नव निर्वाचित पधाधिकारीहरुलाई सफलताको शुभकामना – दिपक न्यौपाने

नव निर्वाचित पधाधिकारीहरुलाई सफलताको शुभकामना – दिपक न्यौपाने

नेपाल युनेस्को संघ संस्था तथा क्लवहरुको राष्ट्रीय महासंघको काठ्माण्डौमा सम्पन्न भएको थियो ।  शनिवार भएको महाधिवेशनबाट नेपाल युनेस्को संघ संस्था  तथा क्लवहरुको राष्टिय महासंघको महाधिवेशनमा निर्विरोध निर्वाचित हुनुभएकोमा दि पावर न्युजडट कमको तर्फ वाट सम्पुर्ण निर्वाचित पदाधीकारीहरुमा कार्यकालको सफलताको शुभकामना व्यक्ता गर्दछौ ।Suvakamana Nepal Federation UNESCO Clubs 111

Suvakamana Nepal Federation UNESCO Clubs 1 copySuvakamana Nepal Federation UNESCO Clubs anilSuvakamana Nepal Federation UNESCO Clubs 123

https://www.youtube.com/watch?v=pmWfT-J7sSg

“राजपा नेपाल” दल दर्ता अन्योलमा

२०७४ , असार २१ : विधानको प्रस्तावनालाई लिएर शीर्ष नेताबीच विवाद देखिएपछि दल दर्ता गर्ने राजपाको तयारी समेत अलपत्र परेको छ । आयोगमा दल दर्ता गर्ने तयारी गरेको राष्ट्रिय जनता पार्टी नेपालमा विधान लगायत दस्तावेजमा विवाद देखिएको छ । पार्टीको सांगठनिक र जातिय प्रतिनिधित्वको बिषयमा विवाद उत्पन्न भएपछि राजपाले अन्तरिम विधान बनाएर दल दर्ताको तयारी गरेको थियो । गत बैशाख ७ गते ६ वटा मधेश केन्द्रित दलबीच एकिकरण भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको हो ।  स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्ने औपचारिक निर्णय गरेको थियो । सहमतीको प्रयास स्वरुप अध्यक्ष मण्डल सहितको शीर्ष नेताहरुको बैठक अहिले राजधानीको विजुलीबजारस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ ।   दिउँसो १ बजे आयोग कार्यालयमा दल दर्ता गर्ने तयारी गरेपनि विधानको प्रस्तावनामा शीर्ष नेताको राय बाझिएपछि दल दर्ता प्रक्रिया अलपत्र परेको छ । सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज २ गतेका लागि तोकेपछि राजपाले दल दर्ताको तयारी गरेको हो । राजपाका नेताहरुले औपचारिकताका लागि मात्र दल दर्ता गर्न लागिएको भन्दै संविधान संशोधन नभए सम्म निर्वाचनमा नजाने बताउदै आएको छ ।

Nepal move in FIFA ranking four places

KATHMANDU: According to FIFA,  Nepal moved four places up to 169th in the FIFA ranking release today by the world football governing body.  Nepal were ranked 173 position on May FIFA ranking. India tops the ranking among South Asian Countries as it remained static on 100th position with 331 points. Similarly, Maldives have slipped four spot down to 156th position and Bhutan slipped two spot down to 166th position in the FIFA rankings. Meanwhile, Banglandesh have jumped five spot to 192nd position and Pakistan by one spot to 200th position. Nepal have improved its latest FIFA ranking with 116 points, four positons up from the last position. Likewise, Bangladesh have remained static on 197th position in the FIFA rankings published today.

