नेकपामा गुट उपगुटको निकै पृथक चर्चा : दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन् ।
अध्यक्ष दाहालले संगठन हिसाबले मात्रै ठूलो पार्टी बनाउन पार्टी एकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्धिको स्वार्थ जोडिएको जनाए । उनले विगतमा भएका पार्टी एकताभन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अब देशले निकास पाउने दाबी पनि गरे । उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छूट कसैलाई नभएको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ढिकुरपोखरीले नै जन्माएको र ढिकुरपोखरीमै मर्ने बताएका छन् । पार्टी एकताअघि तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले नेपालको विगतको विकासको विश्लेषण गरेको जानकारी दिँदै दाहालले एकतालाई, एकता हुनुपूर्व भएका प्रदेश र संघको चुनावी परिणामले अनुमोदन गरेको पनि बताए ।

Spread the love