गीतकार भुमरी अब निर्देशकको रूपमा

गीतकार भुमरी अब निर्देशकको रूपमा

 भरतसन्तोषी,काठमाडौ : गीतकार भावेश भुमरी यस वर्षदेखि म्युजिक भिडियो निर्देशनतिर पनि लागेका छन् । यसको पछिल्लो उदाहरण होे मिर्मिरेमा….. गीतको भिडियो निर्देशन । विगत साढे दुई दशकभन्दा पहिलेदेखि नेपाली गीत लेखनमा लागेका र आफ्नो छुट्टै अनि स्पष्ट पहिचान बनाएका गीतकार भावेश भुमरीले जीतकर्ण राईको रचना, दिनेश सुब्बाको सङ्गीत, चाँद सिंहको सङ्गीत संयोजन र उदय सोताङको स्वरमा रहेको अत्यन्त मार्मिक मिर्मिरेमा….. बोलको अडियो गीतलाई म्युजिक भिडियो बनाउने कार्यमा निर्देशनको जिम्मेवारी वहन गरेका छन् । यस गीतको भिडियोमा कलाकारहरू सनम कठायत र रिजा भुसालको भूमिका रहेको छ भने क्यामेरा उत्सव दाहालले चलाएका छन् ।

पहिले गीत लेख्दै, रेकर्ड गर्दै र एल्बम निकाल्दै आएका भुमरी आफ्नै गीतहरूको बजार व्यवस्थापनका लागि सुरप्रभा गीत सङ्गीत प्रा. लि. म्युजिक कम्पनी, गीत रेकर्डिङका लागि ह्वाइट साउन्ड स्टुडियो र युटुव भिडियोका लागि सुरप्रभा गीत सङ्गीत प्रा. लि. च्यानल सञ्चालन गर्नसम्म आइपुगेका छन् । नेपाली गीतसङ्गीतका क्षेत्रमा एउटा गीतकारले लिएको फराकिलो आयतनमा भुमरी निर्देशनतिर लाग्नुलाई सबैले रुचिका साथ हेरेका छन् । आफ्नो निर्देशनका बारेमा भुमरी पारदर्शी रुपले काम गर्ने र आफ्नो काममा कहीँ कतै कसर नरहोस् भनी मेहनतका साथ लागिरहने कुरा बताउँछन् । एउटा गीतकारले गीतको भिडियो निर्देशन गर्नुमा कथा र विषयवस्तुले सबल जीवन पाउने कुरामा भुमरी बढी जोड दिन्छन् ।

आफ्नो अत्यन्त मिलनसार गीतकार जीतकर्ण राईको रचनाको यस गीतमा प्रसिद्ध सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत र गायक उदय सोताङको स्वर भएकाले आफूलाई काम गर्न बढी जिम्मेवारी भएको कुरा पनि भुमरीले बताएका छन् । मिर्मिरेमा… गीतमा आफ्नो भूमिका निर्वाह गरेका मोडल सनमले निर्देशक भुमरीसँग काम गर्दाको मज्जा अलि फरक भएको कुरा राखेका छन् भने म्युजिक भिडियो पूर्णत स्तरीय र जीवन्त हुने काम भएको कुरा राखेका छन् । यस गीतको भिडियो चाँडै नै युटुवमा आउँदै छ ।National election of nepal Nga_chhap-lagaunebhumari