हङ्कङमा पहिलो पटक नेपाल ट्रेड फेयर-२०१७ आयोजना गरिने ।

शिरोमणि दवाडी काठमाडौं । हङकङ र नेपालको सम्बन्धको लामो इतिहास पछि हङकङमा पहिलोपटक नेपाली हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले “हङ्कङ नेपाल ट्रेड फेयर-२०१७” आयोजना गर्न लागिएको छ।साथै यसै मौकामा नेपाली प्राविधिक अन्वेषक महाबीर पुनको अभियानलाई टेवा पुर्याउन “च्यारिटी डिनर” को पनि आयोजना गरिने तयारी गरिएको आयोजक हङकङ नेपाली व्यापार संघका अध्यक्ष प्रकाश पुनले जानकारी दिनुभएको छ।उहाँका अनुसार नेपाली महाबाणिज्य दूतावास हङकङ,हङकङ नेपाली व्यापार संघ तथा हस्तकला महासंघ नेपालको आयोजना तथा नेपाल एयरलाइन्स,ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र,नेपाल र ट्रेड डेभलपमेन्ट काउन्सिल,हङ्कङको सहयोगमा आगामी जुनको २४ र २५ तारीखका दिन “ट्रेड फेयर “र त्यसको लगत्तै भोलिपल्ट जुन २६ तारिखका दिन “च्यारिटी डिनर ” कार्यक्रम हुन लागेको हो।नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूलाई प्रदर्शनीमा राखिने र खरिदको अवसर समेत प्रदान गरिने हुँदा यस फेयरले बिश्वकै ब्यवसायिक केन्द्रको रुपमा रहेको हङकङमा नेपाली उत्पादनलाई चिनाउने,अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई रेमिटेन्सको माध्यमबाट प्राप्त भएको आयसंगै बिश्व बजारमा अत्यन्त राम्रो संभावना बोकेको नेपाली हस्तकलाका उत्पादन निकास गरि त्यसबाट पनि नेपाली अर्थतन्त्रमा थप टेवा पुर्याउने आयोजकले बिश्वास लिएको संयुक्तरूपमा जारी बिज्ञप्तिमा उल्लेख छ। “नेपाली जडिबुटीहरूमा ज्यादै माग भएको यार्शागुम्बा,हस्तकलाका उत्पादनहरूमा ढाकाका कपडा,कार्पेट तथा पस्मिना एवम अन्य थुप्रै उत्पादनहरूलाई हङकङ जस्तो बिश्वका हरेक देशबाट आउने ब्यवसायी र पर्यटक बिच चिनाउन सकेमा नेपाली उत्पादनले पनि राम्रो बजार लिन सक्ने सम्भावनालाई अध्ययन गरी ट्रेड फेयरको आवश्यकता महसुस गरिएको अवगत गराउंछौ।”-बिज्ञप्तिमा भनिएको छ। हङकङको ब्यस्ततालाई बिचार गर्दै शनिबार र आइतबारको बिदा लक्ष्यित गरि प्रदर्शनी गर्न लागिएकोले अधिकतम उपस्तिथि हुने बिश्वास आयोजकले लिएका छन ।हालसम्म आयोजकका बिच भएको पूर्वतयारी छलफलका आधारमा जम्मा १८ वटा स्टलहरू मध्ये १५ वटामा नेपालबाट आउने हस्तकला तथा जडिबुटीका उत्पादन रहने र अन्य ३ वटा स्टलहरूमा हङकङकै नेपाली उत्पादनलाई प्राथमिकता दिइने सहमति भएको छ भने यो ट्रेड फेयर सम्पन्न गर्न अनुमानित २ (दुई )लाख हङकङ डलर खर्च हुन सक्ने लेखाजोखा गरिएको छ। नेपालबाट आउने व्यावसायीहरूको यातायात तथा सामग्री ढुवानीमा लाग्ने खर्च नेपाली हस्तकला महासंघले ब्यहोर्ने र हङकङमा हुने ट्रेड फेयरका लागि नेपालबाट आउने सहभागी ब्यबसायी र अन्य आगन्तुकको हङकङमा हुनुपर्ने आतिथ्यता एवम अन्य ब्यबस्थापकिय कुरा हङ्कङस्थित आयोजकले ब्यबस्थापन मिलाउने सहमति रहेको समेत ब्यवसायी प्रकाश पुनःले जानकारी गराउनुभएको छ।यस कार्यक्रमलाई एउटा अवसर मान्दै आगामी दिनमा यसबाट नेपाली उत्पादनलाई हङकङमा बजार बिस्तार गर्न मद्दत मिलोस र नीति निर्माणका तहमा पनि यसले बिशेष महत्व राखोस भन्ने हेतुले यस ट्रेड फेयरमा प्रमुख अतिथिका लागि सम्बन्धि मन्त्रालयबाट बाणिज्य मन्त्रीज्यू तथा सचिबज्यूको पनि आतिथ्यता रहने गरी आयोजकका तर्फबाट औपचारिक निमन्त्रणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो। यस बर्षको पहिलो अनुभवका आधारमा भविष्यमा पनि यस किसिमका ट्रेड फेयरको ढोका खुल्ने आयोजकले बिश्वास लिएको छ।यस अवसरमा नेपाली उत्पादनलाई हङकङमा बिक्री गर्न इच्छुक ब्यबसायी र नेपाली उत्पादनकर्ता बिच प्रत्यक्ष सम्झौता र सहमति हुने आशा गरिएको नेपाली हस्तकला महासंघका अध्यक्ष धर्म राज शक्यले जानकारी दिनुभयो। उहाले यस “हङकङ नेपाल ट्रेड फेयर -२०१७”को सफलता संगै आम नेपाली हस्तकला तथा जडिबुटी उत्पादनको पनि सफलता जोडिएको हुँदा हङकङ तथा नेपालका नेपाली ब्यवसायी, संचारकर्मी एवम् आम दर्शकबाट सहयोगको अपेक्षा राखिएको बताउनुभयो। ” यो फेयरले हस्तकलाको व्यापार तथा पर्यटनको बिकासमा पनि टेवा पुग्ने बिश्वास लिएका छौँ ।”-उहाँले बताउनुभयो। महाबीर पुनको अभियानलाई पनि सहयोग जुटाइने ।

