ग्यासको आपूर्ति सहज नभएकोमा अख्तियाको ध्यानाकर्षण

lp Gas

काठमाडौ, पुस १८ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सम्बन्धित मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ । बजारमा ग्यास र पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको बारे अख्तियारले विशेष चासो देखाएको हो ।

अख्तियारले शुक्रबार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयाल निगमका कार्यकारी निर्देशक लगायतका पदाधिकारीलाई आयोगमा डाकेर ग्यास र पेट्रोलियम पदार्थको अभाव बारे छलफल गरेको छ । सरकारी अधिकारीहरुले खाना पकाउने ग्यासको आपूर्ति र वितरणलाई ७ दिन भित्र सहज बनाउने प्रतिवद्धता व्यक्त गरेको अख्तियारद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । आम उपभोक्ताले भोगिरहेको कठिनाई बारे दैनिक रुपमा समाचार आएको र त्यससम्बन्धी उजुरीहरु समेत आएपछि अख्तियार सक्रिय भएको हो ।

Spread the love