संसार मै सबभन्दा सुन्दर चलचित्रभवन

yesto bhaye kasto hola

संसार मै सबभन्दा सुन्दर चलचित्रभवन

संसारको सबभन्दा सुन्दर चलचित्रभवन हालै संसारभरमा इन्टरनेटबाट सुन्दर चलचित्र भवनहरुको छनोट भएको छ। छनोटमा परेका चलचित्र भवनहरु ऐतिहासिक महत्वबाट निर्माण भएका पनि रहेका छन्।

 

fage Lenience

मिलेमतोमा नक्कली लाईसेन्स – यातायातका कर्मचारी नै संलग्न

१७ माघ, काठमाडौं– यातायात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा विगत पाँच वर्षदेखि धमाधम नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बिक्री हुँदै आएको रहस्य खुलेको छ ।  यातयात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा पाँच वर्ष देखि नक्कली लाइसेन्सको धन्दा संगठित रुपमा चलाउँदै आएको बयान पक्राउ परेका दुईजनाले दिएका छन्।  ट्राफिक प्रहरीले लाईसेन्स बनाउन प्रयोग गर्ने प्रिन्ट मेसिन र तयारी अवस्थाका दर्जनौ लाईसेन्स सहित उनीहरूलाई नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नक्कली लाईसेन्सबारे जानकारी दिंदै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले भने,’ यातायातका कर्मचारीकै मिलेमतोमा लाईसेन्स बनाउने गरेको सूचना हामीले पाएका छौं।’पक्राउ पर्नेमा श्यामकृष्ण डंगोल र कुसुन्तीका रमेश नापित छन्।
Daliya baithak

दलीय बैठकमा शीर्ष नेता ?

काठमाडौः सहमतिनजिकै पुगका प्रमुख दलहरुको शीर्ष बैठक पनि भाँडिएका घटना धेरै छन् । विषयवस्तुमा सहमति भए पनि वेलावेलामा बैठकमा प्रस्तुत हुने शीर्ष नेताका शैली र व्यवहारले पनि बैठक भाँडिने गरेका छन् । बैठकमा नेताहरुका प्रस्तुत हुने शैली आ–आफ्नै छन् । उनीहरुका व्यक्तिगत सम्बन्ध र सहकार्यको लामो अभ्यास अभावका कारण पनि पछिल्ला रानीतिक वार्ताहरु निष्कर्षमा पुग्न नसकेका हुन् ।

प्रधानमन्त्री सुशील कोइराला शलीन ढंगले आफ्ना कुरा शीर्ष बैठकमा राख्छन् । शेरबहादुर देउवा त्यसमा सहजीकरण गर्छन भने रामचन्द्र पौडेल अडान लिन्छन् । एमाओवादी अध्यक्ष प्रचण्ड पनि शलीन ढंगले आफ्ना कुरा राख्ने नेतामा पर्छन् । उनी बोल्दा हाउभाउ पनि देखाउँछन् । बैठकमा अन्य दलका नेतासँग चर्काचर्की पर्दै गयो भने प्रचण्ड पनि कडा हुन्छन् । आफ्ना पार्टीका नेता र अन्य दलका नेताबीच विवाद हुँदा प्रचण्डले हस्तक्षेप गरेर अरुलाई मिलाउने काम गर्छन् ।

NTB

CMT 2015 Fair Completed in German.

Nepal’s participation in CMT(Caravan, Motor, and Tourism Fair) 2015, the
world’s largest public trade fair for tourism and leisure, held from
17-25, January 2015 at Messe Stuttgart in Germany completed successfully.
The fair received approx. 300,000, largest ever, general and trade visitors.

The fair was fairly appropriate platform for the visitors to explore their
next dream holiday attractions and activities. Around 100 countries, many
more regions, cities, nature, adventure, action, caravans, equipment
companies were offering their best value products and services. Visitors
had enjoyed and experienced a holiday mood with international folklore,
culinary delights and entertaining shows. Down the line of its life of 75
years, CMT has proven its credibility as a platform where visitors want to
explore and experience on their holiday buying the best ideas and offers.

Nepal stand, located at Hall4, B 11, was the center stage among the
visitors. Seven renowned and well established Travel/Tour/Trekking
agencies, participated with the support and cooperation of Nepal Tourism
Board and Nepal German Chamber of Commerce and Industry. They were
encouraged with the business contacts they made during this show. Most of
the visitors had inquired about trekking, expedition, rafting, biking,
other adventure activities, cultural attractions, and national parks.
Visitors shared their deep love and genuine interest to visit Nepal and
experience its varied attractions soon ahead. Deepak R Joshi, Asst.
Manager-in charge had answered the queries raised by the general visitors,
tourism professionals, and media.

Nepal’s participation was jointly organized by Nepal Tourism Board and
Nepal German Chamber of Commerce and Industry. The fair was also observed
by the Secretary of Ministry of Commerce and Supply Mr. Narayan Malego,
Joint Secretary of Ministry of Culttre, Tourism, and Civil Aviation Mr.
Umakanta Parajuli, and the president of NGCCI Mr. Senon D Lama.