यसैबीच सूचना प्रवीधी अभियन्ता महाबीर पुनःको परिकल्पना र अगुवाइमा सुरु भएको “राष्ट्रिय आविस्कार केन्द्र” को सहयोगार्थ जुन २६ तारिखका दिन आयोजना गर्न लागिएको “च्यारिटी डिनर” मा हङकङमा कृयाशील नेपाली संघ संस्था तथा सहयोगी ब्यक्तित्वहरूको व्यापक उपस्थिति जुटाउने तयारी भइरहेको हङकङ स्थितआयोजक हङ्कङ नेपाली व्यापार संघले जानकारी गराएको छ ।”बिश्व परिवेशमा विकास भएको सूचना प्रविधि र त्यसले ल्याएको बिकास र परिवर्तनको अनुभवका आधारमा पुनले सुरु गर्नु भएको ग्रामीण इन्टरनेट प्रविधि र आविष्कार केन्द्रलाई यस कार्यक्रमबाट प्राप्त सहयोगले मूर्त रूप दिनेछ भन्ने हामीले बिश्वास लिएका छौँ ।”संघको बिज्ञप्तिमा भनिएको छ – “पुन जस्ता अन्तर्राष्ट्रिय स्तरबाटै पुरस्कृत कर्मशील र राष्ट्रप्रेमी ब्यक्तित्वको परिकल्पना साकार हुन सके यस्तै रचनात्मक कार्यमा अन्य युवापुस्ताको पनि ध्यानाकर्षण हुनेछ भन्ने हाम्रो ठहर हो।यस कार्यक्रमलाई पुन जस्ता सिर्जनशील तथा प्राविधिक अन्वेषकको सम्मान तथा प्रोत्साहनका रूपमा पनि लिइएको यहाँहरूलाई जानकारी गराउछौं।” समरण रहोस – राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार तथा ग्रामिण सूचना प्रविधिका अभियन्ता पुन आर्थिक अभावमा आफ्नो योजना पूरा हुन नसकेको भन्दै अहिले आफूले प्राप्त गरेका पुरस्कार लिलाम बिक्री गरी सहयोग जुटाउने अभियानमा छन् ।

