झापामा बिहानै मतगणना सुरु

झापामा बिहानै मतगणना सुरु

५ असार, झापा ।  बुधबार सम्पन्न चुनावको नतिजाका लागि जनताले उत्साहपूर्वक कुरिरहेका बेला आज विहानैदेखि मतगणना सुरु भएको हो । देशभरिका स्थानीय तहहरुमा धमाधम मतगणना कार्य सुरु भएको छ । कतिपय ठाउँमा बिहान ७ बजेदेखि मतगणना सुरु भएको छ भने धेरै ठाउँमा बिहान ८ बजे मतगणना थालिने भएको छ   ।

 प्रारम्भिक अपडेट

गौरीगञ्ज  गाउँपालिका

माओवादी केन्द्र ११२

नेपाली कांग्रेस ७६

एमाले ७०

राप्रपा २३

हल्दिबारी गाउँपालिका

एमाले १३६

राप्रपा १३५

कांग्रेस ५४

माओवादी केन्द्र ३९
कमल गाउँपालिका

एमाले मेनुका काफ्ले ८९÷ बेनु शिवाकोटी ९१

काँग्रेस हुकुमसिंह रार्इ ५७÷ दीपा गौतम ५५

माओबादी बिमल संग्रौला ३७

कनकाई नगरपालिका

कनकाई एमाले ११०

कांग्रेस ६९

स्वतन्त्र ६

दमक नगरपालिका

माओबादी २९

एमाले २४

काङ्ग्रेस १४

राप्रपा २०

AIIB promises huge investments in Nepal’s power distribution system

KATHMANDU: The China-led bank has said that it would invest Rs 10 billion in the power distribution improvement project that the government unveiled earlier bearing in mind the Valley’s poor power distribution system, technical leakage and other problems that are prevalent for the past two decades. The Asian Infrastructure Investment Bank is set to invest hugely in Nepal’s six projects mainly in road infrastructure and hydro power projects.  Taking to media persons upon arrival at Tribhuvan International Airport from South Korea on Monday, Minister Karki said the AIIB was interested to invest in Nepal. The AIIB, meeting with the Nepali delegation headed by Finance Minster Gyanendra Bahadur Karki was held in Jeju of South Korea on June 16-18, pledged to invest heavily in the Nepal’s infrastructure development and the Kathmandu Valley’s electricity distribution improvement project.   Though this project covers 22 districts of the Tarai Madhes, in initial phase, the AIIB will be investing in seven districts. The government in its budget of the current fiscal year has mentioned to invest Rs 500 million each on the projects. According to Finance Minister Karki, the Infrastructure Bank is to invest on the tunnel road from Samakhusi of Kathmandu to Chhahare of Nuwakot district. The Bank is going to invest Rs 26 billion on this project, added Minister Karki. Similarly, the Bank is going to invest Rs 16 billion on the project of upgrading Pokhara-Jomsom road. It has been believed that there would be help in economic development of province no 4 as well as in expansion of road connectivity between Nepal and China after upgrading of the road. Saying the Bank has also expressed commitment to invest in hydropower projects, the Finance Minister said that process for investing Rs 20 billion on 93 MW-Sharada-Babai hydropower project has been forwarded.

The meeting had held discussions on the modality adopted by the Infrastructure Bank regarding implementation of the ‘Efficient, Clean and Green bank’ for environment-friendly infrastructure development and less or zero carbon emission project aimed at meeting the requirements of qualitative infrastructure development. The South Korean President Moon Jae-In had inaugurated the meeting and Deputy Prime Minister and Finance Minister had chaired it.

हंगकंगमा आषाढ १० र ११ गते “नेपाल ट्रेड फेयर-२०१७” हुने,राष्ट्रिय आविष्कार केन्द्रका लागि १ करोड उठाइने लक्ष