हाइकू यात्रा : जावलाखेल-चोभार-जावलाखेल

नेपाल हाइकू केन्द्रको आयोजनामा आज शनिबार जावलाखेलदेखि चोभार जलबिनायक हुँदै पुन: जावलाखेलसम्मको हाइकू यात्रा सम्पन्न गरियो। हेमन्त ऋतुको प्रारम्भसंगै हाइकू रचना र बाचनमा रमाउने १२ जना कबि तथा कबियत्रीहरूको सहभागितामा भएको सो यात्रामा कबिहरूले यात्रा बीचमा पर्ने विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन,अध्ययन तथा बिवरण लिइ चोभारमा रहेको जल गणेशको दर्शन पश्चात् एकै स्थलमा भेला भै १० वटा हाइकू रचना गरी वाचन समेत गरे। सोही अवसरमा सुवर्ण राज जोशीको “एकसय आठ हाइकू”,अन्जना पौडेलको “आरूबारीको फूल”,बाशुदेव गुरागाईँको “अनुमानित निष्कर्ष ” र भीष्म राज फुलाराको “टुहुरो कुण्डल” को सामूहिक यात्रा बिमोचन समेत गरियो । कार्यक्रममा बाचित हाइकूलाई संग्रहको रुपमा प्रकाशन गरिने र यात्रा हाइकूलाई हरेक ऋतु परिवर्तनसंगै निरन्तरता दिइने साहित्यकार राम कुमार पाँडेले जानकारी गराउनुभयो। साहित्यकार मित्रबन्दू पौडेलले यात्रा अविस्मरणीय रहेको प्रतिक्रिया दिनुभयो।उहाँका अनुसार हाइकूसंगै प्राकृतिक वातावरणको बिचरण र पुनर्ताजगीका दृष्टिले पनि यसको निरन्तरता आवश्यक रहेको बताउनुभयो।कवियत्री शुष्मा मानन्धरले हाइकू लेखनलाई यस किसिमका कार्यक्रमले प्रोत्साहन दिने हुँदा देशब्यापी आयोजना गरिनुपर्नेमा जोड्दिनुभयो।कलात्मक र व्यंग्यात्मक शैलीमा संचारकर्मी तथा कलाकार शिरोमणि दवाडीले संचालन गरेको कार्यक्रमले निकै रोचकता थपेको थियो। जापानबाट सुरु भएको हाइकू लेखनलाई नेपालमा २०१९ सालमा त्यसबेलाका चर्चित साहित्यकार शंकर लामिछानेले भित्र्याएका हुन् ।यो ५-७-५ अर्थात् जम्मा १७ अक्षरमा लेखिने ज्यादै कसिलो साहित्यिक सिर्जना हो।23768640_10155880194712937_634579534_o 23760251_10155880195122937_1923672112_o23760251_10155880195122937_1923672112_o23760083_10155880194792937_1504228313_o23730830_10155880194957937_277039254_o23770190_10155880194807937_464318983_o23730528_10155880194152937_750601597_o

यी ६ लक्षण भएका ब्यक्ति शौभाग्यशाली

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । यी ६ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ । १ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ ।

१. आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

यसपालिको दशै त गाउमै मान्ने हो – बि पाण्डेका शब्द रचान

दिपक न्यौपाने, काठमाडौ ः  नेपाली संगीत जगतका उप्कृष्ट शब्द रचानाकार बि पाण्डेको नयाँ म्युजीक भिडियो बजारमा आएको छ । नेपाली रीति रिजाज चाड पर्ब तथा बिदेशमा काम गरि केहि कमाएको धन संगै घरपरिवार मिलेर चाड पर्व मनाउन गाउमै जाने, मिठो मसिनो परिवार संगै खाने कुराजाई यस गीतमा प्रस्तुत गरिएको छ ।
समय सान्दभीक रचाना गरिएको यो म्युजीक भिडियोमा शब्द बि पाण्डे,  संगीत गोबिन्द मधुरको रहेको छ भने गायक गुनराज र गोबिन्दले नेपाली र नेपालको चाडपर्वको यथात चित्रण गर्ने प्रयास यस गीतमा गरिएको पाइन्छ ।wonder full nepali festival dashai and tihar 2

https://www.youtube.com/watch?v=4cUbiZGS9zU&feature=share

Chris Crocker reflects on ‘Leave Britney Alone,’ 10 years later

Before there was Rebecca Black, Justin Bieber, or David After Dentist, there was Chris Crocker, one of the original YouTube stars. Ten years ago, the bleached-blond Tennessee teen found instant and unlikely fame when a camcorder rant he shot at his grandparents’ house, “Leave Britney Alone” — a sobbing defense of his fallen idol Britney Spears after she was mercilessly blasted in the media for her disastrous MTV Video Music Awards performance — went viral in an era before that term even existed. The clip racked up more than 4 million views in just two days, and as of 2012 that number was 44 million; Crocker’s YouTube channel eventually received more than 255 million views before he closed his account in September 2015.