हङ्कङ हिन्दू मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम सम्पन्न

 हङकङ नेपाल हिन्दू एसोसिएसनले नयाँ बर्ष २०७४ तथा आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न आध्यात्मिक तथा धार्मिक कार्यक्रमहरू सम्पन्न गरेको छ । एसोसिएसनले संचालन गरेको हङकङ यमुताइ स्थित हिन्दू मन्दिरमा नेपालबाट आउनुभएका पण्डित बालकृष्ण ज्ञवालीको अगुवाइमा चैत्र १५ गतेदेखि नित्य पूजा पाठ,प्रवचन तथा भजन-किर्तन संचालन गरिएको थियोे। नयाँ बर्ष प्रवेशका अवसरमा हिन्दू मन्दिर परिसर यमुताइबाट बिश्वशान्ति कलश यात्रा सुरु गरी जोर्डन,काउलूनलगायतका सहरका विभिन्न भागमा परिक्रमा गरी पुनः मन्दिरमा आइ समापन भएको थियो ।सोही क्रममा मङ्की हिलमा गइ भजन किर्तनका साथ लाखबत्ती समेत प्रज्वलन गरियो।१५ दिने धार्मिक तथा आध्यात्मिक अनुष्ठान समापन कार्यक्रमका अवसरमा मन्दिरमा योगदान पुर्याउने तथा आजीवन सदस्यता ग्रहण गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरियो। नेपाली महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले दिप प्रज्वलन गरी बिधिवत पुजन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।सो अवसरमा महाबाणिज्य दूत भट्टराईले धर्म,संस्कृतिले मानिसमा संस्कार र आचरणको बिकास गर्ने बताउनुभयो ।उहाँले भौतिकसंगै आध्यात्मिक बिकास गर्न सके समाजको सन्तुलित बिकास हुने बताउनुभयो। एसोसिएसनकी अध्यक्ष गोमादेवी शर्माले हिन्दू मन्दिर हङकङमा रहने सम्पूर्ण नेपालीको आस्थाको केन्द्र भएकाले हरेक चाड्बाड र पर्वलाई मन्दिरले बिधिवत रुपमा मनाउंदै आएको बताउनुभयो।कवच पत्रिका सम्पादक तथा आद्यात्मीक पत्रकार समाजका अध्यक्ष्य शिरोमणि दवाडीले विश्व शान्तिका लागि आध्यात्मिक अनुष्ठान अपरिहार्य हुने बताउनुभयो | एसोसिएसनद्वारा संचालित हिन्दू मन्दिर पाँच बर्ष पूरा गरी छ बर्षमा प्रवेश गरेको छ। यसैबीच मातातिर्थ औंसीका अवसरमा पनि मन्दिर परिसरमा मातृ पूजन,तथा श्राद्ध गर्ने भक्तजनको विशेष उपस्थिति थियो।