हङकङ र नेपालको सम्बन्धको लामो इतिहास पछि हङकङमा पहिलोपटक नेपाली हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले “हंगकंग नेपाल ट्रेड फेयर-२०१७” आयोजना हुने भएको छ ।साथै यसै मौकामा नेपाली प्राविधिक अन्वेषक महाबीर पुनको अभियानलाई टेवा पुर्याउन “च्यारिटी डिनर” को पनि आयोजना गरिने भएको छ । नेपाली महाबाणिज्य दूतावास हङकङ,हङकङ नेपाली व्यापार संघ तथा हस्तकला महासंघ नेपालको आयोजना तथा नेपाल एयरलाइन्स,ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र,नेपाल र ट्रेड डेभलपमेन्ट काउन्सिल,हङ्कङको सहयोगमा आगामी जुनको २४ र २५ तारीखका दिन “ट्रेड फेयर “र त्यसको लगत्तै भोलिपल्ट जुन २६ तारिखका दिन “च्यारिटी डिनर ” कार्यक्रम हुन लागेको हो।यस बिषयमा जानकारी दिन आइतवार हस्तकला महासंघमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष्य धर्मराज शाक्यले नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूलाई प्रदर्शनीमा राखिने र खरिदको अवसर समेत प्रदान गरिने बताउनुभयो |उहाँले यस फेयरले बिश्वकै ब्यवसायिक केन्द्रको रुपमा रहेको हङकङमा नेपाली उत्पादनलाई चिनाउने,अन्तर्राष्ट्रिय जगतबाट नेपाललाई रेमिटेन्सको माध्यमबाट प्राप्त भएको आयसंगै बिश्व बजारमा अत्यन्त राम्रो संभावना बोकेको नेपाली हस्तकलाका उत्पादन निकास गरि त्यसबाट पनि नेपाली अर्थतन्त्रमा थप टेवा पुर्याउने बिश्वाश लिएको जानकारी गराउन बताउनुभयो।हंगकंग नेपाली ब्यापार संघका सचिव भेशमणि श्रेष्ठले नेपाली जडिबुटीहरू, ढाकाका कपड़ा तथा पस्मिना,धातुका उत्पादनहरूलाई हङकङ जस्तो बिश्वका हरेक देशबाट आउने ब्यवसायी र पर्यटक बिच चिनाउन सकेमा नेपाली उत्पादनले पनि राम्रो बजार लिन सक्ने सम्भावनालाई अध्ययन गरी ट्रेड फेयरको आवश्यकता महसुस गरिएको अवगत गराउनुभयो | उहाँले हङकङको ब्यस्ततालाई बिचार गर्दै शनिबार र आइतबारको बिदा लक्ष्यित गरि प्रदर्शनी गर्न लागिएकोले अधिकतम उपस्तिथि हुने बिश्वास हामीले लिएको बताउनुभयो । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार जम्मा १८ वटा स्टलहरू मध्ये १५ वटामा नेपालबाट आउने हस्तकला तथा जडिबुटीका उत्पादन रहने र अन्य ३ वटा स्टलहरूमा हंगकंगका नेपाली उत्पादनहरू रहनेछन | यो ट्रेड फेयर सम्पन्न गर्न अनुमानित २ (दुई )लाख हङकङ डलर खर्च हुन सक्ने लेखाजोखा गरिएको छ।

नेपालबाट आउने व्यावसायीहरूको यातायात तथा सामग्री ढुवानीमा लाग्ने खर्च नेपाली हस्तकला महासंघले ब्यहोर्ने र हङकङमा हुने ट्रेड फेयरका लागि नेपालबाट आउने सहभागी ब्यबसायी र अन्य आगन्तुकको हङकङमा हुनुपर्ने आतिथ्यता एवम अन्य ब्यबस्थापकिय कुरा हङ्कङस्थित आयोजकले ब्यबस्थापन मिलाउने सहमति रहेको समेत जानकारी गराइएको छ ।ब्यापार तथा निकासी प्रवर्धन केन्द्रका नायब कार्यकारी निर्देशक बिमल कुमार नेपालले यस कार्यक्रमलाई एउटा अवसर मान्दै आगामी दिनमा यसबाट नेपाली उत्पादनलाई हङकङमा बजार बिस्तार गर्न मद्दत मिलोस र नीति निर्माणका तहमा पनि यसले बिशेष महत्व राखोस भन्ने हेतुले केन्द्रबाट आवश्यक सहयोग गर्न लागेको बताउनुभयो |आयोजक संस्थाहरूद्वारा जारी संयुक्त बिज्ञप्तिमा यस बर्षको पहिलो अनुभवका आधारमा भविष्यमा पनि यस किसिमका ट्रेड फेयरको ढोका खुल्ने आयोजकले बिश्वास लिइएको छ।यस अवसरमा नेपाली उत्पादनलाई हङकङमा बिक्री गर्न इच्छुक ब्यबसायी र नेपाली उत्पादनकर्ता बिच प्रत्यक्ष सम्झौता र सहमति हुने आशा पनि गरिएको छ।