USA Flage

नेपाली अमेरिकामा शरणार्थीको रुपमा देखिने क्रम बढ्दो

१५ माघ, काठमाडौँ  – व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।  कोस्टारिका, ब्राजिल, मेक्सिको, निकारागुवा, ग्वाटेमालो हुँदै अवैध र वैध तरिकाबाट अमेरिका पलायन हुने क्रममा नेपाली पक्राउ पर्ने गरेको बताउँदै ती नागरिकलाई समस्या परेको अवस्थामा मात्रै आफ्नो मन्त्रालयलाई जानकारी हुने स्थिति रहेको छ ।

Lahai Keta Keti

गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, दुई जनैलाइ मन पर्यो लौ है ! एउटै केटी

गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी, ए साथी ए साथी, दुई  जनैलाइ मन पर्यो लौ है ! एउटै केटी….
गलबन्दीले बेरेरै तानौ की, लुकिछिपी फुलैले हानौ की
गणेश जीलाइ लड्डु, ओइ शिवजीलाइ भेटी…
ए साथी ए साथी दुइ जनैलाइ मन पर्यो लौ है एउटै केटी
लोकप्रिय गायक बिमल डाँगी, युवा गायक भिम थापा र पूर्ण कला बि.सी.को स्वर लहरीमा स्वर बद्द गीत
शब्द- सि.पि मगर
लय-बिमल डाँगी
स्वर-बिमल डाँगी, भिम थापा  र  पूर्णकला बि.सी
संगीत संयोजक-बिनोद बाजुराली
बिन्धयाबासिनी म्युजिकको प्रस्तुति
जय गीत जय संगीत़!
नयाँ लोकगीतको  भिडियो बजारमा छिट्टै  आउदैछ ! नेपाल र अमेरिकामा गरिएको  सुटिंग ।
Lahai Keta Keti

Read More

can infotech

जीबित मानब मुर्ति क्यानका आकर्षण

can infotech
तस्विर खिचाउदै एक युवक

माघ १४, काठमाडौ – कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा आज देखि क्यान इन्फोटेक सुरु भएको छ । ६ दिन सम्म चल्ने इन्फोटेकमा झण्डै १ सय ५० कम्पनीले स्टल राखेका छन् । भने बिभिन्न आकर्षणका लागी जीबित मानब मुर्ति देख्दा एक छिन । सबैलाई भुलाई रहेको देखिन्थ्यो । हलचाल नगरी बसिरहने महिला र पुरुष को यो कला प्रर्दशन आफैमा क्यान इन्फोटेक को शोभा बढाईरहेको छ ।

can infotech

Can

भृकुटी मण्डपमा क्यान मेला सुरु

माघ १४, कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा आज देखि क्यान इन्फोटेक सुरु । ईन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघले जनाएको छ । ६ दिन सम्म चल्ने इन्फोटेकमा झण्डै १ सय ५० कम्पनीले स्टल राख्ने छन ।   कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघले जनाएको छ । सुविसुले इन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सुपथ मूल्यमा उपलब्ध गराउने जनाएको छ । सामसुङले दैनिक लक्की ड्र, एक्सचेन्ज अफर तथा सामानको खरिद गर्ने ग्राहकलाई उपहार दिने तयारी गरेको छ ।  एक्स्पो अवलोकन गर्न १ सय ५० रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ ।

PM Address the Nation

वार्ताका लागि प्रधानमन्त्रीको पहल – विपक्षीले भने वार्ता नगर्ने

 माघ १४ , विपक्षी मोर्चालाई वार्तामा ल्याउन जिम्मेवारी पाउनु भएका प्रधानमन्त्री सुशिल कोइरालाले आज पनि वार्ताको प्रयास जारी राख्नुहुने भएको छ ।  तर विपक्षीले भने वार्ता नगर्ने अडान यथावत राखेपछि प्रधानमन्त्रीले आज थप प्रयास थाल्नुहुने छ  । आज प्रधानमन्त्रीले एकपक्ष, दुईपक्ष र नेताहरुसँग पनि छुट्टाछुट्टै छलफल र कुराकानी गर्ने तयारी छ  । सत्तारुढ दलहरुको आडमा सभाध्यक्षले एकलौटीरुपमा बहुमतीय प्रक्रिया सुरु गरेको भन्दै विपक्षी मोर्चाले सरकार, सत्ताधारी दल र सभाध्यक्षलाई असहयोग गर्ने निर्णय गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । तर कोसँग कतिबेर छलफल गर्ने भन्ने चाहिं टुंगो लागिसकेको छैन ।

Police Bluf call

प्रहरीलाई ‘ब्लफकल’ – चारजना खोरमा

सामान्य नागरिकका सेवाका लागि प्रहरीले राखेको १०० नम्बरमा निःशुल्क फोन लगाउन पाइने भएपछि अनावश्यक फोनले प्रहरीलाई हैरानी बनाएको छ । १०० मा फोन गर्दा पैसा नलाग्ने भएपछि जिल्ला प्रहरी कार्यालयमा दैनिक सयभन्दा बढी ब्लफ कल आउने गरेको छ। बिहान र दिउँसोको तुलनामा रात छिप्पिँदै गएपछि फोन धेरै आउने प्रहरी बताउँछन्। साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ ।

सय नम्बरमा मोबाइल वा फोन सेटबाट फोन गर्दा पैसा नलाग्ने भएकाले उनीहरूले बारम्बार लगातार फोन गरेर पुलिस जिस्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुठा सूचना दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई अनुसन्धान गरेर अबदेखि यस्तो नगर्ने सर्तमा छाड्ने तयारी प्रहरीले गरेको छ । “गल्ती नदोहो¥याउने सर्तमा छाड्छौँ”, प्रहरी ।