पुस्तकालय व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न

हिरा तामाङ, धुलीखेल ः १६–१८ चैत्र २०७३ मा संचालन गरिएको पुस्तकालय व्यवस्थापन सम्बन्धी ३ दिन तालिमा धुलिखेलमा सम्पन्न भएको छ । परोपकार प्राथमिक उपचार केन्द पि.पि.यू.के काभ्रेले रुम टु रीडको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला शिक्षा कार्यालय काभ्रेको समन्वयमा संचालन गरिएको तालिममा कोशी पारी,डाँडा पारी,पाँचखाल नगरपालिका गरि र १४ ओटा सामुदायिक विद्यालयहरुका २८ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा रुम टु रीडका टेक्नीकल अफिसर दिनेश सञ्जेल, प्रोग्राम एसोसिएट चन्द्रप्रभा कोईराला र पि.पि.यु.के.काभ्रेका कार्यक्रम संयोजक हिरा तामाङले विषयवस्तुबरे सहजीकरण गर्नु भएको भने। विद्यालयहरुमा स्थापना गर्न लागिएको पुस्तकालयको प्रयोग,व्यवस्थापन र दिगो विकासका लागि विद्यालयका सम्पुर्ण टिम लागि पर्नु पर्ने र तालिममा छलफल गरिएका विषयवस्तुलाई आ आफ्नो विद्यालयमा गई लागू गर्नु पर्ने जिल्ला शिक्षा अधिकारीको भनाई रहेको थियो ।
तालिमका सम्पूर्ण सहभागीहरुलाई जिल्ला शिक्षा कार्यालय,काभ्रे का जिल्ला शिक्षा अधिकारी डा.दिपेन्द्र गुरुङ र पि.पि.यू.के.का सल्लाहकार विकु लामाले प्रमाण पत्र वितरण गर्नुभयो । विद्यालयमा स्थापित गर्न लागिएको पुस्तकालयमा बालबालिकाहरुको पँहुचमा राखि उनीहरुलाई पढ्ने वातावरण तय गरिनु पर्ने र हाल सम्म काभ्रे जिल्लाका २१९ ओटा सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना भईसकेको र आगामी वर्षमा एक विद्यालय एक पुस्तकालयका अभियानका साथ अघि बढ्ने पि.पि.यु.के.का सल्लाहकार विकु लामाले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रम
प्रशिक्षण कार्यक्रम
प्रशिक्षण कार्यक्रम
प्रशिक्षण कार्यक्रम

एन्जल्स हर्ट च्याम्पियन

काठमाडौं : दोस्रो वाइवाइ अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि एन्जल्स हर्ट कलेजले जितेको छ । सोमबार भएको फाइनल खेलमा एन्जल्स हर्टले डिएभी कलेजलाई ६० रनले हरायो । डिएभीले टस जितेर सुरुआतमा फिल्डिङ गरेको थियो । एन्जल्र्स हर्टले १ सय ६२ रन जोडेर खेलमा बलियो पकड जमाएको थियो । एन्जल्स हर्टको सुमित महर्जनले ५६ रनको योगदान गरेका थिए । यसैगरी टोलीका लागी अचल चौधरीले २३ र सन्जय बस्नेतले ३३ रन बनाए । डिएभीका बिपिन आचार्यले ४ विकेट र क्षितिज पाठकले २ विकेट लिए ।

जवाफमा ब्याटिङ गरेको डिएभीले १ सय २ रन मात्र बानाए पछि एन्जल्स हर्ट दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । डिएभीका जन्मजयले ३१ र बिबेकले १३ रनको योगदान दिएका थिए । एन्जल्र्स हर्टका सन्जय बस्नेतले ४ विकेट, अदिल खान र सुमित झाले समान २–२ विकेट लिएका थिए । प्रतियोगितामा विजेता टिमका सन्जय बस्नेत प्लेयर अफ द म्याच र उत्कृष्ट बलरको उपाधि जिते । संजयनै फाईनल खेलको मेन अफ द म्याच चुनिए । एन्जल्सहर्टकै अदिल खान उत्कृष्ट ब्याटसम्यान भए । प्रतियोगितालाई आरके प्लास्टिक प्रालि र चौधरी गु्रपले सहयोग गरेका थिए ।
चैत ९ देखी १४ सम्म चलेको प्रतियोगिता किर्तिपुरको टियु मैदान र लेबरोटरी स्कुलको मैदानमा भएको थियो । प्रतियोगितामा १२ कलेजका टोलीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगिताको विजेता एन्जल्र्स हटले ७५ हजार, दोस्रो भएकोे डिएभीले ३५ हजार रुपैया नगद पुरस्कार पाएको छ । प्लेयर अफ द सिरिजले ५ हजार, उत्कृष्ट ब्याटसम्यान र बलरले समान २ हजार पाएको आयोजकले बताएको छ ।

