बदाम खानुका फाइदाहरू

बदाम खानु  स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ ।बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।  धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ । यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ । बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ ।स्वास्थ्य विज्ञहरुका अनुसार ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरा मधुमेहका रोगीका लागि फाइदाजनक हुन सक्छ।  यसबाहेक यो खानाले शरीरमा तागत पनि बढ्छ । यो भिटामिन ‘ई’ र भिटामिन ‘बी’ को पनि राम्रो स्रोत हो । यस्ता छन् बदाम खानुका फाइदाहरू:-

१. बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या हट्छ । बदाम खानाले  शरीर भित्रको गर्मी कम गर्न पनि सहयोगी हुन्छ, जसले दीर्घकालीन रोगको जोखिमलाई कम गर्न सक्छ।

२. बदाम खानाले शरीरमा तागत आउँछ । यसको अलावा यसले पाचन क्रियालाई सन्तुलित गर्न मद्दत गर्छ ।बदाममा फाइबरको मात्रा उच्च    हुन्छ।

३. गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ । यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ ।

४. बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ ।

५. बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ ।बदाममा स्वस्थ फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्ट, तामा र अन्य आवश्यक पोषक तत्व पाइन्छ जसले नसालाई स्वस्थ राख्न मद्दत गर्छ। यसले गर्दा मुटुमा पर्ने तनाव कम हुन्छ। त्यसैले मुटुरोगको जोखिम कम गर्न              बदाम खानु फाइदाजनक हुन्छ।

६. बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन ।

७. यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हाड बलियो बन्छ ।

८. यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

Spread the love