बिज्ञप्तिमा भनिएको छ – यस “हङकङ नेपाल ट्रेड फेयर -२०१७”को सफलता संगै आम नेपाली हस्तकला तथा जडिबुटी उत्पादनको पनि सफलता जोडिएको हुँदा हङकङ तथा नेपालका नेपाली ब्यवसायी, संचारकर्मी एवम् आम दर्शकबाट सहयोगको अपेक्षा राखेका छौँ । यसैबीच सूचना प्रवीधी अभियन्ता महाबीर पुनःको परिकल्पना र अगुवाइमा सुरु भएको “राष्ट्रिय आविस्कार केन्द्र” को सहयोगार्थ जुन २६ तारिखका दिन आयोजना गर्न लागिएको “च्यारिटी डिनर” मा हङकङमा कृयाशील नेपाली संघ संस्था तथा सहयोगी ब्यक्तित्वहरूको व्यापक उपस्थिति रहने गरी तयारी पुरा भएको यस कार्यक्रममा संचार तथा प्रचारप्रसारमा समन्वय गरिरहनुभएका शिरोमणि दवाडीले जानकारी गराउनुभयो ।बिश्व परिवेशमा विकास भएको सूचना प्रविधि र त्यसले ल्याएको बिकास र परिवर्तनको अनुभवका आधारमा पुनले सुरु गर्नु भएको ग्रामीण इन्टरनेट प्रविधि र आविष्कार केन्द्रलाई यस कार्यक्रमबाट प्राप्त सहयोगले मूर्त रूप दिनेछ भन्ने हामीले बिश्वास लिइएको पनि उहाँले बताउनुभयो । त्यसैगरी कार्यक्रम संचालनका लागि हंगकंग जान लागेकी पुर्व मिस नेपाल सुगारिका केसीले पुन जस्ता अन्तर्राष्ट्रिय स्तरबाटै पुरस्कृत कर्मशील र राष्ट्रप्रेमी ब्यक्तित्वको परिकल्पना साकार हुन सके यस्तै रचनात्मक कार्यमा अन्य युवापुस्ताको पनि ध्यानाकर्षण हुने बताउनुभयो ।उहाँले यस कार्यक्रमलाई पुन जस्ता सिर्जनशील तथा प्राविधिक अन्वेषकको सम्मान तथा प्रोत्साहनका रूपमा पनि लिइएको जानकारी गराउनुभयो |hong kong handy craft trade fair 2017

देउवाको बालुवाटार सर्ने साइत आज

५ असार, काठमाडौं : हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुबाटार सर्ने भएका छन् । पुरानै सामानबाट काम चलाउने भनेपछि सोहीअनुसार व्यवस्था गरिएको बताइएको छ । प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन ।  नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले पनि निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ असार ५ गते दिउँसो जुराइदिएकाले सोही दिन बसाइ सर्ने मिति तय भएको पारिवारिक स्रोतले जनाएको छ । स्रोत : गोरखापत्र

खोभारी महतोको निधन

२०७४, असार ५  : सर्लाहीस्थित कर्मैया खोलामा अपरान्ह १ बजे राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाइ पितृ शोक परेको छ । उहाँ जेठा छोरा महेन्द्र महतोसँग सर्लाहीको बबरगञ्जमा बस्दै आउनुभएको थियो ।  उहाका बुबा खोभारी महतोको १ सय बर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँको अन्तिम संस्कार गरिने परिवारले बताएको छ ।

गोली, अश्रुग्यास र आगजनीपछि नवलपरासीको सदरमुकाम तनावग्रस्त

नवलपरासी : स्थानीय निर्वाचन कार्यक्रमको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा शनिबार लाठी जुलुस गरेको थियो । लाठी जुलुसपछि बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौंबाट अध्यक्ष महन्थसहित शीर्ष नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, ह्दयश त्रिपाठी, जितेन्द्र सोनाललगायतका नेताहरु परासी पुग्नु भएको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेता सहभागी कार्यक्रम स्थल तनावग्रस्त बनेको छ । कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासी कार्यक्रम स्थल तनावग्रसत बनेको थियो । सो क्रममा प्रहरीले केही अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । तनावपछि अध्यक्ष ठाकुरले बीचमै सम्बोधन छाड्नु भएको थियो । अश्रुग्यास प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलमा लुक्न पुग्नु भएको थियो ।