एन्जल्स हर्ट च्याम्पियन टिम
एन्जल्स हर्ट च्याम्पियन टिम

अगुल्टोको गीत पोखरामा प्रथम – अब केन्द्रमा भिड्दै

पवित्रा पौडेल,काठमाण्डौ : रेडियो नेपाल क्षेत्रिय प्रशारण पोखराले आयोजना गरेको खुल्ला आधुनिक संगीत प्रतियोगितामा बिनोद चुडालद्वारा स्वरबद्ध गीत “अगुल्टो हुँ अगेनाको” प्रथम भएको छ | रेडियो नेपालको ८७ औ बार्षिकोत्सबका अवसरमा चार नम्बर प्रदेश स्तरिय प्रतियोगीतामा सो गीतले उत्कृष्ठता प्राप्त गरेको हो | यस गीतका गीतकार शिरोमणि दवाडी र संगीतकार सागर गौतम हुन् | गत बर्ष आयोजित राष्ट्रिय प्रशारणको प्रतियोगितामा गायक चुडाल तथा संगीतकार गौतमले नै संगीत गरेको महेश आचार्यद्वारा रचित “आमा ” बोलको गीत उत्कृष्ठ रचनाबाट पुरस्कृत भएको थियो |यस बर्ष पनि फरक धारको प्रतीकात्मक गीत भएकाले गीतले पुन: उत्कृष्ठता प्राप्त गर्न सक्ने सम्भावना रहेको गीतकार दवाडीले दाबी गरेका छन् |उता गायक चुडाल पनि पटक-पटक प्रतिस्पर्धामा भिडेको अनुभव र आफ्नो खारिएको गलाका आधारमा केद्रको दाबेदार ठान्छन |संगीतकार गौतम पनि यसअघि नै पुरष्कृत भैसकेका संगीतकार हुन् |प्रदेश स्तरको प्रतिस्पर्धामा प्रमुख निर्णायकका रुपमा रहेका रेडियो नेपालकै बरिष्ठ संगीतकार तथा गायक टिका भण्डारीका अनुसार यस बर्ष बिगत भन्दा बढी नै प्रतिस्पर्धा हुदैछ |उनका अनुसार प्रदेशबाट खारिएर आएका कलाकार भएकाले बिगतको भन्दा यस बर्ष अलिक बढी नै प्रतिस्पर्धा हुने देखिएको हो | रेडियो नेपालले हरेक बर्ष बार्षिकोत्सबका अवसरमा आयोजना गर्दै आएको यो प्रतियोगिता यस भन्दा पहिले एकैचोटी केन्द्रमा गर्दै आएकोमा यस बर्ष पहिलोपटक प्रदेशस्तरबाट छनौट गरि पुन: केन्द्रमा प्रतिस्पर्दा गराउन लागेको हो | विभिन्न ७ वटा प्रदेशबाट छनौट भएका उत्कृष्ठ ३ गीत गरी जम्मा २१ वटा गीत चैत्र १८ गते पुन: केन्द्रिय प्रशारण सिंहदरबारमा भिड्दै छन् |भण्डारीका अनुसार रेडियो नेपालले यसै बर्ष पहिलोपटक रेडियो नेपालबाहिरका निर्णायक राख्दै छ |

