NAST awarded Dr Bhanu Bhakta Neupane of Gulmi

NAST awarded Dr Bhanu Bhakta Neupane of Gulmi

RASTRIYA SAMACHAR SAMITI

Kathmandu : The Nepal Academy of Science and Technology (NAST) has awarded as many as 20 scientists, professors and students under various 10 categories, in recognition of their research, studies and investigation in science, technology and nature. Dr Megharaj Dhital was awarded with ‘Science Award’ and Rs 100,000 cash prize for his contribution in the sector of geology, Dr Binaya Kumar Jha of Saptari was awarded for his contribution in the sector of environment. NAST awarded Dr Bhanu Bhakta Neupane of Gulmi, Dr Mahesh Kumar Joshi of Dadheldhura, Dr Ajay Poudel of Chitwan, Dipendra Gautam of Jhapa and Dr Indira Parajuli of Kaski with the Science and Technology Award, carrying a purse of Rs 75,000 each.

Science and Technology Award is the highest of its kind established by NAST in 1986. Federation of Community Forest Users Group has been awarded with Rs 200,000 for its contribution in conservation of forests and biodiversity. Dr Tek Bahadur Gurung from Syangja, Dr Raba Thapa of Pyuthan and Dr Bijaya Panta from Tehrathum were jointly awarded the Nabil Science and Technology prize, carrying a purse of Rs 125,000 each.Source : https://www.thepowernews.com/

लोकसेवाका लालबाबु पण्डित अध्यक्षको पुत्ला दहन

२१ जेठ, जनकपुर : लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाउन लाग्दा दुबै पक्षबीच केहीबेर झडप भएको छ । जनकपुरधाममा विद्यार्थी र प्रहरीबीच मंगलबार झडप भएको छ । विद्यार्थीहरुले सामान्य प्रशासन मन्त्री हो । लोक सेवा आयोगले हालै मधेसी आरक्षणको कोटा हटाएर विज्ञापन आह्वान गरेको बिरोधमा विद्यार्थीहरुले मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाउन लाग्दा प्रहरीले निभाउन लाग्दा दुबै पक्षबीच झडप भएको छ ।

एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह विजयी

एनआरएन अमेरिकाको अध्यक्षमा सुनील साह विजयी भएका छन् । उनले ३७११ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का दावेदार सूर्य लम्सालले १७९७ र सञ्जय थापाले १५५४ मत ल्याएका छन् ।
आईसीसी सदस्यहरुमा शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे र क्षेत्रीय उपाध्यक्षहरुमा बुद्धिसागर सुवेदी, बीआरलामा, कृष्णजीवी पन्त र सर्वज्ञ वाग्ले विजयी भएका छन् । महासचिवमा पशुपतिराज पाण्डे, सचिवमा अमृतबाबु कट्टेल र कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल विजयी भएका छन् ।
सहकोषाध्यक्षमा सन्तोषकुमार बिष्ट, महिला संयोजकमा दिक्षा बस्नेत, युवा संयोजकमा विनोद रुवाली, बोर्ड सदस्यहरुमा सत्यनारायण चौधरी, चित्रा कार्की, धरम विश्वकर्मा, दुर्गाप्रसाद श्रेष्ठ, छत्रकुमारी गुरुङ, खिमबिक्रम भट्टराई, अमर छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी र तिलक केसी निर्वाचित भएका छन् ।

दुर्घटना न्यूनिकरणका लागि दुबैले हेलमेट लगाउनु पर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखले दुर्घटना न्यूनिकरणका लागि नयाँ नियम लेराउने भएको छ । महानगरीय ट्राफिक प्रहरीले दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ । हेलमेट आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ । दुई पाङग्रे सवारी साधन बढि दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी गरेको छ। महानगरीय ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी गरेको छ।

महानगरपालिकाले खुलामञ्चको अवैध सटर भत्काइयो

 
काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै चौतर्फी विरोध भएपछि डोजर चलाएको छ । डोजरले पसल भत्काउन थालेपछि पसलेको रुवाबासी मच्चिएको छ । महानगरपालिका र ठेकेदारको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । खुलामञ्चमा  अवैध सटर बनाएर व्यापार थालेको थियो । खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।

विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड बजेट

बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बारा र पर्सामा हावाहुरीबाट भत्किएका घर पुनर्निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।
वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ। ।

स्याउ बोकेको ट्रकमा सात किलो सुन


रसुवा : रसुवाको टिमुरे भन्सारमा रहेको एउटा ट्रकबाट सात किलो सुन बरामद भएको छ।
काठमाडौं आउँदै गरेको ट्रकमा सात किलो सुन छ भन्ने थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार अपराह्न ना ६ ख ९०६८ नम्बरको ट्रकमा सुन भेटिएको छ।
नवकुण्ड गाउँपालिका-१ यार्सा घर भएका शेर ग्याल्पोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको चीनबाट स्याउ लिएर आएको ट्रकमा सुन भेटिएको हो। 
सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टिमुरेले मंगलबार स्याउ लोड भएको ट्रकबाट सुन बरामद
भएको थियो। भन्सार जाँचपासका क्रममा प्रहरीले शंका गरी ट्रकको तलासी लिएको थियो।

बम डिस्पोज गर्ने क्रममा एकजना सैनिक घाइते

पोखरामा बम डिस्पोज गर्ने क्रममा एकजना सैनिक घाइते भएको छ । प्रहरीका अनुसार पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो भने त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएको जानकारी दिएको छ । घाइते थापाको हातका औंलामा क्षति पुगेको छ । अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेको छ भने उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

अज्ञात समूहद्धारा ट्रकमा आगजनी

महेन्द्रराजमार्गमा आरजे०२जीबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको  छ । कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । ट्रकमा एसिडको प्रयोग गरिएको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ट्रकमा लागेको आगो निभाएको छ ।

 

सय रुपैयाँको ४० करोड थान नोट छाप्न राष्ट्र बैंकले सम्झैता गर्यो

काठमाडौं : वेलायतको कम्पनीसँग ८० लाख ७२ हजार पाउण्ड स्टरलिङ बराबरको नोट डिजाइन, छपाई तथा आपूर्ती गर्ने नेपाल राष्ट्र बैंकले सम्झौता गरेको छ । माघ १६ गते प्रकाशित गरेको बोलपत्र आवहानमा परेका बोलपत्रहरुको आधारमा वेलायतको दि ला रुए इन्टरनेशनल छनोट भएको जनाएको छ । केन्द्रिय बैंकले पुराना नोट विस्थापित गरी नयाँ नोट प्रयोगमा ल्याउन नयाँ कम्पनी मार्फत नोट डिजाइन, छपाई र आपूर्तीको काम सुरु गरेको छ ।