Now age 29, Crocker has taken to Instagram to commemorate the 10th anniversary of “Leave Britney Alone” and share what he’s learned since posting the controversial clip as an emotional teenager.

“The No. 1 thing would be not to let the things people say about you online get to you,” Crocker begins. “I didn’t know how to deal with it. I knew if I tried to explain to everyone — my mom became homeless that year; my mom got back from Iraq from serving in the war and she had addiction issues; I was dealing with a lot in my family — I knew if I tried to explain that, no one would listen to me. So instead what I decided to do was, ‘Oh, if they think I’m a joke, then I’m going to act like a joke.’ That didn’t help me out in the long run.

“No. 2 is don’t let the words other people say about you define you. No. 3, I think that we forget sometimes that the things we post online can last for a long time — here we are, 10 years later, still talking about this — so definitely be cautious when you post things. And No. 4: Let the haters kick f***ing rocks, man!”

there is more to Chris Crocker than just those two minutes and 12 seconds of online infamy. Throughout the 2000s he did the talk-show circuit; pursued careers in both electropop music and porn; shifted his online profile to social media (he currently has 249,000 followers on Twitter and 769,000 on Instagram); and played himself inWeezer’s Grammy-winning “Pork and Beans” music video. Most notably, however, in 2012 Crocker was the subject of a critically acclaimed documentary, Me @ the Zoo. “I think I saw some of my younger mom in Britney when I was a kid,” he said in the film.

Me @ the Zoo, which was executive-produced by R.E.M.’s Michael Stipe and chronicled Crocker’s troubled upbringing as the effeminate, frequently bullied son of a meth-addicted teen mom, established Crocker as an early spokesperson for the anti-bullying movement. In one scene, Crocker — who stopped going to school during his junior high years to avoid daily bullying for being “overtly gay” and basically became a teenage shut-in from that point on, living with his paternal grandparents — explained that he posted videos on MySpace and YouTube as a “way of defending myself against the people in my hometown without having to fight back physically.” Source : yahoo.com

‘एक पल मुटुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक सुवास भुसालको ‘एक पल मुटुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। बी पाण्डेले रचना गरेको गीतमा संगीत समेत गायक भुसाल आफैंले भरेका छन्। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ भने प्रकाश केसीले गरेका हुन्। सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। पछिल्ला दिनमा धेरै म्युजिक भिडियो सहरका बार र बगैँचामा सुटिङ गर्ने संस्कारको विकास भइराखेका बेला निर्देशक विकास सुवेदीले भिडियोमा मुस्ताङका दृश्यलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्। नेपालको प्रकृति सुहाउदा दृश्य समेटिएकाले म्युजिक भिडियो आम नेपालीले मन पराउने विश्वास गायक भुसालको छ । ‘गीतमा भुसालले आफ्नोपन दिने कोशिस  गरेका छन्।

Badri Busy in Visual Editing in USA

Anu khadak, New York, USA :The people from Nepalese Movie Industry, whether the actors or the technicians, are migrating aboard significantly – essentially to the United States or somewhere in Europe. Even though these artists have been involved in various jobs across the globe, they are contributing in Nepalese cine industry in one way or the other. One of them is Mr. Badri Lamichhane, who is residing in American nowadays. Post-production and Film editing expert Mr. Lamichhane has been contributing in same arena ever since.

Mr. Lamichhane is associated with Global Nepal TV, an organization to promote Nepali culture, art, and news worldwide; as a camera person and audio/visual editor. “We hired him here because of his outstanding technical abilities and appreciated his contributions towards establishing our TV”, Director SrijanaUpreti said. How would you compare your experiences working in US to Nepal? Mr. Lamichhane said, “there comes time limitations and dearth of latest technical equipment, but I focus on technical quality of the screen”.

Internet-based Global Nepal TV broadcasts News, various Talk-shows, daily horoscope, and comedy TV serials. However, we are expanding our business throughout the States in near future by having the reporters and resources in order to go live. This TV is getting a huge appreciation among American-Nepalese communities in very short time of its establishment. We wish him all the very best!