President visits CERN in Switzerland

GENEVA: President Bidya Devi Bhandari, who is currently in Switzerland in course of her participation at the International Labour Conference, visited CERN —  the European Organisation for Nuclear Research, physicists and engineers — on Friday.  A short presentation was made before the President about the issues of research on the energy physics.  During the visit, the President inspected the control room of the CERN where she was briefed by D Chaltern and Nepali scientist S Shrestha. On the occasion, Nepali students B Pandit and D Chalise were also present. She was welcomed by a high level official and two Nepali scientists — A Sharma and S Shrestha — at the CERN, which was established in 1952.  The high level official informed her of the CERN’s activities. Information was shared also about the CERN’s activities in Nepal and the opportunity it offered to Nepali scientists.During the visit, President Bhandari hailed the CERN for its scientific research and development for the human peace. She also thanked the CERN for its assistance to Nepali students of science stream. The President also inquired the officials whether the CERN could make efforts to lessen the losses in the earthquake in Nepal, as it is in the quake-prone zone.The President also observed the synchrocyclotron. In the control room of the CERN, President Bhandari signed in the visitor’s book while spokesperson D Chaltern presented a scientific product as the gift to the President.

CERN is an official observer of the United Nations and the Centre is considered a pioneer scientific laboratory. The CERN’s main area of research is particle physics — the study of the fundamental constituents of matter and the forces acting between them, according to the official website of the CERN. The World Wide Wave (WWW) in the world was also started by the CERN.

हामीलार्इ कसले दिन्छ आड ?

शैशवकालदेखि सँगै बसेका यी तीन वृद्धसँग अहिले आफूहरूबाहेक आडभरोसा केही पनि छैन । कम्पपीडित भए पनि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१०, बडघरेका तीन भाइसँग’भूकम्पपीडित परिचयपत्र’ छैन । परिचयपत्र नभएकैले गाउँका सबैजसो भूकम्पपीडितले सरकारसँग तीन लाख रुपैयाँको अनुदान सम्झौता गर्दा पनि यी तीन भाइ भने अछूतो रहे । कारण थियो, लालपुर्जा नहुनु । आफूसँग भएको जमिन एक दशकअगाडि ऋण तिर्न नसकेर बेच्नु परेपछि यी तीन भाइ भूमिहीन भएका छन् । जसलाई जमिन बेचे उसैले बाँचुन्जेल बास बस्नका लागि दिएको ठाउँमा बसिरहेका यी अब केवल सरकारको दयाको आशमा छन् ।’हामीलाई सरकारले दयामायाले दिनुभयो भने हात थापौंला, होइन तेरो केही छैन पाउँदैनस् भने चुप लागेर बसौंला । अब कति बाँचिएला र ? जति बाँचिन्छ यही छाप्रोमा कटाऊँला । भाग्यमा नभएको सुख खोजेरमात्र कहाँ भयो र ?’, तीनमध्येका कान्छा बलराम श्रेष्ठ भन्छन् । यो कथा हो ९१ वर्षीय खड्क श्रेष्ठ, ८४ वर्षीय तुलसीदास श्रेष्ठ र ८१ वर्षीय बलराम श्रेष्ठको । कुनै बेला पाँच पाण्डवजस्तै पाँच भाइ थिए यी । जेठा र माइला दाजु उमेरमै बिहे गरेर बुटवल गएछन् । बिहे गरेका दाजुहरूसँग सम्बन्ध टाढियो । आफन्त पनि बाँकी रहेनन् । दाजुहरूको बिहेपछि सम्बन्ध तोडिएको घटनाले विक्षिप्त तीनै भाइले बिहे गर्ने आँट गरेनछन् । एक हल मेलोको जमिन थियो ऋणले खाइदियो । केवल बाँकी छ गलेको शरीर, थाकेको नजर केही झिना आशा । तैपनि हिम्मत हारेका छैनन् । बूढो भइयो भनेर कुँजिएर बसेका पनि छैनन् । खड्क रोग र उमेरले थलिएका छन् । बसेको ठाउँबाट उठ्न सक्दैनन् । तुलसीदास र बलराम भने जीवन धान्ने मेसो गरिरहेछन् । भूकम्पपश्चात् गाउँमा विभिन्न संघसंस्था आए । तिनले दिएका सामान राहतमार्फत लिए यी दाजुभाइले पनि । सरकारले भूकम्पलगत्तै दिएको पन्ध्र हजार र जाडोमा दिएको १० हजार रुपैयाँ लिएका थिए ।आम्दानीको स्रोतका रूपमा छन्— पाँच गाई र एक बाख्रा । अनि छ हावाहुरी नछेक्ने, पानी नओत्ने मात्र टाउको लुकाउने टिनैटिनको एउटा छाप्रो, त्यो पनि विभिन्न संघसंस्थाले बनाइदिएको । घर थियो भूकम्पले लगिदियो ।  यत्ति नै हो सरकारबाट अहिलेसम्म उनीहरूले पाएको सहयोग । योबाहेक कुनै लाभ कसैबाट लिएको छैन यो परिवारले । लाभ लिने आशा पनि नभएको बताउँछन् यी । उमेरले डाँडा काटिसक्यो । दुईचार बाख्रा बेचेर, सामान्य खेतीपाती बेचेर गुजारा गर्दै आएको श्रेष्ठ परिवार अहिले चरम संकटमा छ । सरकारले दिने भत्ता र एक हल खेतीबाट आउने आम्दानीले टिकाएको छ यो परिवारलाई । सरकारले लालपुर्जा हुनेसँग अनुदान सम्झौता गर्‍यो । श्रेष्ठ परिवार र यीजस्ता अरूभने आवश्यक कागजात जुटाउन नसक्दा छुटेका छन् । घरधुरी नहुनु, लालपुर्जा नहुनु गरिबीको दोष भन्न सकिएला तर गरिबीकै कारण पुनर्निर्माणको अनुदान सम्झौता गर्न नपाउनु सरकारको दोष हो ।