श्रीमद भगवद गीता

सर्व प्रथम पवित्र शास्त्र श्रीमद्भगवत गीता जी पर विचार करते हैं।

पूर्ण परमात्मा (पूर्ण ब्रह्म) अर्थात् सतपुरुष का ज्ञान न होने के कारण सर्व विद्वानों को ब्रह्म(निरंजन- काल भगवान जिसे महाविष्णु कहते हैं) तक का ज्ञान है। पवित्र आत्माऐं चाहे वे ईसाई हैं, मुसलमान, हिन्दू या सिख हैं इनको केवल अव्यक्त अर्थात् एक ओंकार परमात्मा की पूजा का ही ज्ञान पवित्र शास्त्रों (जैसे पुराणों, उपनिष्दांे, कतेबों, वेदों, गीता आदि नामों से जाना जाता है) से हो पाया। क्योंकि इन सर्व शास्त्रों में ज्योति स्वरूपी(प्रकाशमय) परमात्मा ब्रह्म की ही पूजा विधि का वर्णन है तथा जानकारी पूर्ण ब्रह्म(सतपुरुष) की भी है। पूर्ण संत (तत्वदर्शी संत) न मिलने से पूर्ण ब्रह्म की पूजा का ज्ञान नहीं हुआ। जिस कारण से पवित्र आत्माऐं ईसाई फोर्मलैस गौड (निराकार प्रभु) कहते हैं। जबकि पवित्र बाईबल में उत्पत्ति विषय के सृष्टि की उत्पत्ति नामक अध्याय में लिखा है कि प्रभु ने मनुष्य को अपने स्वरूप के अनुसार उत्पन्न किया तथा छः दिन में सृष्टि रचना करके सातवें दिन विश्राम किया। इससे स्वसिद्ध है कि प्रभु भी मनुष्य जैसे आकार में है।

धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य

रुपका

इसी का प्रमाण पवित्र र्कुआन शरीफ में भी है। इसी प्रकार पवित्र आत्माऐं मुस्लमान प्रभु को बेचून (निराकार) अल्लाह (प्रभु) कहते हैं, जबकि पवित्र र्कुआन शरीफ के सुरत फूर्कानि संख्या 25, आयत संख्या 52 से 59 में लिखा है कि जिस प्रभु ने छः दिन में सृष्टि रची तथा सातवें दिन तख्त पर जा विराजा, उसका नाम कबीर है। पवित्र र्कुआन को बोलने वाला प्रभु किसी और कबीर नामक प्रभु की तरफ संकेत कर रहा है तथा कह रहा है कि वही कबीर प्रभु ही पूजा के योग्य है, पाप क्षमा करने वाला है, परन्तु उसकी भक्ति के विषय में मुझे ज्ञान नहीं, किसी तत्वदर्शी संत से पूछो। उपरोक्त दोनों पवित्र शास्त्रों (पवित्र बाईबल व पवित्र र्कुआन शरीफ) ने मिल-जुल कर सिद्ध कर दिया है कि परमेश्वर मनुष्य सदृश शरीर युक्त है। उसका नाम कबीर है। पवित्र आत्माऐं हिन्दू व सिख उसे निरंकार(निर्गुण ब ्रह्म) के नाम से जानते हैं। जबकि आदरणीय नानक साहेब जी ने सतपुरुष के आकार रूप में दर्शन करने के बाद अपनी अमृतवाणी महला पहला ‘श्रीगुरु ग्रन्थ साहेब‘ में पूर्ण ब्रह्म का आकार होने का प्रमाण दिया है, लिखा है ‘‘धाणक रूप रहा करतार (पृष्ठ 24), हक्का कबीर करीम तू बेएब परवरदिगार(पृष्ठ 721)‘‘ तथा प्रभु के मिलने से पहले पवित्र हिन्दू धर्म में जन्म होने के कारण श्री ब्रजलाल पाण्डे से पवित्र गीता जी को पढ़कर श्री नानक साहेब जी ब्रह्म को निराकार कहा करते थे। उनकी दोनों प्रकार की अमृतवाणी गुरु ग्रन्थ साहेब मे लिखी हैं। हिन्दुओं के शास्त्रों में पवित्र वेद व गीता विशेष हैं, उनके साथ-2 अठारह पुराणों को भी समान दृष्टी से देखा जाता है। श्रीमद् भागवत सुधासागर, रामायण, महाभारत भी विशेष प्रमाणित शास्त्रों में से हैं। विशेष विचारणीय विषय यह है कि जिन पवित्र शास्त्रों को हिन्दुओं के शास्त्र कहा जाता है, जैसे पवित्र चारों वेद व पवित्र श्रीमद् भगवत गीता जी आदि, वास्तव में ये सद् शास्त्र केवल पवित्र हिन्दु धर्म के ही नहीं हैं। ये सर्व शास्त्र महर्षि व्यास जी द्वारा उस समय लिखे गए थे जब कोई अन्य धर्म नहीं था। इसलिए पवित्र वेद व पवित्र श्रीमद्भगवत गीता जी तथा पवित्र पुराणादि सर्व मानव मात्र के कल्याण के लिए हैं। पवित्र यजुर्वेद अध्याय 1 मंत्र 15-16 तथा अध्याय 5 मंत्र 1 व 32 में स्पष्ट किया है कि ‘‘{अग्नेः तनूर् असि, विष्णवे त्वा सोमस्य तनुर् असि, कविरंघारिः असि, स्वज्र्योति ऋतधामा असि} परमेश्वर का शरीर है, पाप के शत्रु परमेश्वर का नाम कविर्देव है, उस सर्व पालन कत्र्ता अमर पुरुष अर्थात् सतपुरुष का शरीर है। वह स्वप्रकाशित शरीर वाला प्रभु सत धाम अर्थात् सतलोक में रहता है। पवित्र वेदों को बोलने वाला ब्रह्म यजुर्वेद अध्याय 40 मंत्र 8 में कह रहा है कि पूर्ण परमात्मा कविर्मनीषी अर्थात् कविर्देव ही वह तत्वदर्शी है जिसकी चाह सर्व प्राणियों को है, वह कविर्देव परिभूः अर्थात् सर्व प्रथम प्रकट हुआ, जो सर्व प्राणियों की सर्व मनोकामना

धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य

पूर्ण करता है। वह कविर्देव स्वयंभूः अर्थात् स्वयं प्रकट होता है, उसका शरीर किसी माता-पिता के संयोग से (शुक्रम् अकायम्) वीर्य से बनी काया नहीं है, उसका शरीर (अस्नाविरम्) नाड़ी रहित है अर्थात् पांच तत्व का नहीं है, केवल तेजपुंज से एक तत्व का है, जैसे एक तो मिट्टी की मूर्ति बनी है, उसमें भी नाक, कान आदि अंग हैं तथा दूसरी सोने की मूर्ति बनी है, उसमें भी सर्व अंग हैं। ठीक इसी प्रकार पूज्य कविर्देव का शरीर तेज तत्व का बना है, इसलिए उस परमेश्वर के शरीर की उपमा में अग्नेः तनूर् असि वेद में कहा है।

धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपक दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपका  दृश्य
धार्मीक आस्थामा भगवानका अनेक काल्पनिक रुपका दृश्य

तीन लाखमा भूकम्पप्रतिरोधी घरको मोडल

९ चैत, काठमाडौं : प्राधिकरणले पक्की घरको ६ वटा नयाँ डिजाइन स्वीकृत गरेको छ ।  सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । सरकारले यसअघि १७ वटा डिजाइन स्वीकृत गरेको थियो । ती डिजाइनको घर बनाउन लागत महँगो पर्ने गुनासो भूकम्पपीडितले गरेका थिए ।  प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख ९२ हजार रुपैयाँमै तोकेको मापदण्डअनुसार बनाउन सक्नेछन् । नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिनेछ ।स्रोत:नयाँ पत्रिका दैनिक