताको पक्षमा रहेको र कांग्रेस र एमालेले सो सम्झौता तोडेको राष्ट्रसंघलाई भन्ने जानकारी दिँदै प्रचण्डले भने-‘हामी सोध्ने छौं तपाई कतापट्टि हो ?’

अहिले त्यस्तो युद्ध आवश्यक नभएको भन्दै उनले भने-‘अब त्यो रुपमा हिट एण्ड रन आवश्यक छैन, लाठी नै काफी छ, १०/१५ लाख युवा परिचालन गरेपछि हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

प्रचण्डले माओवादी, मधेसी, जनजाति लगायतलाई किनारा लगाएर राजगद्दी चलाउँछु भन्ने दिवा सपना नदेख्नसमेत आग्रह गरेका छन् ।