प्रबिधिक क्षेत्रमा हिमालयमन अनलाईन सर्भिसको सफलता

दि पावर ज्युज डटकम : नेपालमा आइ एस पी – इन्टरनेट सर्भिस प्रदायक संस्थाहरु थुप्रै छन जसमध्ये हन्स ज्यादेै लोक प्रिय नाम हो । हन्सले नेपालको सुगम क्षेत्र मात्रै नभई दृर्गम क्षेत्रमा पनि आफ्नो सेवा पृयाउन सफल भएको छ । अन्य आइ एस पी हरुले सेवा दिन नसकोको स्थानमा पनि आफ्नो सेवा सहजै बिस्तार गराएको छ । रामेछापको बेथान, नेगे, मंगलटार लगाएतका दुर्गम स्थानमा आफ्नो सेवा बिस्तार गरेको छ । हाल दुर्गम स्थानमा सेवा बिस्तार गर्ने क्रममा सगरमाथा जिल्लाको दुर्गम सल्यरीको शिलुगुडिमा भर्खरै आफ्नो सेवा बिस्तार गर्ने सफल भएको छ ।
Wireless connection 96km हालको लामो दुरि भएपनि बिना रिपिटर टावर 110km Wireless connection  सल्यरीको शिलुगुडिमा संचालन गरिएको हन्सका सि इ ओ हरिहर भण्डारीले दि पावर ज्युज डटकमलाई जानकारी गराउनु भयो ।
यो 110km Wireless connection  तराईवाट ३१ सय मिटर पहाडी क्षेत्रमा सम्पर्क गराउने माध्याम बन्न सफल भएको हिमालयन अनलाईन सर्भिसले जनाएको छ । साथै यो कार्य सम्पन्न गर्नको लागी सहयोय पु¥याउने राधे, लामा दाई, किरण, आशिष, भानुभक्त सर, राई भाई लगाएत सबैलाई कम्पनीको तर्फवाट धन्यवाद दिइएको छ ।
दुर्गम क्षेत्रमा सेवा पु¥याउने उदेश्यले हन्स दिनरात लागीरहेको छ । सम्पुर्ण नेपालीलाई संचार सम्पर्कवाट जोडने उदेश्यले हन्सले पु¥याउदै आएको यो योगदान देशको आर्थिक बिकासमा टेवा पु¥याएको भनाई कम्पनीका मेनेजर संजीब सिंह को रहेको छ ।himalayan online service 6 himalayan online service himalayan online service3