‘जात्रा’ निर्देशकलाई नयाँ फिल्म उपहार – हरिवंश आचार्य

कार्तिक २६ रिलिज फिल्म ‘जात्रा’बाट ठुलोपर्दाको एक्शन कटमा डेब्यू गरेका प्रदिपलाई लिएर फिल्म बनाउने घोषणा हरिवंशले  अभिन्न अंग बनेका प्रदिप भट्टराईलाई लिर हरिवंशले नयाँ फिल्म बनाउने भएका छन् । यहि गरेका हुन् ।  प्रदिपको फिल्म ‘जात्रा’मा समावेश हुने एक गीतमा स्वर भर्दै हरिवंशले यो घोषणा गरे का हुन् ।  मह संचारसँगको १२ बर्ष लामो सहकार्यमा प्रदिपको क्षमता र दक्षता नजिकबाट बुझेको भन्दै अब मह संचारबाट बन्ने फिल्म उनलाई नै जिम्मा दिईने भएको हो ।

लुकेको प्रतिभा उजागर गर्दै – श्रृया भट्टचार्य

दिपक न्यौपाने, दि पावर न्युज डट कम : श्रृया भट्टचार्य नेपालको हेटौडामा जन्मेकी भएपनि हाल उनीको बसाई १२ वर्षदेखि जर्मनको वर्लिङमा छ् । मोड्लिङ क्षेत्रमा लागेकी श्रृयाले दुई बर्ष देखि बर्लीङ्मा एक भिडियो प्रडक्सन आर.एस. पी. प्रड्कशन कम्पनीबाट म्युजिक भिडियो निर्माण गर्ने गरेकी छन् । श्रृयाको हाल ए खुदा हिन्दी म्युजिक भिडियो सार्वजनीक भएको छ । महु नेपाली र चाहन्छु नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी भए पनि ” ए खुदा “ तेस्रो म्युजिक भिडियो हो ।
दुई बर्ष अघि अडियोे रिलिज भएको ए खुदाको अडियो १ मिलियन हिटिङ भएको थियो । इन्डियनहरुले अत्यन्तै रुचाएको यो अडियोको हाल भिडियो तयार भएको छ । सम्पुर्ण निर्माण कार्य जर्मनको वर्लिङमा भएको छ भने निकै भाबुकता प्रर्दशन गरिएको यो कथामा प्रेम रसले भरिपुर्ण कथाबस्तु समेटिएको छ । यो हिन्दी भिडियो भए पनि धेरैजसो कलाकाकर नेपाली रहेका छन् ।

ए खुदा म्युजिक भिडियो

nepali polic dolakha in thepowernews

लैङ्गिक हिंसा न्यूनीकरण अन्तर संवाद कार्यक्रममा प्रहरीको संलग्नता

दि पावर न्युज डट कम, दोलखा: २०७३ असोज, कालीढुङ्गा उ.मा.वि. मिर्गे ( ७ दोलखामा साथी संस्था द्वारा आयोजित लैङ्गिक हिंसा न्यूनीकरणका लागि, प्रहरी र सरोकारवालाहरुसँग अन्तर संवाद कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले निकै रुचि पुर्वक लैङ्गिक हिंसाको बारेमा जिज्ञासा राखेका थिए । प्रहरीसंग सम्बन्धीत आएका प्रश्नहरुलाई पालैपालो नेपाल प्रहरीका तर्फवाट प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण )ले सहभागीहरु लाई जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी भएरलैङ्गिक हिंसा न्यूनीकरणका बारेमा जानकारी पाएकोमा खुसिलागेको र अन्य ज्ञान उपयोगी कार्यक्रमहरु ल्याउनसके यस भेगका मानिसहरुलाई फाइदा पुग्ने कुरामा उपस्थित सहभागीहरुको मत रहेको छ । सोहि क्रममा स्कूलका बिद्यार्थी भाइबैनीहरुलाई वक्तृत्वकलामा पुरस्कृत भएका लाई पुरस्कार बितरण गरिएको थियो  ।

 

nepali polic dolakha in thepowernews
कार्यक्रमा बोल्दै प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण )

nepali polic dolakha in thepowernews